Friday, March 28, 2008

एमाले नेताद्वारा माओवादीले नेताको हत्या गर्ने पर्दाफास

एमाले नेता केपी ओलीले राजनीतिक दलका नेताहरुको हत्या गर्ने योजना माओवादीले बनाएको आफूले रिपोर्ट पाएको दावी गरेका छन् ।एमाले वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीले राजनीतिक दलका वरिष्ठ नेताहरुको हत्या गर्ने योजना बनाएको बताएका छन् । झापा क्षेत्र नम्बर ७ बाट एमालेका उमेदवारसमेत रहेका ओलीले चैत १४ गते झापाबाट राजधानी आएपछि संचारकर्मीसँग कुरा गर्दै माओवादी नेताहरुले आफ्नो हत्या हुने हल्ला गर्दै अन्य दलका वरिष्ठ नेताहरुको हत्या गर्ने योजना बनाएको रिपोर्ट आफूले पाएको उल्लेख गरे । माओवादी नेता तथा कार्यकर्ताले चैत २८ गतेसम्म आफ्नो हत्या गर्ने सार्वजनिक उद्घोष गरेको पनि ओलीले संचारकर्मीलाई बताए ।
माओवादीले राजावादीसँग मिलेर राजतन्त्रको आयू लम्ब्याएको पनि ओलीको आरोप थियो । प्रचण्डले एकदिन अघि मात्रै एमाले राजाबादी भएको कारणले चुनावी तालमेल नहुने बताउनु भएको थियो । संचारकर्मीसँग ओलीले मंसिर ६ गते निर्वाचन सार्नु राजतन्त्र बचाउने षड्यन्त्रको अंग भएको उल्लेख गरे । चैत २८ गते जसरी पनि संविधानसभा चुनाव गर्नुपर्ने ओलीको भनाइ थियो ।हालका दिनमा आएर माओबादीहरुको गतिबिधि हेर्दा, भावी चुनावी निष्कर्षको परिमाण प्रतिकुल आउने सम्भावनाले आफ़्ना बिध्वस गतिबिधि अझै कडा गर्दै चुनावबाट भाग्ने या चुनाव पछिको परिमाणलाई लिएर अर्को आन्दोलन चर्काउने प्रवल सम्भावना देखिएको छ ।

Thursday, March 20, 2008

सल्यानमा भीषण आगलागी

सल्यान जील्लाको माझकांडा भन्ने ठाऊंमा गएराती भीषण आगलागी भएको समाचार प्राप्त भएको छ । आगलागी बाट २ सय घर हरु गलेर नष्ट भएको र स्थानीय बासीहरुमा रुवाबासी चलेको खबर छ । हाल सदरमुकाम बाट प्रहरीहरु त्यस तर्फ प्रस्थान गरेका छन भने घटनाको पुर्ण विवरण प्राप्त भएको छैन । घटनास्थल सदरमुकाम बाट ५ घण्टाको दुरीमा रहेको बताईएको छ ।

जापानका प्रधानमन्त्री फ़ुकुदा र अंतरिक्ष केन्द्रमा रहेका दोई सान बीच कुराकानी

जापानका प्रधानम्न्त्री फ़ुकुदा ले आज अंतरिक्ष केन्द्रमा रहेका आफ्ना नागरिक दोई सान संग प्रत्यक्ष कुराकानी गरेका छ्न । जापानको टेलिभीजन क्यामेराको अगाडि दोई सान संग कुरा गर्दै उनले ठट्यौली पारामा प्रशन्न मुद्रामा भने - " अंतरिक्ष केन्द्र भनेपछि पृथ्वी बाट धेरै नै टाढा होला भन्ने लागेको थियो , यति नजिक छ भन्ने त सोचेकै थिइन । अब पछि त्यहां सम्म सिनखानसेन (बुलेट ट्रेन) चलाउनुपर्छ ।"
कुराकानी पछि प्रधानमन्त्री फुकुदा सहित त्यहां उपस्थित सबैले अंतरिक्ष यात्री दोईले अंतरिक्षमा लिएर गएको उनलाई मनपर्ने सुसी लगायत परिकारका खानाहरु खाएका थिए । नासाको टोली साथ त्यहां पुगेका दोई जापानी नागरिक भएको हुनाले जापानीजहरुले यसलाई निकै महत्व दिंदै चाख लिइरहेका छन । यो अंतरिक्ष केन्द्र पृथ्वी वाट मात्र ४०० कि.मी. को दुरीमा रहेको छ ।

निर्वाचनको मुखमा उम्मेदवारको गोली हानि हत्या

संबिधान सभा निर्वाचन नजिकिदै जांदा उम्मेदवारहरुको सुरक्षामा पनि गम्भिर प्रश्न चिन्न खडा हुदै गएको पाइन्छ । यसको प्रमाणको रुपमा मंगलवार राती बांके छेत्र नं. २ बाट संबिधानसभा निर्वाचनमा उम्मेदवार बनेका कमलप्रसाद अधिकारीको हत्यालाई लिन सकिन्छ । आफ्नै निवासमा रहेका राष्ट्रिय जनमोर्चा नेपालका तर्फबाट उम्मेदवार बनेका अधिकारीलाई मध्य रातमा आएका हतियारधारी समुहले ४ राउण्ड गोली प्रहार गरी हत्या गरेको समाचार छ । सरकारले निर्वाचनका उम्मेदवारहरुको यथेष्ट सुरक्षा को ब्यवस्था गरेको बताईरहंदा नेता-कार्यकर्ताहरुको हत्याको श्रिंखला शूरु भएको छ । उनको हत्यामा ज्वाला सिंह समुहले आफ्नो हात रहेको बताएको छ । उता गएरातीनै रोल्पामा दूई माओवादी कार्यकर्ताको गोली हानि हत्या गरिएको बताईएको छ भने घटनाको पुर्ण बिवरण भने प्राप्त भईसकेको छैन ।

Wednesday, March 19, 2008

बुथ कब्जा गर्न ६ हजार छापामारलाई घर विदा

निर्वाचन नजिकिंदै जांदा माओवादीले शिविरमा रहेका माओवादी लडाकूलाई शान्ति सम्झ्यौता विपरित निर्वाचनमा खटाउन थालेको छ । विद्रोहको धम्की दिंदै बुथ कब्जा गर्न माओवादीले लडाकूलाई निर्वाचनमा संचालन गरेको बताइन्छ । शिविरबाट घर विदामा पठाएर निर्वाचनमा खटाऊंदासमेत राष्ट्रसंघीय हतियार ब्यवस्थापन टोलीले कुनै कारबाहीसमेत अगाडि बढाउन सकेको छैन । जबकि शान्ति सम्झ्यौतामा उल्लेख भएअनुसार शिविरबाट १२ प्रतिशतभन्दा बढी छापामार एकैपटक बाहिरिन पाउने छैनन । माओवादीले सैन्य तालिम लिएकाहरुलाई निर्वाचनमा परिचालन गरेर निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्ने रणनीति बनाएको छ ।
१८ हजार छापामारमध्ये हरेक शिविरबाट छनोट गरी ६ हजार माओवादी छापामार घर विदामा गइसकेका छन । उनीहरुले वाईसीएलको संयोजनमा कार्यरत रहनुपर्ने गरी शिविर कमाण्डरहरुले निर्देशन दिएको बताइन्छ । एकपटकमा २४ सय छापामारले विदा पाउने नियम भए पनि अब सबैजसो शिविरमा गरी बांकी २४ सय रहेको बताइन्छ । त्यसरी शिविरबाट छापामार बाहिरिंदा सरकार र अनमिन भने मौन रहेको छ । सरकारले पालनपोषण गरेका शिविरमा रहेका माओवादी छापामारलाई माओवादीले आवश्यक पर्दा प्रयोग गर्ने नपर्दा शिविरमा नै पठाउने कार्य पनि आचारसंहिता विपरित हो कि होइन अन्य दलहरुले सोच्नुपर्ने विषय हो ।खोजतलास सम्वाददाता

Sunday, March 16, 2008

दलहरुबीच बिबाद अनावश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रमा कसैको हार नहुने हुँदा आफ्नो दललाई चुनावमा जिताउन कुनै दलले बखेडा गर्न नहुने बताएका छन् । चैत २ गते निवास बालुवाटारमा चलचित्रकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले लोकतन्त्रलाई संस्थागत गर्न सात दलबीच अहिले मात्र नभएर आउँदो १० वर्षम्म एकता हुनुपर्ने धारणा राखेका थिए । 'दलहरुले आफूबीच बिबाद र बखेडा गर्नु बेकार छ' प्रधानमन्त्रीको भनाइ थियो ।
बिदेशीहरुले आफूलाई भेटिरहेकोमा केही दलले बिबाद निकालेको प्रसङ्ग निकाल्दै प्रधानमन्त्रीले बिदेशीहरु आफूलाई केही भन्न र सिकाउनभन्दा सिक्न आएको बताए । द्वन्द्व समाधानको तरिका बुझ्न उनीहरु नेपाल आएको र आफूलाई भेटेको प्रधानमन्त्रीको दावी थियो । 'हामीले निश्पक्ष र धाँदलिरहित चुनाव गर्‍यौं भने यो समाचार बिश्वमै फैलिन्छ र हामी उदाहरणीय बन्छौं' प्रधानमन्त्रीले भनेक अछ्न ।

Friday, March 14, 2008

हलीउड नायक रिचर्ड गियर लाई राहत


एक बर्ष अगाडि दिल्ली मा भएको एड्स जागरुकता कार्यक्रमको दौडानमा हलीउड अभिनेता रिचर्ड गियर ले बलीउड की नायीका शिल्पा शेट्टी लाई एक सार्वजनीक कार्यक्रममा उत्तेजीत रुपमा चुम्बन गरेका थिए । त्यसले धरै अन्तराष्ट्रीय मीडियाहरुमा समेत महत्वपूर्ण स्थान पाएको थियो । यसलाई लिएर धेरै विरोध र प्रदर्शनहरु भएपछि यो बिषय अदालत सम्म पुगेको थियो । तर आज भारतको सुप्रीम कोर्ट ले रिचर्ड गियरले जयपुर को अदालत मा पेश हुन आवश्यकता नभएको र उनलाई भारत मा स्वतन्त्र रुपमा आवत-जावत गर्न पनि छुट रहेको बताएको छ । यस अघि घटनाले उग्र रुप लिंदै गर्दा गियरले आफुले गरेको क्रियाकलाप बाट कसैको भावनामा ठेस पुगेको भए आफुले त्यसमा क्षमा चाहेको बताएका थिए । शिल्पा शेट्टी ले पनि यस घटनालाई बढीनै प्रचार गरेको बताएकी थिइन ।

हार्ने डरले तालमेलको प्रस्ताव: महासचिव नेपाल

लामो समयदेखि बहसको विषय बन्दै आइरहेको बाम तालमेल नहुनुको रहस्य नेकपा एमालेका महासचिव माधब नेपालले खोल्नु भएको छ । माहासचिव नेपालले वाम तालमेल गर्दा माओवादीले माओवादीलगायत वामपन्थी दलहरुले आफ्नो भागमा ६० प्रतिशत र बांकी ४० प्रतिशत एमालेलाई दिने प्रस्ताव गरेकाले तालमेल हुन नसकेको रहस्य खोल्नुभयो । यस्तो प्रस्ताव गर्दा माओवादीले उपयुक्त आधार प्रस्तुत गर्न नसकेकाले तालमेल हुन नसकेको प्रस्ट पार्नुभयो ।
आफ्ना पार्टी नेताहरु जितेका ठाऊंमा उनीहरुलाई सघाउनुपर्ने प्रस्ताव आएकाले त्यसको समय सकिएको जनाएका छन । माओवादीले तलमेल गर्ने क्रममा १० प्रतिशत सिट अन्य बामघटकलाई दिने , ५० प्रतिशत आफ्नो पार्टी र ४० प्रतिशत एमालेलाई दिनुपर्ने प्रस्तावबाट एमाले झस्केको भन्दै महासचिव नेपालले तालमेलको प्रस्ताव हास्यास्पद भएको र उनीहरुले १० बर्ष जनयुद्द गरेको दम्भ देखाएको खुलासा गर्नुभयो । चुनावी अभियानका क्रममा हार्ने डरले तालमेललाई बढी महत्व दिंदै माओवादी जंगलबाट आएकाले जंगली ब्यवहार नसुध्रेको टिप्पणी गर्नसमेत महासचिव नेपाल चुकेनन । एमालेले वाम तालमेल गर्न नमानेपछि आफ्ना उम्मेदवारसमेत कुटपिट गर्न थालेकाले त्यस्तो अवस्थामा एकताको विषय हराउंदै गएको बताउंदै आएका छ्न । पार्टी कार्यकर्ताबीचमा माओवादीसंग एकता गर्दा १० बर्षे जनयुद्दमा हत्या भएको बिषयमा जिम्मेवारी लिने वा नलिने भन्ने बारेमा पनि चर्को मतभेद सुरु भएको बाताइन्छ । अनलाईन खबर बाट

Wednesday, March 12, 2008

बुथ कब्जा गर्ने वाईसीएल सर्कुलर

नेकपा माओवादीले बुथ कब्जा गर्न कडा निर्देशन सहित गोप्य सर्कुलर पठाएको छ। हालै माओवादीको केन्द्रीय बैठकले सो अतिगोप्य सर्कुलर तयारी गरी बुथ कब्जा गर्ने रणनीति अन्तर्गत नै केही समय पहिले देखि अन्य राजनीतिक दलका नेता कार्यकर्ताको अपहरण गर्ने, कुटपिट गर्ने, गाउँमा आतंक सृजना गर्ने कार्य गर्दै आएको छ।
१. जिल्लाको सम्पूर्ण गाविसहरुमा गुप्तचरी संयन्त्र तयार गरी को के हो? कहाँ छ? के गर्दैछ? कस्तो छ? र पछि चुनावसम्म त्यस्ता व्यक्तिहरुको भूमिका के रहन सक्छ? लगायतका दैनिक गतिविधि के हुँदैछ? कस्ले के गर्योक? यथार्थ खबर संकलन गरी विरोधी दलका व्यक्तिहरुको पाइलै पिच्छे निगरानी राख्ने र जिल्ला कमीटिमा इलाका कमिटीले जानकारी गराउने।
२.प्रत्येक गाविसमा २० जना देखि बढीमा ४०/५० जना वाइसीएल अनिवार्य रुपमा तयार गर्ने। वाईसीएलले पार्टीबाट दिइदै गरेको निर्देशन पालना गर्ने। तथा सम्पूर्ण युवा जमातलाई माओवादीमय बनाउने। व्यापक रुपमा समेट्ने, कुनै विपक्षीको लोभ लालचमा फस्न नदिने, बहकाऊमा लाग्न नदिने, कुनै व्यक्तिहरुको बारेमा वाईसीएलले समेट्न नसके त्यसको सूची तयार गरी सम्बन्धित ठाउँमा जानकारी गराउने।
३. सर्वप्रथम कांग्रेसलाई बढार्नु पर्ने अर्थात् कांग्रेसलाई गाउँमा टिक्न नदिने, उनीहरुको मनोभावना गिराउने, उनीहरुको किल्ला ध्वस्त पार्ने, कुनै हल चल वा चलखेल गर्न नै नदिने, निरास बनाउने, चुनावबाट पूरै हार खुवाउनुपर्ने।
४. विरोधी शक्तिलाई फाटो पार्ने, आफूहरु जोगीएर उनीहरुलाई एक आपसमा बझाउने, कुनै कुनै ठाउँ हेरी संगै बस्ने, खाने, निहुँ खोज्ने, रक्सी खाएको वहानामा विरोधीलाई मुक्का पनि दिने, त्यस्ताहरुको मनोभावना तुरुन्त गिराउने, सम्बन्धित ठाउँमा रिपोर्ट गर्ने त्यसैले हामीले देशी विदेशी शक्तिहरु खास गरी भारत, अमेरिका, युरोपेली युनीयनहरुमा समेत फाटो ल्याई हाम्रो कृयाकलाप प्रति ध्यान दिने अवसर नपाओस् भन्ने हेतुले काम गर्ने।
५. चैत्र २८ गते चुनावमा मरेकालाई ब्युताउने, अरब, अमेरिका, जो जहाँ भएपनि त्यस बखत उपस्थित गराउने, त्यसको मतलब मरिसकेका मानि र गाउँमा नभएका मानिसहरुको सुची तयार गरी त्यस्ताको नामबाट पनि पूरै मत खसाल्ने, सुरक्षा कर्मी, प्रहरी हामीसंग त्रसित छ निरास छ, युद्ध हारेको मानसिकता मात्र हैन, हारेकै हो त्यसैले उनीहरुसंग डराउनु पर्दैन। मत व्यापक रुपमा खसाल्नु पर्दछ। विपक्षीहरुलाई सकिन्छ भने खुलेर मत हाल्न दिनु हुँदैन।
६. वाई.सी.एल.हरुले आवश्यक पर्ने घंगारु लठट्टी, खुकुरी वा आवश्यक पर्ने आफू सुरक्षित हुन सक्ने हात हतियार (घरेलु) तयारी हालतमा शत्रुले थाहा नपाउने ठाउँमा राख्ने।
७. मतदाताहरुमा तल्लो वर्ग, जाति, पीडित, शोषितहरुलाई अत्याधिक रुपमा माया गर्ने। मध्यम वर्गलाई फकाउने, फुल्याउने, प्रलोभन दिने, मित्रता पनि गाँस्ने, साथमा राख्ने, केही ठूलो बनाइ दिने, आफ्नो स्वार्थको लागि लचिलो हुने, माथिल्लो वर्गलाई व्यापक त्रास देखाई भयभित बनाउने जसले गर्दा गाउँमा कुनै भूमिका निर्वाह गर्न नसकोस्।
८. फागुन महिना भरीमा संगठन विस्तार, सुधार गर्ने चैत्र लागेपछि चुनावी अभियानमा व्यापकरुपमा ज्यानको बाझी लगायर मरण बाच्ने सवाल बनेको चुनावलाई जानेको हत्कण्डा अपनाईकन नेकपा माओवादीमय भूमी बनाउने।
९. हाम्रा पार्टीका कृयाकलाप सांस्कृतिक कार्यक्रम नियमित रुपमा गण्डकी एफ.एम. मार्फत प्रसारण गरिने छ। त्यस्तो कार्यक्रम सवैले भ्यासम्म सुन्ने र अरुलाई सुनाउने जानकारी गराउने।
१०. राष्ट्रवादी शक्ति वा व्यक्तिहरुलाई मायाँ गर्ने आफ्नो पक्षमा ल्याउने उनीहरुलाई प्रोत्साहन दिने।
११. शिक्षक बुद्धिजीवीहरु समाजसेवीहरु, व्यापारी वर्ग सबैलाई समेट्ने र खास गरी शिक्षक र विद्यार्थी तथा युवालाई होलटाइमर बनाउने। त्यो १ दुई महिनाको लागि मात्र भएपनि होलटाइमर बनाउने व्यापक रुपमा चुनावी अभियान संचालन गर्ने भनिएको छ।” साभार: हांक

Tuesday, March 11, 2008

सर्वोच्चद्वारा दुई माओवादी उम्मेदवारमाथि हत्या अभियोगमा कार्वाही गर्न अदेश

सर्वोच्च अदालतले नेकपा माओवादीका केन्द्रीय सदस्य एवं दुई उम्मेदवार ६ जनासहित ब्यक्ति हत्याको अभियोगमा कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय काभ्रेलाई आदेश दिएको छ । माओवादी केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक क्षत्र नं.२ का उम्मेदवार अग्नी सापकोटा र माओवादीकै काभ्रे क्षत्र नं. २ का उम्मेदवार सूर्यमान दोनसहित आधा दर्जन माओवादी कार्यकर्तालाई सर्वोच्च अदालतले सोमवार हत्या अभियोगमा कारबाही चलाउन प्रशासनलाई आदेश दिएको हो । काभ्रेकी पूर्णमाया लामाले आफ्नो पतिको अपहरणपछि माओवादीका अग्नि सापकोटा, सूर्यमान दोन लगायतका ब्यक्तिले हत्या गरेको सर्वोच्चमा किटानी जाहेरी दिएकोमा सोमबार न्यायधिशद्वय रामप्रसाद शर्मा र दामोदरप्रसाद शर्माको इजलासले उक्त आदेश दिएको हो । ’जनयुद्द’ का क्रममा भएको उक्त हत्यासम्बन्धी जाहेरी काभ्रे जिल्ला प्रशासन कार्यालयले दर्ता गर्न नमानेपछि लामा सर्वोच्चको शरणमा पुगेकी थिइन।
माओवादी जनयुद्दका क्रममा भएका गतिबिधि र अपराधिक घटनासम्बन्धी मुद्दामा अदालतले यस प्रकारको फैसला गरेको सम्भवत: पहिलो घटना हो । सर्वोच्चको आदेशानुसार सिन्धुपाल्चोक र काभ्रेपलांचोकका उम्मेदवारसमेत रहेका माओवादी नेताहरुलाई पक्राउ गरी कारबाही अगाडि बढाउनुपर्ने लामा पछयको जिकिर छ ।
हत्यासम्बन्धी मुद्दामा सर्वोच्चले सोमबार गरेको फैसलाले संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएका अग्नी सापकोटा र सुर्यमान दोनको उम्मेदवारी समेत संकटमा परेको छ । सर्वोच्चको आदेश जिल्ला प्रशासन कार्यालयले कति कार्यान्वयन गर्दछ र त्यसको प्रभाव निर्वाचन आयोगमा कस्तो पर्दछ हेर्न बांकी छ ।स्रोत:खोजतलास

Monday, March 10, 2008

चुनाव बिथोल्ने गोप्य योजना

संविधानसभाको निर्वाचन बिथोल्ने मामिलामा राजावादी र माओवादीबीच अघोषित कार्यगत एकता देखिएको छ। माओवादीले अहिले चुनावका लागि भनेर व्यापक चन्दा संकलन गर्ने र आफ्नो स्थिति अनुकूल हुन नसके मतदानको मितिभन्दा केही दिनअघिदेखि आतंक मच्चाउन सुरु गर्ने रणनीति बनाएको बुझिएको छ। यसैगरी राजावादीहरु पनि कुनै हालतमा संविधानसभा निर्वाचन सम्पन्न हुन नदिने अभियानअन्तर्गत उम्मेदवारको हत्या गर्ने रणनीतिमा लागेको बुझिएको छ। कमल थगापाको राप्रपा नेपालमार्फत् उक्त अभियान सुरु हुन लागेको समाचार स्रोतले बताएको छ। जसका लागि रक्सौलबाट केही हतियार तथा सार्पसुटरहरु वीरगञ्ज भित्रिसकेको बुझिएको छ। साभार:तरुण साप्ताहिक

Sunday, March 9, 2008

बफेट दुनियाका सबैभन्दा धनी ब्यक्ति, बिल गेट्स तेस्रो नम्बरमा

प्रतिष्ठित आर्थिक पत्रिका फोर्ब्स ले यस बर्षको दुनियाका सबैभन्दा धनी अरबपतीहरुको नाम सार्वजनिक गरेको छ । पत्रिकाका अनुसार वारेन बफेट संसारका सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका छन् । उनको संपति १० अरब डलर बाट बढेर पछिल्लो बर्ष ६२ अरब डलर पुगेको छ । यस समयमा बिल गेट्सको सम्पति दुई अरब डलर बढेर ५८ अरब डलरमा सिमित रहन पुगेको छ । यसले बिल गेट्सलाई तेस्रो नम्बरमा पुर्याएको छ । उनी भन्दा थोरै मात्र बढी संपति अर्थात ६० अरब डलर संपति भएका कार्लोस स्लिम हेलू दोस्रो नम्बरमा रहन सफल भएका छन् । अरबपतिहरुको सूचीमा फोर्ब्स ले २००८ को बिश्वका ११२५ ब्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । उनीहरुको कूल संपति ४४ खरब डलर रहेको छ । "मानव इतिहासमा यसभन्दा पहिले कहिल्यै यति ठूलो परिणामको संपति नभएको र यति धेरै आर्थिक उन्नति पनि हासिल भएको थिएन जुन हालक बर्षहरुमा भईरहेको छ " फोर्ब्सका मुख्य कार्यकारी स्टीव फोर्ब्स ले भनेका छन् ।
अरबपतिहरुको सूचीमा रहेका दूई तिहाई ब्यक्तिले आफ्नो जीवनको मेहनत लगाएर यति धेरै संपति कमाएका छन । यीनिहरु मध्ये ५० ब्यक्तिको उमेर ४० बर्ष भन्दा कम रहेको छ । सोशल नेटवर्किंग वेबसाइट 'फेसबुक' का संस्थापक २३ वर्षीय मार्क जुकेरबर्ग यस सूची का सबैभन्दा कम उमेरका अरबपति हुन । फोर्ब्स का अनुसार उनको १.५ अरब डलर संपत्तिले उनलाई यस सूचीको ७८५ औं स्थान दिलाएको छ । यस्तै दक्षिण अफ्रीका का पैट्रिस मॉटसेपे आफ्नो २.४ अरब डलरको संपत्तिका साथ अरबपतिहरुको यो सूची मा स्थान पाउने पहिलो काला जातीका ब्यक्ति बनेका छ्न । संसारका अरबपति महिलाको सूचीमा सबभन्दा माथि लॉरियल की प्रमुख लिलियन बेटेनकोर्ट रहेकी छिन । यस सूचीमा उनको स्थान १७ औं नम्बरमा रहेको छ । यस सूची मा रहेका अन्यमा स्टार ओप्रा विनफ्री ( २.५ अरब डलर), प्रोपर्टी व्यावसायी डोनाल्ड ट्रंप (३ अरब डलर) र हैरी पोर्टर की लेखिका जेके रोलिंग (१ अरब डलर) रहेको छ । यस सूचीको दुईवटा चाखलाग्दो बिषय रहेको छ । एउटा बिश्वका उच्च धनाढ्यहरुको सूचीमा टप १० मध्य ४ जना भारतीय नागरिक रहेका छन । दोश्रो लगातार १४ साल सम्म प्रथम स्थानमा रहन सफल बिल गेट्स तेस्रो नम्बरमा रहन पुगेका छन । यसको कारकको रुपमा केहि ह्प्ता पहिले माइक्रोसफ्ट द्वारा गरिएको याहू खरीद गर्ने प्रस्तावलाई मानिएको छ । याहू खरीद प्रस्ताव को केहि हप्तामानै माइक्रोसफ्ट को शेयरमा १५ प्रतिशतले गिरावट आएको थियो । उता पहिलो स्थानमा रहन सफल ७७ वर्षीय वारेन बफेट को सफलतामा उनको कोका-कोला, प्रोक्टर एण्ड ग्याम्बल तथा टेस्को जस्ता धेरै कम्पनिको बढी शेयरलाई मानिएको छ । न्यूयोर्क को कोलंबिया बिजनेस स्कूल मा बेंजामिन ग्राहम संग अर्थशास्त्र को अध्यन पश्चात उनले १९६२ मा टेक्सटाइल कंपनी को शेयर खरीद गर्न शूरु गरेका थिए र १९६५ मानै यस कम्पनीको शेयरधनी नियंत्रक भएका थिए । जुन समयमा फोर्ब्सले २००८ को सबभन्दा धनी व्यक्तिको सूची तयार गरिरहेको थियो उक्त समयमा कंपनीको शेयर को मूल्य पति शेयर डेढ लाख डलर पुगेको थियो ।
बिश्वका सबैभन्दा १० धनाढ्यहरु
१.वारेन बफेट (अमेरिका) ६२ अरब
२.कार्लोस स्लिम (मेक्सिको) ६० अरब
३.बिल गेट्स (अमेरिका) ५८ अरब
४.लक्ष्मी मित्तल (भारत) ४५ अरब
५.मुकेश अम्बानी (भारत) ४३ अरब
६.अनिल अम्बानी (भारत) ४२ अरब
७.इंगभार कामप्राद (स्वीडेन) ३१ अरब
८.के.पी. सिंह (भारत) ३० अरब
९.ओलेग देरिपास्का (रूस) २८ अरब
१०.कार्ल आर्लब्रेच्ट (जर्मन) २७ अरब
स्रोत:फोर्ब्स पत्रिका

हेलिकोप्टर दुर्घटनामा यूएन नै कारक

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पूरा गर्नुपर्ने प्रक्रिया समेत पूरा नगरी नेपाली आकाशमा उडाइएको यूएनको हेलिकोप्टर गत साता दुर्घटनाग्रस्त बन्न पुगेको छ। रसियासँग भाडामा लिएको उक्त हेलिकोप्टर केही समयअघि इन्जिनमा खराबी देखिएपछि धनकुटामा आकस्मिक अवतरण गराइएको थियो।
दुर्घटना भएकै दिन पनि अनमिनको सो हेलिकोप्टरको रुटको बारे हवाइ उड्डयन बेखबर थियो। हवाइ उड्डयनलाई कुनै महत्व नै नदिई नेपाली आकाशमा उडाउँदै आएको सो हेलिकोप्टरले ल्यान्डिङ र पार्किङ शुल्क नै १ करोड नाघिसक्दा पनि दिन ढिलो गरेपछि हवाई उड्डयनले हेलिकोप्टर उड्नै प्रतिबन्ध लगाइदिने जनाउ दिएपछि १५/२० दिनअघि मात्र शुल्क तिरेको थियो। स्रोत भन्छ– विना एग्रिमेन्ट र विनासूचना यूएनले आफ्ना जहाज उडाउने र थरिथरिका मानिस एअरपोर्टको एअरसाइडसम्म पुर्याउने काम गर्दै आएकोले नेपाली आकाशमा पुनः ठूलै अर्को दुर्घटना हुन सक्ने आशंका हवाइ उड्डयनका अधिकारीको छ। सोत:बिमर्श

गएराती नर्वेको राज्दूतावसमा लुटपाट

झन्डै दुई दर्जनको संख्यामा आएका लुटेराहरुले मध्यरातमा नर्वेजियन राज्दूतावासमा लुटपाट मच्चाएका छन । ललितपुरको कुपण्डोल हाइटमा रहेको राज्दूतावासको सुरक्षामा रहेका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिई गएराती एक बजे राजदूतावासमा लुटपाट गरेका थिए । लुटेराहरुले ल्यापटप, क्यामेरा, घडी लगायत लाखौं बराबरको विदेशी मुद्रा लुटेर लगेको खबर छ । प्रहरीलाई ढिलो गरी जानकारी दिइएको उक्त नाटकीय घटनाका सम्बन्धमा हाल अनुसन्धान भईरहेको र लुटेराहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

Thursday, March 6, 2008

डा. अमितद्वारा तीन सय किड्नी बेचेको स्वीकार

किड्नी तस्करी गरेका भारतीय नागरिक डा. अमितकुमारले आफूले तीन सय किड्नी बेचेको स्वीकार गरेका छन । उनले तीन सयको शन्यक्रिया गरी किड्नी निकालेको अदालती बयानका क्रममा स्वीकार गरेका छन । डा. अमितले ती ब्यक्तिहरुको किड्नी आफूले जबरजस्ती नभई उनीहरुकै स्वेच्छाले निकालेको दाबी गरेका छन । उनले बयानका क्रममा किड्नी चाहिनेले आफै ब्यक्ति खोजेर ल्याउने र आफूले त निकालेको मात्रै हो भन्दै डा. अमितले त्यस्तो कार्य गर्दा आफूलाई कुनै पछुतो नभएको बताएका छन । उनले १० बर्षदेखि भारतको गुड गाऊंस्थित अस्पताल खोलेर त्यस्तो कार्य गर्दै आएको स्वीकार गरे ।
त्यसैबिच भारत सरकारले मानव अंगहरु पाइने बैंक स्थापना गर्न लागेको जनाएको छ । त्यहांको स्वास्थ मन्त्रालयले मानव अंग बैंक स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ ।