Monday, May 5, 2008

एनआरएन जापानको निर्वाचन नतिजा

४ मे, २००८ मा सम्पन्न भएको एनआरएन जापानको दोस्रो राष्ट्रिय अधिवेशनले भवन भट्टको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमितिको चयन गरेको छ । जसमा भवन भट्टले ७०८ मत र महेश श्रेष्ठले ५२२ मत प्राप्त गर्नुभएको छ । समितिको उपाध्यक्षमा ओम गुरुङ र रोशन के. सी. निर्वाचित हुनु भएको छ । जसमा ओम गुरुङले ५६८ मत, रोशन के. सी. ले ३२२ मत प्राप्त गर्नुभएको छ । उहाहरुको प्रत्यासी मनबहादुर खत्री २५० मत, शंकरमान श्रेष्ठ २४६ मत अरुणकुमार श्रेष्ठ २१९ मत, कपिलदेव थापा २१८ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय संयोजकमा डा. सुदिप अधिकारीले ५९६ मत प्राप्त गर्नुभएको छ भने उहाको प्रत्यासी बेलु थापाले ४६० मत प्राप्त गर्नु भएको छ भने संयोजकमा राजेन्द्र भट्टराई निर्बिरोध हुनुभएको थियो । त्यस्तै कोषाध्यक्षमा शालिकराम भण्डारीले ४९५ मत प्राप्त गर्नु भएको छ भने उहाका प्रत्यासी चिरन्जीवी थापाले ४४० मत प्राप्त गर्नु भएको छ
यसै गरी ९ वटा सदस्यमा निर्वाचित हुनेहरुमा सुदनकुमार थापा - ५७४ मत, शान्ती डंगोल - ५३२ मत, लोकनाथ वस्थी - ५१३ मत, हर्क गुरुङ - ४८३ मत, सफला धिताल - ४५८ मत, बाबुराम सापकोटा - ४२५ मत, कमारी पुन - ४२३ मत, नरबहादुर थापा - ३९६ मत र स्वतन्त्र पौडेल -३९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

समाजमा घुसेका साँपहरु


सुरेश परिवर्तन

प्रकृतिविदहरु विषालु सर्पमा धेरै फाईदा देख्छन। सर्पले जमिनलाई मलिलो बनाउनु त छँदैछ, यदि यिनका विषलाई सही उपयोग गर्ने हो भने अर्बुद जस्ता भयँकर रोगका लागी औषधी बनाउने सकिन्छ भन्ने विचार पनि यदाकदा सुनिएको हो। तर, जनमानसिकतामा सर्प जहिले पनि एउटा डरको विषय बनेको छ। "सर्पलाई टाउकोमै हान्नु पर्छ," "सर्पलाई दुध ख्वाएर आफ्नो बनाउन सकिन्न," "सर्प सँग मित्रता हुँदैन" यावत कुराहरु हामी धेरैका मानसिकतामा प्रवेश गरेका कुरा हुन। किसानका लागी गुणी साँप, बैज्ञानिकहरुका लागी पनि गुणी छन। तर, जनमानसमा भने सर्पको एउटै छवि छ‍-त्यो हो डर, त्रास र मृत्युको। फलस्वरुप, साँप बिम्बका रुपमा प्रयोग भएका छन। साँप खानेहरु बाहेक अन्य सपनामा साँप देख्दा पनि तर्सन्छन र झसँग बिउँझदै वरपर सशँकित नजरले हेर्छन। वास्तवमा मैले जीवनमा खतरनाक वास्तविक साँपहरु या त म्युजियमको एक्वारियममा देखेको छु या त चित्र-चलचित्रमा। तर, साँपजस्तै विषालु तत्वहरु भने मानवका रुपमा धेरै देखेको छु। समाजमा घुसेका साँपहरुका रुप र विषालुपन हेर्ने हो भने, प्राकृतिक र वास्तविक साँप मेरा लागी शायद त्यति डरको विषय हुँदैन होला। किनभने, एकपटकको जम्का भेटमा टोक्न नसकेको साँपले तपाँईलाई फेरी टोक्नका लागी अाँखामा चित्र बनाएको हुन्छ भन्नेमा मेरो पटक्कै विश्वास छैन। 

तर, मानवरुपी साँपहरु यति खतरनाक हुन्छन की-भनिसाध्य छैन। सारा दुनियाका अगाडी साँप हो भन्ने स्पष्ट भईसक्यो, तर पनि साँप अझै राजनीति गर्दैछन। हिजो रुँदै भन्थे, म कहाँ साँप हुँ र? म त "हजुरहरुकै नन्हा सा प्यारा सा मुन्ना हुँ"। साँपहरुकै साथी सहसाँपहरु धेरैले ताली पिटेका थिए। केहीले भन्थे पनि "तँलाई साँप भन्ने पो साँप हो, तँ बिचरो किन रुन्छस?" हाम्रो समाज साँप देखि एकदम डराउँछ। मेरा एकजना नेवार छिमेकीले त के सम्म पनि भनेका छन भने "य्हो, य्हो, परिवर्तनलाई साँपले टोक्छ-टोक्छ"। विचरा आफु साँप होईन भन्ने देखाउन जहिले पनि पार्टीको आयोजना गर्छन, भोज भतेर गर्छन र अनुपस्थितहरुलाई भने हाम्रो अगाडी कुरा गर्नै डराउँछ, त्यसैले भोज खान आएनन भनेर भन्छन रे। खै कुरा उनले नबुझेका हुन कि मैले नबुझेको। मेरो विचारमा त साँपसँग सहभोज गर्न त धेरै डराउँछन नी ? होईन र? जे होस, विचराले बिर्से होलान सारा विद्धत वर्गका अगाडी उनलाई मन्डलाकार साँप भन्ने जनाउने ई-मेल। खै त मित्र, ई‍-मेलको जवाफ- २ वर्ष कट्यो। शालीन र भद्रहरु मुखामुख कहिले गर्दैनन। शब्दले तर्क हाल्छन। मुखामुख गर्ने, गुन्डागर्दी गर्ने, मसल पावर देखाउने, मनी पावर देखाउने र जीवन वरवाद गरिदिन्छु भन्नेहरुलाई नेपालीहरु के भन्छन थाहा छ? साँप-साँपहरुलाई यो कुरा के थाहा? र साँपहरुलाई के थाहा भोजको निम्तोमा विषको प्याला पिलाउने उनका दाउ अरुले बुझेका छन भनेर। 

साँप हो भन्ने थाहा छ, तर पनि केही साथिहरु साँपसँगै जोरी खोज्छन। साँप हो भन्ने थाहा छ, तै पनि केही साथिहरु साँपसँगै सहभोज गर्छन। साँपको समाजमा मानवसमाजका ईतिवृति कहन्छन र आशा गर्छन, साँपले अरुलाई पो डस्छ। मलाई कहाँ डस्छ? साँपलाई दुध ख्वाउने हात, कहिले नडसिएका छैनन। साँपलाई सँगै सुताउने गर्धनहरु कहिले नडोबिएका छैनन। तर, पनि साथिहरुले कहिले सिकेनन। म विस्मातमा पर्छु किनभने साँपै-साँप भएका ठाँउमा साथिहरु जानु भएको छ तर न कुनै एन्टी स्नेक भ्याक्सिन छ न कुनै डाक्टर। आफुले पनि साधन बोक्नु भएको छैन, अरुका लागी पनि बोक्नु भएको छैन। अनि यस्तो अवस्थामा साँपसँग जित्न सकिएला त?

Sunday, May 4, 2008

फ्राडको षडयन्त्र

सुरेश परिवर्तन

षडयन्त्रकारी फ्राडका कारण नेसाजका पूर्व अध्यक्ष, कानागावा प्रान्तका सल्लाहकार तथा लोकप्रिय लोकतान्तृक व्यक्तित्व जिज्ञान कुमार थापाले उम्मेदवारीता परित्याग गर्नु भएको छ। नेसाजबाट पहिले निष्काशीत फ्राडको षडयन्त्रकै कारण उहाँले उम्मेदवारीता परित्याग गर्नु भएकोमा यो पँक्तिकार विश्वस्त छ। नेसाजबाट मन्डलेहरुको पूर्णत सफाया पश्चात उक्त फ्राड जसरी हुन्छ, आफ्नो बेईज्जतीको बदला लिनका लागी उद्यत थिए। पँक्तिकारको "उम्मेदवारी दर्ता कार्यलय" भ्रमणका दौरान पनि बिना कुनै सरोकार त्यो फ्राड उक्त कार्यालयमा अड्डा जमाएर बसेका थिए। जापान भरका लोकतान्तृक नेपालीहरुले जिज्ञान कुमार थापा जस्ता युवालाई जिताउन एनआरएनको सदस्यता लिन थाले पछी अत्तालिएका फ्राडले हिजो ५ बजेसम्मको समयम्याद पछि पनि अन्य आफ्ना अरौटे-भरौटेहरुलाई सदस्यता दिन प्रयत्न गरेका थिए।

समितिले पूर्वनिर्धारित हदम्यादको पालना गर्नु पर्छ भन्ने अड्डी जीज्ञान कुमार थापाले लिनु भएपछि, हिजो राती देखी नै व्यापक रुपमा गुन्डा परिचालन हुन गएको थियो। मन्डले-गुन्डाहरुले जे पनि गर्न सकिने भएका कारण ट्याक्सीमा बसेर लोकतान्तृक साथिहरु सुरक्षित स्थलमा लागेका थिए। भौतिक आक्रमणमा असफल भएपछि रातारात षडयन्त्र गर्दै जिज्ञानजीलाई जसरी हुन्छ, दोस्रो कार्यसमितिमा नआउन दिनका लागी नेसाजबाट निष्काषित उक्त फ्राड लागेका थिए। फलस्वरुप, सचिवमा सर्वसम्मत नै हुनुपर्छ, नत्र चुनाव हुन दिँदैनौँ भन्ने उक्त फ्राड मन्डलेका मन्डले अडानका कारण दोस्रो अधिवेशन बिथोलिने देखिएर जिज्ञान कुमार थापाले सचिवको उम्मेदवारिता फिर्ता लिनु भएको कुरा सम्मेलन स्थलमा उपस्थित मित्रहरुले जनाएका छन।

मतदाता हदम्याद समाप्ती पछि पनि आफ्ना समर्थकहरुको नाम मतदातानामवलीमा चढाउने, जिज्ञानजी जस्ता लोकप्रिय र नभई नहुने युवालाई एनआरएनमा जान नदिने षडयन्त्रका कारण दिँउसो केही समय सम्मेलन स्थल तनावग्रस्त हुन पुगेको थियो। चुनावसँग कुनै सँबन्ध नभएका फ्राडको षडयन्त्रले दिक्क लोकतान्तृक नेपालीहरु अहिले नयाँ नेतृत्व चुन्नमा लागेका छन।

यस चुनावका दौरान घटिएका घटनालाई हेर्ने हो भने लोकतन्त्र पक्षधरहरुलाई हराउन मन्डले फ्राड ज्यान फालेर लागेका देखिन्छन। षडयन्त्रमूलक ढँगले हुन गएको निर्वाचनमा लोकतन्त्रको हारलाई हामी कहिले स्विकार्ने छैनौँ। र यसको असर अन्तर्राष्टिय समितिसम्म देखिन सक्ने हाम्रो ठहर छ।

भोट लोकतन्त्रमा

सुरेश परिवर्तन



आज मेगुरो कमिँग सेन्टरमा करिब २:०० बजेदेखि शुरुआत हुने एनआरएन-जापानको चुनावमा लोकतन्त्रका पक्षधरका रुपमा धेरै गैर-आवासीय नेपालीहरु सहभागी हुँदैछन। जापानमा लामो समय बस्दै आएका नेपालीहरु नेपालको राजनैतिक गतिविधिसँग पहिले त्यति चासो राख्दैन थिए। तर, जनआन्दोलन-२ को सफलता पश्चात, नेपालीहरुले विदेशमा पनि स्वदेशमै जसरी प्रतिस्पर्धात्मक रुपमा सामाजिक सँगठनमा लाग्ने प्रयास गरेको देखिन्छ। जनआन्दोलन-२ का बखतमा जापानमा पकड जमाएकाहरु धेरै तत्कालीन राजा ज्ञानेन्द्रका समर्थक थिए। तत्कालीन शाही नेपाली दुतावासमा सुरा-मदिरा-रक्सी-ह्विस्कीको चुस्की लिँदै "महाराजको कदम-ठिक हो। काँग्रेस-एमालेलाई चुटनु पर्छ, माओवादीलाई भुटनु पर्छ" भन्ने गर्दथे। जनआन्दोलन-२ का शुरुअाती दिनमा, त्यसमा पनि १२ बुँदे सम्झौता पश्चात, जापानमा रहेका नेपाली विद्वत वर्ग, प्रगतीशिल व्यावासायीहरु र लोकतान्तृक व्यक्तित्वहरु जुर्मुराएका थिए। विभिन्न राजनैतिक दल र आस्थामा विभक्त रहेता पनि लोकतन्त्र प्रतीको समान आस्थाका कारण, विभिन्न पेशा, समूह र व्यवसायका नेपालीहरु एकै थलोमा भेला हुँदै जापानका नेपालीहरुले कसरी लोकतान्तृक आन्दोलनमा सहभागी हुन सकिन्छ भन्ने विचार-विमर्शमा लागेका थिए। पँचायती गुप्तचरहरु जसरी लोकतान्तृक आन्दोलनमा पनि मन्डलेका गुप्तचरहरुको घुसपैठ रहेका कारण, लोकतान्तृक भेलामा हुने छलफल र बहसका बुँदाहरु जापानका प्रमूख मन्डलेहरु मार्फत तत्कालीन मन्डले राजदूत डा. रमेशानन्द बैध्यकहाँ पुग्दथ्यो। फलस्वरुप, दूतावासबाट अप्रत्यक्ष रुपमा धम्काउने, मन्डले जमातको प्रयोग गर्दै धम्काउने, तुरुन्त नेपाल फर्काईदिन्छौँ भन्ने लगायतका विभिन्न धाक-धम्कीका कुराहरु लोकतान्तृक साथिहरुलाई सुनाईने गरिन्थ्यो। पूर्ण मानवअधिकार भएको जापान जस्तो देशमा पनि मन्डलेहरु तत्कालीन राजदूतका आडमा मानसिक तनाव दिने सिलसिला वास्तवमै धेरै भयावह थियो। ज्ञानेन्द्रले नेपालमा लोकतान्तृक आन्दोलनलाई दबाउन सफल भएका अवस्थामा, हामी मध्ये धेरैले मन्डलेतन्त्रको आक्रमण भोग्नु पर्ने निश्चित थियो। 

यस्तो भयावह र शँकाको वातावरणमा पनि अग्रज महेश श्रेष्ठले पूर्ण आत्मविश्वासका साथ ईतिहाँसमै पहिलो पटक जापानी भूमिमा नेपालीहरुको जुलुस-प्रदर्शन तथा जापानका सँसद, मन्त्रि र प्रमूख राजनितिज्ञहरुलाई झकझाउने काममा लाग्नु भयो। उहाँको नेतृत्वमा जापानका नेपालीहरुले गरेको प्रदर्शनले एकातिर जापान भरिकै नेपालीहरुलाई एक हुन मद्दत गरेको थियो भने अर्कातर्फ ज्ञानेन्द्रको दमनमा प्रत्यक्ष पिल्सीएका नेपालीहरु पनि उत्साहीत हुन पुगेका थिए। फलस्वरुप, अन्तर्राष्टिय आवाज र ऐक्यबद्धता तथा राष्ट्रिय सकृयताको बेजोड फ्युजनका कारण १९ दिने आन्दोलन नेपालमा ज्ञानेन्द्रलाई घुँडा टेकाउन सफल हुन पुगेको थियो। 

अग्रज महेश श्रेष्ठका सकृयता र यिनको लोकतान्तृक पृष्ठभूमिलाई हेर्ने हो भने, एनआरएनको चुनावमा लोकतन्त्रका सही प्रतिनिधीका रुपमा उहाँ हुनुहुन्छ भन्दा कसैलाई आपत्ति होला जस्तो मलाई लाग्दैन। लोकतन्त्रका प्रतिनिधिहरु चुनावी मैदानमा रहेका बखतमा, हामी लोकतन्त्रवादीहरुले अन्य कसैको चुनाव गर्ने कुरा सोच्न पनि सक्दैनौँ। एनआरएन जस्तो नयाँ सँगठनमा यदि लोकतन्त्रवादीहरु नहुने हो भने यो सँस्थाले कहिले प्रगती गर्न सक्दैनन। त्यसैले, वर्तमानमा हामी सबै नेपालीको एउटै मन्त्र हुनु पर्छ र रोज्नु पर्छ हामीले लोकतन्त्र। तसर्थ, आजको चुनाव लोकतन्त्रका सही प्रतिनिधि महेश श्रेष्ठलाई भोट दिन सम्पूर्ण सबैलाई हार्दिक अनुरोध गर्दछौँ।

उपेन्द्र महतो बहुलाउने दिन

सुरेश परिवर्तन


आज मे ४ तारिखका दिन एनआरएन जापानको दोस्रो राष्ट्रिय अधिवेशन हुँदैछ। पहिलो कार्यसमितिका कार्य तथा प्रगती विवरणका साथै दोस्रो कार्यसमितिको पनि चुनाव आज नै हुने सँभावना देखिन्छ। सँबध्द स्रोतका अनुसार आजका अधिवेशनमा सहभागी हुनका लागी लगभग २००० गैर-आवासीय नेपालीले आफ्ना नाम दर्ता गराएका छन। कुनै अधिवेशनमा यतिको सँख्यामा नेपालीहरु जम्मा हुनु भनेको मेरा लागी निक्कै खुशीको कुरा हो। तर, एनआरएन अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा. उपेन्द्र हिराचन (सरी महतो) यो कुरा मान्न तयार हुनुहुन्छ जस्तो मलाई लाग्दैन। पहिलो कारण; डा. उपेन्द्रले जीवनमा कहिले वास्तविक चुनाव भोगेका छैनन। पैसाको चकाचौधमा, "मालिक! हजुर अध्यक्ष हुने हो भने, हामी जीवनभर हजुरलाई छोडने छौँ।" भन्नेहरुका जमात मात्र उहाँले भेट्टाउनु भएको छ। डा. उपेन्द्रको ईशारामा अधिकाँस एनआरएनहरु लम्पसार पर्छन। तर, धनुषाका सलिड मधेशीहरु भने लम्पसार पर्दैनन। किनभने, यदि, डा. उपेन्द्र साँच्चिकै मधेशी धर्तीपुत्र (सन अफ द स्वाईल) भएका भए त, साला महासेठले अवश्य चुनाव जित्नु पर्ने थियो नी। हैन र?

साँच्चिक्कै भन्ने हो भने, डा. उपेन्द्र महतोले जीवनमा कहिले ११०० भोट ल्याएर चुनाव जितेका छैनन। तर, भोली एक सच्चा नेपाली भने करीब ११०० सय भन्दा बढी भोटका साथ एनआरएनका चुनावमा जित्दै छन। अब, डा. उपेन्द्र महतोले गर्न नसकेको कामलाई फत्ते गर्न सकेका नेपाली सुपुत्रलाई हामीले के भन्ने? 

व्यक्तिगत रुपमा बढदो सहभागीताले म वास्तवमै धेरै खुशी छु। किनभने पछिल्लो वर्ष, एनआरएनकै चुनावका बखत हामी अधिकाँश लोकतान्तृत मित्रहरुले सयौँको सँख्यामा मतदानका लागी उपस्थित हुँदा त्यसवेलाका मन्डले प्रत्यासीहरु धेरै हतप्रभ थिए। एकाधले मलाई सुनाएका पनि थिए, " पहिले एनआरएनमा आओ भनी मान्छे खोज्नु पर्थ्यो, अहिले त आकाशबाट माछा बर्से झैँ पो आएका छन।" उक्त मन्डले मित्रले आफ्नो हातबाट सँगठन चिप्लिने डरका कारण नै त्यसो भनेका थिए। तर, यसपाली, खै मन्डले मित्रले के भन्लान, कुन्नी ? सुन्नका लागी उत्सुक छ। जे होश, डा. उपेन्द्र महतोले सँविधान सभामा विदेशिएका नेपालीहरुलाई मतदानको व्यवस्था गर्ने ढोँग जति पिटे पनि, उनले हामीलाई त्यो मताधिकार कहिले दिलाउन सकेनन। फलस्वरुप, आज जापान भरिकै नेपालीहरु एक ठाँउमा भेला हुँदै मतदान गर्दै छन र डा. उपेन्द्रलाई सम्झाउँदै छन, " भैया, कर नहीँ सकते तो, बोलते क्योँ हो?"। अब, आफुले जीवनमा कहिले ल्याउन नसकेको जति भोट ल्याएर एनआरएनमा चुनिने, आफुले दिन नसकेको मताधिकारलाई गिज्याउन नेपालीहरु सबै एकै ठाउँमा भेला हुन्छन भने, त्यो दिनलाई महतो बौलाउने दिने नभनेर के भन्ने?

एनआरएन-जापानमा अर्को ब्लगर

सुरेश परिवर्तन



नेवार समूदाय तथा काठमाडौँ उपत्यकामा अादीकाल देखी प्रचलित नेपाल भाषामा विश्वकै पहिलो ब्लग (दनेवा: ) सँचालन गर्नु हुने श्री सुवर्ण बज्राचार्यले एनआरएन-जापानको दोस्रो कार्यसमितिमा कोषाध्यक्ष पदका लागी उम्मेदवारी दिनु भएको छ।

जनआन्दोलन-२ को पूर्वसँध्यामा टोक्योमा आयोजित लोकतान्तृक जुलुस प्रदर्शनमा सक्रिय सहभागी श्री सुवर्ण बज्राचार्य लोकतान्तृक वृतमा सुपरिचित तथा लोकप्रिय व्यक्तित्व हुनुहुन्छ। लामो समय जापानमा बिताउनु भएका सुवर्ण बज्राचार्यज्यूले विभिन्न साँस्कृतिक तथा धार्मिक कार्य मार्फत बुद्ध दर्शन र नेपाललाई जापानका मित्रहरु समक्ष जहिले पनि सुव्यवस्थित ढँगले प्रस्तुत गर्दै आउनु भएको छ। उहाँका सकृयताकै कारण धेरै जापानीजहरु नेपाल र बौद्ध दर्शनका तर्फ आकर्षित भएको कुरा नजिकका स्रोतले बताएका छन। नेपाललाई विश्वसामू चिनाउन पहिले देखि सकृय श्री सुवर्ण बज्राचार्यको सहभागतिाले एनआरएन आन्दोलन झन बलियो हुने विश्वास अधिकाँशले लिएका छन।

लोकतान्तृक मित्र श्री राम कुमार बस्नेतका साथै, श्री सुवर्ण बज्राचार्यको पनि उम्मेदवारिताले बौद्धिक, लोकतान्तृक तथा प्रखर युवाहरु एनआरएनको साझा उद्देश्यलाई सफल पार्न कटिबद्ध देखिन्छ। श्री सुवर्ण बज्राचार्यलाई अत्याधिक बहुमतले विजयी गराउन हुन सबैमा हार्दिक अपिल गर्दछु।

एनआरएन-जापानमा ब्लगरको उम्मेदवारीता

सुरेश परिवर्तन



लोकतन्त्र ब्लग तथा माई सँसारमा आफ्ना विचार-अभिव्यक्ति एवम कविता मार्फत लोकतान्त्रिक गणतन्त्रका लागी खरो अभिव्यक्ति दिनु हुने मित्र राम कुमार बस्नेत एनआरएन-जापानको दोस्रो कार्यसमितिका चुनावमा सहभागिता जनाउँदै हुनुहुन्छ। जनआन्दोलन-२को पूर्वसँध्यामा जापानको टोक्योमा सँचालित जुलुस-प्रदर्शन तथा लोकतान्तृक बैठक-भेलामा सकृय सहभागिताका साथ सबै नेपालीलाई घच्घच्याउनु हुने उहाँले आफ्ना अभिव्यक्तिहरु मार्फत जहिले पनि दासत्व, सामन्तवाद र ठुलाठालुहरुका विरोध गर्दै आउनु भएको छ। धनपतिहरुले मात्र विदेशिएका नेपालीहरुको प्रतिनिधित्व गर्न सक्दैनन भन्ने हाम्रा सोचलाई सफलीभूत पार्न मित्र बस्नेतले दोस्रो कार्यसमितिमा सदस्य पदका लागी दिनु भएको उम्मेदवारीताले हामी सबैका साझा सोचलाई प्रतिनिधित्व गर्दछ। तसर्थ, श्रद्धेय राम कुमारजीलाई अत्याधिक बहुमतका साथ विजयी बनाउनु हुन, सँबद्ध सबैलाई हार्दिक अपिल गर्दछु।

Saturday, May 3, 2008

एनआरएन चुनाव: के अब भाँडभैलो मच्चिने हो त?

सुरेश परिवर्तन


हिजो निर्वाचन दर्ता समितिका कार्यलयमा गईयो। उपस्थित मित्रहरु जिज्ञानजी एवम बेलुजीसँग भेटने उद्देश्यका साथ शिन्जुकुमा स्थित कार्यालयमा पुगेको थिएँ। तर, अन्य मित्रहरुका साथै, उपाध्यक्ष पदका प्रत्यासी कपिल देव थापाजीसँग पनि भेट भयो। साथिहरुसँगको सँवादले चुनावी स्थितीलाई बुझ्न केही हदसम्म सकियो। उम्मेदवारिताका विषयमा जापान भरिबाट विभिन्न क्षेत्र र तप्काका नेपालीहरुले उत्साह देखाएका रहेछन। समाजसेवी सँगठनमा यति धेरै सँख्यामा उम्मेदवारीता परेकोमा बेलु थापाजी र जिज्ञान कुमार थापाजी निक्कै खूशी देखिनु हुन्थ्यो। थापा द्वयका विचारमा पहिलो कार्यसमितिले एनआरएन जापानको गतिविधि केही हद सम्म फराकिलो बनाईयो भन्ने देखिन्थ्यो। टीमले पाएको सफलता हो भन्ने उहाँहरुको विचार रहेछ। तर, मेरो विचारमा राष्ट्रिय सँयोजक र सह-राष्ट्रिय सँयोजकका रुपमा उहाँहरुले देखाउनु भएको सकृयताले गर्दा नै टीमले यो सफलता पाएको हो। निस्सन्देह, एनआरएनलाई जापान भरि लोकप्रिय बनाउन राष्ट्रिय सँयोजक र सह-राष्ट्रिय सँयोजकले जति मेहनत कसैले गरेनन। एनआरएनका राष्ट्रिय सँयोजकले नागोया, निगाता, ओशाका लगायत विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुमाझ एनआरएन सँगठनको निर्माणको लागी देखाएको सकृयता कसैबाट लुकेको छैन। बाग्लुँग क्षेत्रमा एम्बुलेन्सका लागी कपिल देव थापा र बेलु थापाका साथ-साथै जिज्ञान कुमार थापाले पनि निक्कै दौडधूप गरेका थिए। बाहिरबाटै अर्का बाग्लुँग निवासी तथा हाम्रा लोकतान्तृक अग्रज श्री महेश श्रेष्ठले पनि सो कार्यका लागी दौडधूप गरे रे भन्ने सुनेको थिएँ। आफ्नो गहन योगदानका बावजुद पनि त्यसको जस लिन नचाहने यी मित्रहरुका व्यवहारले म निक्कै प्रभावित भएँ। वरको सिँको पर नभाँच्ने तर ठूल्ठूला डिँग हाँक्नेहरुले भरिएको हाम्रो समाजमा यति गुणिलो मान्छे पनि हुँदा रहेछन। 

साथिहरुसँगको छलफल पश्चात मेरा मनमा अहिले केही प्रश्न उठेका छन। पहिलो कार्यसमिति चुनावको बखतका अव्यवस्थापन, डा. उपेन्द्र स्वयमले हस्तक्षेप गर्नु परेको अवस्था (यो त यति सम्म गर्नु पर्यो कि अध्यक्ष पदका प्रस्तावित उम्मेदवारलाई उहाँले सबैका अगाडी सार्वजनिक रुपमै हप्काउनु भयो। कारण थियो, विध्यार्थी विरोधी उक्त महापुरुषका उदगार) विगतका अनुभव हुन। वर्तमानमा उम्लिएको उत्साहलाई हेर्ने हो भने, विगतकै पाराले यदि दोस्रो राष्ट्रिय अधिवेशन सन्चालन भएको अवस्थामा भाँडभैलो मच्चिने कुरा स्पष्ट छ। साथै, उम्मेदवारिता दर्ता गर्ने काम पनि कुनै गतिलो ढँगले सँचालन भएको देखिन्न। उम्मेदवार हुन चाहने व्यक्तिले कति जना समर्थक र प्रस्तावक ल्याउनु पर्ने हो, त्यो त एनआरएनले आफ्नो वक्तव्य मार्फत नै स्पष्ट पार्नु पर्ने हो नी। "उम्मेदवार हुनेले, दुई जना मान्छे पनि ल्याउन नसक्ने" भन्दै कसैलाई अपमानित गर्ने कुरा कुनै हालतमा पनि शोभनिय कुरा होईन। तर, मन्डले राजदूत डा. रमेशानन्द बैध्यको अघोषीत सल्लाहकार हुँ भन्दै हिँडने पीँध नभएका लोटाहरुलाई कस्ले सम्झाउने यस्तो कुरा? शायद, जनसम्पर्क पनि राम्रोसँग गर्न नसक्ने व्यक्तिहरुलाई चुनावी व्यवस्थापनको जिम्मा दिएकै कारणले होला-बेलुजी एवम जिज्ञानजी सो काममा पनि अहोरात्र खटनु भएको। उहाँहरुको यो खटाईलाई हेर्ने हो भने, मलाई त शँकै लाग्छ कतै उहाँहरुको चुनावी अभियान यसैमा मात्र सिमित हुने त होईन? 

व्यवस्थापन पक्षमा देखिएका कमजोरी त साथिहरुले आफ्नो सकृयताले सुधार गर्लान। तर, अनौपचारीक र अप्रत्यक्ष रुपमा गरिने र घटाइने कुराहरुलाई कसले सुधार्ने? पहिलो अधिवेशनका बेलामा "ओशाकाबाट छ जना गुन्डाहरु हामीले बोलाएका छौँ, तिमीहरु लोकतान्तृकहरुलाई ठीक गर्छौँ" भन्ने जस्ता धम्कीका स्वरहरु हामीले सुन्न परेको थियो। अहिले, गुन्डा परिचालनका कुरा त सुन्न मा आएको छैन, तर फलानोको भिसा छ-फलानोको छैन, फलानोले हामीलाई कसरी समर्थन नगर्लान र? भन्ने जस्ता कुराहरु भने गाँइगुँई चल्न थालेको छ। यदि यो सत्य हो भने, कुनै पक्ष यस चुनावमा पनि धाक-धम्कीका प्रयोग गर्दै समर्थन जुटाउन हिँडेको देखिन्छ। सामाजिक सँस्थामा नेतृत्व हत्याउन कुनै नेपालीको पेटमा लात हान्ने यस्ता कुराहरु जहिले पनि चुनावकै बखतमा किन चर्चामा आउँछ?कुनै नेपालीले यस चुनावमा भोट र समर्थन नदिएकै कारण, बाहिरिनु पर्ने अवस्था आउँछ भने, त्यस्तो चुनाव र त्यस्तो सँगठनलाई हामीले कसरी सामाजिक सँगठन र नेपालको विकासको लागी कटिबद्ध सँगठन मान्ने?

एनआरएन अन्तर्राष्ट्रिय कमिटिका डा. उपेन्द्र महतो, महासचिव भीम उदास लगायत, उपाध्यक्ष देवमान हिराचन एनआरएन-जापानको घटनाक्रमसँग परिचित नै हुनु हुन्छ। पहिलो अधिवेशनमा उपस्थित डा. महतो लगायत जापान निवासी देवमान हिराचनले त्यसवेलापनि मन्डले उदगारहरु सुन्नु भएको थियो। अब, दोस्रो अधिवेशनमा पनि पहिलो अधिवेशनकै मनोवृतिको पुनरावृति हुने हो र नेपालीहरुले मत र समर्थन नदिएको आधारमा उत्पिडित हुने हो भने, त्यसको दूरगामी प्रभावका लागी पनि उहाँहरु तयार रहनु पर्छ। भनिरहनु नपर्ला, यदि कुनै नेपालीले यस अधिवेशनमा हुन सक्ने भाँडभैलोको शिकार हुँदै पीडा भोग्नु पर्ने हो भने, यसले एनआरएनमा कालो धब्बा त लगाउने छँदैछ, साथ-साथै उहाँहरुको काठमाडौँमा हुने अधिवेशन पनि प्रभावित हुन सक्छ। तसर्थ, समय रहँदै सबैलाई सँयमताका साथ लोकतान्तृक पद्धती मार्फत नयाँ सामाजिक, विकासवादी नेतृत्व चुन्नका लागी उहाँहरुले अनुरोध गर्नु पर्छ। 

अब हामी मिलेर जानु पर्छ।

सुरेश परिवर्तन


वास्तवमा ब्लग यति छिटो प्रभावकारी माध्यम बन्ला जस्तो मलाई कहिले लागेको थिएन। तर लोकतन्त्र ब्लगमा हामीले यसो केही लेख्न थालेका थियौँ मान्छेहरुलाई चाँहि हामीले भिक्टीमाईज गर्न खोजेको जस्तो अनुभव भएछ। हुन त जापानमा विध्यार्थिका रुपमा आउँदा मेरो उद्देश्य कहिले पनि कसैलाई भिक्टिमाईज गरुँ भन्ने थिएन। जापानमा विध्यावारीधिका लागी आउँदा प्रमुख लक्ष जसरी हुन्छ चाँडै विध्यावारीधि नै हासिल गरुँ भन्ने थियो। तर, ढीलो भयो । यसमा टाउको दुखाउनु पर्ने कुनै कारण म देख्दिन। तर, म यहाँ जापानमा बसिरहेको सिन मिसाटो भन्ने ठाँउमा बस्ने केही सिनियर, जापानिज कम्पनीहरुमा काम गर्नु हुने र टन्न गाँठ कमाउनु हुने दाईहरुले भने खुच्चिङ्गको शैलीमा मेरो मजाक उडाउने गर्ने रहेछ। त्यो पनि पछाडी-पछाडी। यो मान्छे नेसाजमा लामो-लामो मेल लेख्छ, अनि यस्को पि.एच.डि. खत्तम नभए कस्को हुन्छ भन्ने जस्ता कुरा उहाँहरुले गर्ने रहेछ। मैले नदुखाएको टाउको मेरा छिमेकीहरुले दुखाएको देख्दा कुनै बेला हर्ष लाग्छ भने कुनै वेला विस्मात पनि । मेरो अध्ययन सम्पन्न नहुनु भनेको मेरो ठुलो कमजोरी हो रे। हो, म पनि मान्छु यो कुरा। म मा केही कमजोरी रहेकै कारण मेरो अध्ययन समयमा सम्पन्न हुन सकेन। विषयसँग सँबन्धित परिणाम मैले निकाल्न सकिन होला-पहिलो कारण। ब्लग नै धेरै लेख्दै बसेँ होला-दोस्रो कारण। केयुका सुरेस राज र सीताराम जस्ता साम्प्रदायीक, नातावादी र रेसिस्ट भ्रष्ट प्रशासकहरुलाई गाली गर्दे वसेँ होला-तेस्रो कारण, नेसाजको चुनाव देखि अहिले सम्म जापानका अति सज्जन, अति भलादमि अनलाईन पत्रिकाका सम्पादक महोदयहरुसँग जोरी खोज्दै बसेँ होला-चौथो कारण............। खै कति कारण खोज्ने म आफै सक्दिन। साथिहरुले जति सक्नुहुन्छ, त्यति गर्नुस। वास्तवमा भन्ने हो भने मेरो लागी अहिले पि.एच.डि. गर्नु भन्दा पनि विश्वविध्यालय चलाउनु, भ्रष्टाचार गर्नु, मान्छेलाई जुधाउनु, मानव तस्करी गर्नु, नभएको उपाधि झुन्ड्याउनु, म पनि समाज सेवक हुँ भन्नु, र स्वास्नी लाई चुनाव लडाउनु जस्ता कुराहरु सजिलो लाग्छ। 

नेपालमा ठुल्ठुला प्रोफेसरहरु देखि लिएर उप‍-कुलपतिहरु सम्म घटीया छन। सबुतले यही भन्छ र प्रमाणले यही भन्छ। तर कुरा के छ भने उहाँहरु सँग प्रश्न गर्न सक्नु हुने महानुभावहरु कोही हुनुहुन्न । ठूलो पदमा बसेका, टन्न गाँठ भएका, राम्रो नेटवर्क भएका र धेरैलाई रोजगार दिन सक्ने मान्छेहरु कहिले पनि गलत हुँदैनन। कारण उनका गल्ती कसैले औँल्याउन सक्दैन। दोस्रो कारण अनुगृहित समूह दासत्वको फन्दामा यसरी फसेका हुन्छन की यस्ता महानुभावहरुसँग प्रश्न गर्नु भनेकै भगवानसँग प्रश्न गरेको महशुस गर्छन। तेस्रो कारण मानव तस्करीमा लागेका मित्रहरुले उहाँहरुकै ईशारामा काम गर्ने परिपाटी चलेको बखतमा बरु उल्टै हामीलाई नै प्रश्न गर्न सक्छन। मै हुँ भनाउँदा सम्पन्न नेताहरुले शायद भन्लान ऐ परिवर्तन बढी नलेख हामी पनि तेरो विरुद्ध लेखौँला। भन्लान उहाँहरुले तेरो विरुद्ध पनि हामीले प्रमाण खोज्दै छौँ र तँलाई फिनिस गर्छौँ भनेर। सँभव छ, लोकतान्तृकका आवरण ओढेकाहरुले बैठक गरम , छलफल गरम भन्दै फिनिस गर्ने बाटो खोजेका पनि होलान । अब कुमारजी आफैले मलाई सार्है नै पेल्यो, अब हजुरहरुले नै म लोकतान्तृकलाई सहयोग गर्नु पर्यो भन्दै अनुनय विनय गरेका भए त म आफैले पनि परिवर्तनको विरुद्धमा लेख्थेँ होला। तर गरेनन उनले केही अनुरोध अहिले सम्म। कठैबरी । विचरा मन्डलेलाई अप्ठेरोमा पार्ने मै हुँ।

यसमा न समूद्रपारीका वेलु थापाजीले केही गर्नु भएको छ न पिडीएनएफजेका पूर्व-अध्यक्ष महेश श्रेष्ठजीले । बेलुजीका कुरा गर्ने हो भने उहाँ जस्तो लायक मान्छे मैले अरु कसैलाई देखेको छैन। मेरा ब्लगका प्रशँसक उहाँले सयम-समयमा मेरा ब्लगलाई समुद्रपारी डट कममा राख्नु भएको छ । किन भने यो उहाँलाई मन पर्ने कुरा हो। उहाँको रोजाई ठिक छ। यो मेरो निर्क्योल हो। यस्तै मेरा शुभचिन्तक महेश श्रेष्ठजीले कुमारजीको दम्पतीलाई नै नयाँ रेष्टुरेष्टुरेन्टको उदघाटनको बेलामा निम्त्याउनु भएको छ किनभने उहाँ कुमारजीलाई अप्ठेरोमा पार्न चाहनु हुन्न। अत्यन्त समृद्ध र सुसँस्कृत सच्चा (फ्राडको उल्टो) चरित्रका धनी कुमारजीलाई निम्त्याँउदा मन्डलेहरुलाई भिक्टीमाईज गरेको अनुभव नहुने कारणले गर्दा नै उहाँले निम्त्याउनु भएको होला जस्तो लाग्छ। यो राम्रो परम्परा हो। यो भन्दा पनि राम्रो परम्परा के हुन्छ भने अत्यन्त खराब चरित्र भएका, हेर्दै गुन्डा जस्ता लाग्ने र आपराधिक चरित्रका र समय-समयमा ब्लग लेख्नेहरुलाई उहाँहरुले आ-आफ्ना अनलाईन पोर्टलका माध्यमबाट बेनकाब गर्नु पर्छ। यसमा परिवर्तन भनाउँदा घटीयाहरु पनि छन भने झन राम्रो। यो मूला परिवर्तन धेरै साम्प्रदायीक हो। त्यसैले यसका विरुद्ध अनलाईन देखि लिएर कान्तिपुरसम्म यसको खबर आउनु पर्छ। मेरो यसमा १००% समर्थन छ। हो साथी हो, अब हामीले समाजमा छुपेका, बसेका र लोकतान्तृक भै टोपलेकाहरुका विरुद्ध पनि लेख्नु पर्छ। त्यसमा पनि यो परिवर्तनको ठूलो नकारात्मक कुरा के छ भने यसलाई कसैले सीधै छुरा धस्यो भने पनि जापान भरीका लोकतान्तृकहरु शायद खुशीले गदगद हुन्छन होला । सबलाई अप्ठेरोमा पार्ने यो परिवर्तन ब्लगरे भर्खर मरेछ भन्दै धेरै लोकतान्तृक मित्रहरु रमाउने सँभावना पनि धेरै छ। 

तर, हामी जापानमा मर्न र मार्न आएका होईनौँ। हामी त यहाँ टन्न पैसा कमाउन आएका हौँ। खै त पैसा? कुरा अगाडी यही छ। पैसा नहुनेहरु नै सँधै विद्रोह गर्छन रे भन्ने मैले पनि पढेको छु। त्यसमा पनि विध्यार्थिहरु परेछन भने त जहिले पनि सन्किन्छन रे भन्ने मैले पनि सुनेको छु। के पैसा नहुने विध्यार्थीहरुले जापानमा बसेर टन्न पैसा कमाउनु भएका महानुभावहरुसँग जोरी खोज्न मिल्छ र? अहँ कुनै हालतमा पनि मिल्दैन। अनि यो परिवर्तन चाँही के बहुलाएको हो र? होईन बढी लोकतान्तृक मात्र हुन खोजेको हो। जे होस, अब हामी मिलेर जानु पर्छ। अब देखी हामीले कसैलाई केही पनि भन्नु हुँदैन किनभने उहाँ डा. उपेन्द्र महतोको राईट ह्यान्ड हो रे । अब हामीले डाकुलाई गाली गर्नु हुँदैन किनभने उहाँले पनि खै कुनचाँही मन्डले अनलाईन पत्रिकामा काम गर्नु हुन्छ रे। के छ यार, अहिले त सब पत्रकार हो नि । फ्राड पनि पत्रकार, मानव तस्कर पनि पत्रकार। जे होस, अब हामी मिलेर जानु पर्छ। 

अस्तु!!!!

"सोच"को यौन पक्ष

सुरेश परिवर्तन


कर्ण शाक्यको "सोच" मेरो सँसारबाट डा्््उ्नलोड गरेर पढेपछि मन आनन्दित भयो। गान्धिको अटोबायोग्राफी पश्चात कुनै अन्य लेखकको इमान्दार अभिव्यक्ति "सोच"मा पढन पाइयो। ढोँग र पाखन्डको दुनियामा कर्ण शाक्यले जुन सरलताले आफ्नो जीवनका अनुभवलाई पस्के, त्यसमा इमान्दारीताको छनक त छँदैछ साथै कटु सत्यको पनि। "सोच" पढे पछि क्युशुमा हाल प्राध्यापनरत मित्र रमेश पोखरेलसँग छलफल गर्न पाईयो। "जँगलको" प्रशँगमा मन खोलेरै हाँस्यौँ। वास्तवमा कर्ण शाक्यले आफ्ना हाकिमले कट्टु भित्रको जँगल र त्यहाँ रहेको जनावरको कुरा गरे भन्ने उल्लेख गरेर हाम्रो जीवनको छाडा पक्षलाई स्पष्ट पारेका छन । एउटा वयस्क व्यक्ति पनि आफ्ना हाकिमका यौन दुर्व्यहारको शिकार कसरी हुन्छ भन्ने कुरा स्पष्ट पारेका छन। काठमाडौँका एक कम्प्युटर सप्लायर्स भाइले नेपालका हाकिमहरुका कुरा यस्तै हिसाबले सुनाएका थिए। विभिन्न मन्त्रालयमा कम्प्युटर सप्लाई गर्ने जिम्मा पाएका भाईले कम्प्युटरका साथ-साथै हाकिम साहेबहरुलाई सीडी पनि दिनु पर्ने स्थिति रहेछ। कम्प्युटर ईन्स्टल गर्ने वेलामा "त्यस्तै छ नि!" पनि राख्न अनुरोध गर्ने बुढा हाकिमका तरुनी छोरीहरु कति सेक्सी होलान भन्ने कुराले हाँसोको फोहरा छुटने गर्दथ्यो। यौन साहित्यलाई पनि साहित्य मान्नु पर्छ भन्ने अग्रज दाज्यु नरहरि आचार्यको अन्तर्वार्ता पढेपछि यीनले पनि जवानीमा "मस्तरामकी कहानी" टन्नै पढे कि के हो जस्तो लागेको थियो। 

"सोच"को ठुलो पक्ष भनेकै इमान्दारीता हो। दुई-दुई पटक रन्डी कोठीमा पुगेको सकार्ने महात्मा गान्धीले जस्तै हाम्रा कर्ण शाक्यजीले पनि पेन्टहाउसका सेन्टरफोल्ड मोडेलसँगको मित्रता सकारेका छन। अलिगढमा पढने बेलामा त्यहाँ अध्ययनरत एक वरिष्ठ दाज्युबाट सधन्यवाद प्राप्त एक दर्जन भन्दा बढी प्ले-व्वाई र पेन्ट हाउसका किताबले गर्दा हाम्रा धेरै साथिहरुले भलिबल खेल्ने छोडेका थिए। सुनौली बोर्डर देखि गोरखपुरसम्मको चेकपोस्ट कटाउन धौ-धौ परेका हामीले बल्ल-बल्ल भारतीय कस्टम र सुरक्षा अधिकृतको तिखो नजरबाट अमूल्य उपहार जोगाएर लगेका थियौँ। त्यसपछि त के थियो, प्रत्येक पानामा नविनता नहराउन्जेल र प्रत्येक पानाका सचित्र वर्णन मष्तिष्कमा नछाउन्जले सबले मजाले आनन्द लिए। कहिले ३७४बाट राती १ बजे किताब चाहियो भन्दै ढोका ढकढक्याउँथे त कहिले ३०५ बाट। अनि म्यारिस रोडका भाईहरुले भने हप्ता भरिका लागी १-१ गोटाका दरले लिन आउँथे। त्यहाँ टाईम लागेको पनि शायद ५ जनाको समूह सँगै बस्ने भएकोले हुन सक्छ। एकान्तमा पढन एक जनालाई करिब १ दिन त छुट्याउनै पर्यो नी हैन र? 

प्ले-ब्वाई र पेन्ट हाउसको पुलिन्दा पछि त केही समय हाम्रो दिनचर्या एकदमै फरक हुन गएको थियो। ४२ डिग्रीको रापिलो घाम ढल्कँदै गएपडि खेलीने भलिबलका ठाउँमा धेरै मित्रहरुले अर्कै बल खेल्न थालेका थिए प्ले-ब्वाई र पेन्ट हाउस च्याप्दै। मुस्लिम विश्वविध्यालयमा नेपालीहरुसँग प्ले-व्वाई र पेन्ट हाउस प्रशस्त हुने भएपछि धेरै इन्डियनहरुले पनि ईर्ष्या गरेका थिए। हामिसँगै उधारोमा लगेका किताब अलिक कट्टर भनौँ या गुन्डा टाईपको रुम पार्टनरले भेट्टाएपछि एक जना इन्डीयन मित्रले लगभग आफ्नै रुमबाट बाहिरिएका थिए। करिब २ वर्षको दु:ख र पेलान पछि उनले फेरी आफ्नो कोठा भेट्टाएका थिए। उनका ति रुम पार्टनरले पनि त्यो किताब च्याते जस्तो त मलाई लाग्दैन। किताबको बहाना त हिन्दु रुम पार्टनरलाई निकाल्नु मात्र पो थियो। त्यसपछी एक्लै कोठामा पेन्टहाउसका सजीव चित्रले भरिएको पुस्तकभित्र ह्यारी पोर्टर पसेजस्तै मजाले पसे होलान नी। वास्तवमा भन्ने हो भने नेपाली र भारतीयहरु यौनका मामिलामा भर्खर मात्र खुल्ला हुन थालेका हुन। भारतीयहरुले "मस्तरामकि जवानी"का मार्फत शाब्दीक रुपमै केही रोमाँचक कथाहरु नबनाएका होईनन। तर, नेपालमा त्यस्तो साहित्य पाउन पनि लगभग ०४६ साल नै कुर्नु परेको थियो। 

०४६ सालको प्रजातन्त्र पश्चात नै हो नेपाली प्रकाशनहरु बजारमा देखिन थालेका। अनुभवहिनहरुले अनुभवि फ्यान्टासीको जालो बुन्दै लेखेका यौन साहित्य पढदा खेरी एक हिसाबले कुतकुती नै लाग्ने गर्थ्यो। त्यसमा फेरी लाईन बाई लाईन कन्ठ पार्ने साथिहरुको सँबादले माहौलनै अर्को बन्ने गर्थ्यो। "खानु छ सागपात, .............,अनि यत्रो बन्छ जीउ" भन्ने त हामी मध्ये कसैले थेगो नै बनाएका थियौँ क्यार। यौन साहित्य युवा र गधा पच्चिस ननाघेकाहरुले मात्र पढछन भन्ने पहिले म सोच्ने गर्दथेँ। एकदिन छिमेकी दाज्युले म्यारिज खेल्ने निम्तो गरेपछि आधा घन्टा पछि आउँछु भनेर भनेता पनि, तासको गड्डी समातिहालुँ भन्ने दाउले १० मिनेटमै घरबाट निस्केको थिएँ। छिमेकि दाज्यु यस्तै कुनै सजीव अँग्रेजी पत्रिकामा लठ्ठिनु भएको कुरा ढोका खोलेर सोफा पछाडी पुगेर के हेर्दै रहेछन यी बुढा, भनेर मजाले हेरुन्जेल पनि उनले पत्तो नपाउनुले थाहा पाएको थिएँ। म पछाडी बसेर उनले हेर्ने हेरेको थाहा पाएर हो कि भित्रको जनावर जागेका कारणले हो, बुढा त एकछिन सम्म सोफाबाट उठदै उठेनन। अनि,स्थितीलाई सामान्य तुल्याउने हेतुले म आफै हाँस्दै बाहिर निस्केँ। शायद चोरी समातेरै त होला नी, त्यो दिन मैले मजाले जित्न सकेको थिएँ। 

हाम्रो समाजमा यौनका पक्षहरुका सँबन्धमा शालीनता पूर्वक छलफल गर्ने बेला अहिले भर्खर स्थापना हुन थालेको जस्तो मेरो अनुभव छ। स्वास्थ्य शिक्षा पढाउँदा पुरुष र महिलाका जननेन्द्रियका सँबन्धमा कुरा गर्न नचाहने शिक्षकहरुले यौनको शालिन पक्षलाई कहिले बुझेनन। यौन सँबन्धि कुरा गर्ने बितिक्कै छाडा होईन्छ भन्ने धारणाले हाम्रो समाजमा यौन शिक्षा, यौन स्वास्थ्य र यौन व्यवहारका कुराले कहिले चर्चा पाएनन। फलस्वरुप, भित्र-भित्र गुम्सिन पुगेको कुन्ठाले बलात्कार, हाड-नाता करणी, यौन दुर्व्यवहार, बाल यौन शोषण जस्ता विकृति मौलाउँदै गएको छ। नेपालका प्रधान-न्यायाधीशको बाल यौन शोषण र धर्म पुत्रीसँगको करणीले नेपालका धेरै जनाको होश खुलेको हुनु पर्छ। व्यक्तिगत रुपमा ध्वस्त छवि बोकेका प्रधान-न्यायाधीशलाई महाभियोग लगाएर बर्खास्त गरिनु आवश्यक थियो। केही सचेत पत्रकारहरुका पक्षमा सबैले आवाज उठाउनु पर्ने थियो। तर, त्यस्तो केही भएन। उल्टो प्रधानन्यायाधीश स्वयमले बयान लिँदै पत्रकारहरुलाई नै १ वर्ष जेल कोच्ने दुस्साहस गरे। 

यौन शिक्षा नेपालको लागि अत्यन्त आवश्यक छ। ईन्टरनेटका माध्यमबाट घर-घरमा भित्रिएको पोर्नोग्राफीलाई नै हेर्ने हो भने पनि हामीले यौन शिक्षालाई कडाईका साथ लागु गर्न आवश्यक छ। तस्विरमा देखिएका चकाचौँधले कुन्ठित मन र मष्तिष्कले बलात्कार वा हाड-नाता करणी वा बाल यौन शोषणमा लाग्दैन भन्ने छैन। यौन व्यवहार कसरी गर्ने, यौन दुर्व्यहारले मानिसलाई मृत्युको मुखसम्म धकेल्न सक्ने र यौन दुर्व्यवहार कसरी र किन आपराधिक काम हो भन्ने कुरा यौन शिक्षाको माध्यमबाट आगामी पुस्तालाई शिक्षित गर्न आवश्यक छ। समाज समयान्तरका साथ विकसित र परिपक्व हुनुपर्छ। अधोगतिमा कुनै हालतमा पनि जान हुँदैन। नेपाली समाजमा अहिले यौनका सँबन्धमा विभेद, शोषण र दुर्व्यवहार झन-झन बढदै गएको छ। हाम्रो आर्थिक दुरावस्थाका कारण शरीर बेच्ने पेशामा लाग्नेहरुको सँख्या बढदै छ। द्वन्दका कारण विस्थापितहरु पनि आर्थिक कारणले यस पेशामै घुसेका छन। फलस्वरुप क्याबिन रेष्टुराँ देखी लिएर सामान्य भट्टी पसलमा समेत महिलाको शरीरलाई अर्थोपार्जनको साधनका रुपमा प्रयोग हुन गएको छ। यसले स्पष्ट गर्छ हामि नेपालीमा विश्वकै सबभन्दा पुरानो पेशालाई त्यागेर नयाँ पेशा अपनाउने अन्तर्दृष्टी छैन भन्ने। र यसको जिम्मेवार छन समाजका ठालुहरु, बौद्धिक भनाउँदाहरु, नेता भनाउँदाहरु, र सचेत भनाउँदाहरु। कर्ण शाक्यले आफ्नो पुस्तक मार्फत भन्न खोजेका कुराबाट पनि हामीले नसिक्ने हो भने आगामी पुस्ताले पनि जँगलको कुरा गर्न छोडने छैन र यौन दुर्व्यहारलाई निरन्तरता दिने छ। 

Friday, May 2, 2008

धनको प्रभाव


सुरेश परिवर्तन

एनआरएन-अहिले चुनावी माहौलले प्रभावित छ। नेपाली समूदायका विभिन्न पेशा-समूह र क्षेत्रबाट अहिले नेपालीहरु आ-आफ्ना उम्मेदवारीता घोषणा गर्दै छन। जापानमा बन्दी जीवन बितारहेका दु:खी नेपालीहरु देखी लिएर अन्य पिडित र उत्पिडित नेपालीहरुलाई पनि सहयोग गर्ने कुरामा उम्मेदवारहरुले प्रतिबद्धता व्यक्त गरेका कुरा सुनिन आएका छन। चुनावी अभियानमा व्यक्त भावनाहरु नराम्रा छैनन। मतदातालाई प्रभावित गर्न र आफ्नो पक्षमा मत खसाल्न उम्मेदवारहरुले आश्वासन दिनु राम्रै कुरा हो। तर, एनआरएनमा आवद्ध भयो भन्दैमा "अो हो, बाबु पनि एनआरएन!" भन्ने उदगारका साथ ईष्टमित्रहरुबाट उच्च सम्मान पाएँ भन्ने कुरा भने अलिक वाहियता नै लाग्यो। किनभने, सँसदद्वारा पारित "एनआरएन विधेयक"ले २ वर्ष भन्दा बढि नेपाल बाहिर बसेका सबै नेपालीलाई गैर-आवासीय नेपालीको दर्जा दिएको छ । यसको सीधा अर्थ हो, खाडीमा श्रमिक नेपाली देखि अमेरिकामा प्रोफेसर सबै नेपालीहरु ए्््उ्टै दर्जामा छन। तसर्थ, सम्मानको कुरा साँचो हो भने त्यो हाम्रा खाडी क्षेत्रमा कार्यरत श्रमीक साथिहरुले पनि पा्उ्नु पर्ने हो नी। तर, व्यवहारमा ्््उ्हाँहरुले कहिले त्यो सम्मान पा्््उ्नु भएको छैन। आफ्नै पैसा ितरेर हवाई यात्रा गर्दा खेरी पनि ्््उ्हाँहरुले मानवोचित व्यवहार पाएका छैनन। यसले के देखा्उ्ँछ भने या त केही नेपालीहरु एनआरएन बन्ने प्रावधानसँग परिचित छैनन या त ्उ्हाँहरुले डा. ्उ्पेन्द्र महतोलाई मात्र एनआरएनको ठेकेदार रुपमा देख्नु भएको छ र एनआरएनका रुपमा डा. महतोका आज्ञापालक, चाटुकार, चम्चा र सेवकहरुलाई मात्र देख्ने गरेका छन। 

धनपति डा. उपेन्द्र महतोको एनआरएनले हालसम्म पनि लाखौँका सँख्यामा रहेका नेपालीहरुलाई उपेक्षा गर्दै आएका छन। धनपतिहरुले मात्र चुनाव लडन र जीत्न सकोस भन्ने उहाँहरुको आशयका कारण द्रुततर गतीमा विकास भईरहेको सुचना-प्रविधीको कुनै प्रयोग नगरीकन नेपालमै चुनाव गर्ने रणनीति उहाँहरुले बनाउनु भएको छ। फलस्वरुप, एनआरएनको अन्तर्राष्ट्रिय समिति देखि लिएर विभिन्न राष्ट्रिय समितिहरुमा "गाँठवाल"हरु मात्र चुनाव लडन सक्षम भएका छन। एनआरएन जापानको वर्तमान चुनावमा पनि अध्यक्षमा लडनेले पचास हजार येन (करीब ५०० डलर) धरौती राख्नु पर्ने प्रावधान छ रे। सामाजिक कार्य गर्ने सँस्थाको चुनाव लडन किन पैसा चाहिने? के सामाजिक कार्य विना पैसा गर्न सकिन्न र? यस चुनावमा प्रत्यासी सबै मित्रहरुले यस प्रश्नको जवाफ दिनु आवश्यक छ। 

सरकारद्वारा पारित एनआरएन विधेयकको ठुलो अपव्याख्यामा अहिले हामी अधिकाँश लागेका छौँ। प्रतिस्पर्धी सँगठन नहोस भन्ने हेतुले डा. उपेन्द्र महतो र उहाँका सहयोगीहरु आफु सँबद्ध सँस्थालाई नै असली एनआरएन सँगठन हो भन्ने देखाउन चाहनु हुन्छ। पैसाको खोलो बगाई, नवधनाढ्यहरुको चकाचौध र ग्लेमरको प्रदर्शनमा त्यसैकारण उहाँहरु लाग्नु भएको हो। अर्कोतर्फ, यस अपव्याख्यामा हामी पनि सँलग्नु हुनुको कारण भने हामीसँग समयको अभाव नै हो। दिनको १२ घन्टा भन्दा बढी जोतिनु पर्ने अवस्थाका हामी धेरैलाई कफी-बियर-ह्विस्की गफमा रम्दै धन्दाको प्रवर्धन गर्न फुर्सद छैन। फलस्वरुप, हामी अहिले असँगठित छौँ र डा. उपेन्द्र महतोकै जस्तो अर्को सँस्था खोलेर नेपालमा दर्ता गर्न सकेका छैनौँ। हो, हाम्रै कमजोरीका कारण हो हामी सबैले "ल, ठीकै छ, बनिसकेको सँस्था छ, त्यसैमा लागौँ"भनेर एनआरएनका कृयाकलापमा सरीक भएका हौँ। 

तर, हाम्रा कमजोरी सधैँ यस्तै रहन्छ भन्ने छैन। खाडी क्षेत्रका लाखौँ नेपालीहरु, मलेशियाका लाखौँ नेपालीहरु, बेलायताका हजारौँ नेपालीहरु र अमेरीकाका लाखौँ नेपालीहरुका समस्यालाई सँबोधन नगर्ने हो, हामीहरुलाई सँगठनमा प्रवेश गर्नबाट अनेकौँ राजनैतिक तिकडम गर्ने, आरोप लगाउने र होच्याउने जस्ता कामहरु गर्ने हो भने हामी सबै नेपाली धनपति वर्गको एनआरएन भन्दा छुट्टै अर्को एनआरएन खोल्न सक्छौँ। विदेशका नेपालीहरुलाई एकजुट गर्छौँ भन्ने प्रतिबद्धता बोकेका विद्वान उम्मेदवारहरुको के बिचार छ? के एनआरएनलाई धनको प्रभावबाट मुक्त गर्न उहाँहरु सक्षम हुनुहुन्छ?

माफियाको धन

सुरेश परिवर्तन



सँगठित अपराधको कुरा विश्वभर प्रचलनमा आएको ईटालीयन माफियाका गतिविधिकै कारणले हो। पुरा परिवार अपराधमा लाग्ने र कुश्त पैसा कमाउने माफीया गतिविधि मानव समाजमा रहेका कमजोरीका कारण उत्पन्न भएको हो भन्दा फरक नपर्ला। पत्रकार, प्रहरी, वकिल, न्यायाधीश देखी लिएर अपराध अनुसन्धानमा सँलग्न हरेकलाई प्रभावित गर्न माफियाहरु अत्यन्त सक्षम छन। आफ्नो अपराधलाई छोप्नु त छँदैछ, निरपराध र निर्दोषलाई आफ्नो विरोध गरे वापत फसाउने वा मर्न बाध्य गर्न यी माफीयाहरु सक्षम छन। जिम्मेवार पदमा बसेकाहरु केही पैसामा बिक्दा समाजमा असामाजिक तत्वहरु मौलाउने रहेछ र कानूनलाई धोती लगाईने रहेछ। मार्लन ब्रान्डो र अल पाशिनो अभिनित "गड फादर"ले यावत माफिया गतिविधिलाई सर्वप्रथम १९७०को दशकमा सिल्भर स्क्रिनमा प्रस्तुत गर्दा अधिकाँशका अाँखा खुलेका थिए। 

सँगठीत अपराधमा लाग्नेहरुले गर्ने कृयाकलाप, आवश्यक नेटवर्क, सुरक्षा प्रबन्ध, राजनैतिक र कानूनी सँरक्षण अहिले तस्करी, लागु-औषध कारोबारमा मात्र सिमित छैन। जग्गा दलाली, शिक्षालय, मानव तस्करी, खाध्य सामाग्री वितरण जस्ता हरेक क्षेत्रमा अहिले हामी माफिया शब्दको प्रयोग भएको देख्न सक्छौँ। जनस्तरमा सिमित विरोधहरु धेरै जसो लाचारीका छन। तर, मर्माहन्त गर्ने घटनामा भने जनआक्रोश उम्लिएको हामीले देखेका छौँ। श्रम बजारमा व्याप्त अन्यौल र शोषणले गर्दा जब १२ जवान नेपालीहरु इराकमा एक चिहान हुन पुगे, तब काठमाडौँका हरेक म्यान पावर कार्यालयमा आगो लाग्न पुगेको थियो। नेपालीहरु विदेशमा अनाहकमा मर्न बाध्य हुँदा, नेपाली जनसाधारणले देखाएको यस आक्रोशित रुपले श्रम बजारमा कार्यरत केही असल कम्पनीहरु पनि प्रभावित भएका थिए। तत्पश्चात, श्रम बजारमा सँलग्नहरु आफैले पनि अवैध गतिविधिलाई नियन्त्रण गर्न चनाखो भएको देखिन्छ। 

श्रम बजारमा देखिएको जस्तो प्रत्यक्ष शोषणका रुप अन्य क्षेत्रमा पनि देखिएका छन र नेपालीहरु समय-समयमा बढो आक्रोशित भएका छन। विश्वविध्यालय जस्तो प्राज्ञिक क्षेत्रमा नातावाद लादने, भ्रष्टाचार गर्ने र आफ्ना विरोधीलाई बदनाम गर्ने जस्ता काममा काठमाडौँ विश्वविध्यालयका उपकूलपति डा. सुरेश राज शर्मा सँलग्न हुन पुगेपछि, आक्रोशित प्राध्यापक वर्गले तुरुन्तै सँगठन खोलेका थिए र नातावादी-भ्रष्टाचारी उप-कूलपतिका विरुद्ध आवाज बुलन्द गरेका थिए। काठमाडौँ विश्वविध्यालयमा जब नातावाद र भ्रष्टाचारका विरुद्ध आवाज बुलन्द हुन थाल्यो, तब सुरेश राज प्रशासनले भौतिक र मानसिक दुबै रुपमा आफ्ना विरोधीहरुलाई समाप्त गर्ने कदम चाल्न पुगे। अख्तियारमा धाईरहेका अभियुक्त भाईको प्रयोग गर्दै सँस्थापक प्राध्यापक डा. सुरेन्द्र राज काफ्ले माथि आक्रमण गर्ने, धुलिखेलका स्थानिय मन्डलेको प्रयोग गर्दे प्राध्यापक सँघका सदस्य र पदाधिकारीहरु माथि आक्रमण गर्ने जस्ता कामका शृँखलामा सुरेश राज प्रशासनले एक कर्तव्यनिष्ठ दलित कर्मचारीमाथि गरेको आक्रमण पश्चात नै हो सुरेश राजको माफिया रुप सबका अगाडी छरपस्ट हुन पुगेको। 

विश्वविध्यालयमा नातावाद हुनु हुँदैन, शिक्षक-कर्मचारीले साँगठानिक अधिकार पाउनु पर्छ भन्दा स्व. बुद्धि बहादुर विश्वकर्मालाई जातीवादी लान्छनाका साथ धम्क्याईएको रहेछ। आत्मसम्मान पुगेको ठुलो चोटका कारण अन्तत: बुद्धि वहादुरजीले आफ्नो जीवननै त्याग्न पुगे। उनको देहावसान पश्चात प्राध्यापक सँघका मित्रहरुले पत्रकारहरुलाई बोलाएर मृतकका श्रीमतिका बयान सुनाएछन। तर, स्थानिय सँवाददाताहरुद्वारा प्रेषित समाचारले नेपालका कुनै पनि सँचार निकायमा स्थान पाएनछ। क्षति कम गर्ने अभियान अनुरुप एकातिर सुरेश राज प्रशासनले धम्क्याउने कार्यमा सँलग्न पदाधिकारीहरुलाई केही दिन विश्वविध्यालय नआउन सल्लाह दिएका रहेछन भने अर्कातिर ठुल्ठुला प्रकाशक र लगानीकर्ताहरुसँग आफ्नो सम्पर्कको प्रयोग गर्दै केही नछाप्न अनुरोध गरेका रहेछन। यसका साथै, स्थानिय प्रशासनलाई पनि प्रभावित गर्दै मानसिक अस्वस्थताले गर्दा हुन गएको आत्महत्या हो भन्ने प्रमाणित गर्न लगाएका रहेछन। मृतककी श्रीमतिले बढि दु:ख दिने देखेर, उनलाई पनि कतै जागिर मिलाईदिएर उक्त ह्यारासमेन्ट डेथलाई त्यतिकै सामसुम पारेका छन। प्रहरी, प्रशासन र पत्रकार-राष्ट्रका महत्वपूर्ण खाँबोहरुलाई परिचालन गर्न सक्ने र अपराधीलाई बचाउन सक्ने देखेरै हो, आज सुरेश राज शर्मालाई सबै शिक्षा माफिया भनेका। 

लगभग १ वर्ष छ महिना अगाडीको यो घटनाबाट हामी धेरै अहिले पनि मर्माहन्त भएका छौँ। काठमाडौँ विश्वविध्यालयमा लगभग ३ वर्ष प्राध्यापन गर्दा र विभागिय प्रमूखको रुपमा कार्यरत रहँदा, स्व. बुद्धि वहादुरजीबाट मैले धेरै सहयोग पाएको थिएँ। मेकानिकल ईन्जिनियरिँगका मेशिन विभाग, प्रयोगशालाहरु देखि लिएर विध्यार्थिहरुलाई ड्रईँगसमेत सिकाउन उहाँ सिपालु हुनुहुन्थ्यो। कामकै सँबन्धमा हाम्रो भनाभन पनि भएको थियो। तर, उनले हाल प्रचारित "मानसिक असन्तुलन" जस्ता केही कुरा कहिले देखाउनु भएको थिएन। नजीककै मित्रलाई यसरी देहावसान पश्चात पनि बदनाम गर्न कुनै कसर नछोडने सुरेश राज प्रशासनको ताल देख्दा मलाई आज धनको तुजुकमा हिँडने माफियाहरु सबै एकैथरिका लाग्न थालेको छ । अमेरीकाको केन्ट विश्वविध्यालयमा हाल अध्ययनरत प्राध्यापक मित्र सिजन बरालजीले CJ Report मा लेख्नु भएको (यो लेख)पढेपछि मेरो मन फेरी भक्कानिएर आएको छ। काठमाडौँ विश्वविध्यालय अँग्रेजी विभागका प्राध्यापक मित्र सिजन बरालजीले जति राम्रोसँग डा. सुरेश राजलाई अरु कसैले चिनेका छैनन। मित्र बरालको अँग्रेजीमा रहेको दक्षताबाट प्रभावित भएर डा. सुरेश राजले यिनीबाट आफ्नो पत्राचार र भाषण-अभिभाषण तयारीका लागी धेरै सहयोग लिएका थिए। एक हिसाबले सुरेश राजसँग अत्यन्त निकट रहेर उहाँले काम गर्नु भएको कुरा स्पष्ट छ। हो, यही निकटताले गर्दा नै हामीले सुरेश राजलाई ठम्याएका हौँ र उनका विरुद्ध आन्दोलित भएका हौँ। दु:खको कुरा हामीले हाम्रा सहयोगी गुमाएका छौँ। किनभने प्राज्ञिक मान्यतालाई पूर्ण रुपमा तिलान्जली दिँदै सुरेश राज माफियाका रुपमै अगाडी देखिए।

भेट

सुरेश परिवर्तन



"जीवनमा हरेश खानु हुँदैन," सुनाँउदै थिए उनी ।मित्र भनुँ भने एक छाक भात कहिले सँगै खाईएन । त्यसैले परिचित मात्र भन्नु ठिक होला। उनको गफको पारो निक्कै चढदै थियो। परिवार सहीत युरोप यात्रामा गएको र त्यहाँ "नेटवर्किँग" गरेको कुराको बखान गर्दै थियो। परिचितको कुरामा सफलताको छनक पाईन्थ्यो। आत्मविश्वास मजाले छचल्किन्थ्यो। तर पनि कुरा भने विश्वसनिय लागेन। सानोतिनो कुरालाई नै यीनले बढाई-चढाई गरेका हुन भन्ने मलाई लाग्न थालेको थियो। कारण थियो, उनले दिएको सल्लाह। मैले कहिले भनिन उनलाई मैले हरेश खाईसकेँ भनेर। मैले कहिले कहिन उनलाई, म सँग कुनै समस्या छ भनेर। तर पनि उनि अप्रत्यासीत रुपले सल्लाह र सुझाव दिने मुडमा देखिन्थे। हुनसक्छ कसैले सुनाए होलान, फलानोलाई अहिले समस्या परेको छ भनेर। कसैले आफुले गरेको सानो सहयोगको बखान गरे होलान। शायद यसैले होला उनले मलाई यो सल्लाह दिएको। 

भित्रभित्रै मुर्मुरिरहेको थिएँ म। कस्तो पाखे मान्छे भनेर। म जवाफ दिन चाहन्थे मुखभरि। 
"तपाँइसँग कसले सल्लाह माग्यो हँ?" सोध्न चाहन्थे म। 
तर, सामाजिक सँस्कारले दिएन। दिमागको तापक्रम घटाउन, आशाही बियरको क्यान तानेँ र सिनित्त पारेँ एकै श्वासम आधा क्यान। आशाही भित्र पुगे पछि मुड फेरिन थाल्यो। परिचितको कुराले उठेको रिस मत्थर हुन थाल्यो। सोचेँ, अब यो "शुभचिन्तक" बन्दैछ भने यसबाट केही सल्लाह किन नलिने। "सर, भन्नुस त नेपालमा के गरे स्थिति ठीक होला?" सोधनीको थालनी मैले नेपालबाटै गरेँ। 
"खै, अब नेपालमा के हुन्छ भन्ने? नेपालीहरुको के बु्द्धी छ र? जीवनमा प्रगती गर्नु साटो बढो राजनीतिक कुरा मात्र गर्छन?" जवाफमा केही कटाक्ष थियो। 
शायद पढेका थिए होलान यिनले मेरा ब्लगहरु र सम्पादकलाई मैले लेखेका कुराहरु । मलाई होच्याउने हिसाबले "राजनीति"का कुराहरु निकाल्दै थिए भन्न बुझ्न गार्हो परेन। ब्लगरहरुलाई बढी लेख्छस भन्ने हिसाबले धेरैले कुरा गर्छन। यी महोदय त झन मलाई सदबु्द्धी दिन हिँडेका। यीनले किन ननिकालोस त यस्तो कुरा।
"हो, हो, ठीक भन्नु भो, हामी जन्मजात काँग्रेस-कम्युनिष्ट-मन्डले बनिसकेका छौँ।" सही थपेँ मैले आफ्नै पाराले। 
तर, परिचितलाई मेरो कुरा मन परेन जस्तो लाग्यो। किनभने, मैले जवाफ दिने बितिक्कै परिचितले आफ्नो बियर मुखमा जोडन पुगे।
"यो, सब वाहियात हो। यो राजनीतिको कुरा छोडौँ। राजनीतिले कसैलाई पनि सफल बनाएको छैन।" दार्शनिक भँगिमामा परिचितले बोल्न थाले। "जीवनमा महत्वपूर्ण कुरा हो "ढेबा", जापानीजमा भन्ने हो भने "अोकाने"। हामी "अोकाने" हासिल गर्नतिर लाग्नु पर्छ।" परिचित बोलीमा प्रखरता ल्याउने कोशीस गर्दैछन। 
"मान्छेले जे पनि भन्छन। मलाई नै हेर्नुस त, मान्छेले के सम्म भनेनन? "मानव तस्कर" रे" आक्रोशीत देखिन्थे परिचित ।
"तर, बुझ्नु भो, मलाई केही समस्या छैन यस्ता कुराले। म आफ्नो ब्यवसायमा सफल छु। नेपालमा मेरो पुलिस देखी प्रशासन सम्म सबैतिर सम्पर्क छ। यसो पेट्रोल-सेट्रोले चाहिएमा वा कुनै समस्या परेमा मलाई भन्नु होला" परिचित ले आफ्नो औकात देखाई छाड्यो। 

सँगैका दुई जवान परिचितहरु हाम्रा सँवादहरु चाख लिएर सुनिरहेका थिए। अहिलेसम्म केही बोलेका थिएनन। तर, परिचितको पछिल्लो डायलग पछि भने ती मध्ये एक नवपरिचितका जिन्हा सलबलाउन थालेका देखिन्थे। 
"दाईले, बढो ठीक कुरा भन्नु भो" सही थप्दै अगाडी बढे उनी। 
"बुद्धी नभएका मान्छेहरुले हो माथापच्ची गर्ने यस्ता कुरामा। मलाई नै हेर्नुस त, वर्षको दुई जना नेपाली "कुक"को रुपमा जापानमा भित्र्याउँछु। छ महिना-वर्ष दिन मेरो रेष्टुराँमा काम गर्छन, अनि अन्तै जान्छन।" खुलासा गर्न थाले नवपरिचितले आफ्नो धन्दाको बारेमा। 
"यसबाट मलाई पनि आठ-नौ लाख फाईदा हुन्छ र ती मान्छेलाई पनि जापान पस्ने फाईदा हुन्छ। " वीन-वीन सिचुएशनको हिमायती हुँ भन्ने नवपरिचितको आशय देखिन्थ्यो ।
"अनि, कानूनि रुपमा केही अप्ठेरो पर्दैन त? तपाँईले "कुक" वा "विध्यार्थि" भनेर झिकाएको मान्छे, के अरु कुनै धन्दा गरेर बस्न मिल्छ त?" आश्चर्यमिश्रित प्रश्न थियो मेरो।
"अरे, यार क्या बात करते हैँ आप? यहाँ जापानमा त "वकिल"लाई पैसा दिनु पर्छ, जे पनि कानूनी हुन्छ।" जापान बसाईको चार वर्ष कटेपछि मैले ब्रम्हज्ञान पाएँ जस्तो लाग्यो।
जापानमा पनि केही "दिलिप कुमारहरु" रहेछन जस्तो लाग्यो। तर, यो जापानी समाजमा सानो बदनामी हुने बितिक्कै झुन्डीनु पर्ने नजीर छ, कसरी सँभव छ यस्तो कुरा? सोच्न थालेँ म। परिचितलाई नवपरिचितको कुरामा रमाईलो लागेको जस्तो देखीन्थ्यो।
"यार, मलाई सिन्जुकुमा एउटा रेष्टुरेन्ट चाहिएको छ, मिलाउनु पर्यो" अनुरोध नवपरिचितलाई थियो, व्यँग्य मलाई थियो। 
"अो दाई! नो प्रोब्लम। तपाँईलाई म यस्तो लोकेशनमा दिन्छु कि जहाँ अफीसै-अफीस छन र वरिपर अरु कुनै रेष्टुरेन्ट छैन। तर, दाम भने अलिक महँगो छ।" 
मेरा लागी परिचित र नवपरिचित रहेकाहरु एक आपसका लागी भने पूर्व परिचित रहेछन। 

दिक्क लाग्न थाल्यो "धन्दाको" कुराले। आफु पर्यो "धन्दा" नगर्ने र मान्छे नझिकाउने। अनि पैसा पनि कमाउन नसक्ने। परिचित र नवपरिचित परे "धन्दा" पनि गर्न सक्ने, मान्छे पनि झिकाउन सक्ने र पैसा पनि कमाउन सक्ने । जीवनमा पहिलो चोटी "ईन्जीनियर" भएकोमा र "ईन्जिनियरहरुलाई पढाउने शिक्षक" भएकोमा मलाई ग्लानी हुन थाल्यो। यस्तै, नेपाली भएर पनि पैसा कमाउन नसकेकोमा र यसो दुई चार जना नेपालबाट जापानमा पसाउन नसकेको सँझदा त आत्मग्लानीको मात्रा झन बढन थालेछ। परिचित र नवपरिचितका सँवादमा नेपाली समाजका मान्यताहरुको छनक पाईन्थ्यो। यो समाजमा तिनै मान्छेलाई मान्छन जसले केही दिन सक्छ। जसले भ्रष्टाचारको अभियोग बाट बचाउन सक्छ, त्यसैलाई न्यायमू्र्ती मान्छन। जसले विना योग्यता जागीर लगाईदिन सक्छन, त्यसैलाई शुभचिन्तक, समाजसेवक र नेता मान्ने यहाँको चलन छ। नेपाली समाजका वास्तविक अाईडल यिनै परिचित र नवपरिचित हुन। किनभने यिनिहरुले समाज बुझेका छन, मान्यता बुझेका छन र सोही अनुरुप चलेका छन। भन्नेले त जे पनि भन्छन। मन नपराउनेका लागी श्वासै गन्हाउँछ भन्छन नी। यस्तै हो। हामीले लाग्नु पर्ने हो मन पराउनेहरुका लागी। गर्नु पर्ने हो मन पराउनलेहरुका लागी। जसरी परिचित र नवपरिचित "विन-विन" थ्योरीको प्रयोग गर्दैछन, म किन गर्न सक्दिन? प्रश्न उठन थाल्यो मेरो मनमा। 

"राम्रो कुराकानी भयो, फेरी भेटौँला।" परिचितको विदावारी हुने सँकेतले मेरो तन्द्रा भँग भयो। 
"दाई के छ र यसो हतार, कुरै गर्न पुगेको छैन" नवपरिचितले लगतै जवाफ तेर्स्यायो।
" यार, हिँउले सेताम्मे स्विजरल्यान्डबाट मेरी बुढी फ्लुको नासो बोकेर आएकी छे। रिसाउँछे ढिलो भएमा। त्यसैले म लाग्छु। बरु पछि भेटदै यस्तै रमाईलो गफ गरौँला नी।" मित्र आफ्नो झोला तिर लम्कँदै विदा हुने तरखरमा लागिसकेका थिए। 
"जे होस, दाईसँग अप्रत्यासीत हिसाबले भेट भयो, धन्दाको कुरा गर्न पाईयो, बढो रमाईलो भयो। फेरी पनि भेटौँ है?" नवपरिचितको प्रफूल्ल विदाई सन्देश। 
केही बोल्न चाहेको थिएँ, तर जिब्रो लरबराउन थालेको जस्तो लाग्यो मलाई। वियरले भन्दा बढी मलाई आज "भेटले" लागिसकेको थियो।

Thursday, May 1, 2008

सुजाताको साडी: उपेन्द्रको भोट

सुरेश परिवर्तन



हालै सम्पन्न सँविधान सभा चुनावको सबै भन्दा सुखद पक्ष भनेको जनताले आफ्नो अभिमत मार्फत नातावाद र भ्रष्टाचारलाई पराजीत गर्नु नै हो। नेपाली राजनीतिमा वर्चश्व स्थापित गर्न सफल नातावाद र भ्रष््टाचारले यति अपमानजनक पराजय भोग्नु पर्ला भनेर कसैले सोचेका थिएनन। जनता भनेका त भेँडा हुन भन्ने र नोटको बिटो, साडीको थान र भोज-भतेरले भोट ल्याईन्छ भन्ने सामन्ती सोचाईलाई पराजीत गरेर नेपाली जनताले आफुलाई बढो परिपक्व साबित गरेका छन। निसन्देह, नेपाली राजनीतिमा प्रजातान्तृक धारको नेतृत्व गर्दै आएको नेपाली काँग्रेसले आफ्नो अर्ध सामन्ती रुपका कारण ठूलो पराजय भोग्नु परेको छ। तर, नेपाली काँग्रेसका नातावादी नेतृत्व भने पार्टीको पराजय भन्दा साडी वितरक सुपुत्रीको पराजयमा ज्यादा चिन्तित देखिन्छन। 

वँशजका आधारमा राजनैतिक नेतृत्व हासिल गर्ने कुरा मन्डले राजावादीहरुले मात्र गरेका छैनन । नेपाली काँग्रेसलाई हेर्ने हो भने पनि यहाँ पनि थुप्रै नेताहरु छन जो आफ्ना अनुज, पुत्र-पुत्रीलाई आफ्नो शेष पछि पार्टीको नेतृत्व सुम्पन्न चाहन्छन। जानिफकारहरु भन्छन-यो दक्षिण एसीयाकै रोग हो। भारतमा गान्धी परिवार, पाकिस्तानमा भुट्टो परिवार, बँगलादेशमा हशिना र जियाको परिवार र श्रीलँकामा भन्डारनायके परिवार जस्तै नेपालमा कोईराला परिवार हुनु स्वाभाविक मान्छन केही त। तर, ठूल्ठुला विश्लेषकले स्वाभाविक मान्यो भन्दैमा, त्यो स्वाभाविकै हुन्छ भन्ने छैन। यदि जनताले नमान्ने हो र आफ्नो विवेक प्रयोग गर्ने हो भने परिवारबादको अन्त्यका लागी ब्यालट बक्स भए पुग्छ। 

मधेशी जनाधिकार फोरुमका नेतृत्व उपेन्द्र यादवसँगको चुनावी प्रतिस्पर्धामा काँग्रेस केन्द्रिय सदस्य तथा विना विभागिय मन्त्री श्री सुजाता कोईरालाले बडो लज्जास्पद हार खानु पर्यो। अन्तरिम कालका सर्वशक्तिमान प्रधानमन्त्री पुत्री सुजाताले गृहजिल्लामै पराजय भोग्नुलाई अहिले धेरैले जनताको जागेको क्षणका रुपमा लिँदै छन। नेपाली राजनीतिमा बिना कुनै सँकोच नातावादको प्रयोग गर्ने गिरिजा प्रसादलाई जनताले थप्पड हाने भन्ने पनि केहीको भनाई छ। तर, सबभन्दा अचम्मको कुरा मोरँग क्षेत्र नँ ५ का नेपाली जनताले देखाएको विवेकसम्मत मतदान नै हो। निर्वाचान आयोगले चुनाव आचार सँहिता जारी गरे पश्चातका अवधिमा सो क्षेत्रका धेरै नेपाली महिलाहरु नयाँ-नयाँ साडीमा सजिएका थिए रे। चुनावकै बखतमा भएभरका मतदाताहरुका घरमा नयाँ साडी भित्रनुलाई अधिकाँशले सुजाताको कृपा पो भन्दा रहेछन। प्रतिद्व्न्दी उपेन्द्र यादव पनि एकताका निकै तनावग्रस्त देखिन्थे रे। तर, उनले बडो नम्रतापूर्वक भनेछन- "जे पाईन्छ लिनुस तर भोट मलाई दिनुस!" नभन्दै जब चुनावी परिणाम अगाडी आए तब धेरैले भन्न थालेछन मोरँगमा "साडी सुजाताको-भोट उपेन्द्रको।"

भर्खरै सम्पन्न सँविधान सभाको यो चुनावी परिणामले दुईटा प्रमूख सँकेत दिएको छ। सत्ताधारी, धनपति र शक्तिशालीहरुसँग नेपालीहरु कहिले मुखामुख गर्दैनन। दोस्रो, गोप्य मतदानमा नेपालीहरु विवेकसम्मत ढँगले सही प्रतिनिधीको चुनाव गर्छन। मोरङ्गका ग्रामीण भेगका जनताले देखाएको यस सुझबुझको म धेरै कदर गर्छु। वास्तवमै भन्ने हो भने, कुनै पनि चुनावमा धनको प्रयोग हुनु, पैसाकै बलमा मतदाताहरु बढाउनु र पैसाकै रवाफले प्रतिद्वन्द्धिलाई मनोवैज्ञानिक दवावमा राख्ने कुरा कुनै हालतमा पनि लोकतान्तृक होईन। यो त लोकतान्तृक पद्धतीलाई पैसाको तुजुकका आधारमा जीवन रहित यान्त्रिकतामा ढाल्ने कुरा मात्र हो। यस्तो यान्त्रिक पद्धतीले न कुनै सक्षम नेतृत्वको चुनाव गर्छ न सँस्थालाई जीवन्त गर्छ। ब्यालेट बक्सको ठूलो कमजोरी यसको यान्त्रिकरुपमा प्रयोग हुन सक्ने सँभावना हो भने, यसको झन ठूलो फाईदा भने मतदाताको विवेक पोख्ने भाँडो बन्नु हो। धनपतिको धन लिने तर भोट जनपतिलाई दिनु भन्दा ठूलो विवेकसम्मत कुरा अरु केही छैन। मोरँगका मतदाताले जस्तै विवेकको प्रयोग अब कस-कसले गर्ने हो त्यो भने अब हामीले छिट्टै देख्नेछौँ।

एनआरएनमा चुनाव

सुरेश परिवर्तन

एनआरएनले शुरुआति दिनमा जुन ्उ्त्साह जगाएको थियो, त्यो अहिले छैन। नेपालको वर्तमान राजनीतिक घटनाक्रमले पनि एनआरएनको गतिविधिलाई ओझेलमा पारेको हुन सक्छ। राष्ट्रिय-अन्तर्राष्ट्रिय समूहले समेत नेपालमा्् ्उ्पस्थिति जमाएको बखतमा नवधनाढ्यहरुको कफी-बियर-व्हीस्की गफ तल पर्नु स्वाभाविक पनि हो। तर, एनआरएनले ठूलो बदनामी झेल्नु परेको भने नेपाली खेलाडीहरुलाई पुरस्कार रकम दिन आनाकानी गरेकै कारण हो। नेपाली ब्लगरहरुका ब्यापक दवावका कारण बाध्य भएर डा. ्उ्पेन्द्र महतोको एनआरएनले पुरस्कार वितरण समारोह आयोजना गर्न बाध्य हुन पुगेको थियो। हामीले भन्दै आएका अधिकाँस कुरालाई "म्याराथन पुरस्कार कान्ड"ले केही हदसम्म पुष्टी गरेको देखिन्छ। एनआरएनमा छद्म प्रवृतिका, अवैध धन्दा गर्नेहरु, मानव तस्करीमा सँलग्नहरु, फर्जी प्रमाणपत्रको आधारमा आफुलाई विद्वान साबित गर्नेहरु छन कि छैनन, त्यसका सँबन्धमा अब डा. ्््उ्पेनद्र महतो चनाखो हुनु पर्छ। 

डा. ्््उ्पेन्द्रलाई मात्र सबै जिम्मेवारी लगा्््उ्ने काम पनि मेरो विचारमा ठीक होईन। किनभने अन्तर्रा्ष्ट्रिय समितिमा पुग्ने बाटोको जोहो भनेकै राष्ट्रिय समितिहरु हो। त्यसैले, विश्वभरका राष्ट्रिय समितिहरुले आ-आफ्ना सँगठनमा राम्रा मान्छेहरु ल्या्उ्नु पर्ने कुरा म आवश्यक देख्छु। अनौपचारिक छलफलका क्रममा धेरै मित्रहरुसँग एनआरएनको विषयमा कुरा भयो। केही साथिहरुले एनआरएनले के फाईदा गर्छ भनेर पनि प्रश्न राखे। व्यक्तिगत रुपमा कसैको केही फाईदा हुने कुरा होईन, यो विदेशमा प्रगती गरेका नेपालीहरुले देश विकासको लागी सामूहिक प्रयासको बाटो मात्र हो भन्ने जवाफ दिएँ। खै, साथिहरुले चित्त बुझा्उ्नु भयो कि भएन त्यो थाहा भएन । वास्तवमै हामी धेरै शुभचिन्तकहरुको चासो र चिन्ता देश विकासकै कुरामा छ। विदेशमा हामी छौँ तर पनि पलपल देशको चिन्ताले हामीलाई सता्उ्ने गर्छ। हाम्रो विगत, हाम्रो परिवार र हाम्रो मुटु अहिले पनि नेपालमै छ। यस कारणले नै हो, एनआरएनले केही गर्ला की भन्ने आशा जागेको। 

एनअारएन-जापान राष्ट्रिय समितिको दोस्रो कार्यसमितिको चुनाव अब केही दिनमै हुँदैछ। एनआरएनको पहिलो राष्ट्रिय समितिले के कति प्रगती गरे-त्यो हामीले पढन र सुन्न पाएका छैनौँ। पहिलो कार्यसमितिको ्उ्पलब्धीहरु शायद चाँडै नै प्रस्तुत हुने होलान। ्उ्हाँहरुले आफ्नो प्रगती विवरण दिनु नै हुनेछ। तर, विगतका कृयाकलापलाई हेर्ने हो भने ्उ्हाँहरुले यहाँ पनि आफ्ना कमजोरीलाई लुका्उ्ने र एअरलाईन्स चला्उ्ने जस्ता ्उ्डन्ते प्रस्तावहरु नराख्ला भन्ने छैन। कुनै समाजसेवी सँगठनमा यस्तो हिसाबले कुरा हुनु ठीक होईन। तर, अहिले एनआरएनमा यो भन्दा पनि ठूलो विकृति देखा परिसकेको छ। 

समाजसेवी सँगठनको रुपमा रहेको एनआरएनमा देखिएको ठूलो विकृति भनेकै राजनीति र गुटबन्दी हो। एनआरएनमा पुग्नु पर्ने व्यक्तिहरु भनेकै ज-जस्ले सँगठनको मूल्य र मान्यतालाई कायम राख्न सक्छ, तिनै व्यक्तिहरु मात्र हुन। एनआरएनले गर्नु पर्नेे काम थुप्रै छ। जापानका नेपालीहरुलाई सँगठित गर्ने, ्उ्निहरुलाई देश विकासका लागी केही गर्न अभीप्रेरित गर्ने, राष्ट्रिय ्उ्त्पादनलाई वैदेशीक बजारमा स्थापना गर्ने, नेपालमा शिक्षालय, अस्पताल, एम्बुलेन्स सेवा लगायतका लागी विदेशी दाताहरुसँग समन्वय गर्ने, नेपालको लागी अत्यावश्यक हाईड्रोपावर जस्ता ्उ्र्जा-सँशाधनको विकास गर्ने जस्ता थुप्रै चुनौती र जिम्मेवारीहरु अहिले एनआरएन जापानको अगाडी छ। यि कामहरु गर्न एनआरएन जापानले आफ्ना पदाधिकारीका रुपमा समन्वयकर्ता, लगानीकर्ता, भाषाविद, जापानी समूदायमा लोकप्रिय व्यक्तित्वहरु, पत्रकार -ब्लगर लगायत  विभिन्न क्षेत्रका व्यक्तिहरु रोज्नु पर्ने देखिन्छ। यदि जापानका सबै एनआरएनहरु एकै थलोमा भेला हुने र विना गुटबन्दी आ-आफ्ना विचारलाई राख्ने हो भने हामी एनआरएन जापानको दोस्रो कार्यकालका लागी आवश्यक पदाधिकारीहरु भेटन सक्छौँ। तर, यो सकारात्मक पहल अहिले भईरहेको देखिन्न र जसरी हुन्छ, एनआरएनलाई आफ्नो पोल्टामा हाल्ने रणनिति केहीले अख्तियार गरेको देखिन्छ। 

एनआरएन-जापानको वर्तमान राजनैतिक ध्रविकरण केही हदसम्म अन्तर्राष्ट्रिय समितिको चुनावसँग पनि गाँसिएको छ। एकताका जापानबाटै कुनै व्यक्तित्वले अन्तर्राष्ट्रिय समितिमा अध्यक्षता पा्उ्ने कुरा पनि अगाडी आएको थियो। डा. ््उ्पेन्द्र महतोको कार्यकाल पश्चात ्उ्क्त दावी पुन: दोहोरिन सक्ने देखिन्छ। त्यसैले, ्उ्क्त चुनावमा आफ्नो पकड कायम राख्न अहिले देखिनै "राम्रो मान्छे" भन्दा "हाम्रो मान्छे" चुन्नका लागी यो राजनैतिक गुटबन्दी हुन पुगेको सम्भावनालाई नकार्न सकिन्न। अन्तर्राष्ट्िय समितिमा पुग्ने महात्वकाँक्षा बोकेका व्यक्ति भनेको वास्तवमा सबैले मान्ने व्यक्ति नै हुन। सर्वमान्यताका बावजुद पनि गुटबन्दी र राजनैतिक ध्रुविकरण रोक्न ्उ्हाँहरु पहल गर्नु हुन्न भने, हामीले स्पष्ट बुझ्नु पर्छ कि पहिलो कार्यसमिति चुनावको बखतको मानसिकता हालपनि कायम छ र झन दर्बिलो छ। 

कुनै ए्उ्टा पक्षले खुल्ला रुपमा गुटबन्दी गर्छन र लोकतान्तृक भना्उ्ँदाहरुको पत्ता साफ गर्छु भन्दै हिँडछन भने, हामी पनि चुप लागेर बस्नु ठीक होईन।् जापानमा लोकतान्तृक पक्षधरहरुलाई विजयी गरा्उ्न हामी धेरैले सकृय भूमिका खेलेका छौँ। सम्पादकलाई चिट्ठी लेख्दा ज्ञानेन्द्रको ध्वाँस देख््ा्उ्ँदै माओवादीको आरोपमा गोली ठोक्नु पर्छ भन्ने जस्ता निकृष्ट सोचहरुमाथि हामीले पटक-‍पटक जीत हासिल गरेका छौँ। सामाजिक सँगठनमा राजनीति नगरौँ भन्ने हाम्रो शालीन र सौम्य सोचलाई हाम्रो कमजोरी ठान्ने महानुभावहरुलाई पुन: हामीले नहराई भएको छैन। यसको लागी आवश्यक छ, ढृढ ईच्छाशक्ती, बलिदानी भावना र लोकतान्तृक एकताप्रतिको विश्वास। 

ए्््उ्टै पदमा लोकतान्तृक साथिहरुले नै हानाथाप गर्नु कुनै हालमा ठीक कुरा होईन। जापानमा लोकतन्त्रका लागी नेपाली समूदायको जुलुस-प्रदर्शनमा अगुवाई गर्ने महेश श्रेष्ठ, पत्रकार मित्र बेलु थापा, भाषाविद साथि जिज्ञान कुमार थापा, कपिल देव थापाजी लगायत नागोयाबाट अर्का मित्र डा. सुदिप अधिकारीको पनि ्उ्म्मेदवारी परेको म सुन्दैछु। लोकतान्तृक आन्दोलनमा गरेका लगानी र पहिलो कार्यसमितिमा आफु नरहेरै साथिहरुलाई सघा्उ्ने व्यक्तित्वका रुपमा रहेका महेश श्रेष्ठको अर्को राम्रो पक्ष भनेको नेपालको हाईड्रोपावरमा यिनले लगानी गर्दै नेपालीका घर-दैलोमा ्उ्ज्यालो फैला्उ्न चालेको विकासवादी कदम नै हो। वामपन्थि झुकावका मित्र बेलु थापाले एनआरएनमा राष्ट्रिय सँयोजक भए पश्चात धेरै राम्रो भूमिका खेलेको देखिन्छ। फर्जीहरुलाई अन्तर्राष्ट्रिय समितिमा पुग्नबाट रोक्न यिनले चालेको कदमका लागी पनि हामी सबै यिनी प्रती आभारी हुनु पर्छ। लामो समय जापानमा बस्दै जापानका एलिटहरुसँग कुममा कुम मिला्उ्न सक्ने, जापानको अँचलको सल्लाहकारमा नियुक्त र जापानी भाषा, सँस्कृति र चलनको गहिरो अनुभव बोकेका जिज्ञान कुमार थापाजीले पनि पहिलो कार्यकालमा बढो राम्रो भूमिका खेल्नु भएको देखिन्छ। अर्का तर्फ, डा. सुदिप अधिकारीजी नयाँ जोश र जाँगर बोक्दै हामी सबैका साझा ्उ्द्देश्यलाई फलिभूत गर्न कटिबद्ध देखिनु हुन्छ। लोकतान्तृक आन्दोलनमा प्रत्यक्ष-अप्रत्यक्ष भूमिका खेल्ने मित्रहरुमा म कुनै कमजोरी देख्दिन र म विश्वस्त छु ्उ्हाँहरुले एनआरएनलाई झन विश्वसनिय सँगठन बना्उ्नु हुनेछ। तर, हामी आफै फुटेर चुनावमा जाने हो भने हामी कसैले पनि जित्न सक्दैनौँ। तसर्थ, प्रत्येक पदमा लोकतन्त्रवादी समूहबाट ए्उ्टै व्यक्ति मात्र ्उ्म्मेदवार हुनु अति आवश्यक देखिन्छ। यसका लागी साथिहरुले बलिदानी भावनाका साथ सँवाद गर्न र लोकतान्तृक एकतालाई पहल गर्न अति आवश्यक छ।