डा. बसन्त कुमार गौतम
नागोया, जापान
मलाई यो एन.आर.एन भनिने संस्थाको बारेमा धेरै चासो छैन पहिल्यैबाट। यसबारेमा राम्रा धारणा त्यति थिएनन् अहिलेसम्म तर असाध्यै 'खत्तम' पनि लाग्दैनथियो।
आफ्नो वचन पूरा गर्दा रहेनछन् यसका हर्ताकर्ताहरु भन्ने कुरा यो संग जोडिएको पहिलो अनुभव हो। म यसको सदस्य बनेको डेढ वर्षजति पहिला हो। एनआरएन सदस्यताको परिचयपत्र दिने, इ-मेल सूचि बनाएर सबै सदस्यहरुलाई बिभिन्न गतिविधिहरुको बारेमा अद्यावधिक सूसूचित राख्ने आदि कुराहरु सुनाईएको थियो त्यो बेलामा। तर न परिचय पत्र आयो, न एउटा इ-मेलनै आयो एनआरएनको। अब इ-मेल सूचि बनेर पनि मैमात्र छुटेको त पक्कै होईन होला। गज्जब त के छ भने एनआरएन सदस्यताको परिचयपत्र बोकेबापत पाईने बिभिन्न 'सुविधा' र 'छुट'हरुको भने जताततै भरमार विज्ञापन गर्छन् उनीहरु।
एकमहिना जति पहिला नागोयानजिक एनआरएनको तोकाई शाखाले एउटा कार्यक्रम गरेको थियो। त्यहाँ उपश्थित एनआरएनका 'अन्तर्राट्रिय नेता' एकजना र 'राष्ट्रिय नेता' एकजनालाई फेरि सम्झाएको थिएँ मैले (अरु 'स्थानीय नेता'हरुलाई पनि भेटेपिच्छे सम्झाउँछु म!)। उनीहरुले "हेर्नुस् वसन्तजी, कत्रा-कत्रा ठूला समस्या त समाधान हुन्छन्, यो त सानो समस्या हो। हामी मिलाईहाल्छौं नि----।" भन्दै एक राउण्ड गीता-दर्शन सुनाएका थिए मलाई। कुरो गराइबाटै थाहा हुन्थ्यो कि केहि हुनेवाला छैन। र भएन पनि।
अस्ति चार तारीखका दिन टोकियोमा एन.आर.एन-जापानको राष्ट्रिय अधिवेशन थियो र नयाँ कार्यसमितिको चयन पनि हुनेवाला थियो। जापानमा जहाँ बसेको भएपनि मतदान गर्न टोकियोनै जानुपर्ने बाध्यता थियो। नेपाल सरकारसंग ‘विदेश बसेकाले विदेशबाटै भोट हाल्न पाउनुपर्छ---‘ भनेर ‘हक’ मागेको नाटक गर्ने एन.आर.एनको आफ्नो चुनावमा भने भोट हाल्न टोकियोनै पुग्नुपर्ने ‘नियम’ खडा गरेर एन.आर.एनले आफ्नै धज्जी उडाइरहेको थियो। हुलाक मतदान अथवा इण्टरनेट मतदानको सजिलै ब्यबश्था गर्न सकिन्थ्यो, त्यो पनि जापान जस्तो भरपर्दो हुलाक प्रणाली र उच्च प्रविधिमय देशमा। तर एन.आर.एन. प्रविधिलाई बुझ्ने हिसावमा अझै २५ वर्षजति पछाडिनै छ भन्ने प्रमाणित भयो यसबाट। दोश्रो, टोकियोको एउटा सीमित समूह एन.आर.एनको नेतृत्वमा टोकियोबाहिरका कसैलाई पनि ‘छिर्न’ दिन चाहदैंन भन्ने पनि स्पष्ट भयो।
अरु बेला भए म कदापि जाने थिईँन। केहि साथीहरुले उम्मेदवारी दर्ता गरेका थिए। साथीहरु नेतृत्वमा आएभने केहि सकारात्मक परीवर्तन गर्न सक्लान् एन.आर.एन. भित्र र एन.आर.एन. अलि ‘विकेन्द्रित’ पनि होला भन्ने आशा राखेर टोकियो जाने निर्णय गरें। साथै, यहि मौकालाई उपयोग गरेर केहि नयाँ चिनजानको शुरुवात र पूराना चिनजानहरुको नवीकरण पनि गर्न सकिने देखें।
नागोयाबाट जान दुई बसको ब्यबश्था गरेका थिए साथीहरुले। राती १२ बजे बस हिँड्ने बेला हुँदासम्म ब्यबश्थापनमा लागेका साथीहरुको अनुहारमा चिन्ता छाउन थालिसकेको थियो। सिटले धान्ने भन्दा बढी मान्छे छिरिसकेका थिए बसभित्र र हामामाचु र शिजुओकाबाट टिप्नुपर्नेहरु अझै बाँकीनै थिए। यस्तै छ हामी नेपालीहरुको बानी। दुई घण्टा अगाडिसम्म ‘जान्न’ भनको मान्छे बस हिँड्नेबेलामा लाजै नमानी टुप्लुक्किदिन्छ। अब ‘लान्न तँलाई, फर्केर जा---‘ भन्नुभएन, त्यो पनि चुनावको मुखैको ‘मतदाता’संग!
जापानी चालकहरुले मान्ने थिएनन् यसरी मान्छे कोचीकोची उभ्याएर लान, तर यसपालीका ‘गुरुजी’ हरु अलि सोझै परेछन्। रिसाई-रिसाई भएपनि राजी भए गाडी हाँक्न। प्रहरीले ध्यान दिने ठाऊँमा सबै भुईँमै भएपनि बसिदिने र झ्यालका पर्दा लगाइदिनुपर्ने शर्त राखेका थिए उनीहरुले।
तर पक्का ‘नेपाली बानी’को अगाडी यी त साना समस्याहरु रहेछन्। पछाडि बस्ने १५-२० जनाहरु यति पत्रु र गएगुज्रेका रहेछन् कि म बसेको गाडीका चालकले ’३५ वर्षको चालक जीवनमा यति असभ्य यात्रुहरु कहिल्यै देखेको थिईँन!” सम्म भने। उनीहरु रक्सीले मातेर असाध्यै हल्ला गरिरहेका थिए, त्यो पनि बेला-बेलामा माईकै समाएर। ‘हल्ला नगर’ भन्दा उनीहरुले मानेनन् बरु झगडाकै मूडमा आउँथे सजिलै। बियर खाएर क्यान बसभित्रै गुडाइदिने, क्यान अथवा कप झ्यालबाट बाहिर फाल्दिने पनि गरिरहेका रहेछन् उनीहरुले। नेपाल र नेपालीको बेइज्जतीको यो क्रम बिहान ४ बजेतिर आएर सबैलाई रक्सीले ‘लडाइसकेपछि’ मात्रै रोकिएको थियो।
आएकोमा पश्चाताप लाग्न शुरु भइसकेको थियो मलाई। लाग्यो, नेपाल सरकारले एक महिना जति थुनेर बानी-ब्यहोरा र सभ्य आचरण नसिकाई कुनै पनि नेपालीलाई पासपोर्ट दिनुहुँदैन। (तर सरकार आफैं सभ्य हुनुप-यो नि पहिला त, हैन र?!)
एकजना कलाकार साथी थिए अगाडि। लोकगीत-संगीतमा सिपालु छन् तिनी, पहिला पनि केहि कार्यक्रममा तीनको प्रतिभा देख्ने मौका पाइएको थियो। तिनले रातभरि बाँसुरी बजाएर बस्न दिएका हैनन् अर्कोतिर! साथीले एक दर्जन जति बाँसुरी ल्याएका रहेछन् र १०-१५ मिनेटमा फेरी-फेरी बजाउँथे। ठीक छ तीनले बाँसुरी राम्रो बजाउँछन्, तर ५-६ घण्टासम्म एकोहोरो बाँसुरी सुनिरहनुपर्दा के हुन्छ मान्छेलाई?! त्यो पनि रातभरि अनिदो हुनुपरेको बेलामा!
बिहान आठ बजे मेगुरोको कार्यक्रम स्थलमा पुग्दा आयोजकहरु हुने कुरै भएन, कार्यक्रम दश बजेबाट शुरु हुने भनेर भनिएको थियो हामीलाई। त्यता हल्लेर दुई घण्टा बिताउन त्यति सजिलो नहुनेनै भयो, फेरि नित्यकर्मको कुरा पनि छँदै थियो।
क्रमश:

स्रोत:ब्लगिँग बसन्त
No comments:
Post a Comment