Saturday, March 13, 2010

सेनामा समूहगत प्रवेश अमान्य : प्रधानसेनापति

काठमाडौं, फागुन २८- माओवादी लडाकूको समायोजन बारे विवाद चर्किरहेका बेला नेपाली सेनाले लडाकूलाई समूहगत रुपमा सेनामा नलिने स्पष्ट पारेको छ। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिब वी लिन पास्कोसँगको भेटमा प्रधान सेनापति छत्रमानसिंह गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन्।
सेनाको जंगी अड्डामा भएको भेटमा पास्कोले कति नेपाली सेनामा कति लडाकू समायोजन गर्न सकिन्छ भनी जिज्ञासा राखेका थिए। जवाफमा प्रधानसेनापति गुरुङले नेपाली सेना अनुशासित, व्यवसायिक, प्रतिस्पर्धी र गैरराजनीतिक चरित्रको भएको र कतिपय लडाकूहरु राजनीतिक रुपमा अत्यधिक अभिप्ररेरित महसुस गरिएका उल्लेख गरेका थिए। यसभित्र राजनीतिक रुपबाट अभिप्रेरित व्यक्तिहरुले राजनीतिक क्रियाकलाप सञ्चालन गरी नेपाली सेनाको सत्यता, इमान्दारीता र निष्पक्षता तथा सांगठनिक एकता खण्डित हुन गई संगठन नै विभाजन पुग्न सक्ने सम्भावनालाई नकार्न नसकिने विषयलाई प्रधानसेनापति गुरुङले औँल्याएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। माओवादी लडाकूलाई कसरी समायोजन गर्ने भन्ने विषयमा विवाद चलिरहँदा नेपाली सेनाको स्पष्ट धारणा बाहिर आएको हो। कुराकानीको क्रममा प्रधान प्रधानसेनापति गुरुङले माओवादी लडाकूको संख्या बारे पास्कोलाई शक्तिखोर भिडियोमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले बोलेको विषय स्मरण गराएका थिए। भिडियोमा दाहालले माओवादी लडाकूको वास्तविक संख्या ७ हजार हाराहारीमा भएको उल्लेख गरेका थिए।प्रधानसेनापति गुरुङले सेनामा समायोजन नगरिए पनि व्यक्तिगत रुपमा भने उनीहरुलाई लिन सकिने बताएका छन्। 'सुरक्षा फौजमा नै समायोजन हुन चाहनेहरुलाई जनपद प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, शसस्त्र प्रहरी बल आदिमा पनि अवसर दिन सकिन्छ'- गुरुङले पास्कोलाई भने।

No comments: