Sunday, December 23, 2007

अब यू ट्यूबमा ब्रिटेनको शाही परिवार

२३ डिसेम्बर,२००७ । ब्रिटेनकी महारानी एलिजाबेथले इंटरनेटमा शाही परिवारको लागि एक छुट्टै च्यानलको शुरुवात गरेकी छिन । यसै च्यानल मार्फत महारानीले क्रिसमसको संदेश पनि दिने भएकी छिन । राजपरिवारको हालखबर तथा पुरान ऐतिहासिक भिडियोको साथै शाही परिवारका बांकी सदस्यको भिडियो पनि यस च्यानल मार्फत देख्न सकिने भएको छ । महारानीले पहिलो पटक टेलिभिजनको माध्यमबाट सन १९५७ मा जनतालाई सम्बोधन गरेकी थिइन । उक्त संबोधनको ५० बर्ष गांठको अवसरमा यस च्यानलको शुरुवात गरेकी छिन । राजमहलले ८१ बर्षीया महारानीद्वारा यू ट्यूबमा मा जारि गरिने वार्षिक संबोधनले युवा तथा दोस्रो देशका जनताको समेत ध्यानाकर्षण गर्ने बताएको छ । उक्त च्यानलको नाम "द रोयल च्यानल - द ओफिशियल च्यानल ओफ द ब्रिटिश मोनार्की" राखिएको छ । यू ट्यूबमा शुरु भएको च्यानलको पहिको पानामा बकिंघम दरबार तथा महारानीका अंगरक्षको तस्वीर राखिएको छ । महारानीले च्यानल मार्फत आफुले क्रिसमसको अवसरमा दिने सन्देश ज्यादा ब्यक्तिगत तथा सिधा संवादको हुने बताउंदै आफुलाई यसरि देख्न पाऊनुमा द्रुत गतीमा बदलिदो समयको माग हो भनेको छिन । सन १९५७ को पहिलो टेलिभिजन संदेशमा महारानीले बदलिदो समय संगै आफुलाई पनि बदल्नुपर्ने आवश्यक रहेको बताएकि थिइन ।
च्यानलमा देख्न सकिने पुरानो भिडियो मा लोर्ड वेकहर्स्टले बनाएको चलचित्र "लंग टू रिन ओभर अस" पनि रहेको छ । यो चलचित्रको कहिले पनि प्रदर्शन हुन पाएन । ब्रिटेनका सांसद रहेका वेकहर्स्टको १९७० मा निधन भएको थियो जो एक सौखिन चलचित्र निर्माता थिए । उनले राजा जोर्ज को निधन,रानीको राज्यारोहण जस्ता कयौं महत्वपूर्ण शाही समारोहलाई चलचित्रमा समावेश गरेका थिए । यस च्यानलमा महारानी एलेग्जेंड्राको १९१७ मा भएको पश्चिमको यात्रा, १९२३ मा मौजूदा महारानीको माता-पिताका बिवाहको भिडियो समेत उपलब्ध छ । च्यानलको शुरुवातको घोषणा गर्दै बकिंघम दरबारका एक प्रवक्ताले जनतासंगको संवादको लागि महारानीले संधै नयां तरिकाको अवलम्बन गरिरहनुभएको बताएका छन । उलने अगाडि भनेका छन कि धेरै भन्दा धेरै जनतासम्म आफ्नो बिचार पुर्याउनको लागि महारनीलाई जुन माध्यम ठिक लाग्छ त्यहि अपनाउने गरेको बताऊंदै यसले धेरैको ध्यानाकर्षण गर्ने बताएका छन ।

Saturday, December 22, 2007

इराकमा चलिरहेको संघर्ष एक दीवा सपना

अमेरिकी सेनाका एक पूर्व जनरल ले इराकमा चलिरहेको अमेरिकी रणनितीको भर्त्सना गर्दै भनेका छन कि यो एउटा दिवा सपना हो जसको कुनै अन्त देखिन्न । सेवानिवृत लेफ़्टिनेंट जनरल रिकॉर्डो सांचेजले अमेरिकी राजनेताहरुलाई असक्षम र भ्रष्टको संज्ञा दिंदै यदि यस्ता ब्यक्तिहरु सेनामा भएको भए कोर्ट मार्शलले कार्वाही गर्नेथियो भनेका छन । जनरल सांचेजले अगाडि भनेका छन कि वर्तमान रणनीतिले अमेरीकाले इराकमा आफ्नो हारलाई केहि थोरै मात्र टाढा लिएर जान सक्छ ।उनले वाशिंगटनको नजदीक आरलिंटनमा पत्रकारहरुको सम्मेलनमा यी कुरा बताएका हुन ।
जनरल सांचेज ले किन गलत रणनीति भयो भन्ने कुरालाई औंल्याऊंदै सद्दाम हुसेन को पतन पश्चात गलत राजनैतिक फैसलाले गर्दा चरमपंथी हरुको लागि बाटो खुलेको र इराकी सेनाको बिघटन तथा त्यसपछि तत्कालै गरिएको सरकार गठनमा पिछडिएका र जनजाती नेताहरु संगको सम्बन्धलाई बलियो नबनाईएको र यसमा अमेरिका पुरै दोषि रहेको बताउनुभयो । व्हाइट हाउसले इराकमा राजनैतिक स्थिरता कायम गर्न र जातीय हिंसा रोक्नको लागि तीन हजार अतिरिक्त सेनालाई इराक पठाएको छ । यसलाई जनरल सांचेज ले अघिल्लो सालमा भएको गल्ति सच्याउनको लागि उठाएको कदम को संज्ञा दिनुभएको छ । त्यहि सम्मेलनमा व्हाइट हाउसले भने इराकमा बर्तमान अमेरिकी सैन्य कमाण्डर जनरल डेविड पेट्रियस र अमेरिकी राजदुत रायन क्रोकर को रिपोर्टलाई आधार मान्दै स्थिति धेरैनै जटिल रहेको र त्यसमा अतिनै सुस्त रुपमा सुधार भईरहेको बताएको छ । व्हाइट हाउसका प्रबक्ता ट्रे बानले आफुहरुले देशको निम्ति जनरल सांचेजले गरेको सेवाको कदर गर्ने बताऊंदै जनरल डेविड पेट्रियस तथा राजदुत रायन क्रोकरको उक्त रिपोर्टलाई आधार मानेर धेरै काम बाकिं रहेको तर इराकको अवस्थामा सुधार भईरहेको भन्ने कुराको उल्लेख गरेका छन । सानचेज २००३ को मध्य बाट एक बर्ष इराकमा संयुक्त सैन्य बलको कमाण्डर भई काम गरेका थिए । बगदाद को अबु गरीब कारागारका बंदिहरुलाई लिएर भएको विवाद पश्चात उनले सेवानिवृत्ती लिएका थिए ।

Friday, December 21, 2007

अमेरिका र भारतका दुई प्रतिष्ठित उद्योग बीचको विवाद चर्कदो

भारतको प्रतिष्ठित पारिवारिक उद्योग समुह(टाटा समुह,ताज होटल्स) र अमेरिकाको ओरिएंट एक्सप्रेस होटल बीच विवाद चर्कदै गएको छ । प्राप्त समाचार अनुसार इंडियन होटल्स ले ओरिएंट होटल्सको लागि यहि १० डिसेम्बरमा लेखेको पत्रमा उसलाई माफि माग्न भनिएको छ । दुई होटल बीच केहि समय पहिले बाट बिबाद शुरु भएको हो ।
समाचारमा जनाईए अनुसार इंडियन होटल्सले ओरिएंट एक्सप्रेसको ११.५ प्रतिशतको शेयर खरिद गरि उक्त कम्पनि संग गठबन्धन गरेको थियो । जसलाई हाल आएर ओरिएंट एक्सप्रेसले इन्कार गरेको छ । ओरिएंट एक्सप्रेसले एक पत्र सार्वजनिक गर्दै घरेलु भारतिय होटल र बिश्वब्यापीरुपमा लक्जरी होटलको रुपमा परिचित ओरिएंट एक्सप्रेस संगको सम्बन्ध बाट उसले आफ़ुले नोक्सान बेहोर्नुपर्ने बताए पछि इंडियन होटल्सले उक्त पत्रलाई आफ़्नो अपमान भएको बताउंदै ओरिएंट एक्सप्रेसलाई यो पत्रको लागि माफि माग्नुपर्ने बताएको छ । इंडियन होटल्सका प्रमुख आर.के कृष्ण कुमारले ओरिएंट एक्सप्रेस होटल्सका सि ई ओ पॉल वाइट लाई लेखेको पत्रमा यस्तो कुरा उल्लेख गरिएको बताईएको छ । टाटा समुह भारतको प्रतिष्ठित औधोगिक घरानाहरु मध्ये एक हो जसले यस बर्ष १३.५ अरब डलरमा ब्रिटेन र नेदरलैंड को कोरस कम्पनि खरिद गरेको छ ।
यो अन्य कुनै पनि अहिलेसम भारतीय कम्पनिहरुलेबाट भएको सबैभन्दा ठुलो खरिद राशि हो । टाटा समूहको ताज होटलले भारतमा ५७ र बिदेशमा १८ होटलको संचालन गर्दै आएको छ भने उता ओरिएंट एक्सप्रेसले भने संसारभरमा ४० लक्ज़री होटलको संचालन गरिरहेको छ ।

Wednesday, December 19, 2007

पाकिस्तानमा रेल दुर्घटना, ५६ को मृत्यु


डिसेम्बर १९,२००७। पाकिस्तानको लाहौर र करांची को बीच भागमा भएको ट्रेन दुर्घटनामा ५६ जनाको मृत्यु भएको छ भने १२० जना भन्दा बढी घाईते भएका छन ।करांची एक्सप्रेस को उक्त ट्रेन मंगलबार राती करीब नौ बजे कराची बाट लाहौर तर्फ गईरहेको थियो । प्रहरी अधिकारिका अनुसार दुर्घटनाको समयमा ट्रेनमा रहेको १६ वटै डिब्बा मा खचाखच यात्रुहरु रहेको र दुर्घटना पछि जम्मा ४ वटा डिब्बा मात्र सकुसल रहेको र अरु सबै नराम्ररी क्षतिग्रस्त भएको बताएका छन । पाकिस्तानको उक्त ईलाकाका रेलवे प्रमुख तनवीर अहमद ले दुर्घटनाको समयमा रेल सामान्य भन्दा केहि ज्यदानै तेज गतिमा गुडिरहेको बताएका छन । मेहराबपुरका वरिष्ठ प्रहरी अधिकारी अब्दुल हलीम कालड़ू का अनुसार रेलका डिब्बा एकमाथि अर्को चढेर रहेको हुनाले उद्दार कर्मिहरुलाई समेत उद्दार कार्यमा कठीन भईरहेको बताएका छ्न । अधिकारिहरुका अनुसार घटनामा अन्य सयौं ब्यक्ति घाईते भएकाले घटनास्थलमा ३० वटा एम्बुलेन्स ले उद्दार कार्यमा सहयोग पुर्याईरहेको र कराचींबाट पनि थप ३० वटा एम्बुलेन्स घटनास्थलमा पुगिसकेको र पुरै ईलाकाको अस्पतालमा आपतकालिन स्थिति को घोषणा गरिएको छ । स्थानिय बासिहरुले भने सरकारले दुर्घटना पश्चात उद्दार कार्यमा ढिलाई गरेको गुनासो गरेका छन । घटना भएको २ घन्टा पछि मात्र उद्दार कार्यको थालनि भएको थियो ।

Tuesday, December 18, 2007

स्व.राजा वीरेन्द्रका परिवारका नाममा रहेको सम्पती र्सार्वजनीक

राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पती आज सरकारले र्सार्वजनीक गरेको छ । गृहमन्त्री कृष्ण प्रसाल सिटौलाले आज संसद समक्ष सो विवरण प्रस्तुत गर्नुभएको थियो तर सो विवरणमा स्व.राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पती धरै कम देखिएको भन्दै सांसदहरुले चर्को विरोध गरेका छन । सांसदहरुले सम्पती विवरण कम आएको भन्दै सरकार द्वारा गठित समितीको आलेचना गर्दै यथासक्य चाडो सत्य तथ्य पत्ता लगाउन माग गरेका छन ।
संसद अर्न्तगतको राज्य ब्यबस्था समितीको बैठकमा सांसदहरुको आलेचना पछि सम्पती विवरण पत्ता लगाउन पून अर्को उप समिती गठन पनि गरेको छ । गृहमन्त्री एंव समितीका संयोजक कृष्ण प्रसाद सिटौलाले भने राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पती मूख्य सचिव प्रमुख रहने गरी नेपाल ट्रष्टमा राखीएको जानकारी दिनुभयो ।
समितीले दिएको उहिलेको विवरण अनुसार स्व.राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पती काठमाण्डौ उपत्यका भित्र ८ सय रोपनी १३ आना २ पैसा जमिन रहेको र उपत्यका वाहिर १विधा १९ कठ्ठा जमिन रहेको जनाएको छ । त्यसैगरी बैकमा रहेको नगद मौज्दातमा स्टार्ण्डर चार्टर बैकमा १लाख ३६ हजार ४सय २७ पाउण्ड डिपार्टमेन्ट अफ रोयल ट्रेजरको नाममा रहेको छ ।

तर्राईमा आन्दोलनको घोषणा

नेपाल सदभावना पार्टी(महतो) पक्ष र मधेषी जनधिकार फोरम (यादव) पक्षले संयुक्त रुपमा आन्दोलनको धोषणा गरेका छन । दुवै पार्टी आज एक पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । आन्दोलनका स्वरुप भने तर्राईबाटै अधि बडाउने फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार माध ५ गते देशव्यापी आन्दोलन गर्ने, नेपाल बन्द गर्ने जस्ता कार्यक्रम रहेको र सो आन्दोलन मधेष र मधेषी जनताका लागी निर्णायक आन्दोलन हुने बताउनु भयो ।
फोरमसँग सरकारले गत वर्षगरेको सम्झौता कार्यान्वयन नगरेको र यसले मधेषी जनताका आँखामा छारो हाल्ने काम मात्रै भएको भन्दै आन्दोलनको धोषणा गरेको फोरमका अध्यक्ष यादवले बताउनु भयो । सदभावना पार्टी(महतो) का अध्यक्ष राजेन्द्र महतोले सरकारले तर्राईलाई फुटाउन विभिन्न प्रकारका कार्य गरेको आरोप लगाउनु भयो । उहाँले तर्राईका मधेषी नेतालाई पनि एक हुन अनुरोध गर्नुभयो

Sunday, December 16, 2007

तराई टुक्रिनुमा सात दल जिम्मेवारी

नेकपा एमाले स्थाई कमिटी सदस्य राजेन्द्र प्रसाद पाण्डेले राष्ट्रिय अखण्डता बोकेका पार्टीहरुले नै अहिले नेपाललाई टुक्रा टुक्रा पार्न खोजिरहेको बताउनुभएको छ । उहाँले संधिय राज्य प्रणालीमा जानु र मधेसी सांसदले छुटै राज्य खोल्ने चेतावनी दिनु नै नेपाल विखण्डन हुनुको उदाहरण भएको बताउनुभयो । राजधानीमा आयोजित राष्ट्रिय अखण्डता र मधेसको आन्दोलन विषयाक कार्यक्रममा बोल्दै पाण्डेले मधेसी सांसदले छुटै राज्य खालेमा उनिहरुलाई नै समस्या आउने बताउनुभयो । छुटै राज्य खोल्दा त्यसक्षेत्रका गरीव,आदीवासी, जनजाती लगाएतका जातीलाई समेटन झन गाह्रो पर्ने उहाँले बताउनुभयो ।
नेपालका राजनितिमा कुनै सानो समस्या आउँदा पनि भारतको सहयोगग लिने परिपार्टी तत्काल बन्द गर्नुपर्ने बताउदै नेता पाण्डेले सबै राजनितीक दलको साझा सहमतीमा नेपाललाई अधि लानुपर्ने जोड दिनुभयो । स्वदेशी नेता भन्दा विदेशी नेताको परामर्स लिने परिपाटीले झन नेपाल बिखण्डन हुने पाण्डेले बताउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सीले क्षेत्रीय पार्टीहरुले देश बिखण्डन हुने भन्दै राजनितीक सहमती र सहकार्य बाट अधिबढन सात राजनितीक दललाई सुझाव दिनुभयो ।
गणतन्त्र स्थापना नगर्नमा दरवारीया शक्ति प्रमुख पात्रको रुपमा उभिएका र सात राजनितीक दल त्यसको साहयक पात्रको रुपमा उभिएको आरोप लगाउँदै अध्यक्ष के.सीले संविधान सभा निर्वाचनको मिती पटक पटक परिर्वतन गर्न सात राजनितीक दलको नैतिकरुपमा जिम्मेवारी भएको बताउनुभयो । त्यसैगरी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष रश्मिराजा न्यौपानेले तर्राईमा विगत केही महिनाको हिसांत्मक गतिविधीलाई बढवा दिन माओवादीको प्रमुख भुमिका रहेको बताउदै जातीपातीका अधारमा संधिय राज्य प्रणाली कार्यान्वयन ल्याए त्यो नेपाल र नेपाली जनताको लागी आत्माधाती हुने बताउनुभयो । सविधानबिज्ञ भिमार्जुन आचार्यले अन्तरीम संविधानको पहिलो संशोघनमा संधिय राज्य प्रणालीमा मुलुक जानु नै राष्ट्रियतामा बिखण्डन सुरु भईसकेको बताउनु भयो ।
स्मरण रहोस तत्कालीन सात राजनितीक दल र माओवादीको संयुक्त संयन्त्रवाट पारीत अन्तरीम संविधान २०६३को धारा ३३ले २०६४ साल मंसिर भित्र संविधान सभा निर्वाचनको मिती तोकीनु पर्ने हो तर आजको मिती सम्म सो हुन सकेको छैन ।

प्रधानमन्त्री र दलित संधको प्रतिनिधि मण्डल बिच भेटधाट

प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले सात दलको एकता नटुटने बताउनुभएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा नेपाल दलित संधको प्रतिनिधि मण्डलसंगको भेटमा उहाँले सो अभिब्यक्ति राख्दै सात दलिय एकता बाटै शान्ति प्रक्रियाले सफलता पाउने बताउनुभयो । उहाँले सात दलिय एकताको विकल्प नभएको भन्दै प्रधानमन्त्री कोईरालाले दलित जनजातीको माग प्रति आफु गम्भिर रहेको बताउनुभयो ।
सम्पुर्ण क्षेत्रवाट संविधान सभा र्सार्थक तुल्याउनु पर्ने बताउदै प्रधानमन्त्री कोईरालाले दलित जनजातीले पनि सो कार्यमा सहयोग गर्न अनुरोध गर्नुभयो ।नेपाल दलित संधले आफ़्नो हक अधिकार सुनिस्चि गर्न आज प्रधानमन्त्री कोईरालालाई २१ वुद्वे ज्ञापनपत्र पनि बुझाएको थियो ।

संविधान संशोधनका लागी विधयेक तयार गरीने

नेकपा एमालेका महासचिव माधव कुमार नेपालले सात दल सहमती नजिक पुगेको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव नेपालले केही विषयमा मात्र सहमती हुन बाकी रहेको भन्दै बाकीमा पनि चाडै सहमतीमा पुग्ने बताउनुभयो । सात दल बाकी ६ मुद्दामा अहिले छलफल गरीरहेका बताउदै महासचिव नेपालले सबै मुद्दामा सहमती भएपछी २९ गते संविधान संशोधनका लागी विधयेक तयार गरीने बताउनुभयो ।
संविधानसभा निर्वाचन यसै वर्षभित्र सम्पन्न गर्नेमा पनि सात दल सहमती भएको महासचिव नेपालले बताउनुभयो । शान्ति सम्झौताको अवधि को समिक्षा गरीने, सेना समायोजन, सरकार पुर्नगठन लगायतका विषयमा पनि छलफल अगाडी बडेको उहाले बताउनुभयो । उहाले माओवादी जनसेना लाई योग्यताका आधारमा सेनामा समायोजन गरीने, योग्य नभएकालाई रोजगारमुलक तालीम दिएर व्यबस्थापन गरीने बताउनुभयो ।

यसै वर्षभित्र संविधान सभा निर्वाचन हुने - नेपाल

नेकपा एमालेका महासचिव माधव कुमार नेपालले यसै वर्षभित्र संविधान सभा निर्वाचन गर्ने सहमती सात दल विच भएको बताउनुभएको छ । आज एमालेको चितवन जिल्ला अधिवेसन उदधाटन गर्नुहुदै महासचिव नेपालले निर्वाचन गर्ने सहमती अनुसार एमाले अघिकतम लचकताका साथ अघि वढेको बताउनुभयो । चैत्र महिना भित्र निर्वाचन नभए सरकारको वैधानिकता नहुने बताउदै महासचिव नेपालले काग्रेस र माओवादी पनि निर्वाचन चैत्रमा गर्न प्रतिवद्व भईसकेको बताउनुभयो । संविधान सभाबाटै गणतन्त्रको कार्यान्वयन हुने बताउदै उहाँले सात दल जुनसुकै चुनैतिको सामाना गर्न तयार रहेको बताउनुभयो ।

Saturday, December 15, 2007

जनकपुरमा राम जानकी विवाह

राम जानकी विवाह महोत्सव मंसिर २८ गते जनकपुरमा शुरु भएको छ । आज बेलुका हुने विवाह महोत्सव हेर्न हेर्न हजारौ दर्शनार्थी आज जनकपुरको बहा्रबिगहामा भेलाभएका छन । राजा जनककी छोरी जानकीको विवाह अयोध्याका राजा दशरथका पूत्र रामसँग भएको स्मरण गर्दै यो विवाह महोत्सव मनाईदै आईएको छ । करीब १ हप्ता देखी जनकपुर र जनकपुर आसपासका स्थानहरु सजिएका छन । धर्मिक महत्व बोकेको यस दिनलाई विवाह पञ्चमीका रुपले पनि जानिने गरिन्छ ।

राजनितीक सहमतीका विषयवस्तु तयार

नेपाली काग्रेस नेकपा माओवादी र एमालेका शिर्षनेताहरु विचको छलफल पछी राजनैतिक सहमतीका विषयवस्तु तयार परिएका छन् । जसअनुसार अन्तरीम संविधानमा गणतन्त्र उल्लेख गर्ने प्रतिवद्वता जाहेर गर्ने तर संविधान सभा पछि कार्यान्वयन गर्ने, सरकार पुर्नगठनका लागी थप छलफल गर्ने, जनसेना र नेपाली सेना समायोजन, माओवादीले कब्जा गरिएको सम्पती फिर्ता गर्ने, निर्वाचन प्रणाली अर्न्तगत समानुपतिकमा ६०% र बाकी प्रत्यक्ष निर्वाचन प्रणाली कायम गर्ने रहेका छन ।
सहमती बनाउन आज प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला नेकपा एमालेका महासचिव माधव कुमार नेपाल माओवादी अध्यक्ष प्रचण्ड, जनमोर्चाका अध्यक्ष अमिक शेरचन लगाएतका नेता सक्रिय हुनुहुन्थ्यो ।

Friday, December 14, 2007

दलहरु बिच अझै सहमति हुन बाकी

दलहरु बिच अझै सहमति हुन बाकी धेरै बिषयमा सहमति सात दलको बैठक हुनु अघि नै भएपनि चुनाव प्रणालीको अनुपात र सरकार पुनर्गठन सम्बन्धी भने सहमति हुन बाँकि छ । तरपनि निकै जटिल र अन्योलमा रहेको राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयास अब बल्ल सहमति नजिक पुगेको र मस्यौदासमेत तयार हुन गैररहेको कुरा जिम्मेवार दलका नेताहरूले बताएका छन् । दोस्रो पटकको संविधानसभा निर्वाचन पनि हुन नसको र चार मधेसी सांसदको राजीनामापछि दलहरू निकै गम्भीर भएका छन ।
संविधानसभाको पहिलो बैठकले अनुमोदन र कार्यन्वयन गर्ने गरी संघीय गणतन्त्र संसदले घोषणा गर्ने तथा त्यसलाई संविधानमा उल्लेख गर्ने सहमति दलहरुबीच भइसकको छ ।
संसद्बाट गणतन्त्रको घोषणा गरी संविधानसभाको पहिलो बैठकपछि लागू गर्ने, निर्वाचनप्रणालीमा ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष, सरकारको पुनर्गठन, आगामी सरकार पूर्णतः संयुक्त सरकारको मान्यतामा चलाउने एवम् संविधानसभाको निर्वाचन २०६४ सालभित्रै गर्ने गरी सहमतिको नजिक पुगेको तर माओवादीले सेनाको समायोजन भएमा उल्लिखित ती विषयलाई स्वीकार गर्ने धारणा राखेको बताइएको छ। अन्तरिम संविधानमा समानुपातिक र प्रत्यक्षको अनुपात बराबर हुने ब्यवस्था छ ।
बिहानदेखि दलहरुबीच भएको छलफलमा धेरै बिषयमा सहमति बने पनि चुनाव प्रणालीको अनुपात र सरकार पुनर्गठनको मुद्धामा सहमति बनिनसकेको एमाले स्थायी समिति सदस्य झलनाथ खनालले बताए । तर, आजै सहमति बन्ने उनले बिश्वास ब्यक्त गरे । छलफलले सहमतिको मस्यौदा पनि तयार गरेको छ। सो मस्यौदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि दिइसकिएको छ।
माओवादीका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल’, कृष्णबहादुर महरा, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल, अमृत बोहरा, झलनाथ खनाल, भरतमोहन अधिकारी, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, चक्र बास्तोला, विमलेन्द्र निधि, जनमोर्चाका प्रकाश, अमिक शेरचन र लीलामणि पोखरेल भेटवार्तामा सहभागी हुनुहुन्थ्यो।
दलहरूबीच भएको छलफल र त्यसले तयार पारेको मस्यौदाका बारेमा प्रधानमन्त्री कोइराला र नेपाली कांग्रेसका केही नेताहरूबीच बिहीबार साँझ छलफल भएको थियो। त्यसै गरी वर्तमान परिस्थिति र चार मधेसी सांसदले राजीनामा दिएको विषयमा बिहान प्रधानमन्त्री कोइरालाले आफ्ना पार्टीका २० जिल्लाका सांसदहरूसँग छलफल गर्नुभएको थियो।

ब्रिटेन प्रधानमन्त्री द्वारा पूंजीगत फैसलाको स्वागत

ब्रिटेनको चर्चित टाइम्स पत्रीकालाई अन्तरवार्ता दिदैं ब्रिटेन प्रधानमन्त्री गोर्डन ब्राउनले अमेरिकी फेडरल रिजर्व तथा अन्य केन्द्रीय बैंक द्वारा अमेरिकाको नाजुक बित्तिय बजारलाई मद्दत गर्न गरेको प्रयासको स्वागत गरेका छन । यस्ता सहयोग को लागि अरु ध्यान दिनुपर्ने बताउंदै प्रधानमन्त्री ब्राउनले प्रशन्नता ब्यक्त गर्नुभयो । केहि समय अगाडि मात्र अमेरिकी फेडरल रिजर्व तथा अन्य केन्द्रीय बैंकले खस्कंदो आर्थिक अवस्थालाई माथि उठाउन बिश्व बजारबाट ११० अरब डलर उपलब्ध गराऊने घोषणा गरेको थियो । यो घोषणालाई अभुतपूर्व मानिएको छ । अमेरिकी फेडरल रिजर्वले युरोपीयन केन्द्रीय बैंक अथवा क्यानडा वा स्विजरल्याण्ड को केन्द्रीय बैंकसंग मिली पुंजीगत ऋण उपलब्ध गराउने छ । अमेरिकी अर्थ बजारमा परेको आर्थिक समस्याको अंदाज यसबाट पनि लगाउन सकिन्छ कि केहि समय अगाडिमात्र कर्जा लगानि क्षेत्रमा सक्रिय एक ठुलो अमेरिकी बैंक मार्गन स्टेन्लीले आफ्नो कमाई २.५ अरब डलर ले घट्ने सम्भावना रहेको बताएको छ । समाचार स्रोतका अनुसार खस्कंदो बित्तीय बजारलाई माथि उठाउन गरिएको यो पहिलो यस्तो कदम हो जुन धनको उपलब्धतामा भारी कमी आएबाट ऊठाईएको छ । यस भन्दा पहिले अमेरीकाको केन्द्रीय बैंक फेडरल रिजर्वले ब्याज दरमा कटौती गर्ने फैसला गरेको थियो । हाल अमेरिकी बित्तिय बजार मा देखिएको बहुचर्चित आर्थिक समस्या (सव-प्राइम लोनको समस्या) ले बिश्व आर्थिक बजारमा धेरैनै चर्चा पाईरहेको छ । खासगरि अमेरिकीहरुले घर बनाउन लिएको ऋण , जुन उनीहरु तीर्न नसक्ने अवस्थामा पुगेपछि अहिले अमेरिकी आर्थिक बजारमा यसको नराम्रो प्रभाव त परेको छ नै, यसको अलावा सम्पुर्ण बिश्व बजारमानै यसको असर परेको छ ।

Thursday, December 13, 2007

प्रधानमन्त्री साना दलका शिर्ष नेतासँग

राजनैतिक सहमती जुटाउन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र साना दलका शिर्षनेता बिच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवातामा वाममोर्चा,नेपाल मज्दुर किसान पार्टी, नेपाल सदभावना पार्टी(आनन्ददेवीं) र एकता केन्द्र मसालका शिर्षनेताहरुले आआफनो राजनितीक सहमतीका लागी आआफनो पार्टीको धारणा राखेका थिए ।
एकता केन्द्र मसालका महासचिव प्रकाशका अनुसार प्रधानमन्त्री कोईराला नेपालको पछिल्लो राजनैतीक घटनाबाट निकै गम्भीर हुनुभएको बताउनुभयो । उहाँकानुसार राजनितीक समस्या प्याकेजमा समाधान गर्ने प्रधानमन्त्री कोईरालाले जनाउनु भएको थियो । साना दलसंग छलफल पछि प्रधानमन्त्री कोईरालाले भोली सम्ममा सात दलको बैठक बोलाउने सोच रहेको बालुवाटार श्रोतले जानाएको छ ।