Thursday, June 4, 2009

सुजाता परराष्ट्र र अन्य सबै मन्त्री बिना विभागीय

काठमाडौं, जेठ २१- मन्त्रिपरिषद्‍मा थपिएका नेपाली कांग्रेस र मधेशी जनअधिकार फोरमका नेताहरुलाई प्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार साँझ सपथ गराउने भएका छन्। नेकपा एमालेले भने बिहीबार पनि आफ्ना तर्फबाट जान मन्त्रीहरुको टुंगो लगाउन सकेन।
मन्त्रिपरिषद्को दोस्रो चरणको विस्तारमा दिनभर व्यस्त प्रधानमन्त्री नेपालले कांग्रेसका तर्फबाट मन्त्रिपरिषद‍मा सिफारिस भएका सुजाता कोइराला, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, बालकृष्ण खाँड, उमाकान्त चौधरी र पूर्णकुमार शेर्मा तथा फोरमका विजय गच्छदारलाई सपथ गराउने कार्यक्रम छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार बिहीबार राति ८ बजे राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुनेछ। प्रधानमन्त्रीका तर्फबाट साँझ सात बजेको समय माग भए पनि राष्ट्रपति कार्यालयले सपथ ग्रहणको समय ८ बजेलाई दिएको हो।
बिहीबार घोषित मन्त्रीहरुमा सुजाता कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अन्य सबै मन्त्रीलाई तत्कालका लागि बिना विभागीय मन्त्री बनाइएको छ।
एमालेले पार्टी कार्यालय वल्खुमा मधेशी जनअधिकार फोरमका नेता विजय गच्छदारसँग छलफलपछि पन्तले उक्त जानकारी दिएका हुन्।
प्रधानमन्त्री नेपाल निकट स्रोतका अनुसार बिहीबार दोस्रो चरणको मन्त्रिपरिषद्‍ विस्तार हो भने यसपछि फेरि अन्य साना दलहरुलाई समेटेर अर्को चरणको मन्त्रिपरिषद्‍ विस्तार हुने छ।
एमाले सचिव शंकर पोख्रेलले सबै दलबाट मन्त्रीहरुका नाम आइनसकेकाले पार्टीको तर्फबाट जाने मन्त्रीहरुको नाममा बिहीबार पनि टुंगो नलागेको बताए। उनले तेस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा एमालेबाट सरकारमा जाने थप मन्त्रीहरुको टुंगो लाग्ने जानकारी दिए।

1 comment:

Unknown said...

यो बिना दौराका खल्ति

बिनाबिभागिय मन्त्रि
धेरै ठाँऊंमा,
काम लाग्ला जस्तो छ |

धिक्कारै होस
सुजाता पनि मन्त्रि,!

कसरि सुजाता भयो त नाम ?

ईन्को त जातै छैन
जन्म सिद्ध कोईराला
कर्म सिद्ध जर्मनि बधु,

बे जाता +अ जाता+ कु जाता= दुजाता

अब बल्ल हुने भो नेपालको
राज नितिमा गाईजात्रा
कुन दिन माला लगाउने हो ?

अनि मात्र हुन्छ
शुज​-जात्रा

बिना बिभागिय मन्त्रि भने झैं

यिन्लाई परराष्ट्र मन्त्रिको स्थानमा

पथ भ्रष्ट्र मन्त्रि
चौपट्ट राजनिति
परराष्ट्र स्त्रि:

हरेशिव ,
बरु त्यो भन्दा राम्रो त पञ्चायत
कालकि नेत्रि नानि मैयाँ दहाल धेरै सुहाऊँ छिन् होला ?
किन भने नेपालमा प्रचलित नियम कानुन् अनुसार
बिवाह भै सके पछि जो सङ्ग बिवाह हुन्छ ।
त्यै थर, त्यै घर र त्यहाँ कै नागरिक हुने हो क्यारे ।
नानिमैयाँ दहालको भने बिदेशि सङ्ग बैधानिक विबाह
भ​एको सुन्नमा आएको छैन

जर्मन्मा बसनु डिस्कोमा पसनु, अर्धाङ्ग बस्स्त्रै धरि ।
यिन्को राजनिति पुग्यो पातालमा, फर्कि न आउने गरि ॥

दागै लगायो यसले त कुल्मा ।
धिक्कारोस मा.कु.ने जन्मे छ मूल्मा ॥

मारेर गाई गदाहा त पोष्ने ?
नेपालि जनताको अधिकार खोस्ने ॥
om shanti