Wednesday, February 17, 2010

दिल्लीमा राष्ट्रपतिको भव्य स्वागत


राष्ट्र प्रमुखको रुपमा राजाहरुलाई स्वागत गर्दै आएको दिल्लीले मंगलबार नेपालका पहिलो राष्ट्रपति रामवरण यादवलाई भव्य स्वागत गरेको छ। भारतीय राष्ट्रपति प्रतिभा पाटिल, प्रधानमन्त्री मनमोहन सिंहले नेपाली राष्ट्रपतिको सम्मानमा दिएको समय र महत्व राजाहरुले पाउँदै आएकोभन्दा कम देखिएन। भारतीय प्रधानमन्त्री मनमोहन सिंहले मंगलबार दिवाभोजको आयोजना गरेका छन्। दिल्लीमा राष्ट्रपति यादवले बिताएका महत्वपूर्ण क्षण ।
तस्विरः एपी/एएफपी

Wednesday, February 10, 2010

गृहमन्त्रीसँगै सुरक्षा प्रमुखहरु जाने चलन पुनर्विचार आवश्यक : मन्त्री

काठमाडौं, सरकारका प्रवक्ता शङ्कर पोखरेलले गृह मन्त्रीसँगै सुरक्षा निकायका प्रमुखहरू विदेश भ्रमणमा जाने चलनमाथि पुनःविचार गरिनुपर्ने बताएका छन्। सञ्चार उद्यमी जमिम शाहको हत्याका बेला गृह मन्त्रीसँगै सबै सुरक्षा प्रमुखहरु मुलुकमा नरहेकाले समस्या आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन।
मन्त्री पोखरेलले विशेष सुरक्षा व्यवस्था गरिएको स्थानमा उद्यमी शाहको हत्या हुनुलाई सरकारले विशेषरुपमा लिएको पनि उल्लेख गरे। र, भने- सञ्चार उद्यमी जमिम शाहको हत्याकाण्डलाई सरकारले गम्भीररुपमा लिएको छ। सूचना तथा सञ्चार मन्त्रालय र सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालले आयोजना गरेको सामुदायिक रेडियो : अवसर र चुनौती विषयक कार्यक्रमको उदघाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हत्याको छानबिन उच्चस्तरीय आयोगले गरिरहेकाले सत्य तथ्य पत्ता लागेपछि सबैकुरा सार्वजनिक गरिने बताए। कार्यक्रममा उनले अबदेखि एउटा संस्थालाई एकभन्दा बढी एफएम रेडियो सञ्चालन गर्न नदिने, विद्युतीय सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने नीति सरकारले लिएको जानकारी दिएका थिए।

Saturday, February 6, 2010

राजतन्त्र पतनबारे हङकङमा चर्चा

हङकङ, - नेपाली इतिहासका अध्येता जोन ह्वेल्पटनले अब राजतन्त्र फर्कन नसक्ने बताएका छन्। नेपालमा राजतन्त्रको उत्थान र पतन बारे हङकङमा बोल्दै उनले भने, "दुई तीन वर्षअघिसम्म ज्ञानेन्द्रले राजतन्त्र बचाउन गरिरहेको कोशिश बारे चर्चा हुन्थ्यो तर अहिले गणतन्त्र घोषणा भैसकेको छ र जनता लोकतान्त्रिक पद्धतीलाई बलियो बनाउन लागि परेका छन्, राजतन्त्र ब्यूँताउन होइन।"
हङकङ एन्थ्रोपोलोजिकल सोसाइटीले चिमसाचुईस्थित हिस्ट्री म्यूजियममा आयोजना गरेको छलफल कार्यक्रममा उनले नेपालको राजतन्त्र पतनका कारणहरू खोतले। जोनका अनुसार नागरिक स्तन्त्रतामाथि हस्तक्षेप गर्नु, पञ्चायती व्यवस्था लादेर नागरिकको जीवनस्तरमा सुधार ल्याउन नसक्नु र भारत विरुद्ध 'चाइना कार्ड' खेल्न खोज्नु गोरखाबाट उत्थान भएको राजतन्त्र पतनका केही कारण थिए।
दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले चरणवद्ध रुपमा सम्पूर्ण शक्ति आफ्नो हातमा लिएकाले माओवादी र सात पार्टीबीच दिल्लीमा (१२ बुँदे) समझदारी भएको र त्यसले राजतन्त्र अन्तको ढोका खोलेको उनको तर्क छ।
'राजा भगवान विष्णुका अवतार हुन भन्ने हिन्दुहरूको विश्वास, त्रिभुवनको सकारात्मक भूमिकाले कमाएको सम्मान, राजनीतिक पार्टी वा जातीय समुदायबीच खेल्न पाउने अवसर, भारतविरुद्ध खडा भएको राजगद्दीको पर्खाल तथा सेनाको समर्थनका आधारमा राजतन्त्र शक्तिको रुपमा रहेको थियो' भन्दै उनले अब त्यो इतिहासमा परिणत भएको बताए।
हङकङमा शिक्षण पेशामा संलग्न जोनले २००५ मा लेखेको 'अ हिस्ट्र अफ नेपाल' पुस्तक अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले सन्दर्भ ग्रन्थको रुपमा लिन्छन्। काठमाडौँमा लामो समय बसेका उनले नेपालको राजनीतिक इतिहास सम्बन्धी अन्य केही पुस्तक र प्रशस्त लेखहरू लेखेका छन्।
राजदरबार हत्याकाण्डका विभिन्न आयाम केलाउँदै जोनले ज्ञानेन्द्र र पारसमाथि त्यसको आरोप लागे पनि पुष्टी गर्ने विश्वसनीय प्रमाण नभेटिएको बताए। "माओवादीले पहिला वीरेन्द्रको हत्या गरेको दोष ज्ञानेन्द्रलाई दिएर गणतन्त्रका लागि अन्य पार्टीलाई एक ठाउँमा ल्याउन खोजे", जोनको भनाई छ, "पछि वीरेन्द्रसँग कार्यगत एकता थियो भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रवादी भएको कारण विदेशी शक्तिले उनको हत्या गरेको भनेर रणनीतिक वक्तव्य दिएका छन्।"
नेपालमा भारतीय प्रभावलाई सन्तुलनमा राख्न वीरेन्द्रले चीनसँग नजिकको सम्बन्ध विकास गरेकाले उनको हत्या भएको विश्वास गर्ने अन्य विश्लेषकहरू पनि भएको बताउँदै जोनले वाङ होङवेइ जस्ता चिनियाँ विश्लेषकहरूको तर्कले तिनीहरूलाई आड मिलेको दावी गरे। नेपाल बुझ्न चाहने हङकङका अध्येताहरूबीच जानेले डेढ घण्टा लामो प्रस्तुती दिएका थिए।

Friday, February 5, 2010

संविधानको मूल मस्यौदा लेखन शुक्रबारदेखि

माघ २१- संविधानसभाले शुक्रवारदेखि नै संविधानको मूल मस्यौदा तयार गर्न निर्देशन सहित प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजश्व बाँडफाँड समितिको प्रतिवेदन संवैधानिक समितिमा पठाएको छ।
राज्य पुनःसंरचना समितिको प्रतिवेदनमाथिको छलफल समाप्तीसँगै संविधानसभामा विषयगत प्रतिवेदनमाथिको छलफल सकिएको छ। छलफलको अन्तिम दिन राज्य पुनःसंरचना समितिका सभापति लोकेन्द्र बिष्ट मगरले प्रदेशको संख्या र सीमा प्राविधिक विषय भएकाले प्राविधिक टोलीको सहयोगमा टुंगो लगाउनुपर्ने बताए। पाँच दिनसम्मको छलफलमा ३ सय १८ जना सभासद्ले संविधानसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिंदै सभापति मगरले उक्त धारणा व्यक्त गरेका हुन्।
समितिमा छलफल हुँदा प्रस्तुत १४ प्रदेशको नक्सा, प्रदेशको संख्या, सीमा र नामाकरणमाथि सभासद्हरूले तीब्र आलोचना गरेका थिए। 'अवधारणा ठीकै छ भन्ने आएको छ', उनले भने, 'यो नक्सा अन्तिम हैन, प्राविधिक टीम बनाएर सच्याउन सकिन्छ।' उनले कति प्रदेश बनाउने लगायत नामांकन र सीमांकनबारे राजनीतिक दलबीच सहमति जुटाएर टुंगोमा पुग्न सकिने उनले बताए।
संविधानसभामा विषयगत समितिको प्रतिवेदनमाथिको अन्तिम दिनको बैठकमा एकीकृत माओवादीका महासचिव रामबहादुर थापाले भने, ' पुराना संरचनालाई भत्काउनु पर्दछ। सामन्ती एकाधिकारी संरचना र सोच र स्वामित्वको अन्त्य अहिलेको आवश्यकता हो।' यी कुराको अन्त्य गरेर मात्र नयाँ नेपालको निर्माण हुने उनको तर्क थियो। उनी संविधानसभाको बैठकमा संविधानको विषयमा पहिलोपल्ट बोलेका थिए। थापाले भने, 'राज्यका शासन व्यवस्थामा पुरातन सोचलाई विरोध गर्दै नयाँ शासकीय स्वरुपमा र शक्तिको बाँडफाँडमा आमूल परिवर्तनसहितको संघात्मक राज्य व्यवस्था स्थापना गर्नुपर्छ।' १४ प्रदेश, २३ स्वायतता क्षेत्र र विशेष संरक्षण क्षेत्रसहितको प्रस्तावित मस्यौदाको समर्थन गरे।
नेपाली कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले समितिमा छलफलका क्रममा दुई मिनेटमा दुई प्रदेश निर्माणको नक्शा तयार भएकोप्रति व्यगं गर्दै भने, 'इतिहासमा खस राज्य भएको साँचो हो तर नेवाः, ताम्सालिङ, मगरात, तमुवान आदि थिएनन्, मल्ल, लिच्छविहरुका राज्य थिए।' हाम्रो आर्थिक अवस्थाले यो धान्न नसकिने र परापूर्वकालदेखि नै जातीय तथा धार्मिक सहिष्णुता भएको देशमा जातीय राज्य खडा गरेर द्वन्द निम्ताउने काम गर्नु नहुने उनले बताए। जाती, क्षेत्र, लिङ्गको नाममा राज्य र विशेष अधिकारका लम्बा चौडा कुरा गर्नुको साटो एकै वक्यमा लेख्न सुझाव दिंदै भने, 'बरु पहाडी ब्राहण र क्षेत्री पुरुष बाहेक भनेर लेखिए त भयो नि।' उनले प्रश्न गरे, '१०३ जाति भएको देशमा ६-७ वटा जातिको नाममा राज्य दिएर न्याय हुन्छ?'

Monday, January 25, 2010

सभासदहरुको छुट्टाछुट्टै विचार - एमाले विभाजित

एमाले सभासद्हरू संविधानसभाको बैठकमा प्रधानमन्त्रीय प्रणाली र संसदीय प्रणालीमा विभाजित भएका छन्। राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथि संविधानसभामा भएको छलफलमा एमाले सभासद्हरू विभाजित रूपमा प्रस्तुत भएका हुन्।
आइतबारदेखि सुरु भएको समितिको प्रतिवेदनमाथिको छलफलमा एमाले सचिव विष्णु पौडेल र पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले 'सुधारिएको संसदीय व्यवस्था' का पक्षमा बोलेका छन्। सोही पार्टीका सभासद्द्वय रत्न गुरूङ र गोपाल ठाकुरले भने 'जनताबाट प्रत्यक्ष निवाचित प्रधानमन्त्रीय प्रणाली' को पक्षमा आफ्नो अभिमत राखेका छन्।
छलफलमा बोल्दै पौडेलले निरंकुशता र अस्थिरता नेपालको समस्या भएको बताउँदै कार्यकारी प्रमुख र राष्ट्रपति एकै व्यक्ति हुँदा निरंकुशता बढ्ने बताए। समितिका तर्फबाट संविधानसभाको छलफलमा प्रस्तुत प्रारम्भिक मस्यौदामाथिको भएकाले त्यसभित्र छलफल केन्द्रित गर्न आग्रह गर्दै पौडेलले भने, 'समाचारका सुर्कीमाथि छलफल हुन सक्दैन, समितिमा प्रस्तुत मस्यौदामाथि छलफल हुनुपर्छ।'
माओवादीको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, कांग्रेसको संसदबाट प्रधानमन्त्री चयन हुने संसदीय व्यवस्था र तमलोपाको संसद्बाट निर्वाचित राष्ट्रपतीय प्रणाली मात्र मस्यौदामा समेटिएको छ, मतदानमा पनि कुनै पनि शासकीय स्वरुपले समितिमा उपस्थित सदस्यको बहुमत नपाएपछि तीनै मतलाई समेटेर संविधानसभमा प्रस्तुत गरिएकेा थियो। पौडेलले समितिमा मतदान गरेको एमाले-कांग्रेसको १६ मतको प्रस्तावका पक्षमा आफू रहेको बताए। उनले भने, 'आफ्नो घोषणापत्रको वकालत गरेर मात्र संविधान बन्दैन, सहमतितर्फ कदम चाल्न जरुरी छ।'
एमालेकै अर्का सभासद् रत्न गुरूङले आफू एमालेको इमान्दार कार्यकर्ताको नाताले समितिमा रहेका दलका नेताले सहमतिका लागि लिएको अग्रसरतालाई स्वीकारेर मतदान गरेको भए पनि त्यो समर्थन फिर्ता लिएको बताइन्। रोष्ट्रमबाट एमालेको चुनावी घोषणापत्र देखाउँदै उनले भनिन्, 'देशको कार्यकारीका रूपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राख्ने मत एमालेको हो, सबैलाई त्यसमा सहमत हुन आग्रह गर्छु।'
एमालेले चुनावी घोषणापत्रमार्फत् अघि सारेको शासकीय स्वरुप सहमतिका लागि उपयुक्त विकल्प भएको उनले दाबी गरिन्। आफूहरूले समितिसमक्ष पेश गरेको फरकमत पनि दर्ता नभएको रोष प्रकट प्रतिवेदन देखाउँदै भनिन्, 'यो रंगिन मस्यौदामा एमालेको मत किन पर्नसकेन? किन घुनपुत्ली लाग्यो?' उनले १२ वर्षको संसदीय अभ्यासमा अल्पमतको कदर नभएको, 'मनी-मसल' प्रयोग गरी चुनाव जितेको, सरकार बनाउने र ढाल्ने खेलमा लागेको आरोप लगाउँदै भनिन्, 'महिला, मधेशी, जनजातिलाई समेट्न सक्ने संवैधानिक राष्ट्रपति र कार्यकारी प्रमुखको रूपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राख्ने धारणा अघि सारेको हो।'एमाले पोलिटब्युरो सदस्य ज्ञवालीले छलफलका क्रममा संसदीय व्यवस्थाको धज्जी उडाइएकोप्रति विमति राख्दै भने, 'राष्ट्रपतीय प्रणालीबाट निर्वाचित राष्ट्रपति जिम्बाब्बेमा रोबर्ट मुगाबेको उदय भयो, इण्डोनेशियामा सुहार्तोले वामपन्थीमाथि दमन गरे, बोरिश येल्तसिनले रुस धुजा-धुजा पारे।' उनले प्रजातन्त्रको कमजोर जगमा राष्ट्रपतीय प्रणालीमा गयौं भने निरंकुशता जन्मिने बताए।
संसदीय प्रणालीका पनि कमजोरी रहेको र एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अघि सारेको बताउँदै ज्ञवालीले भने, 'हरेक पार्टी आफ्नै अडानमा बस्दा कि संविधान नबनाएर घोषणापत्रको संग्रह बनाउनु पर्‍यो?' अर्का सभासद् गोपाल ठाकुरले भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको भन्ने पाटर्ीै घोषणापत्रको लाइनमा बोलेका थिए।
शनिबार मात्र एमाले संसदीय दलको बैठक बसी अध्यक्ष झलनाथ खनालले पार्टी घोषणापत्रको लाइनबाट बोल्न सभासद्हरूलाई निर्देशन दिएका थिए। बैठकपछि संसदीय दलको कार्यालयमा नै सचिव पौडलले आफू परिमार्जन सहितको संसदीय शासन प्रणालीको पक्षमा नै अडिग रहेको बताएका थिए।
एमालेले अघि सारेको 'क्षतिपूर्तिसहितको मिश्रित निर्वाचन प्रणाली' (एमएमपीआर) लाई काँग्रेसले समर्थन गरेपछि उसको शासकीय स्वरुपमा एमालेले मतदान गरेको थियो। एमाले-कांग्रेस गठबन्धनबाट पनि माओवादीभन्दा कम मत प्राप्त गरेपछि एमालेभित्र विवाद बढेको हो।
समितिमा रहेका पौडेलबाहेक पृथ्वी सुब्बा गुरूङ र कृष्णप्रसाद सापकोटाले आफूले मत दिएको पक्षमा नै रहने बताएका छन्। जबकि सापकोटा स्वयम्ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली बारे पुस्तक लेखेका थिए। समितिमा संसदीय प्रणालीका पक्षमा मतदान गर्ने एमाले रत्न गुरूङ लगायत सभासद्हरू सोनाम छेजुङ लामा, हसिना मियाँ बेगम, प्रद्युम्न चौहान र गोविन्द नेपाली भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको पक्षमा छन्। संविधानसभामा हरेक सभासद्हरू स्वतन्त्र हुने हुनाले पार्टीको 'ह्वीप' लाग्दैन।

Tuesday, January 19, 2010

संयन्त्रद्वारा कार्यविधि मस्यौदा बनाउन कार्यदल गठन

माघ ५- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले कार्यविधिको मस्यौदा बनाउन कार्यदल गठन गरेको छ। ६ सदस्यीय कार्यदलमा तीनै प्रमुख दलका २-२ जना सदस्य तोकिएका छन्। जसमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र देव गुरुङ, कङ्ग्रेसबाट अर्जुननरसिंह केसी र कृष्ण सिटौला छन् भने एमालेबाट भरतमोहन अधिकारी र युवराज ज्ञवाली छन्।
कार्यदललाई मस्यौदा तयार पारी पेश गर्नका लागि ८ गतेसम्मको समायवधि कार्यदललाई दिइएको छ। ८ गते बस्ने संयन्त्रको अर्को बैठकमा सो मस्यौदा बारे छलफल हुने सहमती भएको बैठकमा सहभागी सिटौलाले नागरिकन्युजलाई बताए।बैठकमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, कृष्ण सिटौला, रामशरण महत तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ सहभागी थिए। एमाले अध्यक्ष झलनाथ खनाल र भरतमोहन अधिकारी उपस्थित थिए।मंगलबार विहान ९ बजेदेखि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा भएको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल सबैभन्दा पहिला पुगेका थिए। उनी केही समय बसेर फर्किएका थिए। प्रधानमन्त्री नेपाल फर्किएको केहीबेर पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल बैठकमा पुगेका थिए।
संयन्त्रको बैठकमा कांग्रेस सभापति कोइरालाले माओवादीलाई १० माघदेखिएको आमहड्ताल फिर्ता लिन आग्रह गरेका थिए। माओवादी अध्यक्ष दाहालले ८ गतेकै संयन्त्रको बैठकपछि मात्र त्यस विषयमा केही भन्न सक्ने जवाफ दिएका थिए।

Sunday, January 17, 2010

ज्योति बसुको निधन

माघ ३- भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका वरिष्ठ नेता तथा पश्चिम बङ्गालका पूर्व मुख्य मन्त्री ज्योति बसुको निधन भएको छ । ९५ वर्षका बसुको निधन कोलकोताको एउटा अस्पतालमा आइतबार भएको हो । बसु २ सातादेखि गम्भीर बिरामी थिए । निधनको समय उनका पुरै परिवार तथा भारतीय कम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरु अस्पतालमा रहेका थियो । केन्द्रीय गृह मन्त्री पि चिदबरम पनि अस्पतालमा रहेका थिए । बसुको निधन स्थानीय समयअनुसार ११ बजेर ४७ मिनेटमा भएको थियो । बसुको निधनको ‌‍औपचारिक घोषणमा बामपन्थी मोर्चा समन्वय समितीका अध्यक्ष बिमान बोसले गरेका थिए । बसु भारतका लगातार सबैभन्दा लामो समय शासन गर्ने मुख्यमन्त्री हुन् । पहिलो पटक सन् १९७७ मा पश्चिम बंगालका मुख्यमन्त्री बनेका बसुले सन् २००० मा स्वास्थ्यको कारण राजिनामा दिएका थिए । ज्योती बसुः एक जननेतासुबीर भौमिक भारतमा सन् १९९६ मा भएको संसदीय चुनाव अघि केही मानिसले के भन्न शुरु गरेक थिए भने ज्योति बसु एक दिन भारतका प्रधानमन्त्री निश्चित रुपमा बन्नेछन्। तीन वटा राज्यमा छाडेर देशका कुनै पनि स्थानमा प्रभाव नभएको कम्युनिष्ट पार्टीका उनी भएकाले मात्रै होइन। न त राष्ट्रिय राजनीतिमा उनीका भूमिका पार्टीको पोलिटब्यूरो र केन्द्रीय समितिको बैठकसम्म सिमित भएको कारणले नै। यस कारण यसो भनिएको थियो भन्ने भारतीय राजनीतिक व्यवस्थामा प्रतिस्पर्धा तिब्र थियो। केही क्षेत्रीय नेताका राजनीतिक क्षितिजमा उदय हुँदै थियो। केही बाम दल र क्षेत्रीय दलका बन्धन बनेको थियो। यस्तोमा ज्योती बसु प्रधानमन्त्री पदका सबैभन्दा सर्वसम्मत दावेदारको रुपमा देखिएका थिए। राजनीतिक दक्षताउनीसँग बंगालमा बाम दल एकै स्थानमा लामो समयसम्म राख्ने अनुभवन थियो।(यो गठबन्धन ३३ वर्षदेखि पनि सत्तामा रहेको छ तर अहिले यो कमजोर हुदै गएको संकेत देखिएको छ)।
यस्तोमा केन्द्रका राजनीतिमा एक अस्थित गठबन्धनलाई स्थीर बनाउन धेरै नै चुनौतिपूर्ण काम थियो। तर मार्क्सवादी कम्युनिष्ट पार्टी(माकपा)ले यसलाई अर्कै रुपमा लियो। माकपाले यो गठबन्धनमा सहभागी नहुने र त्यसलाई बाहिरबाट समर्थन गर्ने निर्णय गर्‍यो। यसले गर्दा ज्योती बसु प्रधानमन्त्री बन्न पाएनन्। पछि उनले पार्टीको यो निर्णयलाई ...ऐतिहासिक गल्ती'को नाम दिए। ज्योति बसुको जन्म पूर्वी बंगाल(हाल बंगलादेश)को एउटा समृद्ध मध्यवर्गिय परिवारमा सन् १९१४ जुलाई ८ मा भएको थियो। उनले कलकत्ताका एउटा क्याथोलिक विद्यालय तथा सेन्ट जेवियर्स कलेजमा पढेका थिए। कानुनको अध्ययन बसुले लण्डनमा गरे। रजनी पाम दत्त जस्ता कम्युनिष्ट नेतासँगको सम्बन्धको कारण उनले सन् १९३० मा कम्युनिष्ट पार्टी अफ इन्डियाको सदस्यता लिए। रेल्वे कर्मचारीको आन्दोलनमा सहभागी भएपछि पहिलो पटक चर्चामा आए र सन् सन् १९५७ मा पश्चिम बंगाल विधान सभाका उनी विपक्षी नेता चुनिए। सन् १९६७ बनेको बाममोर्चा सहयोगमा बनेको संयुक्त मोर्चा सरकारमा ज्योती बुस गृहमन्त्री बने तर माओवादी आन्दोलनको कारण राज्यका राष्ट्रपति शासन लागू गरियो र त्यहाँका सरकार विघटन भयो। यस पछि सन् १९७७ चुनाबमा जब बाममोर्चालाई विधानसभाका पूर्ण बहुमत प्राप्त गर्‍यो ज्योती बुस मुख्यमन्त्री पदका सर्वमान्य उम्मेदवारका रुपमा देखिए। ऐतिहासिक मुख्यमन्त्रीयसपछिको समय इतिहास हो। उनले लगातार २३ वर्षसम्म पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा काम गरे। बसु सरकारको राज्यका कयौं उपलब्धी हासिल गर्‍यो। त्यो मध्य एक हो माओवादीका आन्दोलनबाट बंगलामा उत्पन्न अस्थिरतालाई राजनीतिक स्थिरतामा परिवर्तन गर्न सफलता प्राप्त गर्नु।
उनका सरकरका अर्को उल्लेखनीय काम हो भूमिसुधार, त्यो कुरा अन्य राज्यका किसानका लागि अहिले पनि सपनाका रुपमा रहेको छ। ज्योति बसुको सरकारले जमिन्दार र सरकारी नियन्त्रणमा रहेको जमिनको स्वामित्वका हक करिब १० लाख भूमिहीन किसानलाई दिए। त्यसले ग्रामिण क्षेत्रको गरिब हटाउन धेरै हदसम्म सफलता प्राप्त गर्‍यो। ज्योति बसुको सरकारमा कमजोरी नभएको होइन। जस्तो की पटक-पटक हुने हड्तालका गर्ने ट्रेड युनियनमाथि कारवाही गर्न उनका सरकार असफल रह्यो। यसको कारण उद्योग क्षेत्रमा उपलब्धी हासिल गर्न सकेन्न र विदेशी लगानीलाई आकर्षित गर्न सकेनन्। ज्योती बसुको यो सरकारले कर्नाटक र आन्ध्र प्रदेशको सरकारको जस्ता प्रविधी रुपमा दक्ष मानिसलाई उपयोग गरेर राज्यलाई सूचना प्रविधि उद्योगको पनि स्थापना गर्न सकेनन्। पार्टीमा विवादबसुको सरकारले विदेशी लगानीको सयौं सम्झौता पत्र(MOU)मा हस्ताक्षर गर्‍यो तर त्यसमध्ये केही मात्रै कार्यान्वयनमा आए किनभने मजदुर संगठन यसको पक्षमा थिएन्। यसका लागि ज्योति बसु आफ्नो सरकारको अन्तिम मन्त्रिपरिषदको बैठकमा समेत लड्दै रहे। ज्योति बुसलाई एउटा कट्टर कम्युनिष्ट नेतामा भन्दा पनि आश्चर्यजनक समाजवादी नेताको रुपमा लिने गरिन्छ। राजनीतिक विश्लेषक सब्यसाची बसु राय चौधरीले भने, ...ज्योति बसुले साम्यवादलाई सम्मानित बनाए।
'ज्योति बुसको राजनीतिक जीवनलाई नजिकबाट अध्ययन गरेका विश्लेषक तथा अंग्रेजी पत्रिका ...टेलिग्राफ' का राजनीतिक सम्पादक आशित चक्रवर्तीले भने, ...बसु कम्युनिष्ट कम र व्यावहारिक धेरै देखिन्थे, एक समाजिक प्रजातान्त्रिक तर उनका सफलता के संकेत गर्दछ भन्ने समाजिक लोकतन्त्रको भविष्य छ तर साम्यवादीको होइन।'तर उनको यो सफलता अझै बढी हुने थियो यदि उनका दलको केन्द्रीय समितिले उनलाई सन् १९९६ मा केन्द्रमा बन्ने गठबन्धन सरकारके नेतृत्व गर्ने अनुमति दिएको छ। ज्योति बसुले पछि पार्टीको यो निर्णयलाई एउटा ...ऐतिहासिक गल्ती' बताएका थिए।
ज्योती बसु
जन्म : सन् १९१४ जुलाई ८राजनीतिमा
राजनीतिमा प्रवेश : - सन् १९३० मा कम्युनिष्ट पार्टी अफ इण्डियाको सदस्य
राजनीतिमा जीवन : -
- सन् १९५२ देखि सन् १९५७ सम्म पश्चिम बंगाल क्षेत्रका सचिव
- सन् १९४६ मा पहिलो पटक बंगाल विधानसभामा निर्वाचित
- सन् १९५२, १९५७, १९६२, १९६७, १९६९, १९७७, १९८२, १९९१ र १९९६ मा विधानसभाका सदस्य।
- सन् १९५७ देखि सन् १९६७ सम्म विपक्षी दलको नेता
- सन् १९७७ जुन २१ मा पश्चिम बंगालको मुख्यमन्त्री
- स्वास्थ्यको कारण सन् २००० नोभेम्बर ६ मा मुख्यमन्त्रीको पद त्याग
(बीबीसी Hindi)

Wednesday, January 13, 2010

एक अर्बको स्लाइन उद्योग आउने

काठमाडौं, स्वास्थ्य उपचारमा प्रयोग हुने स्लाइनको ९८ प्रतिशत बजार भारतीय उत्पादनले धानेका बेला देशमा पहिलोपटक आर्या पेरेन्टिकल प्रालिले ९१ करोड रुपैयाँ लागतमा स्लाइन उद्योग स्थापना गर्न लागेको हो। यसका लागि धादिङमा जग्गा खोज्ने काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक पवन संघाईले जानकारी दिए। 'जग्गा पाउनेबितिकै कारखाना निर्माण थाल्नेछौं,' उनले नागरिकसँग भने।
मुलुकभित्र वार्षिक करिब ३५ अर्ब रुपैयाँ बराबरको स्लाइन कारोबार हुन्छ। नेपालमा सञ्चालन भइरहेका दुईवटा उद्योगले स्थानीय बजारको दुई प्रतिशतमात्र धान्छन्। त्यसमध्ये एउटा सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड र अर्को निजी क्षेत्रको विजयदीप फर्मास्युटिकल्स हो।
आर्या पेरिन्टिकलले गएको चैतमा देशको तेस्रो स्लाइन उद्योग स्थापना गर्न औषधी व्यवस्था विभागसँग अनुमति लिएको थियो। पहिलो चरणमा धादिङको नौबिसेमा ६ रोपनी जग्गासमेत किनेको थियो। त्यसले नपुगेपछि अर्को ठाउँमा जग्गा खोज्न थालिएको हो। पानीको स्रोत राम्रो भएको, विद्युत पूर्वाधार पुगेको र धेरै जग्गा चाहिने भएकाले सजिलै पाउन मुस्किल परेको कम्पनीले जनाएको छ।
उद्योगमा लगानीका लागि वित्तीय संस्थासँग पनि छलफल भइरहेको उनले जानकारी दिए। 'हामी उद्योग सञ्चालनका लागि विभिन्न वित्तीय संस्थासँग लगानीको निम्ति छलफल गरिरहेका छौं,' उनले भने, 'अहिलेसम्म भएको छलफलमा सबै सकारात्मक छन्।'
यो स्लाइन उद्योग पूर्ण रूपमा स्वचालित प्रविधिमा आधारित छ। यसले पहिलोचोटि मानव संशाधन प्रयोग नगरी स्वचालित रूपमा स्लाइन उत्पादन गर्ने प्रविधि भिœयाउँदैछ। स्लाइन उत्पादनमा मानव संशाधन प्रयोग हानिकारक मानिन्छ। बाह्य वातावरणमा हुने जीवाणु स्लाइनमा संक्रमण हुने खतरा रहन्छ। यस्ता उद्योग अन्य मुलुकबाट विस्थापित भइसकेका छन्।
'स्लाइन झोल हाम्रो रगतसँग प्रत्यक्ष जोडिएकाले यसको उत्पादनमा हेलचेक्रयाइँ गर्न हुन्न,' उनले भने, 'त्यसैले मानव संशाधनको प्रयोग हटाएर पूर्ण स्वचालित प्रविधिबाट स्लाइन उत्पादन गर्दैछौं।'
यो प्रविधिअन्तर्गत एउटा मेसिनबाट प्लास्टिकका दाना पठाइन्छ। भित्रभित्रै प्लास्टिकका दाना जोडिएर बोतल बन्छ र अर्को मेसिनबाट स्लाइनसमेत भरिएर बाहिर निस्कन्छ। यसको कुनै पनि चरणमा जनशक्ति प्रयोग हुँदैन। अहिले सञ्चालित स्लाइन उद्योगले मानव संशाधन प्रयोग गरिरहेका छन्।
उद्योगको दैनिक उत्पादन क्षमता १० लाख बोतल छ। मागअनुसार क्षमता बढाउँदै लैजाने योजना रहेको कम्पनीले जनायो। कम्पनीका प्रमुख कार्यकारी शंकर अग्रवालले स्लाइनको माग र उत्पादनबारे थप अध्ययन भइरहेको बताए।
'उद्योग स्थापनाअघि स्लाइनको बजार मागबारे विस्तृत अध्ययन गरिरहेका छौं,' उनले भने, 'बजार अध्ययनका लागि एक भारतीय कम्पनीको स्लाइन ल्याएर बिक्री थालेका छौं।' यसका लागि भारतको गुजरातमा रहेको मार्क बायोसाइन्स कम्पनीबाट चार ट्रक स्लाइन ल्याइसकेको उनले जानकारी दिए।
'यसका आधारमा स्थानीय मागको मूल्यांकन गरेर उद्योगको उत्पादन क्षमता र लगानीबारे स्पष्ट गर्नेछौं,' उनले भने।
औषधी पनि उत्पादन गर्ने लक्ष्य
कम्पनीले स्लाइनसँगै इन्जेक्सनबाट दिइने औषधी उत्पादनको लक्ष्य राखेको छ। 'औषधी उत्पादन गर्ने लक्ष्यसमेत राखेका छौं,' संघाइले भने, 'एउटै स्थानमा औषधी उत्पादनको प्लान्ट राख्दैछौ।' उनका अनुसार शून्य दशमलव शून्य ५ मिलिलिटरको इन्जेक्सन उत्पादन गरिनेछ।

Tuesday, January 12, 2010

लडाकू समायोजनमा मौखिक सहमतिले अप्ठेरो

ललितपुर, तीन वर्षअघि तत्कालीन सात दलीय सरकार र माओवादीबीच बृहत् शान्ति सम्झौता हुँदा लडाकु समायोजन गर्ने मौखिक सहमति भए पनि त्यसको 'अफिसियल रेकर्ड' नहुँदा समायोजन प्रक्रियामा व्यवधान आएको नेताहरूले बताएका छन्।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच 'तीनदेखि पाँच हजार' माओवादी लडाकुमात्र समायोजन गर्ने मौखिक सहमति भएको कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले बताए।
'हामीसँग ८-९ हजार मात्रै सेना छन्, त्यसमध्ये पाँच हजारसम्म समायोजन गरे सबै कुरा मिलिहाल्छ,' दाहालले बृहत् शान्ति सम्झौता गर्दा भनेको स्मरण गर्दै केसीले भने, 'तर, त्यो कुरो व्यक्तिगत स्मरणमात्रै रह्यो, संस्थागत रुपमा राखिएन। त्यो नहुँदा अहिले समायोजन प्रक्रिया जटिल बनेको छ।'
कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले कुनै पनि हालतमा माओवादी लडाकुलाई सेनामा समायोजन गर्न नहुने बताउँदै आएका छन्। प्रवक्ता केसीले कोइरालाको भनाइ पार्टीको आधिकारिक धारणा नभएको दाबी गरे।
सोमबार राजधानीमा नेपाल नीति अध्ययन प्रतिष्ठानको 'समायोजन तथा पुनर्स्थापनाको नेपाली मोडेल' विषयक कार्यक्रममा बोल्दै केसीले भने, '१२ बुँदे सहमति, बृहत् शान्ति सम्झौता र अन्तरिम संविधानबमोजिम कांग्रेसले समायोजन प्रक्रिया अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो।'
प्रधानमन्त्री नियुक्त भएलगत्तै माधवकुमार नेपालले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई 'प्रचण्ड आफैले ३ देखि ५ हजार लडाकु समायोजन गर्ने सहमति जनाएको' बताएका थिए। त्यसको एक साता नबित्दै नेपालले आफ्नै भनाइ सच्चाएका थिए।
संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमले ४ हजारको संख्यामा माओवादी लडाकु समायोजन गर्नुपर्ने औंल्याए। उनले भने, 'समायोजनमा महिला, दलित, मधेसी र अन्य पिछडिएको समूहलाई प्राथमिकता दिनुपर्छ।'
गौतमले राष्टसंघीय अभिसन्धि १३२५ अनुसार शान्ति मिसनमा धेरैभन्दा धेरै महिला अधिकृतलाई प्रोत्साहन गरेका कारण पनि २ हजारभन्दा बढी महिला लडाकुलाई सेना समायोजन प्रक्रियामा सहभागी गराउन सुझाव दिए। विभिन्न सुरक्षा अंगको मापदण्डलाई ख्याल गर्दै लडाकुले इच्छाएको ठाउँमा समायोजन गर्नुपर्ने उनको जिकिर थियो।
माओवादी सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले लडाकुको पुनर्स्थापना र हतियार नष्ट गर्ने सरकारी प्रस्ताव नमान्ने बताए। 'अहिलेसम्म हेर्दा दुई डी (डिस्आर्म, डिमोभिलाइज) प्रयोग भएका छन्, आर (रिइन्ट्रिग्रेसन) मात्र लागू गर्न बाँकी छ', खनालले भने, 'त्यस्तै हो भने हालै प्रधानमन्त्रीले ल्याएको समायोजनको प्रस्ताव हामीलाई मान्य हुने छैन।'
उच्चस्तरीय राजनीतिक संयन्त्रबाट सहमति गरिए समायोजनमा लडाकुको संख्यामा विवाद नआउने उनको भनाइ थियो। उनले भने, 'राजनीतिक स्तरबाट ससम्मान सहमति हुन्छ भने डेढ-दुई सय लडाकुलाई पनि समायोजन गर्न सकिन्छ तर कसैलाई अपमान गरेर होइन।'
शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङले समायोजनभन्दा पुनर्स्थापन हुने लडाकुप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। नेकपा एमाले महासचिव ईश्वर पोखरेलले हिजोका कुरालाई लिएर माओवादी लडाकुको भावनामा ठेस लगाउनु नहुने बताए।

Wednesday, January 6, 2010

सत्तापक्षबाटै सुजाताको राजीनामा माग

सत्तापक्षकै सभासद्हरूले संघीयताविरुद्ध अभिव्यक्ति दिने उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको राजीनामा माग गरेका छन्। संसद्को विशेष समयमा बोल्ने सत्तापक्ष एमाले, फोरम (लोकतान्त्रिक), तमलोपा, सद्भावना (आनन्दीदेवी) लगायतका सभासद् र प्रमुख प्रतिपक्ष माओवादीका सभासद्हरूले राजीनामा मागेका हुन्।
एमालेका लालाबाबु पण्डितले उपप्रधानमन्त्रीमा पूर्वराजा ज्ञानेन्द्रमा जस्तै संघीयताविरोधी भूत सवार भएको भन्दै भने, 'सुजाता कोइरालालाई उपप्रधानमन्त्री पदबाट हटाएर जर्मनीमा संघीयता पढ्न पठाउनुपर्छ, त्यहाँ संघीयता कति सफल छ भन्ने उनलाई थाहा हुन्छ।' जर्मनीमा घरेलु कामदारका रुपमा मात्र काम गरेको अनुभव भएकाले संघीयताको सफलता उनलाई थाहा नभएको हुनसक्ने पण्डितको टिप्पणी थियो।एकीकृत माओवादीका रामकुमार शर्माले उपप्रधानमन्त्रीको अभिव्यक्ति उनका पिता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले 'मधेश प्रदेश मेरो लाशमा मात्र बन्छ' भनेर दिएको अभिव्यक्तिको निरन्तरता भएको आरोप लगाउँदै भने, 'संघीयताविरुद्ध बोल्ने उनलाई पदमा बसिरहने अधिकार छैन, राजीनामा दिनुपर्छ।' फोरम (लोकतान्त्रिक) का नीलम बर्मा, तमलोपाकी वसन्ती झा, सभासद्हरू सुनितादेवी यादव, सरिता गिरीले पनि राजीनामा माग गरेका थिए।राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने सुजाता कोइरालाको समर्थन गरेका थिए। गुरूङले भने, 'म संघीयताविरुद्ध बोलेकामा उहाँको सम्मान गर्छु, संघीयताविरुद्ध जनमत संग्रहको अवस्था सिर्जना गर्न मुख्य भूमिका निर्वाह गर्न आग्रह गर्दछु।' केसीले अरु दलका नेताहरूले संघीयताको समर्थन गरेजस्तै उपप्रधानमन्त्रीले पनि यसको विरुद्धमा बोल्न पाउनुपर्ने उनको तर्क थियो।

Wednesday, December 23, 2009

दाहालको भनाइ विदेशी हस्तक्षेप निम्त्याउने प्रयास : दलहरु

काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहालको दलहरुसँग नभई सिधै दिल्लीसँग वार्ता गर्ने भन्ने अभिव्यक्तिले विदेशी हस्तक्षप निम्त्याउन खोजेको भन्दै दलका नेताहरुले चर्को टिप्पणी गरेका छन्। कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले दाहालको दिल्लीसँग सिधै वार्ता गर्ने भन्ने अभिव्यक्तिले माओवादीको हताश मनस्थीति प्रतिविम्वित भएको टीप्पणी गरे।
'आफ्नै राष्ट्रभित्र रहेका दलहरुसँग छलफल गरी सहमतिमा जानुपर्ने विषयमा सिधै दिल्लीलाई 'पुकार गर्नु' हताश मनस्थीतिको उपज हो, यसले विदेशी हस्तक्षप थप बढाउछ' पौडेलले नागरिकसँग भने।

पौडेलले माओवादीले विश्वास गुमाउदै गएकोले भारतीसँग गुहार गरेको बताए। 'नेपाली जनता, दलहरु र नागरिक समाजसँगको विश्वास गुमाएकोले माओवादी नेतृत्वले दिल्लीसँग वार्ता गर्ने उद्घोष गरेको हो' उनले भने।
तीन दिने आम हड्तालको समापन भाषणका क्रममा मंगलबार दाहालले आफ्नो पार्टीले दलहरुसँग नभई सिधै दिल्लीसँग वार्ता गर्ने घोषणा गरेका थिए। दाहालको यस्तो अभिव्यक्ति सार्वजनिक भए लगत्तै नेताहरुले चर्को आलोचना गरेका छन्।उनीहरुले दाहालले अनावस्यक विदेशी हस्तक्षप गराउने उदेश्यबाट पे्ररित भएर यस्तो भनाई सार्वजनिक गरेको बताएका छन्।
कांग्रेस, एमाले लगायतका प्रमुख राजनीतिक दल र सरकारसँग वार्ताको कुनै औचित्य नभएको भन्दै दाहालले आफ्ना कार्यकर्ताहरुलाई अव सिधै दिल्लीसँग वार्ता गर्ने उद्घोष उक्त समापन भाषणमा गरेका थिए।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सर्यबहादुर थापाले भारतले हस्तक्षप गर्‍यो भन्ने माओवादीकै नेतृत्वले दिल्लीसँग वार्ता गर्छु भनेर उनीहरुको वास्तविकता उदाङगीएको टिप्पणी गरे।'ठूला पार्टीका नेताले दिल्लीमा वार्ता गर्छु भन्नु अराष्ट्रिय कुरा हो यसले सारा नेपालीको बेइज्जत गरेको छ' उनले टिप्पणी छ।
थापाले राष्ट्रयताको त्यत्रो नारा दिने माओवादी नेतृत्वले हस्तक्षप गरेको लाग्थ्यो भने दिल्लीमा हात जोड्न जान नपर्ने बताउदै यस्तो अभिव्यत्तिले उनीहरु कहाँ बसेर के गरेका थिए भन्ने उदाङगो भएको बताए।
दाहालले धेरैपटक दलहरुसँग वार्ता गरियो तर कुरा दिल्लीमा गएर अड्किने भएकोले अव सिधै दिल्लीसँग वार्ता गर्ने बताएका थिए। माओवादी अध्यक्ष दाहालले पार्टी भुमिगत हुदा नोकरहरुसँग (दलसँग) नभई सिधै मालिक (राजा) सँग वार्ता गर्ने बताएका थिए। झण्डै त्यस्तै भाषामा उनले दिल्लीसँग वार्ता गर्ने घोषणा मंगलबारको आमसभामा माफर्त गरेका हुन।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्तले सर्वभौम देशमा सबै निर्णय गर्ने अधिकार जनताका प्रतिनिधिसँग हुने बताउदै माओवादीको भनाइले खासै अर्थ नराख्ने टिप्पणी गरे। 'माओवादी नेताहरुको अनावस्यक टिप्पणीले कुनै असर गर्दैन, कसैले विदेशीलाई आफ्नो देशको मालिक देख्छ भने त्यो उसको दृष्टिभ्रम मात्र हो' पन्तले भने।
माओवादीसँगको १२ वुदेदेखि शान्ति प्रक्रियामा प्रमुख भुमिका निर्वाह गर्दै आएका कांग्रेस नेता कृष्ण सिटौलाले पनि माओवादी अध्यक्ष दाहालको अभिव्यक्ति निराशाजनक र उत्तेजितपूर्ण भएको टिप्पणी गरे। 'माओवादी नेतृत्वले आफ्ना गल्ती ढाकछोप गर्न अरुमाथि दोशारोपण गरेका छन्' सिटौलाले भने।

राजनीतिक दल र मित्रराष्ट्रमाथि तिक्त्तता पोखेर समस्याको समाधान नहुनै जिकिर गर्दै सिटौलाले माओवादी शान्ति र संविधानको कुरा गर्ने तर इमान्दार नरहने लक्षण देखिन थालेको बताए। 'स्थायी शान्ति र राजनीतिक स्थायित्व चाहने आम नेपाली जनताका लागि दाहालको सिधै दिल्लीसँग वार्ता गर्छु भन्ने अभिव्यत्ति दुर्भाग्पूण छ' सिटौलाले टिप्पणी गरे।मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपालको समस्यालाई नेपालीभित्रै बसेर समाधान गनुपर्ने टिप्पणी गर्दै भने, 'अनावस्यक रुपमा आफ्नो देशको समस्याका लागि विदेशीलाई गुहार गर्न राष्ट्रिय हित विपरित हो।'

Saturday, December 19, 2009

कोइरालाले दाहाललाई भने- आन्दोलन छाड्नोस्

पुस ३- माओवादीले आह्वान गरेको आम हड्ताल मिति नजिकिँदै गर्दा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आन्दोलन छाड्न आग्रह गरेका छन्। मुलुक शान्ति प्रक्रिया बिथोलिने र संविधान नबन्ने दिशातर्फ गइरहेकोमा गम्भीर चिन्ता जनाउँदै कोइरालाले दाहाललाई भने 'अहिलेको समय आन्दोलनको हैन, आन्दोलन छोड्नोस्।'
माओवादीले चौथो चरणको आन्दोलनमा शिविरभित्रका लडाकू बाहिर निकाल्ने बताइरहेकै बेला कोइरालाले मुलुक शान्ति प्रक्रिया बिथोलिने र संविधान नबन्ने दिशातर्फ लागेकोमा चिन्ता जनाएका हुन्।
मुलुकको समसामयिक राजनीतिक अवस्था बारे छलफल गर्न कोइराला निवास पुगेका माओवादी अध्यक्ष दाहाल कोइरालाको भनाइप्रति गम्भीर बनेका थिए। आधा घण्टाभन्दा बढी चलेको छलफलमा अध्यक्ष दाहालले आफ्नो पार्टीले उठाएका सामान्य मुद्दाहरुलाई सम्बोधन गरिदिन कोइरालासमक्ष आग्रह गरेका थिए।
'राष्ट्रपतिको कदम बारे हामीले उठाएका सामान्य मुद्दालाई कुनै न कुनै ढंगबाट सम्बोधन गरिदिनु पर्यो' दाहालको भनाइ उदृत गर्दै दुई नेताको बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले भने- 'उहाँले पार्टीका साथीहरुसँग बसेर कुरा गर्छु भन्नु भएको छ।'
कोइरालाको चिन्ताप्रति गम्भीर देखिएका दाहाल पार्टीका साथीसँग छलफल गरेर भेट्न आउँछु भन्दै कोइराला निवासबाट बाहिरिएका थिए। 'एक दुई दिनमै फेरि भेटेर निर्णायक निकास निकाल्ने सहमति भएको छ'- सिटौलाले भने।

Tuesday, December 8, 2009

कोप १५ सम्मेलन सुरु

मंसिर २२- संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप १५) दश दिनका लागि स्थानीय समयअनुसार साढे एघार बजे सुरु भएको छ। विश्वका शक्तिशाली राष्ट्र र तिनका प्रमुखहरु आउने भनिएको यस सम्मेलनको सुरक्षा व्यवस्था निकै कडा गरिएको छ।
आइतबार सम्मेलन केन्द्र असुरक्षित भएको भन्दै सुरक्षाकर्मीले तीन घण्टा सबै गतिविधि रोकेका थिए। बम भएको शङ्कामा सुरक्षाकर्मीले तीन घण्टा सम्मेलन केन्द्र आवतआवतमा पूर्ण प्रतिबन्ध लगाएका थिए। सोमबारको अवस्था सामान्य छ। अमेरिकी राष्ट्रपति बाराक ओबामा समेत आउने भनेपछि सुरक्षा क्षेत्र कडा बनाइएको हो।सम्मेलनमा १ सय ९३ देशका प्रतिनिधिको सहभागिता छ। त्यसमा पत्रकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ-संस्थाका प्रतिनिधि, नागरिक समाज, वातावरण बचाउ अभियानकर्ता, वैज्ञानिक, सरकारी प्रतिनिधि पत्रकारलगायतको सहभागिता छ।
करिब एघार हजार सहभागीको अनुमान गरिए पनि ३० हजारसम्म पुग्ने अनुमान छ।सम्मेलनका प्रारम्भिक छलफलमा भाग लिन सचिवस्तर टोली दश दिनअघि नै यहाँ आइसकेको छ। हामीले हाम्रा एजेण्डा तयार बनाइसकेका छौं। कम विकसित मुलुक र जी ७७ राष्ट्रका प्रतिनिधिको अडान एउटै हुनेछ, वातावरण सचिव डा। उदयराज शर्माले भने। उनका अनुसार सन् १९९० सम्म वायुमण्डलमा थुप्रिएको कार्बनको मात्राको कति प्रतिशत भाग सन् २०२० र २०५० सम्म घटाउने भन्ने विषय सम्मेलनको प्रमुख एजेण्डा हुनेछ। 'यो त्यति सजिलो मुद्दा भने होइन, यसमा विकसित राष्ट्र विभिन्न बहाना बनाएर तर्किन खोज्नेछन्- उनले भने। वायुमण्डलमा बढ्दै गएको कार्बन डाइअक्साइडको मात्रा र त्यसले गर्दा भएको पृथ्वीको बढ्दो तापक्रम अहिलेको सबैको चासोको विषय हो। सम्मेलनमा कार्बनको उर्त्सजन नियन्त्रण योजनाबारे छलफल हुनेछ। सम्मेलनले एउटा निश्चित अवधिमा कति मात्रा कार्बन डाइअक्साइड घटाउने भन्ने निर्क्यौल गर्नेछ।
तर विकसित, अल्पविकसित र विकासशील राष्ट्रका आ-आफ्ना र आफ्नो अनुकूलका योजना तथा अडानले गर्दा यो सम्मेलन पनि विगतमा जस्तै असफल हुनसक्ने सम्भावना त्यत्तिकै छ। अमेरिका, चीन, भारत, रसियालगायतका मुलुक सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन गर्नेमा पर्छन्। यी मुलुकका प्रमुखले लिखित प्रतिबद्धता नजनाएसम्म समस्या समाधान असम्भव हुन्छ।

Tuesday, December 1, 2009

दुबइ ‘क्राइसिस'को असर दक्षिण एशियामा

दुबई, - छोटो अवधिको सम्झौतामा काम गरिरहेका आप्रवासी कामदारको रोजगार भविष्य दुबईमा यतिखेर ठूलो बहसको विषय बनेको छ।
नेपाल भारत बंगलादेशजस्ता मुलुकमा आधारित यहाँको श्रम बजार आर्थिक मन्दीको चपेटामा छ। एक वर्षको अन्तरालमा यहाँको वेरोजगार दर ३०% पुगेको तथ्यांक सार्वजनिक भएपछि रोजगारको विषय बहसमा आएको हो।
उद्योगहरुले जनाएअनुसार सरकारी तथ्यांकभन्दा पनि वेरोजगारको संख्या बढी हुनसक्छ। गत आर्थिक वर्षमा भारतमा साढे ४३ अर्ब डलर रेमिटेन्स दुबईबाटमात्र भित्रिएको थियो। नेपालमा भने १५ अर्ब रुपैयाँ रेमिटेन्स त्यहीँबाट भित्रिएको थियो। यो वर्ष अघिल्लो वर्षभन्दा ज्यादै न्युन परिमाणमा मात्र रेमिटेन्स भित्रने अनुमान छ।
भारतीयहरुको ठूलो संख्या यहाँको ह्वाइट कलर र ब्लुकरल रोजगार बजारमा काम गर्दै आएका छन्। सन् २००८ मा संयुक्त अरब इमिरेट्समा ३ लाख भारतीयहरु कामका लागि पुगेका थिए। नेपालबाट गत आर्थिक वर्षसम्म नेपालबाट १ लाख ८१ हजार नेपाली रोजगाका लागि त्यहाँ पुगेका थिए। यो आर्थिक वर्षको साउनदेखि कात्तिकभित्र ५ हजार ५ सय २१ कामदार त्यहाँ पुगेका छन्। नेपाल भारत लगायतका मुलुकका कामदारले त्यहाँ कामको सम्झौतापत्र कन्ट्र्याक्ट थप्न र नयाँ पाउन सजिलो छैन।
भारतको केरला राज्य दुबई क्राइसिसबाट सबैभन्दा बढी प्रभावित छ। केरलाको कूल ग्राहस्थ उत्पादनको २०% हिस्सा रेमिटेन्समा आधारित छ। दुबईको मन्दीले रियलस्टेटमा प्रभाव पार्ने हो भने अर्ध दक्ष कामदारको भविष्यमा सबैभन्दा बढी असर पर्ने देखिएकोछ। नेपाल र भारतबाट यहाँको रियलस्टेलमा काम गर्नेको संख्या धेरै छ। भारतको रोजगारसँग सम्वन्धित अधिकाहरु रियलस्टेट धराशायी भएमा कामदार फर्किने दर उच्च रहने डरमा छन्। किन कि सन् २००८ को सेप्टेम्बर यता पाँच लाख भारतीय कामदारहरु दुबईबाट आफ्नो घर फर्किसकेका छन्। यीमध्ये ६०% कामदार प्राविधिक र गैर प्रावधिक अर्धदक्षित समूहका छन्।
भारतले फर्केका कामदारलाई लक्ष गर्दै ‘रिटर्न एन्ड रिसेटलमेन्ट फन्ड' खडा गरेको छ । तर दुबइका कम्पनीमा राम्रो पदमा काम गरिरहेका भारतीयहरु पछिल्लो १० महिनायता इमिरेट अफ अबुधावीतिर काम खोज्दै जानेक्रम सुरु भएको थियो । विश्वव्यापी आर्थिक मन्दीले संसारका धेरै मुलुक प्रभावित भइसकेपनि यसको असर दुबइमा भने २००८ को नोभेम्बरबाटमात्रै देखिएको थियो । अहिले यसको सबैभन्दा नराम्रो स्वरुप देखा परेको हो ।

Saturday, November 21, 2009

राष्ट्रपतिको कदम संवैधानिक: कोइराला


नेपाली कांग्रेसका कार्यवाहक सभापति शुशिल कोइरालाले राष्ट्रपतिले प्रधानसेनापतिको विषयमा चालेको कदम संवैधानिक भएको दाबी गरेका छन्।
चितवनको नारायणगढमा शनिबार नेपाली कांग्रेस भरतपुर नगरसमितिको नगरस्तरीय कार्यकर्ता भेला तथा वृद्धवृद्धा सम्मान कार्यक्रममा वोल्दै उनले माओवादीले नै संविधान टेकेर काम गरेको आरोप लगाए।
सोही कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति प्रकासमान सिंहले माओवादीको आन्दोलनवाट वर्तमान सरकार नढल्ने बताए। उनले माओवादीको आन्दोलनले सरकार हत्याउने दाउ मात्र भएको बताउदै उनले भने डरधम्कीले सरकार ढल्दैन।
उनले माओवादीले नैतिकहीन कार्य अंगाल्दै आएकाको बताए। सहमतीमा आउन माओवादीका लागि सदैव ढोका खुल्ला रहेका उनले बताए।