जनवरी ६, २००८ । ग्रीसमा आज आइतबार भुकम्पको ठूलो धक्का महशुस गरिको समाचार प्राप्त भएको छ । भुकम्प मानिसहरु बिछ्यौनामा पल्टिरहेको बेला बिहानको समयमा गएको र यो ६.५ रिक्टर स्केलको भएको बताईएको छ । हाल भुकम्प बाट के कति नोक्सान भयो भन्ने बारेमा पुर्ण बिवरण प्राप्त भएको छैन । ग्रीसको सन १९९९ मा गएको भुकम्पमा परि १४३ जना ब्यक्तिको ज्यान गएको थियो जुन ५.९ रिक्टर स्केल मापन गरिएको थियो ।
Sunday, January 6, 2008
सेना समायोजन हुँदैनः प्रधानसेनापति
प्रधान सेनापति रुक्मांगत कटवालले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने विषयमा असमर्थता जनाउनुभएको छ। चीनको साताव्यापी भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानसेनापति कटवालले एउटा समस्या समाधान गर्ने नाममा अर्को डरलाग्दो समस्या निम्त्याउन नहुने बताउनुभयो। नेपाली सेना राष्ट्रिय सेना भएकाले यसमा कुनै राजनीति वा वाद घुसाउनु खतरनाक हुने कटवालको भनाइ थियो।
सेना चेन अफ कमान्डमा चल्ने बताउँदै कटवालले मुलुकमा राष्ट्रिय झण्डा जलाइनुले राष्ट्रिय अखण्डता गम्भीर खतरामा परेको औंल्याउनुभयो। सीमित पत्रकारहरुमाझ बोल्दै कटवालले सेना मुलुकको समस्या समाधान होस् भन्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो। तर समस्या समाधानका लागि भनेर राष्ट्रिय अखण्डतामा आँच पुग्ने खालका कुनै पनि गतिविधि आफूलाई सह्य नहुने बताउनुभयो। छिमेकी मुलुक भारत भ्रमण सकेर फर्केको एक महिना पनि नबित्दै उहाँ एक साता लामो भ्रमणका लागि चीन जानुभएको हो। आफ्नो भ्रमण रक्षामन्त्रीको स्वीकृतिमा नै भएको उहाँले दाबी गर्नुभयो। प्रधानसेनापतिसँगै सुदूर पश्चिम पृतनापति अनन्तबहादुर थेवे र सहायक रथी भिक्टर जंगबहादुर राणा हुनुहुन्छ।
स्रोत: हांक
Saturday, January 5, 2008
क-कसले पिए 'र' को रक्सी ?
काठमाडौं। नेपालमा सक्रिय साना-ठूला सशस्त्र समूहभित्र मात्र होइन, नेपालको अत्यन्त तरल राजनीतिमा अनेकौं षड्यन्त्रमा क्रियाशील मानिँदै आएको भारतीय गुप्तचर संस्था 'र' ले राजधानी काठमाडौंमा छानिएका मानिसहरुलाई भेला गराई भोज खुवाएको छ। दरबारिया, कांग्रेस, वामपन्थी, व्यापारी, सुरक्षाकर्मी, प्राध्यापक र मधेश नेतासहित जम्माजम्मी ४० जनाजतिको सो भोज 'र' का नेपालस्थित तत्कालीन प्रमुख सुरेश ढुण्डिया र वर्तमान प्रमुख आलोक जोशीले संयुक्त रूपमा दिएका हुन्।
दरबारमार्गस्थित याक एण्ड यती होटलको दरबार हलमा 'र' को जमघट ११ दिनअघि अर्थात् डिसेम्बर २० तारिख बिहीबारको साँझ अबेरदेखि शुरु भएको थियो। नेपालमा रहेर अनेक पेशा, व्यवसायमा संलग्नमध्ये केही मात्र भारतीय नागरिकहरु देखिएको सो भोजमा नेपाल सरकारका मन्त्रीहरुमध्ये गृहमन्त्री कृष्णप्रसाद सिटौला मात्र अबेरसम्म सहभागी थिए। 'र' का प्रमुख अशोक चतुर्वेदी दिल्ली फर्किएको भोलिपल्टै आयोजित भोजमा नेकपा माओवादीका तर्फबाट भने चिनिएका कोही नेताहरु सामेल देखिएनन्। एमालेका स्थायी समिति सदस्य भरतमोहन अधिकारीबाहेक अन्यको सहभागिता थिएन भने नेपाली कांग्रेसका नेताहरुमा गृहमन्त्री सिटौलासहित खुमबहादुर खड्का, प्रमपुत्री सुजाता कोइराला, अर्जुननरसिंह केसी, विजय गच्छेदार, सुरेश मल्ल र अमरेशकुमार सिंहको सहभागिता थियो। यो जमघटमा नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गद् कटवालसहित केही जर्नेलहरु, रिटायर्ड जर्नेल सदीप शाहसमेत देखिएका थिए। 'र' को भोजमा तराई-मधेश पार्टी खोलेका मधेशका विद्रोही नेताहरु महन्थ ठाकुर, हृदयेश त्रिपाठी, महेन्द्र रायसमेत प्रायः सबै थिए भने मन्त्री खुस्किएपछि विद्रोही बनेका राजेन्द्र महतो पनि रमेका थिए। राजावादीहरुमा शाही सत्ताका हर्ताकर्ता पूर्वमन्त्री रमेशनाथ पाण्डे र उनका छोरा निश्चलनाथ पाण्डे मात्र होइन तत्कालीन सहायकमन्त्री डा. असर्फी साह, जयन्त चन्द र पूर्व आईजीपी धु्रवबहादुर प्रधान पनि 'र' को जमघटमा सहभागी पाइए। व्यापारीहरुमा बनबारीलाल मित्तललगायत केही मात्र थिए भने भारतीय राजदूत शिवशंकर मुखर्जी तराईका नेताहरुलाई सरकारबाटै खतरा भएको विश्लेषण सुनाउँदै थिए।
भेलाको मध्यतिर पुगेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले केही नेतालाई व्यङ्ग्य गर्दै 'यहाँ भेटिन्छ भन्ने थाहा पाइएको' बताएका थिए। तराई-मधेश पार्टीका नेताको सुरक्षा र नेपालको भावी राजनीतिको कुरा चल्दा थापाले 'ये सब आपके हि तो आद्मी है' भनी ठाकुर, त्रिपाठी, गृहमन्त्री आदि भएतिर इङ्गित गरेका थिए। मिनिष्टर काउन्सिलरको आवरणमा दूतावासमा खटिए पनि गुप्तचरीमा क्रियाशील हुने 'र' का तत्कालीन नेपाल प्रमुख ढुँण्डिया ६० वर्ष उमेर पुगी रिटायर्ड भएकाले उनको काम सम्हाल्न डीआईजी दर्जाका कपाल र जुँगा फुलेका आलोक जोशी आएका हुन्। रिटायर्ड 'र' का हाकिम ढुण्डिया भारतको दिल्लीनजिक धेरै नेपाली पहुँचवाला धनाढ्यहरुको बस्ती भएको गुडगाँव क्षेत्रमा बसोबास गर्नेगरी काठमाडौंबाट बिदा भएका छन्। उनले नेपाल बस्दा घरको काम गरिदिने एक नेपालीकी दुई वर्षीया छोरीलाई पढाइदिन्छु भनी दिल्ली लगेका छन्।
स्रोत:हांक
भेनेजुएलामा विमान दुर्घटना
जनवरी ५ २००८ । शुक्रबार एक जना अमेरिकन र आठ जना इटालियन नागरिक सहित १४ जना लिएर उडेको भेनेजुएलाको एउटा विमान समुद्रमा खसेको समाचार छ । हाल दुर्घटनाग्रस्त विमानको समुद्री र हवाई मार्ग बाट खोजी कार्य जारी राखिएको छ । विमान साईमोन बोलिभार अन्तराष्टिय विमानस्थल नजीक दुर्घटना भएको कुरा भेनेजुएलाका आपतकालिन ब्यवस्थापन समितीका प्रमुख जनरल आन्टोनियो रीभेरो ले बताएका छन । इटलीको बिदेश मन्त्रालयले जहाजमा आफ्नो आठजना नागरिक रहेको बताएको छ । दुर्घटनामा पर्ने अन्य नागरिकहरुमा भेनेजुएलीहरु रहेक छन ।
सडकबाट सद्भाव सन्देश

आन्दोलनले तनावग्रस्त तराईमा दलहरू खुलेर जान नसकिरहेका बेला भर्खरै नाट्य समूह शिल्पीले १८ दिनको मधेश यात्रामा २९ ठाउँमा नाटक प्रदर्शन गरेको छ। 'मधेश तराई' नाम दिइएको सडक नाटकले नागरिकता, पहुँच, अवसर र भाषा समस्याले सिर्जित मधेश आन्दोलन शान्तिपूर्ण र सही दिशामा लैजाने हो भने दलीय स्वार्थ त्यागेर तत्काल सद्भावका गतिविधि शुरु गर्नुपर्ने सन्देश ल्याएको छ।
शिल्पीले साम्प्रदायिक रङ्गभेदहरूलाई तोडेर जनकपुरको मिथिला नाट्यकला परिषद् र कपिलवस्तुको कालिका नाट्य समूहलाई यात्रामा समेटेको थियो। तराईवासी जित्सा काका (रामनारायण ठाकुर) र पहाडबाट तराई झ्रेका नरबहादुर (राजन खतिवडा) ले भोगेको गरिबी, अभाव, बेवास्ता र विपत्तिलाई नाटकमा बुनिएको छ। त्यो विपत्तिबाट उम्किन अधिकार प्राप्तिका लागि तराईवासीले शुरु गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि त्यही समस्यामा नाटकलाई रोकेर साम्प्रदायिक सद्भाव खल्बल्याउने तराई हिंसा कसरी समाधान गर्न सकिन्छ भन्ने उपाय पनि दर्शकबाट फुराइएको थियो। कसैको मुख नताकी समुदायले नै शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर हिंसात्मक बनाउने भिजिलान्तेहरूलाई कारबाही गर्नुपर्ने, विना भेदभाव सामुदायिक सद्भाव बढाउनुपर्ने, मधेश आन्दोलनले कोही मधेशवासीलाई दुःख दिन नहुने दर्शकको सुझावलाई कलाकारहरूले नाटकमार्फत् तत्काल सुझाएका थिए। नाटक पटक-पटक साम्प्रदायिक हिंसाको मार खेपिरहेको पूर्वको राजविराज, जनकपुर, लालबन्दी, चन्द्रनिगाहपुरदेखि मध्यपश्चिमको कपिलवस्तु, नेपालगञ्ज हुँदै बर्दियासम्म प्रदर्शन गरिएको थियो। ४५ मिनेटको कचहरी नाटकमा मैथली, भोजपुरी, अवधि र नेपाली चार भाषा मिसाएर फरक फरक संस्कृति, भाषा र अनुभवलाई समेत समेट्ने प्रयास गरिएको थियो। कलाकार राजन खतिवडा नाटकमा जस्तै तराईको शान्तिपूर्ण आन्दोलन गलत तत्वबाट भड्किएको छ भन्ने सबैले थाहा पाएको भएपनि यसको समाधान उनीहरूको वशभन्दा बाहिर गइसकेको बताउँछन्। उनले भने- “उनीहरू छिमेकी खेदेर वा हिंसा भड्काएर समस्या समाधान हुँदैन भन्नेमा पनि प्रस्ट छन्।”
हिंसाको पीडा पोख्ने ठाउँ समेत नपाइरहेका बेला प्रदर्शित नाटकमार्फत् तराईवासीले धार्मिक वा जातीय विभाजनमा नबाँडिई साम्प्रदायिक हिंसा विरुद्ध एक भएर लागौँ भन्ने आवाज उठाएका छन्। शिल्पीका नाटक निर्देशक घिमिरे युवराजका अनुसार नाटक वर्षौंदेखि चलिआएको जमिन्दारी र एकतन्त्रीय शासनको विरोध गर्दै देशको सामाजिक, राजनीतिक रुपान्तरण शुरु गर्ने रङ्गमञ्चीय आन्दोलन हो। ८ पुसमा काठमाडौँमा यात्राको समापन गर्दै युवराजले भने “मधेशका जनता प्रेम र सद्भावसहित आपसमा मिलेर बस्न चाहन्छन् तर उनीहरूको त्यो चाहनालाई कसैले पनि सही तरिकाले सम्बोधन नगरिदिँदा दुःखी छन्। दलहरू त त्यसमा नराम्ररी चुकेका देखिए।”
स्रोत: हिमाल
माफि माग्दै प्रचण्ड शिक्षण अस्पतालमा

पुष १६ गते काभ्रेको तालढुङामा आफूसम्बद्ध कार्यकर्ताहरुको आक्रमणबाट सख्त घाइते भएको एमालेसम्बद्ध अनेरास्ववियूका केन्द्रीय सदस्य दिपक गौतमलाई भेटन माओवादी अध्यक्ष प्रचण्ड पुष २० गते शिक्षण अस्पताल पुगेका छन् । गौतमलाई वाईसीएल कार्यकर्ताले खुकरी आक्रमण गरेका थिए । घाइते गौतमलाई १० मिनेट भेटेपछि प्रचण्डले उक्त घटना गम्भीर र दुखद भएको बताए । एमालेसँग सहमति बन्दै गरेको बेला भएको घटनाले नराम्रो सन्देश दिएको प्रचण्डको भनाइ थियो । 'यो नकारात्मक घटनाबाट सकारात्मक शिक्षा लिनेछौं' प्रचण्डले भने, 'यस्ता घटना नदोहोर्याउन पार्टीका सबै निकायलाई कडा निर्देशन दिइसकेको छु ।'घाइते गौतमलाई प्रचण्डसँगै एमाले स्थायी समिति सदस्य केशव बडालले भेटेका थिए । गौतममाथि आक्रमण भएको घटनाको बिरोधमा आजै एमाले काभ्रेले बनेपामा बिरोधसभा पनि गरिरहेको छ ।
स्रोत: हिमाल खबर
Friday, January 4, 2008
तस्बीर आफै बोल्छ
Wednesday, January 2, 2008
भारतमा माओवादी र प्रहरी बीच भीषण भिडन्त

मंगलवार राती भारतको झारखंड र उडीसा राज्यको सीमानामा पर्ने सारंडाको घना जंगलमा प्रहरी र माओवादी बीच भीषण मुठभेड भएको समाचार छ झारखंडका प्रहरी प्रवक्ता राजकुमार मलिकले भिडन्त मंगलवार राती ढिला शुरु भएको बताउंदै माओवादीहरुले गश्तीमा रहेको प्रहरीको गाडिलाई निशाना बनाउंदै एम्बुस बिस्फोट गराउने असफल प्रयास गरेको बताएका छन । भिडन्त तीन घण्टा सम्म जारी रहेको र आक्रमणमा मोर्टार तथा अन्य स्वचालित हतियारको प्रयोग भएको बताईएको छ । प्रहरीले भिडन्तमा ६ माओवादीको ज्यान गएको र अन्य ६ जना घाइते भएको बताएको छ भने भिडन्तमा आफ्नो तर्फ एक प्रहरी घाइते भएको र उपचारको क्रममा निधन भएको जनाएको छ । प्रहरी प्रवक्ताका अनुसार माओवादीहरु प्रहरी चौकी कब्जा गर्ने उद्देश्यका साथ अगाडि बढ्दै गरेको र उनीहरुको संख्या १५० जति रहेको थियो । भारतको झारखंडको २२ जील्ला मध्य १८ जील्लामा माओवादीहरु सक्रिय रहेको बताईएको छ ।
पाकिस्तानमा निर्वाचनको नयां मिति घोषणा
जनवरी०२।२००८पाकिस्तानको निर्वाचन आयोगले यहि आठ जनवरीमा हुने भनिएको निर्वाचनलाई स्थगित गरी पुन: सन २००८ को १८ फेब्रुवरीमा गर्ने घोषणा गरेको छ ।मुख्य निर्वाचन आयुक्त काजी मोहम्मद फारुखले एक पत्रकार सम्मेलन गर्दै पीपीपी नेता तथा पूर्व प्रधानमंत्री बेनजीर भुट्टोको हत्या पछि आठ जनवरीमा निर्वाचन हुन सक्ने संभावना नरहेको बताउंदै उनले यो कुराको घोषणा गरेका छन । धेरैले आठ जनवरीमा पाकिस्तानमा हुन गईरहेको निर्वाचनको बारेमा चिन्ता ब्यक्त गर्दै आइरहेका थिए ।
तीस जनालाई जिउंदै जलाईयो
केन्या । केन्यामा राष्ट्रपति चुनाव पछि भड्किएको हिंसा मा ३० जना ब्यक्तिलाई एक चर्चमा जिउंदै जलाईएको छ । जसमा ज्यदा बालबालीका रहेका छन । उनीहरु हिंसाबाट बच्नको लागि एक चर्चमा शरण लिन गएका थिए । केन्यामा राष्ट्रपति चुनाव पश्चात १२० जना भन्दा ब्यक्तिको ज्यान गईसकेको छ । जसको कारण हज्जरौं सैनिक र प्रहरीलाई सडकमा तैनाथ गरिएको छ । राष्ट्रपति चुनावमा राष्ट्रपति किबाकी दोस्रोपटक पुन: राष्ट्रपति बने पछि उनका विपक्षी उम्मेदवार रायला ओडिंगाले त्यसको बिरोध गर्दै चुनावमा धांधली भएको बताएका छन । राजधानी नैरोबीमा भएको झडपहरुमा कयौं ब्यक्तिहरुले ज्यान गुमाएपछि मानवाधिकार संस्था एमनेस्टीले त्यसको स्वतन्त्ररुपमा छानबिन हुनुपर्ने माग गरेको छ । ब्रिटेन प्रधानमंत्री गोर्डन ब्राउनले राष्ट्रपति किबाकी र विपक्षी नेता रायला ओंडिंगा संग छुट्टा-छुट्टै टेलीफोन वार्ता गरि दुवैलाई आपसमा वार्ता गर्न आग्रह गरेका छन । उता अमेरिकाले पनि चुनाव प्रति चिन्ता ब्यक्त गरेको छ । अमेरिकाले पहिले किबाकीको चुनावको समर्थन गरेको थियो भने हाल आएर केन्याका लागि अमेरिकी राजदूत माइकल रैनबर्गरले बीबीसीसंग कुरा गर्दै केहि इलाकामा धांधलि भएको बताएका छन ।
Saturday, December 29, 2007
अब मुशर्रफको समय पूरा
पूर्व क्रिकेटर तथा पाकिस्तानका एक राजनैतिक ब्यक्तित्व इमरान खानले बेनजीर भुट्टोको हत्याका लागी राष्ट्रपति मुशर्रफलाई जिम्मेदार ठहराएका छ्न । हाल मुंबईमा रहेका खानले पत्रकार सम्मेलन गरि भुट्टॊ को हत्त्या हुनुमा पर्याप्त सुरक्षा उपलब्ध नहुनु हो भन्दै अब राष्ट्रपति मुशर्रफको समय पूरा भएको र उनले तत्काल राजिनामा दिनुपर्ने बताएका छन । इमरानले बेनजीरको हत्याले ठुलो त्रासदी फैलिएको र पुरा पाकिस्तान शोकमा डुबेको कुरा उल्लेख गर्दै भुट्टॊको ज्यानको खतरा रहेको बताईंदै गर्दा समेत घटना हुनुमा मुशर्रफ पुरै दोषी रहेको बताएका छन । उनले अगाडि भनेका छन जब मुशर्रफ माथि आत्मघाती हमला भयो तब उनको सुरक्षा व्यवस्थामा अत्यन्त कडाई गरियो तर अक्टुवरमा पाकिस्तान आएदेखिनै हमला हुंदा पनि भुट्टो को सुरक्षा व्यवस्थामा कुनै परिवर्तन भएन ।
इमरानले राष्ट्रपति मुशर्रफको कडा शब्दमा बिरोध गर्दै ६ साल पहिले आतंकबादको निर्मुल पार्ने आश्वासन दिएको तर आतंकवाद झन बढ्दै गएको र मुशर्रफ नै एउटा समस्या बनेको कुरा उल्लेख गरेका छन । उनले पाकिस्तानको भविश्य राम्रो देखेका छन् तर जनताको सामु कुनै बिकल्प पनि नभएको र अब सरकार प्रति पनि कसैको भरोसा नभएको बताएका छन । उनका अनुसार अब पाकिस्तानमा स्थिरताको लागि स्वतन्त्र र निष्पक्ष चुनाव नै एक बिकल्प भएको र एक आम सहमतिको सरकार गठन गरि त्यस दिशा तर्फ अगाडी बढ्नु पर्ने बताउंदै बर्खास्त न्यायाधीको पुन: बहाली हुनुपर्ने समेत बताएका छन ।
Friday, December 28, 2007
तनावको बीच भुट्टोको दाह-संस्कारको तयारी

बिहीवार सांझ रावलपिंडी मा एक चुनावी सभालाई संबोधन गरे लगत्तै एक बंदूकधारीले बेनजीर भुट्टो माथि पहिले गोली प्रहार गरी पुन: आत्मघाती बिस्फोट गराई भुट्टोको हत्या गरेको छ । अझसम्म यो प्रश्ट हुन सकेको छैन कि उनको हत्या गोली बाट भएको हो या बम बिस्फोटनबाट । यस हमलामा अन्य बिस भन्दा बढी ब्यक्तिको पनि ज्यान गएको छ । राष्ट्रपति परवेज मुशर्रफले तीन दिन सम्म राष्ट्रीय शोकको घोषणा गरेका छन । राष्ट्रीय शोकको कारण शिक्षण संस्था लगायत अन्य व्यावसायिक प्रतिष्ठानहरु पनि बंद रहेका छ्न भने सडकमा सार्वजनिक वहानहरु पनि चलिरहेका छैनन । पाकिस्तानको गृह मंत्रालयका प्रवक्ता जावेद इकबाल चीमाले हत्याको जांचबुझ सम्बन्धमा दुईवटा समिति गठन गरेको बताएका छन । बेनजिरको हत्या पछि पाकिस्तानमा कयौं हिंसात्मक घटनाहरु भएका छन । जसमा १० ब्यक्तिको ज्यान गईसकेको छ । सिंध प्रांतमा सबैभन्दा तनाव रहेको बताईएको छ । हत्याकाण्डको बिरोधमा पाकिस्तान पीपुल्स पार्टी, पाकिस्तान मुस्लिम लीग (नवाज) र जमाते इस्लामीले शुक्रवार आम हडतालको आह्वान गरेका छन । बेनजीरको पार्थिव शरीरलाई लरकाना लगिएको छ जहां उनको अन्तिम दाह-संस्कार गरिने छ । लरकानामा रहेका बीबीसी संवाददाता निसार खोखर का अनुसार पूर्व प्रधानमंत्रीको पार्थिव शरीरलाई सी-वन-३० विमानद्वारा त्यहां लगिएको थियो । जसमा उनको पति आसिफ अली जरदारी तथा पार्टीका अन्य नेताहरु पनि साथै रहेका थिए । बेनजीरको शवलाई उनका पिता जुल्फिकार अली भुट्टोको दाहसंस्कार गरिएको स्थानमानै गरिने छ । गृह मंत्रालयका प्रवक्ता इकबाल चीमाका अनुसार हत्याको सम्बन्धमा चाँज बुझ गर्न गठित समितिले आफ्नो काम शुरु गरिसकेको छ । उनले हत्यास्थलमा कुनै सबुत-प्रमाण नभेटिएको बताऊंदै यस नृशंस हत्याको पछाडि चरमपंथिहरुको हात हुन सक्ने बताएका छन जसले पाकिस्तानको कबायली तथा अन्य ठाऊंमा आत्मघाती विस्फोट गराएका थिए । एकजना अमेरिकन जनरलले भने अमेरिकन समाचार संस्था (एमएसएनबीसी)लाई यसमा अलकायदाको हात हुन सक्ने बताएका छन । चिमाका अनुसार सभामा उनको सुरछाको राम्रो प्रबन्ध मिलाईएको तर सभा बिसर्जन पश्चात जब भुट्टो आफ्नो कारको ढोका खोलि समर्थकलाई अभिवादन गर्न लागिन तब उनी हमलाको शिकार बन्न पुगिन । उनका अनुसार बेनजीर भुट्टोको गाडी बुलेट प्रुफ थियो र उनको म्रित्यु गोली बाट नभई आत्मघाती हमलाको छर्राबाट भएको थियो । पाकिस्तानका राष्ट्रपति परवेज मुशर्रफले बेनजीर भुट्टोको हत्याको निंदा गर्दै जनतालाई शान्त रहन अपील गर्दै 'आतंकवादी' को मनसायलाई कदापी पुरा हुन नदिने बताएका छन । राष्ट्रपति मुशर्रफले भुट्टोको परिवार प्रति संवेदना व्यक्त गर्दै तीन दिनका लागि राष्ट्रीय शोकको घोषणा गरेका छन । हालसम्म कसैले पनि भुट्टोको हत्याको जिम्मेवारी लिएको छैन । भुट्टोको हत्या प्रती कडा निंदा भईरहेको छ । अमेरीकाका राष्ट्रपति जर्ज बुशले यसलाई कायरतापुर्ण आक्रमणको संगा दिएका छन भने भारतले त्यो एउटा घृणित कार्य भएको भन्दै स्तब्धता व्यक्त गरेको छ। ब्रिटेनले उक्त हत्यालाई पागलपन भन्दै पाकिस्तानमा संयम र एकताका लागि आह्वान गरेको छ। पाकिस्तानका पूर्व प्रधानमंत्री नवाज शरीफले पनि बेनजीर भुट्टोको हत्याको आलोचना गर्दै उनको पार्टी आठ जनवरीमा हुन लागिरहेको चुनावको बहिष्कार गर्ने बताएका छन । पाकिस्तान पीपुल्स पार्टी का नेता बेनजीर भुट्टो दूई पटक देशको प्रधानमंत्री भईसकेकि थिईन भने आगामी जनवरीमा हुनलागिरहेको चुनावलाई ध्यानमा रख्दै उनी चुनावी सभा मा भाग लिईरहेकी थिईन । पाकिस्तान फर्किएपछि यो उनीमाथि भएको दोस्रो आत्मघाती हमला थियो ।
Thursday, December 27, 2007
बेनज़ीर भुट्टो को हत्या
धेरै बर्ष पछिको राजनैतिक प्रवास पछि स्वदेश फर्कीएकी बेनज़ीर भुट्टोको आर्मघाती हमलाद्रारा हत्या गरीएको छ । पाकिस्तान पीपुल्स पार्टीको अधिकारीहरुले भने अनुसार बेनजीर भुट्टोको निधन भएको छ ।
Wednesday, December 26, 2007
शोक-सभाले निम्त्यायो अर्को शोक
इंडोनेशियाको मध्य जावा क्षेत्रमा आएको भीषण बाढी पहिरोबाट ८० जनाको निधन भएको छ । स्थानीय अधिकारीहरुले मृतकहरुको संख्या अझ अरु बढ्न सक्ने बताएका छन् । यस महामारीबाट हजारौं जनता घरबार बिहिन भएकाले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । इंडोनेशिया बाढी पहिरो आउनुलाई सामान्य मानिएतापनि यसबाट जंगलको ठुलो मात्रामा नोक्सान भईरहेको बताईएको छ । यो बाढी यस्तो समयमा आएको थियो जुन डिसेम्बर २००४ मा आएको बिनासकारी समुद्री तुफान (सुनामी) को तेस्रो बर्षको शोक सभा मनाईंदै थियो । जसमा परी इंडोनेशियामा मात्र दुई लाख बिस हजार ब्यक्तिले ज्यान गुमाएका थिए ।
Subscribe to:
Posts (Atom)

