वास्तवमा ब्लग यति छिटो प्रभावकारी माध्यम बन्ला जस्तो मलाई कहिले लागेको थिएन। तर लोकतन्त्र ब्लगमा हामीले यसो केही लेख्न थालेका थियौँ मान्छेहरुलाई चाँहि हामीले भिक्टीमाईज गर्न खोजेको जस्तो अनुभव भएछ। हुन त जापानमा विध्यार्थिका रुपमा आउँदा मेरो उद्देश्य कहिले पनि कसैलाई भिक्टिमाईज गरुँ भन्ने थिएन। जापानमा विध्यावारीधिका लागी आउँदा प्रमुख लक्ष जसरी हुन्छ चाँडै विध्यावारीधि नै हासिल गरुँ भन्ने थियो। तर, ढीलो भयो । यसमा टाउको दुखाउनु पर्ने कुनै कारण म देख्दिन। तर, म यहाँ जापानमा बसिरहेको सिन मिसाटो भन्ने ठाँउमा बस्ने केही सिनियर, जापानिज कम्पनीहरुमा काम गर्नु हुने र टन्न गाँठ कमाउनु हुने दाईहरुले भने खुच्चिङ्गको शैलीमा मेरो मजाक उडाउने गर्ने रहेछ। त्यो पनि पछाडी-पछाडी। यो मान्छे नेसाजमा लामो-लामो मेल लेख्छ, अनि यस्को पि.एच.डि. खत्तम नभए कस्को हुन्छ भन्ने जस्ता कुरा उहाँहरुले गर्ने रहेछ। मैले नदुखाएको टाउको मेरा छिमेकीहरुले दुखाएको देख्दा कुनै बेला हर्ष लाग्छ भने कुनै वेला विस्मात पनि । मेरो अध्ययन सम्पन्न नहुनु भनेको मेरो ठुलो कमजोरी हो रे। हो, म पनि मान्छु यो कुरा। म मा केही कमजोरी रहेकै कारण मेरो अध्ययन समयमा सम्पन्न हुन सकेन। विषयसँग सँबन्धित परिणाम मैले निकाल्न सकिन होला-पहिलो कारण। ब्लग नै धेरै लेख्दै बसेँ होला-दोस्रो कारण। केयुका सुरेस राज र सीताराम जस्ता साम्प्रदायीक, नातावादी र रेसिस्ट भ्रष्ट प्रशासकहरुलाई गाली गर्दे वसेँ होला-तेस्रो कारण, नेसाजको चुनाव देखि अहिले सम्म जापानका अति सज्जन, अति भलादमि अनलाईन पत्रिकाका सम्पादक महोदयहरुसँग जोरी खोज्दै बसेँ होला-चौथो कारण............। खै कति कारण खोज्ने म आफै सक्दिन। साथिहरुले जति सक्नुहुन्छ, त्यति गर्नुस। वास्तवमा भन्ने हो भने मेरो लागी अहिले पि.एच.डि. गर्नु भन्दा पनि विश्वविध्यालय चलाउनु, भ्रष्टाचार गर्नु, मान्छेलाई जुधाउनु, मानव तस्करी गर्नु, नभएको उपाधि झुन्ड्याउनु, म पनि समाज सेवक हुँ भन्नु, र स्वास्नी लाई चुनाव लडाउनु जस्ता कुराहरु सजिलो लाग्छ।
नेपालमा ठुल्ठुला प्रोफेसरहरु देखि लिएर उप-कुलपतिहरु सम्म घटीया छन। सबुतले यही भन्छ र प्रमाणले यही भन्छ। तर कुरा के छ भने उहाँहरु सँग प्रश्न गर्न सक्नु हुने महानुभावहरु कोही हुनुहुन्न । ठूलो पदमा बसेका, टन्न गाँठ भएका, राम्रो नेटवर्क भएका र धेरैलाई रोजगार दिन सक्ने मान्छेहरु कहिले पनि गलत हुँदैनन। कारण उनका गल्ती कसैले औँल्याउन सक्दैन। दोस्रो कारण अनुगृहित समूह दासत्वको फन्दामा यसरी फसेका हुन्छन की यस्ता महानुभावहरुसँग प्रश्न गर्नु भनेकै भगवानसँग प्रश्न गरेको महशुस गर्छन। तेस्रो कारण मानव तस्करीमा लागेका मित्रहरुले उहाँहरुकै ईशारामा काम गर्ने परिपाटी चलेको बखतमा बरु उल्टै हामीलाई नै प्रश्न गर्न सक्छन। मै हुँ भनाउँदा सम्पन्न नेताहरुले शायद भन्लान ऐ परिवर्तन बढी नलेख हामी पनि तेरो विरुद्ध लेखौँला। भन्लान उहाँहरुले तेरो विरुद्ध पनि हामीले प्रमाण खोज्दै छौँ र तँलाई फिनिस गर्छौँ भनेर। सँभव छ, लोकतान्तृकका आवरण ओढेकाहरुले बैठक गरम , छलफल गरम भन्दै फिनिस गर्ने बाटो खोजेका पनि होलान । अब कुमारजी आफैले मलाई सार्है नै पेल्यो, अब हजुरहरुले नै म लोकतान्तृकलाई सहयोग गर्नु पर्यो भन्दै अनुनय विनय गरेका भए त म आफैले पनि परिवर्तनको विरुद्धमा लेख्थेँ होला। तर गरेनन उनले केही अनुरोध अहिले सम्म। कठैबरी । विचरा मन्डलेलाई अप्ठेरोमा पार्ने मै हुँ।
यसमा न समूद्रपारीका वेलु थापाजीले केही गर्नु भएको छ न पिडीएनएफजेका पूर्व-अध्यक्ष महेश श्रेष्ठजीले । बेलुजीका कुरा गर्ने हो भने उहाँ जस्तो लायक मान्छे मैले अरु कसैलाई देखेको छैन। मेरा ब्लगका प्रशँसक उहाँले सयम-समयमा मेरा ब्लगलाई समुद्रपारी डट कममा राख्नु भएको छ । किन भने यो उहाँलाई मन पर्ने कुरा हो। उहाँको रोजाई ठिक छ। यो मेरो निर्क्योल हो। यस्तै मेरा शुभचिन्तक महेश श्रेष्ठजीले कुमारजीको दम्पतीलाई नै नयाँ रेष्टुरेष्टुरेन्टको उदघाटनको बेलामा निम्त्याउनु भएको छ किनभने उहाँ कुमारजीलाई अप्ठेरोमा पार्न चाहनु हुन्न। अत्यन्त समृद्ध र सुसँस्कृत सच्चा (फ्राडको उल्टो) चरित्रका धनी कुमारजीलाई निम्त्याँउदा मन्डलेहरुलाई भिक्टीमाईज गरेको अनुभव नहुने कारणले गर्दा नै उहाँले निम्त्याउनु भएको होला जस्तो लाग्छ। यो राम्रो परम्परा हो। यो भन्दा पनि राम्रो परम्परा के हुन्छ भने अत्यन्त खराब चरित्र भएका, हेर्दै गुन्डा जस्ता लाग्ने र आपराधिक चरित्रका र समय-समयमा ब्लग लेख्नेहरुलाई उहाँहरुले आ-आफ्ना अनलाईन पोर्टलका माध्यमबाट बेनकाब गर्नु पर्छ। यसमा परिवर्तन भनाउँदा घटीयाहरु पनि छन भने झन राम्रो। यो मूला परिवर्तन धेरै साम्प्रदायीक हो। त्यसैले यसका विरुद्ध अनलाईन देखि लिएर कान्तिपुरसम्म यसको खबर आउनु पर्छ। मेरो यसमा १००% समर्थन छ। हो साथी हो, अब हामीले समाजमा छुपेका, बसेका र लोकतान्तृक भै टोपलेकाहरुका विरुद्ध पनि लेख्नु पर्छ। त्यसमा पनि यो परिवर्तनको ठूलो नकारात्मक कुरा के छ भने यसलाई कसैले सीधै छुरा धस्यो भने पनि जापान भरीका लोकतान्तृकहरु शायद खुशीले गदगद हुन्छन होला । सबलाई अप्ठेरोमा पार्ने यो परिवर्तन ब्लगरे भर्खर मरेछ भन्दै धेरै लोकतान्तृक मित्रहरु रमाउने सँभावना पनि धेरै छ।
तर, हामी जापानमा मर्न र मार्न आएका होईनौँ। हामी त यहाँ टन्न पैसा कमाउन आएका हौँ। खै त पैसा? कुरा अगाडी यही छ। पैसा नहुनेहरु नै सँधै विद्रोह गर्छन रे भन्ने मैले पनि पढेको छु। त्यसमा पनि विध्यार्थिहरु परेछन भने त जहिले पनि सन्किन्छन रे भन्ने मैले पनि सुनेको छु। के पैसा नहुने विध्यार्थीहरुले जापानमा बसेर टन्न पैसा कमाउनु भएका महानुभावहरुसँग जोरी खोज्न मिल्छ र? अहँ कुनै हालतमा पनि मिल्दैन। अनि यो परिवर्तन चाँही के बहुलाएको हो र? होईन बढी लोकतान्तृक मात्र हुन खोजेको हो। जे होस, अब हामी मिलेर जानु पर्छ। अब देखी हामीले कसैलाई केही पनि भन्नु हुँदैन किनभने उहाँ डा. उपेन्द्र महतोको राईट ह्यान्ड हो रे । अब हामीले डाकुलाई गाली गर्नु हुँदैन किनभने उहाँले पनि खै कुनचाँही मन्डले अनलाईन पत्रिकामा काम गर्नु हुन्छ रे। के छ यार, अहिले त सब पत्रकार हो नि । फ्राड पनि पत्रकार, मानव तस्कर पनि पत्रकार। जे होस, अब हामी मिलेर जानु पर्छ।
अस्तु!!!!
No comments:
Post a Comment