Wednesday, September 17, 2008

यमनमा अमेरिकी दुताबासमाथि आतंककारी हमला , १० जना हताहत

यमन स्थित अमेरिकी दुतावासले जनाएअनुसार त्यहांको स्थानिय समय अनुसार बुधवार बिहानको ९:१५ बजे एउटा कार दुतावासको मुख्य द्वारमा ल्याई ठोक्याईएको थियो । कार बिस्फोटन पछि पनि त्यहां केहि अरु बिस्फोटनका आवाजहरु सुनिएको र फाईरिंग को आवाज समेत सुनिएको बताईएको छ । यमन स्थित अमेरिकी दुतावासका अनुसार मर्नेहरुमा ६ जना यमनका सेक्युरीटी गार्ड र ४ जना सर्वसाधारण रहेका छ्न । समाचार स्रोतका अनुसार बिष्फोटनका लागी दुई वटा कार प्रयोग गरिएको थियो । पहिलो कारले मुख्य द्वारमा रहेका गार्डमाथि फाईरिंग खोलेको लगत्तै दोश्रो कार लाई मुल द्वारमै लगेर बिष्फोटन गराईएको थियो । ती कारहरु प्रहरीको कारको भेषमा आएको पनि बताईएको छ । घटनामा बालबालीका सहित कयौं घाईते भएका र उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको पनि बताईएको छ । हमला कसले गराएको भन्ने हालसम्म थाहा हुन सकेको छैन । यमन अमेरिकाले आतंककारीको मुख्य बिल्ला लगाऊंदै आएको ओसामा विन लादेनको पुर्ख्यौली घर रहेको बताईन्छ ।

No comments: