चन्द्रकिशोर
केही समयदेखि राजनीतिक परिदृश्यमा 'राष्ट्रियता' सवाल र सरोकार भएर जसरी तीव्र गतिमा मुखरति भइरहेको छ, त्यसले 'अब के हुन्छ -' भन्ने प्रश्नलाई झन्डै स्थायी नै बनाइदिएको छ । नेपाली सर्न्दर्भमा राष्ट्रियताको उठान र नारा नया“ होइन, समयक्रममा केवल पात्र र भूमिकाहरू मात्र फेरिने गरेका छन् । यतिखेर त्यस्तै भएको हो ।
अब पनि राष्ट्रियतालाई परिभाषित गर्न त्यसप्रति साझा अवधारणा नबनाईकन राजनीति अगाडि बढ्न सक्दैन भन्ने कुरासग इन्कार गर्न सकिदैन । राष्ट्रियताको सवाल पञ्चायती कालरात्रिमा खुब गुञ्जित भयो, बहुदलीय प्रजातान्त्रिक कालमा पनि त्यो नारा गुञ्जिनै रह्यो र यतिखेर गणतान्त्रिक माहोलमा समेत त्यो अझ चर्को रूपमा गुञ्जिएको छ ।
राष्ट्रियताको उठानसगै केही कुरा हामीकहा संवेदनशील रूपमा जोडिन पुगेका छन् । जबजब राष्ट्रियताको हुकार गरिन्छ, त्यतिखेर एउटा खास समुदायमाथि आक्षेप लगाइन्छ । २०५७ सालमा राजधानीमा प्रकट भएको ऋतिक रोशन प्रकरण आधारहीन आक्रोशबाट उत्पन्न अराजकता थियो, जो तत्कालीन सरकार, राजनीतिक दल र विद्यार्थी सङ्गठनहरूको अपरपिक्व र असावधानीपूर्ण कदमबाट जन्मिएको थियो । र, त्यतिखेर एउटा खास समुदायमाथि राष्ट्रियताको अन्धउन्मादमा आक्रमण गरिएको थियो । यतिखेर पनि 'हिन्दी हङ्गामा' गर्दै पहाडी मानसिकता ब्यूझाउन खोजिएको पाइन्छ ।
हाम्रो सर्न्दर्भमा राष्ट्रियताको नारा राजनीतिक तुरूप र हाउगुजी मात्र हुने गरेको छ । हिजो कुनै दलले अर्को प्रतिस्पर्धी दललाई जसरी राष्ट्रघातीको आरोप लगाउथ्यो, आज त्यही दलले अर्को दलका नेतालाई क्रान्तिकारी भनिरहेको पनि पाउछौ । आफ्नो दलीय शक्ति सञ्चय गर्न, दलभित्रको लडाइमा आफ्नो पक्षलाई मजबुत पार्न, कुनै सरकार विशेषलाई विस्थापन गर्न वा कुनै एउटा व्यवस्था जन्माउन अर्को व्यवस्थामाथि आक्रमण गर्न राष्ट्रियतालाई कार्डका रूपमा प्रयोग गरिदै आएको छ, त्यसैले राष्ट्रियताको उठान गरिदा त्यसपछाडिका मानसिकता, राजनीति र रणनीतिले आमनेपालीलाई चुकचुकाउने गरेको छ ।
छिमेकी भारतको एउटा राजनीतिक प्रसङ्ग छ । सन् १९६२ मा चीनसगको युद्धमा भारत पराजित भएपछि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मुलुकभर ब्यापक आलोचना भइरहेको थियो । राजधानी दिल्लीको कनाट प्लेसमा एउटा राजनीतिक सभा भइरहेको थियो, जसमा वैद्य गुरुदत्तले अत्यन्त आक्रोशित मुद्रामा भने, "नेहरू गद्दार हुन् । उनले भारतलाई अपमानित गरेका छन् ।" यस्तै कटुवाणी धेरैबेरसम्म बोल्दै रहे उनी । त्यसपछि बोल्ने पालो थियो नेता अटलविहारी बाजपेयीको । उनी जब अभिव्यक्तिका लागि उभिए, प्रारम्भमै भने कि, "जुन मञ्चबाट नेहरूजीलाई गद्दार र राष्ट्रघाती भनिन्छ, त्यस मञ्चबाट भाषण गर्नुपर्दा मलाई लज्जाबोध भइराखेको छ ।" उनको त्यो भनाइ सुनेर सभामा एकक्षण सन्नाटा छायो । अटलजीले अगाडि थपे, "नेहरूजीसग हाम्रा सैद्धान्तिक मतभेद हुन सक्छन् । सैद्धान्तिक मतभिन्नताको अर्थ उनलाई गद्दार भन्नु वा देशद्रोही भन्नु होइन ।"
यो सर्न्दर्भ हामीकहा“ जोडिन खोज्दा यहा“ एक दलले अर्को दललाई, कुनै नेताविशेषले आफ्नै दल वा प्रतिस्पर्धी दलका नेतालाई, अरू मुलुकसग लक्षित गरी 'परस्त' भनेर आरोपित गरिराखेका हुन्छन् । फेर बिनाकुनै र्सार्वजनिक सरसफाई नै नगरी ती दल वा नेतासग सहकार्य गरी राखेका हुन्छन् । यसरी 'राष्ट्रघाती'जस्ता गम्भीर आरोप कोठे बैठक वा कानेखुसी गर्दा मात्रै होइन, राजनीतिक अवधारणा पत्र र र्सार्वजनिक सभाहरूमार्फ पनि अभिव्यक्त भइरहेको पाइन्छ ।
यसरी राष्ट्रियता र राष्ट्रघातको प्रचलित राजनीतिक व्याख्याले जनसामान्यलाई अलमलमा राखिराखेको हुन्छ । यही कारण हो कि चर्को राष्ट्रियताको नारामा अब त्यो खालको 'सेक्स अपिल' रहेन । यो अवस्था विडम्बनायुक्त त्रासदी हो । राष्ट्रियताको मुद्दाले जनसामान्यलाई र्स्पर्श गर्न नसक्नु भनेको अत्यन्त गम्भीर पक्ष हो । आजको राष्ट्रियता कुनै वादविशेषले डोर्याएको छैन । आजको संसारमा वाद भन्ने कुराको झन्डै-झन्डै मृत्यु भइसकेको छ । यो यसकारणले भइराखेको छ कि विगतमा राष्ट्रियतालाई निहित समुदायको पक्षमा, निहित दलको पक्षमा र निहित शक्ति सन्तुलनको पक्षँमा मात्र प्रयोग गरियो ।
आज नेपाल एउटा राष्ट्रका रूपमा आफ्नै खुट्टामा उभिने जमर्को गर्दैछ । नेपाल हाम्रा लागि जमिनको एउटा टुक्रा होइन, एउटा जिउदो राष्ट्रपुरुष हो । नेपाल एउटा महान् राष्ट्र बन्नका लागि जनआन्दोलनको जनादेश र संविधानसभाको र्सार्वभौम निर्णयबाटट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा जन्म लिइसकेको छ । नेपाली बहुलतालाई नेपाली माध्यमले सजाउदा नै 'राष्ट्रियता' बलवती हुनसक्छ ।
मधेसतिर एउटा उखान छ, "आधियो मे जलाये है बुझते दिये ।" अप्ठ्यारा परिस्थितिहरूबाट गुज्रिएर हाम्रो मुलुक आफ्नो अखण्डता कायम राख्दै इतिहासको यस मोडसम्म आइपुगेको छ । अबको राष्ट्रियता कुनै जातिविशेषको पक्ष वा विपक्ष भएर निर्माण हुदैन । न त यो लोकतन्त्रको विरोधमा सैन्य बलमा स्थापना हुन खोज्ने कुनै अधिनायकको कुटिल दाउ नै हुनेछ । वैदिक ऋचामा भनिएको छ, "संगच्छध्व संवदध्व, संवो मनांसि जानताम् ।" अर्थात्, हे बन्धु आऊ सगसगै मिलेर हिडौ, सगसगै मिलेर संवाद गरौ र सगसगै मिलेर सुमति भावले बसौ । अबको नेपाली राष्ट्रियता बहुलता र विविधतालाई सम्बोधन गर्दै सहअस्तित्वको आधारशीलामा उभिएको हुन्छ ।
अबको राष्ट्रियता केवल नारामा होइन, नया नेपालमा त्यो राष्ट्रधर्मका रूपमा प्रत्येक नागरकिले त्यसलाई वरण गरेको हुन्छ । राष्ट्रधर्म कानुनी बन्धन मात्र होइन, नैतिक बन्धन पनि हो, जो प्रत्येक नागरकिले राष्ट्रप्रति गर्नुपर्ने दायित्वसग जोडिएको हुन्छ । राष्ट्रधर्म पालन बेगरको राष्ट्रियताको चर्को नाराबाजी फगत पाखण्ड हो । त्यो कुण्ठा पनि हो, जो एउटा हाउगुजी खडा गरेर परविर्तनको दिशालाई व्यतिक्रम गर्न खोज्छ ।
राष्ट्रधर्म भनेको अहिले राष्ट्रलाई के गर्दा लाभ हुन्छ, त्यो तत्काल गर्न तत्पर हुनु नै हो । हामी सबै जो नेपालको भूगोलभित्र बसोबास गर्नेहरू छौ, ती सबैले छातीमा हात राखेर मन्थन गर्नुपर्ने बेला भएको छ । हिजोभन्दा हामीले आज आफ्नो व्यवहार, मानसिकता र कार्य प्रणालीमा के परविर्तन गरेका छौ - हिजोजस्तै अकर्मण्य, ढिलासुस्ती, जालझेल, कुन्ठा, हीनताबोध, सङ्कीर्णता र पाखण्डलाई आत्मसात् गररिहेकै छौ वा त्यसलाई फाल्न जुर्मुराएका छौ - राष्ट्रियता जबसम्म प्रत्येक नागरकिले आफ्नो स्तरबाट राष्ट्रको गौरव र गरिमा वृद्धि गर्ने दायित्व ठान्दैन, तबसम्म त्यो मजबुत हुदैन ।
लोकतन्त्र अक्षुण नभएसम्म र समृद्धि स्थायी तवरमा हामीकहा बास नबसुन्जेलसम्म राष्ट्रियताको नारा केवल आत्मरति हुन्छ । परनिर्भरता रहेसम्म राष्ट्रियता मजबुत हुन सक्दैन । राष्ट्रधर्मको राको सम्पुर्ण नेपाली चाहे त्यो हिमाल, पहाड वा तर्राई-मधेसमा बस्ने हुन्, सबैले मनभित्र नबालेसम्म राष्ट्रको अस्तित्व अक्षुण नै रहन्छ, न मौलिक पहिचान नै कायम रहन्छ, न त नेपाली राष्ट्रियताको प्रसिद्धि नै हुन्छ । साच्चिकै रूपान्तरणको चरणमा राष्ट्रियता फगत नारा होइन, प्रत्येक नेपाली मनको आवाज बन्न सकोस् त्यसका लागि हामी सबैले जिम्मेवारीपुर्ण एवम विवेकपुर्ण भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ ।
सिक्किमीकरण, भुटानीकरण, तिब्बतीकरण वा अफगानीस्तानीकरण जस्ता जुनसुकै करणलाई विराम दिने काम सम्पुर्ण नेपालीबीचको ऐक्यबद्धताले मात्र गर्नसक्छ । यो भूगोललाई कुनै खास जातिको पेवा र उसैको मात्र राष्ट्र बचाउने दायित्व भन्ने भावनाले प्रसार पाइराखेसम्म हाम्रो राष्ट्रियता हाम्रो आफ्नै कारणले कमजोर भइरहन्छ भन्ने अनुभवसिद्ध ज्ञानलाई राको बालेर घरघरसम्म पुर्याउन सक्नु नै नया नेपालको राष्ट्रधर्म हो । (साभार: नेपाल साप्ताहिक पत्रिका)
No comments:
Post a Comment