Sunday, August 31, 2008
सेना कुनै दल र समुहबाट प्रभावित हुदैंन
कुख्यात अपराधी Mr. जोन प्रहरी कार्वाहीमा मारिए
संविधान सभा सभासदकै दोहोरो नगरिकता
Friday, August 29, 2008
नेपालमा एक लाखभन्दा बढी, भारतमा लाखौ बिस्थापित
सिंहदरवारमा भदौ १२ गते दिउँसोदेखि जारी २५ दलका प्रतिनिधिहरुको बैठकमा गृहमन्त्रालयका सचिव उमेशप्रसाद मैनालीले यो तथ्याङ्क प्रस्तुत गरेका हुन् । बैठकमा कोसी क्षतिको स्थलगत अवलोकन गरेर फर्केका रक्षामन्त्री रामबहादुर थापा बादल र निर्माणमन्त्री बिजयकुमार गच्छेदार पनि सहभागि छन् । बैठकमा मैनालीले प्रस्तुत गरेको तथ्याङ्क अनुसार, बिस्थापितमध्ये १४ हजार १०७ जना बालबालिका मात्र छन् ।Thursday, August 28, 2008
नेतृत्व लिन कांग्रेसमा हानथाप
काठमाडौं । प्राविधिक एकीकरण भए पनि भावनात्मक एकीकरण हुन नसकेको नेपाली कांग्रेसभित्र नयाँ नेतृत्वको खोजी भइरहेको छ । पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको कमजोर स्वास्थ्य स्थिति तथा बिग्रिएको संगठनिक संरचना सुधार गर्न नयाँ नेतृत्वको खोजी भएको नभई एक पक्षले अर्को पक्षलाई माइनस गर्नका निम्ति नेतृत्वको विकल्प खोजिएको हो ।
नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भइसकेको भए पनि दोहोरो सांगठनिक संरचना कायमै रहेको र अहिले पुर्व प्रजातान्त्रिक कांग्रेसीहरूको हालीमुहाली बढ्दै गएको अवस्थामा नेतृत्वको खोजी भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको समयावधि यसै साता सकिने वैधानिक व्यवस्थालाई आधार बनाएर प्रजातान्त्रिक कांग्रेस र्समर्थक केन्द्रीय सदस्यहरूले नयाँ नेतृत्वको खोजी गर्नुपर्नेमा जोड दिएका छन् । तर, मुलुकको पछिल्लो राजनीतिक स्थिति र भर्खरै निर्वाचन सम्पन्न भएको परिपेक्षमा नेतृत्वले तत्काल महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने पक्षमा देखिँदैन । तर, संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको असफलतालाई नेतृत्वको कमजोरीको कारण बनाउँदै प्रजातान्त्रिक पक्षधरहरूले नेतृत्वमाथि दोष थोपरिरहेका छन् ।
गिरिजाप्रसाद कोइराला पार्टी सभापति भए पनि अहिले कार्यवहाक सभापति सुशील कोइरालाले पार्टी सञ्चालनको जिम्मा पाइरहेका छन् । जसका कारण कांग्रेसमा नयाँ नेतृत्व भन्दै सुशील कोइरालालाई पाखा लगाएर शेरबहादुर देउवालाई अगाडि बढाउने धुनमा कांग्रेसीहरू लागेका छन् । एकीकरणका बेला कुनै पनि पदमा नबस्ने भन्दै पाखा लागेका देउवाले अन्य तहमा आफ्ना पक्षधरलाई बलियो रुपमा स्थापित गरेका थिए । जसका कारण अहिले कार्यवहाक सभापति सुशील कोइरालासहित उपसभापति रामचन्द्र पौडेलसमेत कमजोर अवस्थामा रहेका छन् । अहिले कांग्रेसका खम्बा भनेर चिनिने महामन्त्री विमलेन्द्र निधिदेखि प्रकाशशरण महत र मिनेन्द्र रिजालहरू अहिले कांग्रेसका र्सर्वेर्सवा भएका छन् । संस्थापन पक्षका महामन्त्री रामवरण यादव राष्ट्रपति भइसकेको र अर्का महामन्त्री केवी गुरुङ यस्ता खुराफातीमा पछाडि परेको अवस्थामा सबैभन्दा कनिष्ठ महामन्त्री विमलेन्द्र निधि अहिले पार्टीको नीति नियम बनाउनमा सक्रिय रहेका छन् । उनै महामन्त्रीको इसारामा पार्टी नेतृत्व परिवर्तन गर्ने आवाज केन्द्रीय समितिमा जोडदार रुपमा उठ्न थालेको छ ।
इतिहासको कालखण्डमा नेपाली कांग्रेस सबैभन्दा कमजोर अवस्थामा रहेको अहिलेको पृष्ठभूमिमा संगठन सुदृढ गर्नुभन्दा नेतृत्वको निम्ति खिचातानी गरिरहेको भन्दै कार्यकर्ताहरूसमेत रुष्ट हुन थालेका छन् । नेतृत्वले महाधिवेशन एक वर्षपछाडि सारेर यस अवधिमा संगठनको सुदृढीकरणका साथै संविधानसभामा रचनात्मक प्रतिपक्षको भूमिका र नयाँ संविधान निर्माणमा विशेष पहल गर्नुपर्ने अवस्थामा अहिले देखिएको नेतृत्व परिवर्तनको चर्चाले कांग्रेसभित्र सैद्धान्तिकभन्दा व्यक्तिवादी इगो बढिरहेको घामजस्तै र्छलंग छ ।
त्यसैको फाइदा उठाएर देउवा पक्षधरहरूले वितण्डा सुरु गरेका छन् । संविधानसभामा पराजय भोग्नुका साथै सत्ताबाट फ्याँकिएपछि पहिलोपटक बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा संगठन सुदृढीकरण र पार्टीको सैद्धान्तिक पक्षका बारेमा छलफलभन्दा आगामी दिनमा कसले नेतृत्व हत्याउने र को कुन पदमा जाने भन्ने महत्वकांक्षाले विवाद खडा भएको छ । पार्टी भित्रकै रोग भ्रातृ संगठनहरूमा पनि लागेको छ । अहिले प्रजातान्त्रिक कांग्रेस र्समर्थक नेविसंघको सिंगो कमिटी नै नेविसंघको नेतृत्वप्रति खनिएर लागेको छ । कहिले धर्ना त कहिले घेराउका कार्यक्रमहरू गर्दै आएको उक्त पक्षले पनि महाधिवेशनको माग गरिरहेको छ ।
त्यसो त पार्टी एकिकरणपछि कार्यकर्तादेखि नेतृत्वसम्म भावनात्मक सम्बन्ध स्थापित गर्नका निम्ति महाधिवेशन नै उपयुक्त माध्यम भएको भए पनि अहिलेको अवस्थामा कांग्रेसभित्र महाधिवेशनको माग उठाउनु पार्टीको संगठनिक हितका निम्तिभन्दा पनि मुठ्ठभिर नेताहरूको फाइदाका निम्ति उक्त आवाज उठेको विश्लेषकहरूको राय छ । एक वर्षछि महाधिवेशनको तिथि तय गरिए पनि कांग्रेसभित्र अब दोहोरो नेतृत्वको अवस्था सिर्जना भएको छ । त्यसकारण कांग्रेसमा अझै पनि भावनात्मक एकीकरण नभएको स्पष्ट गर्दछ ।
Tuesday, August 26, 2008
खाडी देशको जेलमा परेका नेपालीहरुको डाटा संकलन शुरु
राजनैतिक अन्योलतामा महँगी भ्रष्टचार बेरोजगार आदीले पिल्सीएका नेपाली युवा युवतीहरु विदेशीने क्रम जारी छ । सस्तोमा जाने सक्ने मुलुक भनेको खाडी भएपनि त्यहा गएका युवा युवतीहरु अनेकौ र कष्ट भोग्नु परेको छ । नेपाल सरकारको फितलो बैदेशिक नितिले गर्दा म्यानपावर तथा दलालहरुको मनपरि तन्त्रले गर्दा परदेशमा आएर पनि नेपालीहरु आपत विपतमा परिरहेका छन । नेपालमा गरेको सम्झौता अनुसार यहाँ साउदी अरेवियामा आएपछि नपाईने भएकोले भागेर काम गर्न बाध्य छन नेपालीहरु । यसरी भाग्नमा पनि यहाँका लोकल दलालहरुले प्रोत्साहित गरेको पाईन्छ ।
Monday, August 25, 2008
प्रधानमन्त्रीका ज्वाईंले सुजाता र आरजुलाई बिर्साउने
किस्ताबन्दीमा हाराकिरी
सिगापुरमा घर किन्ने विषयमा ज्ञानेन्द्र र पारसबीच मनमुटाव
गत साउन ३० गते कान्छी छोरी किर्तिकालाई लिएर आएकी पारसपत्नी हिमानीले छोरीलाई नन्द प्रेरणाको छाउनीस्थित घरमा छोडेर गएको बुझिएको छ । पारस सिंगापुरमा रहेका बेला हिमानी पनि नन्दको घरमा बस्दै आएकी थिइन् । सिंगापुरमा फ्ल्याट भाडामा लिई बस्दै आएका पारसले त्यहाँ ४० लाख डलरमा घर किन्न खोजेको भए पनि ज्ञानेन्द्रले पैसा नदिएको जनाइएको छ । सिंगापुरमा नै स्थायी बसोबास गर्ने गरी गएका पारसले छोराछोरीलाई स्कुल भर्ना गर्नसमेत सकेका छैनन् । जसले गर्दा उनीहरूको पर्ढाई अस्तव्यस्त भएको छ । निकट स्रोतका अनुसार घर किन्नका लागि जसरी पनि ससुरालाई राजी गराउन सक्ने सोच पालेर हिमानी नेपाल आएकी थिइन, तर प्रयास सफल नभएपछि अब हिमानी-पारस सम्वन्ध थप बिग्रने बताइन्छ । बाबु ज्ञानेन्द्रले आफ्नो कुरा नखाने भएकाले पारसले हिमानीलाई पठाएको आशंका गरिएको छ । हिमानी भने नेपालमै या आफ्नो माइती मुलुक भारतको राजस्थान बस्न चाहेकी छिन्, उनमा सिंगापुर मोह नरहेको बताइन्छ ।
उता, सरकारले ज्ञानेन्द्रलाई नागार्जुनस्थित दरबार उपलब्ध गराएको भए पनि गत मंगलबारदेखि ज्ञानेन्द्र आफ्नै निजी वंगला 'निर्मल निवास'मा बस्दै आएका छन् । तर, त्यसअघि नै ज्ञानेन्द्रपत्नी कोमल चिसो लागेर अस्वस्थ भएको भन्दै निर्मल निवासमा बस्दै आएकी थिइन् । श्रीमतीसमेत बिरामी भएको भन्दै नागार्जुन छोडेपछि ज्ञानेन्द्रले त्यहीँ एक्लै बसेर आफ्नो कार्यालय सञ्चालन गर्दै आएका थिए ।
ज्ञानेन्द्र नागार्जुनमा, कोमल निर्मल निवासमा, पारस सिंगापुर, हिमानी छाउनी र रत्न नारायणहिटीमा बस्दा ज्ञानेन्द्रको परिवार नै छिन्नभिन्न भएको थियो ।
Saturday, August 23, 2008
प्रचण्ड सरकारले पूर्णता पाएन, एमालेमा भुइँचालो
अर्कोतर्फप्रधानमन्त्री पुष्पकमल दाहाल आज चीन भ्रमणमा जाने तथा ११ गते मात्र स्वदेश फर्किने भएका कारण त्यसअघि नै पुर्नविचार होला भन्ने संभावना छैन । लामो समयदेखि माओवादीसँग सहकार्य गर्नुपर्छ भन्ने वकालत गर्दै आएका नेता बामदेव गौतमलाई एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्रालयको जिम्मा दिई पार्टीले नेतृत्व गरेर पठाएको भए पनि माओवादी वरिष्ठताक्रममा तल पारेपछि अहिले उनै बामदेव माओवादीका कडा आलोचक बनेका छन् । गौतमले संचारकर्मीसँग कुरा गर्दै माओवादीको पिछलग्गु भएर कार्यकर्ताको मनोवल गिराउन सरकारमा नजाने बताएका छन् ।
राष्ट्रपतिलगायतका विषयमा एमालेलाई धोका दिँदै आएको माओवादीले सरकार गठन गर्ने विषयमा समेत नेकपा एमालेलाई दह्रो झापड हिर्काएको छ । बामदेव गौतमका अनुसार यसअघि माओवादीले मर्यादाक्रमको विषय सामान्य भएकाले त्यसमा कुरा मिलिहाल्छ, भन्दै पन्छियो, अहिले शपथग्रहण गर्नुभन्दा आधा घन्टा अघि मात्रै वरिष्ठताक्रम विगारेर पुनः एकपटक माओवादीले धोका दिएको हो । प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्नु अगावै पोर्टफोलियोको विषयमा टुँगो नलगाउनुपर्ने बताइए पनि माओवादीको सोह्रै आना विश्वास गर्दा एमाले चिप्लिएको हो । नेकपा एमालेले स्थापित परम्परा र संयुक्त सरकारको संस्कृतिलाई अस्वीकार गरी मर्यादाक्रम विगारेको भन्दै सरकारमा नजाने धम्की दिइरहेको भए पनि माओवादीले एमालेलाई फकाउने कुनै तयारी नगरेको बुझिएको छ । दोस्रो चरणको मन्त्रिमण्डल पर्ुनगठन गर्दा एमाले सहभागी भए स्वागत छ, अन्यथा प्रधानमन्त्रीपछिको वरियताक्रममा दोस्रो एमालेलाई नदिइने माओवादीको दावी छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको अघिल्लो सरकारले पनि वरिष्ठताका क्रममा प्रधानमन्त्रीपछि कांग्रेसकै रामचन्द्र पौडेललाई राखेको थियो । त्यतिबेला २०४७ सालमा नै मन्त्री भइसकेकी साहना प्रधान, रामचन्द्र पौडेलको भन्दा पछाडि बस्न मिल्ने अहिले डा. बाबुराम भट्टर्राईभन्दा पछाडि बामदेव किन बस्न नमिल्ने - माओवादी नेताहरूको प्रश्न छ । शपथ लिन एमालेका नेता बामदेव गौतम, विष्णु पौडेल दौरा सुरुवालमा सजिएर आएको भए पनि वरिष्ठताक्रममा विवाद उत्पन्न भएपछि सपथ अस्वीकार गर्दै फर्किएका थिए । माओवादीका चार र फोरमका चार मन्त्रीले हिजै साँझ शपथ लिएपछि बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा. बाबुराम भट्टर्राईलाई कार्यवहाक प्रधानमन्त्री बनाएर आफु चीन जाने निर्णालिएको प्रस्ताव राखेको र उक्त बैठकले त्यो प्रस्ताव पारित गर्दै राष्ट्रपतिमा निर्णयार्थ पठाइएको थियो ।
यसैबीच, वरिष्ठताक्रममा माओवादीसँग खटपट परिरहेका बेला एमालेभित्र सुदुरपश्चिम क्षेत्रलाई हेपेको भन्दै आन्तरिक अर्को किचलो निस्किएको छ । मन्त्री सिफारिस गर्दा सुदुरपश्चिम र कर्णालीबाट प्रतिनिधित्व नगराइएको भन्दै एमाले केन्द्रीय सदस्य भीम रावल, कर्णाली इन्चार्ज डिल्ली महत, बैकल्पिक केन्द्रीय सदस्य भानुभक्त जोशीले हिजै राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी पार्टी निर्णयको विरोध गर्दै त्यस विरुद्ध संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् । उनीहरूले केन्द्रीय सदस्य पदबाट राजीनामा दिने बताएका छन् । त्यस्तै, अर्को केन्द्रीय सदस्य राधा ज्ञावलीले पनि आफूलाई मन्त्री नबनाइएको प्रति आक्रोश पोख्दै केन्द्रीय सदस्य पदबाट राजीनामा दिएकी छिन् । यसअघि मन्त्री बन्ने चर्चामा भीम रावल र राधा ज्ञावली थिए ।
Friday, August 22, 2008
बाढी पीडितलाई सहयोग गरौ
विपत्तिमा परेका सुनसरीवासीलाई यतिबेला तन, मन, धनलगायत सबै किसिमको सहयोगको आवश्यकता रहेको छ । तर, छिमिकीहरु पीडितलाई सहयोग जुटाउन भन्दा पनि रमिता हेर्न तछाँडमछाड गरेको दुःखद् समाचार सुनिनमा आएको छ । विपत्तिको यस घडीमा कुनै भौगोलिकता, धर्म, सम्प्रदाय एवं विचारको घेराले बाँधिदैन । यसकारण यतिबेला सुनसरीका बाढीपिडितका साथसाथै रुपन्देहीको तिनाऊ खोलामा आएको बाढीका पीडीतलाई सहयोगको त्यतिकै खाँचो छ । बाँध किन भत्कियो, बाढी आउनुको कारण के हो, यसमा कसको दोष छ, क्षतिपुर्तिको व्यवस्था कसरी गर्न सकिन्छ लगायतका विषयमाथि छलफल र विश्लेषणको पाटो छुट्टै छ । तर, यतिबेला तत्कालको आवश्यकता के हो त्यो हरेक पक्षले बुझ्न जरुरी छ ।
राज्यको मात्रै प्रयासले बाढीपीडितलाई सहयोग र उद्दार पुग्दैन यसमा सबै देशवासीको सहयोगको आवश्यकता छ । जसले जहाँबाट जे सक्छ सहयोगी हात अगाडि बढाएको खण्डमा बाढीपीडितहरुको मनको घाऊमा मलहम लगाउन सहयोग पुग्थ्यो र आर्थिक सहयोग मुख्य भएपनि मानवीय सहयोग र विश्वास दिलाउने, सहानुभूति दिने र सही सुझाव पनि महत्वपुर्ण सहयोग हुनसक्दछ । त्यसकारण हामी सबैले बाढीपीडितप्रति आफ्ना सहयोगी हात अगाडि बढाउनुपर्छ । मन्दिर, मस्जिद, चर्च र गुम्बामा गएर प्राथना गर्दैमा धर्म हुँदैन, पुण्य कमाउने भनेको यस्तै बेलामा मात्रै हो ।
Tuesday, August 19, 2008
माओवादी नयाँ नेतृत्वको खोजीमा, प्रचण्ड अधिकार विहिन हुदै
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल उर्फप्रचण्ड प्रधानमन्त्री भएपछि माओवादीभित्र पार्टी नेतृत्व कसले गर्ने भन्ने बहस व्यापक रूपमा भएको छ । अध्यक्षले सरकारको नेतृत्व गर्नुपर्ने भएपछि पार्टी नेतृत्वका लागि नेताहरूबीच प्रतिस्पर्धा हुन थालेको हो । माओवादीमा अध्यक्षपछि वरियताक्रममा को अगाडि भन्ने विवाद यस अघिदेखि नै रहेकाले पनि पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा देखिएको हो ।
प्राप्त समाचारअनुसार प्रचण्डपछि मोहन वैद्य 'किरण', डा. बाबुराम भट्टर्राई तथा रामबहादुर थापा 'बादल' बीच मर्यादाक्रममा दोस्रो नेता आफू भएको र सरकारमा आफू नगएर पनि पार्टी नेतृत्व आफूले लिने भन्ने प्रतिस्पर्धा भएका कारण माओवादीले भावी नेतृत्व धान्न नसकेको बुझिएको छ । तर, डा. बाबुराम भट्टर्राई र बादललाई अर्थ र रक्षा मन्त्री बनाउने भन्ने नेकपा माओवादीको सचिवालय बैठकले निर्णय गरिसकेको हुँदा पार्टी नेतृत्व गर्ने मोहन वैद्य 'किरण' निर्विकल्प नेता ठहरिएका छन् । भट्टर्राई र बादल पक्षका नेताले भने सरकारमा नगएर पनि पार्टी नेतृत्व छोड्न नहुने दबाब दिइरहेको हुँदा उनीहरू दोधारमा परेका छन् ।
पार्टीको नया जनादेश दिन महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका मोहन वैद्य 'किरण' को हातमा पार्टी नेतृत्व गएपछि सम्भवतः प्रचण्डसमेत बढारिन सक्ने खतरा बढेको छ । पार्टी भित्र क्रान्तिकारी धारका रूपमा परिचित वैद्य सबैका निम्ति खतरनाक खेलाडी हुन् । माओवादीमा पार्टी नेतृत्व नयाँ खोज्ने सहमति भए पनि कसलाई दिने भन्ने टुंगो लागेको छैन ।
सरकार, संसद् र पार्टी तीनवटा कमाण्ड निर्माण गरेको माओवादीभित्र सरकारमा अध्यक्ष स्वयम् गएपछि संसद् र पार्टी भित्र कसलाई स्थापित गर्ने विषयमा घनिभूत छलफल भइरहेको छ । पार्टी नेतृत्व मोहन वैद्यको हातमा जाने प्रवल सम्भावना रहिरहेका बेला संसद्मा सचेतक दिनानाथ शर्मा र देव गुरुङ मध्ये कसलाई बनाउने निर्णय हुन सकेको छैन । यद्यपि देव गुरुङ मन्त्रीको लिस्टमा रहेका कारण संसद्को सचेतकमा दिनानाथकै सम्भावना बढेर गएको स्रोतले दाबी गरेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त हुनुअघि संसदीय फाँटमा रहेका नेताहरूको जनमुक्ति सेनाको पद स्वतः खारेज गरिएको घोषणा गरेपछि माओवादीको जनमुक्ति सेना पनि नेतृत्व बिहीन अवस्था पुगेको छ । जनमुक्ति सेनाका सुप्रिम कमान्डर प्रचण्डलगायत डेपुटी कमान्डर वर्षान पुन 'अनन्त', जनार्दन शर्मा 'प्रभाकर'लगायत कयौं ब्रिगेड कमान्डर र कमिसार सभासद् रहेका हुँदा उनीहरुको पद समेत स्वतः रिक्त भएकाले जनमुक्ति सेना नेतृत्वविहीन बन्न पुगेको हो ।
सेना समायोजनको प्रक्रिया थालनी भइरहँदा जनमुक्ति सेना नेतृत्वविहीन अवस्थामा राख्न नहुने तर्क अघि सार्दै माओवादीले नयाँ सुप्रिम कमान्डर चयन गर्नुपर्ने धारणा पार्टी भित्र व्यापक उठ्न थालेको छ । स्रोतका अनुसार क्रान्तिकारी धारका पक्षपोषक एवं सचिवालय सदस्य नेत्रविक्रम चन्द 'विप्लव'लाई सुप्रिम कमान्डरको जिम्मेवारी दिने बहससमेत हुन थालेको छ । माओवादीको ११ सदस्यीय सचिवालयमा चन्दबाहेक सबै सदस्य सभासद् भएका कारण पनि उनलाई जनमुक्ति सेनाको जिम्मेवारी दिनुपर्ने आवाज उठेको छ । मोहन वैद्य 'किरण' पक्षधर रहेका चन्दलाई वैद्यको टोलीले सुप्रिम कमान्डर बनाउने तयारी गरे पनि प्रचण्ड पक्षधरहरूले जुनियर भन्दै चन्दलाई सुप्रिम कमान्डर मान्न अस्वीकार गरिरहेको बुझिएको छ । त्यसो त जनमुक्ति सेनाका २ डेपुटी कमान्डर नन्द किशोर पुन 'पासाङ' र चन्द्र खनाल 'बलदेव' मध्ये कसैलाई अपग्रेड गर्ने चर्चा पनि उठिरहेको छ ।
यसैबीच, मन्त्रालय बाँडफाँडको टुंगो नलागेको भए पनि माओवादीले आफ्ना मन्त्रीहरूको नाम भने तय गरेको छ । प्राप्त समाचारअनुुसार भट्टर्राई र बादलबाहेक कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, देव गुरुङ, मातृका यादव, हितमान शाक्य, पम्फा भूसाल, खड्गबहादुर विश्वकर्मा, गोपाल खुम्बू, जयपुरी र्घर्ती र अमृता थापाको नाम तय गरेको छ । नौ मन्त्रालयमा राज्यमन्त्री र सहायक मन्त्री पनि राख्ने भएको हुँदा ती नामको चयन भएको स्रोतले बतायो
प्रधानमन्त्री प्रचण्डद्वारा सपथ ग्रहण
सपथ कार्यक्रम दिउँसो ३ बजे सुरु हुने भनिए पनि प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे ३ बजे मात्र शितल निवास आइपुगेका थिए । खैरो रंगको सुट, बुट्टे टाई र कालो भादगाउँले टोपीमा सजिएका प्रधानमन्त्री आएको १० मिनेटपछि मात्र राष्ट्रपति यादव कार्यक्रमस्थलमा आइपुगेका थिए । सपथमा राष्ट्रपतिले इश्वरको नाममा भन्दा प्रधानमन्त्रीले जनताको नाममा शब्दहरु उल्लेख गरेका थिए । यसैगरी, सपथग्रहण कार्यक्रममा माओवादी जनमुक्ति सेनालेसमेत सलामी दिने चर्चाबिपरित नेपाली सेनाको सम्मान गारदले मात्र राष्ट्रपति र प्रधानमन्त्रीलाई सलामी अर्पण गरेको थियो ।
Sunday, August 17, 2008
अझै कुरा मिलेन
मन्त्रालय बाँडफाँटबारे भएको माओवादी र मधेसी जनअधिकार फोरमबीचको छलफल पनि बिना निश्कर्ष सकिएको छ । भदौ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास नयाँ बजारमा भएको छलफलपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै फोरमका नेता जयप्रकाश गुप्ताले मन्त्रालय बाँडफाँटबारे भदौ २ गते तीन दलबीच छलफल हुने बताए । 'प्रधानमन्त्रीसँगै मन्त्रीहरुले सपथ खाने ब्यवस्था मिलाउन हामी प्रयत्नरत छौं' गुप्ताले भने । छलफलमा सहभागि माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पनि मन्त्रालय बाँडफाँटबारे भोलीसम्म टुङ्गो लाग्ने उल्लेख गरे ।
दिउँसो माओवादी र एमालेबीच मन्त्रालय बाँडफाँटबारे भएको छलफल पनि बिना निश्कर्षटुङ्गिएको थियो । फोरमले जलश्रोत मन्त्रालयमा दावी गरिरहेको माओवादीले एमालेलाई सम्झाए पनि जलश्रोत नछाड्ने अडान एमाले नेताहरुले छलफलमा राखेको श्रोत बताउछ । यसैगरी, माओवादीले एमालेलाई स्थानीय विकाशको अडान छाड्न अनुरोध गरेको तर, एमालेले पुरानो सहमति सम्झन माओवादीलाई आग्रह गरेको पनि श्रोत दावी गर्छ । श्रोतका अनुसार, आजको बैठकमा एमालेले पर्यटनको साटो भूमिसुधार मन्त्रालय लिन सहमति जनाएको छ । एमालेले पाउने ६ मन्त्रालयमा गृह, शान्ति तथा पुनर्निर्माण, स्थानीय विकाश, बन, जलश्रोत र भूमिसुधार रहेको श्रोतको भनाइ छ । उता, फोरमलाई संचार, आपूर्ति, शिक्षा र महिला तथा बालबालिका दिन माओवादी र एमालेबीच सहमति भए पनि फोरमले संचारको साटो जलश्रोत लिने अडान राखिरहेको छ ।
माओवादी र फोरमबीचको बैठकपछि फोरम नेता गुप्ताले सरकारको साझा न्यूनतम कार्यक्रम, सुरक्षा निकाय संचालन कार्यविधि, सरकार संचालन कार्यविधि र राजनीतिक समन्वय समितिमा तीन दलबीच भदौ २ गते बिहान १० हस्ताक्षर हुने जानकारी दिए ।
Thursday, August 14, 2008
प्रचण्डले उमेदवारी दर्ता गरे
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र मधेसी जनअधिकार फोरमको समर्थनमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन् । एमाले र मधेसी जनअधिकार फोरमको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको उमेदवारी दर्ता गरेका छन् । साउन ३० गते संविधानसभा स्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा दर्ता भएको प्रचण्डको उमेदवारीको प्रस्तावकमा एमाले महासचिव झलनाथ खनाल र फोरमका अध्यक्ष उपेन्द्र यादव समर्थक बनेका छन् । उम्मेदवारी दर्तापछि प्रचण्डले नेपाली कांग्रेसलाई पनि सहमतिको सरकारमा ल्याउन प्रयास गरिने उल्लेख गरे । यसअघि नै नेपाली कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि उमेदवारी दर्ता गरिसकेका छन् ।
नया राजनैतिक समीकरणले गर्दा प्रचण्ड नै गणतान्त्रीक नेपालको प्रथम प्रधानमन्त्री हुने भएको छ भने संबिधान सभाको चार महिना पश्चात माओबादीको सरकार बन्ने बाटॊ खुलेको छ । यसैवीच तीन दल माओवादी, एमाले र मधेसी जनअधिकारसग आजै साउन ३० गते सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा करिव सात बुँदे सहमतिपत्रमा हस्ताक्षर पनि गरेका छन । सहमतिपत्रमा हस्ताक्षरपछि संचारकर्मीहरुबीच प्रस्तुत हुँदै माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानसभाको दुई तिहाई बहुमतको आगामी सरकारमा सहभागिता रहने जानकारी दिए । आशा गरौ माओबादीको वर्तमान नया सरकार बनाउने कार्य पनि विगत जस्तो उपयोगिताबादी सोच नभई , नया नेपालको संबिधान बनाउने कार्यमा सबै दललाई लिएर अगाडी बढदै जानेछ ।