Sunday, March 7, 2010

मूल्यवृद्धि रोक्न भन्सार दर घटाइयो

काठमाडौं, फागुन २२- सरकारले निकासी बढाउन र मुल्यवृद्धि नियन्त्रण गर्न विभिन्न वस्तुको भन्सार र मूल्य अभिवृद्धि कर घटाएको छ। मन्त्रीपरिषद्को हालै बसेको बैठकले राजस्व घटाउने निर्णय गरेको हो।
नेपाल उद्योग बाणिज्य महासंघ लगायतका विभिन्न व्यवसायिक संगठनको आग्रहमा अर्थमन्त्रालयले राजस्व घटाउन प्रस्ताव गरेको थियो। सरकारले खयर कत्थाको निकासीमा लाग्ने शुल्कमा ५०% छुट दिने निर्णय गरेको छ। कत्था निकासीमा प्रतिकिलो निकासी शुल्कमा ५०% छुट व्यवसायीले पाउनेछन्। पिनाको निकासी शुल्कमा समेत ५०% छुट दिने निर्णय भएको छ। सरकारले मोटर हत वा सहितका रोलबोट(खियाउने डुंगा)को भन्सार शुल्क एक प्रतिशत कायम गर्ने निर्णय गरेको छ। यसअघि सार्क राष्ट्रबाट १२% र अन्यबाट १५% भन्सार शुल्क लाग्ने गरेको थियो।
औषधी उद्योगहरुको पैठा गर्ने अनुसन्धान तथा विकासको लागि आवश्यक उपकरणहरुमा भन्सार महसुल १% लिने सरकारले निर्णय गरेको छ। अर्थमन्त्रालय स्रोतका अनुसार औषधी व्यवसायीले अनुसन्धानका लागि आयात गर्ने उपकरणको मूल्य अभिवृद्धि कर(भ्याट) तिर्नुपदैन्। यसमा अघि पाँच प्रतिशतको भन्सार लाग्दै आएको थियो।
वनस्पती घ्यू तथा तोको तेल उत्पादन गर्ने स्वदेशी उत्पादनमूलक उद्योग आयात गर्नेले राहत पाएका छन्। सरकारले यी उद्योगलाई भन्सार कटौती र भ्याट फिर्ताको सुविधा दिएको छ। सरकारले कच्चा सोयाविन तेल, कच्चा सूर्यमुखी र कच्चा पाम पामोलिभ तेलको आयातमा भन्सार महसुल साढे दुई प्रतिशतमा झारेको छ। यसअघि सरकारले यो आयातमा पाँच प्रतिशत भन्सार शुल्क लगाउँदै आएको थियो। उत्पादनको तोको तेल, स्वदेशमा उत्पादित बनस्पती घ्यू र अन्य प्रशोधित खाने तेल उद्योगले आफ्नो उत्पादन बिक्री गर्दा उठाएको भ्याट फिर्ता दिने सरकारले निर्णय गरेको छ।स्रोतका अनुसार ठूलो परिणाममा प्रशोधित तेल आयात गरी उपभोक्ता प्याकेजमा प्याकिङ गर्ने उद्योगले यो सुविधा पाउने छैनन्।
सरकारले आयकर ऐन अनुसार करको दर घटाउने निर्णय गरेको छ। महानगरपालिका, उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिको आयकर घटाएर ३५ सय कायम गरेको छ। यसअघि यो क्षेत्रका व्यक्तिले पाँच हजार कर तिर्नुपर्थ्यो। सरकारले नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने व्यक्तिका लागि दुई हजार र अन्य स्थानमा व्यवसाय गर्नेले १ हजार २ सय ५० तिर्नुपर्नेछ। सरकारले उपत्यका बाहिर मदिरा बिक्रीमा लाग्ने दस्तुर २५ प्रतिशत कम गरेको छ।

No comments: