Tuesday, September 23, 2008

जापानको नयाँ प्रधानमन्त्रीमा आसो

टोकियो, जापानको सत्तारुढ लिवरल डेमोक्र्‍यायाटिक पार्टी (एलडिपी) ले सोमबार पूर्वविदेशमन्त्री तारो आसोलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा छनोट गरेको छ ।पार्टी नेतृत्वका लागि पाँच दावेदारहरू मैदानमा रहे पनि पहिलो चरणको मतदानमा आसोलाई सजिलै बहुमत प्राप्त भयो । आसोले पाँच सय २७ मध्ये पार्टीले तीन सय ५१ मत प्राप्त गरेको चुनाव प्रमुख हिडेयो उसुले घोषणा गरे । दोस्रो स्थानमा आएका वित्तमन्त्री काओरु योसानोले ६६ मत प्राप्त गरे । पार्टी अध्यक्षमा विजयी भएपछि आसोले प्रतिक्रिया दिँदै भने, 'चुनाव स्वच्छ ढंगमा सम्पन्न गरिएकोमा म कृतज्ञता व्यक्त गर्न चाहन्छु । अबदेखि चुनावमा उठेका पाँच दावेदारहरूबीच कुनै मनोमालिन्य रहनेछैन ।' नयाँ प्रधानमन्त्री चयनका लागि बुधबार संसदीय बैठक डाकिएको छ ।

No comments: