Thursday, December 13, 2007

तत्काल मिती धोषणा नगरे आन्दोलन - राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सभा निर्वाचन यसै वर्षभित्र गर्ने गरी तत्काल मिती धोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकार विरुद्व कडा रुपमा देखिनु भएका पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले मंसिर महिना भित्र चुनावको मिती नतोकीएमा कडा सघर्षका कार्यक्रम ल्याउने चेतावनी दिनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा जारी चौथो महाधिवेसनमा आफ़्ना कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले सात राजनैतिक दल र सरकारलाई सो चेतावनी दिनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी चौथो महाधिवेसनले अध्यक्ष राणा सहित २६ केन्द्रिय कार्यसमिती चयन गरेको छ भने बाकी २५ सदस्य अध्यक्षले मनोनयन गरीने भएको छ ।चौथो महाधिवेसनबाट यस पार्टीले संवैधानीक राजतन्त्र हटाएको छ ।

Wednesday, December 12, 2007

शान्ति सम्झौताको समिक्षा गरीने

नेकपा माओवादी र नेपाल सरकार बिच भएको शान्ति सम्झौताको अवधि को समिक्षा गरीने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा नेकपा एमाले स्थाई कमिटी सदस्य प्रदिप ज्ञवाली, श्रम राज्यमन्त्री रमेस लेखक सदस्य रहने सो समितीले ३ दिनमा आफ़्नो प्रतिवेदन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला बुझउनुपर्ने छ ।
बैठकले सात दलका शिर्षेता विच छलफल गरी पछिल्लो संकट समाधान गर्ने निर्णय गरेको छ । भने अन्तरीम संविधान संशोधनका लागी ठोस कदम चाल्नु पर्ने पनि मन्त्रीहरुले माग राखेका छन । छलफलमा प्रधानमन्त्री कोईरालले मंसिर भित्रै संविधान संशोधन आवस्यक भएको भन्दै त्यसका लागी दलहरु विच सहमती बनाउन जोड दिनुभयो ।

नेपाल सदभावना पार्टी आनन्ददेवी सिहलाई आधिकारीकता

आखिरमा स्थापना पक्ष आनन्ददेवी स्रिहलाइ निर्वाचन आयोगले आधिकारीकता प्रदान गरेको छ । आज संस्थापन पक्षले बहुमत सदस्यको हस्ताक्षरीत र्समर्थन पत्र दिएपछि निर्वाचन आयोगले नेपाल सदभावना पार्टी(महतो) पक्षलाई अस्विकृत गरेको छ । आनन्ददेवी स्रिह र लक्ष्मण लाल कर्णको नेतृत्वको नेपाल सदभावना पार्टी एकिकृत भएको २ महिना नपुग्दै पुन विभाजन भएको थियो ।

तत्कालका लागी राजनीतिक सहमति निर्माण हुने

राजनीतिक सहमती जुटाउन आज विहान प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र माओवादी अध्यक्ष प्रचण्ड विच छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा तत्कालका लागी सहमती निर्माण गरी राजनितीक संकट समाधानका उपाय खोज्नेबारे छलफल भएको वालुवाटार श्रोतले जनाएको छ । नेकपा माओवादीले संसदवाट पारित प्रस्तावको विकल्प खाजीमा सहमती निर्माण गर्ने वारे छलफल भएको पनि वालुवाटार श्रोतले जनाएको छ ।
त्यसैगरी वेपत्ता परिवार र्सार्वजनिक, नेपाली सेना र जनसेनाको समायोजन लगाएतका विषयमा अध्यक्ष प्रचण्डले राख्नुभएको प्रस्तावमा प्रधानमन्त्री कोईराला सकारात्मक रहेको श्रोतले जनाएको छ । सहमतीबाट बनेका निर्णयलाई सात दल विच बसी समस्या समाधान खोज्ने पनि प्रधानमन्त्रीले बताउनु भएको जानकारी प्राप्त भएको छ । त्यसैगरी हालै मधेसी सांसदले दिएको राजिनामाको विषयमा पनि दुई नेता विच छलफल भएको थियो ।

Monday, December 10, 2007

टर्कीमा डुंगा डुब्दा ३१ को निधन



अंकारा, टर्की । गैर कानुनि रुपमा टर्की प्रवेश गर्न लागेका कम्तिमा साठी जना भन्दा बढी ब्यक्ति सवार डुंगा शनिबार दुर्घटनामा परेको थियो । उक्त दुर्घटना ईज़्मिर शहरको उत्तरी भागमा पर्ने समुद्री तटमा भएको बताईएको छ । समाचार स्रोतका अनुसार आईतबार राती अबेर सम्ममा ३१ शब फेला पारिएको र अन्यको खोजि कार्य जारी रहेको जनाईएको छ । उद्दारकर्ताहरुले हालसम्ममा ६ जनालाई जिबितै उद्दार गरि अस्पताल पुर्याएतापनि धेरैको अवस्था चिन्ताजनक रहेको बताईएको छ । जीबित मध्य २ जना प्यालेस्टीनिज भएको र हालसम्ममा त्यहां कुनै पनि टर्कीको नागरिक रहेको जानकारीमा नआएको बताईएको छ । एक जना जिबीतका अनुसार डुंगामा ६० देखि ७० ब्यक्ति रहेको कुरा पुष्टि भएबाट बांकी सबै जिबीत रहने सम्भावना कम रहेको जनाईएको छ । डुंगामा सवार सबै एशिया र अफ्रिकी मुलुकका नागरिक भएको बताईएको छ । एशिया र अफ्रिकी मुलुकका हजारौं नागरिकहरु काम र राम्रो जीबनको खोजीमा गैह्र् कानुनी रुपमा टर्की हुदैं युरोपेली मुलुकहरुमा प्रवेश गर्दै आइरहेको बताईएको छ । टर्कीले ई.यू (युरोपियन युनियन) मा प्रवेश गर्न चाहिरहेको तर ई.यू ले भने टर्कीलाई गैह्र् कानुनी रुपमा प्रबासीहरुलाई प्रवेश नगराउन दबाव दिदै आईरहेको छ ।

सरकार पुर्नगठन हुने

नेकपा माओबादीले चर्को रुपमा उठाएको पुर्नगठनको विषयलाई नेकपा एमालेले पनि र्समथन गरेको छ । नेपाली काग्रेस माओवादी र नेकपा एमालेका शिर्ष नेताहरुको आज ललितपूरमा बसेको बैठकमा एमालेले सो र्समथन गरेको हो ।माओबादीले गणतन्त्र र पुर्ण समानुपातिक निर्वाचन प्रणालीको अडान छाडे नेपाली काग्रेस पनि सरकार पुर्नगठनमा जानसक्ने काग्रेसका नेताले सो छलफलमा बताएका छन । नेपाली काग्रेस र नेकपा एमालेले माओवादीलाई सरकारमा फर्किएर संविधान सभा निर्वाचनको माहोल बनाउन आग्रह गरेको श्रोतले जनाएको छ ।
सरकार पुर्नगठनमा जादाँ नेपाली काग्रेसले महत्वपुर्ण मन्त्रालयहरु लिन नहुने अडान माओवादीले राखेको माओवादी नेताले बताएका छन । संसदबाट पारित प्रस्ताव कार्यन्वयनमा जोड दिदै आएको माओवादीले सरकार पुर्नगठनमा जोड दिनुलाई अर्थपुर्ण रुपमा लिएको विश्लेसकको भनाई छ । सरकार पुर्नगठनमा भए माओवादीका बरिष्ठ नेता डा.बाबुराम भटट्र्राईको नेतृत्वमा सरकारमा जाने माओवादी नेताले हामी लाई जानकारी दिएका छन ।

भ्रष्टचार बिरुद्वको संयुक्त राष्ट्रसंधिय महासन्धिको अनुमोदन हुने

ब्यबस्थापिका संसदका सभामुख सुभास चन्द्र नेङवाङले भ्रष्टचारले देशको आर्थिक, सामाजिक, राजनितीक लगाएतका क्षेत्रमा जरा गाडीसकेको बताउदै यसलाई न्यूनिकरण गर्न जनता स्थानिय संध संस्था र नागरीक समाजलाई क्रियाशिल बनाउनुपर्ने बताउनु भएको छ । उहाँले नागरीक सचेत भएमात्र देशमा भ्रष्टचार न्यूनिकरण हुने हुदाँ सबै तह र तप्काका जनतालाई यस बिरुद्व जनचेतना फैलाउन सरकार लागी परेको बताउनुभयो ।भ्रष्टचार बिरुद्वको अन्तराष्ट्रिय दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा वोल्दै उहाँले भ्रष्टचारलाई रोक्न अधिकार सम्पन्न अख्तियार दुरुपयोग अनुसंधान आयोग लाई अझ बढी क्रियाशील हुन जोड दिनुभयो । ब्यबस्थापिका संसद अर्न्तगत र्सार्वजानिक लेखा समिती र अख्तियार दुरुपयोग अनुसंधान आयोग बिच पारस्परीक सम्बन्ध हुनुपर्ने जोड दिदै सभामुख नेङवाङले यि दुई निकायले भ्रष्टचारी लाई कानुनको कटधरामा उभ्याई आवस्यक सजाय दिन सक्नु पर्ने बताउनु भयो । भ्रष्टचार बिरुद्वको संयुक्त राष्ट्रसंधिय महासन्धिको अनुमोदन छिटे नै ब्यबस्थापिका संसदबाट परीत गर्ने पनि उहाँले प्रतिबद्वता जनाउनु भयो ।
त्यसैगरी अनुमोदनका प्रक्रियामा रहेका प्रतिबद्वता पूरा गर्ने तर्फसरकारको ध्यानकेन्द्रित गर्ने बताउदै सभामुख नेङवाङले सबै तह र तप्काका जनताले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । अधिकार सम्पन्न अख्तियार दुरुपयोग अनुसंधान आयोग पारदर्शी हुनुपर्नेमा उहाँका तर्क थियो । नेपालले भ्रष्टचार बिरुद्वको संयुक्त राष्ट्रसंधिय महासन्धिको १० डिसेम्बर २००३ मा हस्ताक्षर गरेको भएप्नि यस्को अनुमोदन हुन सकेको थिएन । भखरै ट्रन्सपरेन्सि इन्टरनेश्नलले प्रकासीत गरेको तथ्याङ्क अनुसार नेपाल भ्रष्टचार हुने मुलुकहरुमा १३१ औ स्थानमा पर्दछ ।

संविधान सभा निर्वाचनको मिती तोकिने

शान्ति तथा पुर्न निर्माण मन्त्री रामचन्द्र पौडेलले मंशिर भित्रै संविधान सभा निर्वाचनको मिती तोक्ने सहमति भएको खुलासा गनुभएको छ । नेकपा एमाले संसदीय दलको कार्यालयमा नेपाली काग्रेस र नेकपा एमाले विच भएको छलफलमा सहभागी भएपछी पौडेलले सो कुरा खुलासा गनुभएको हो माओबादी पनि चुनावको मिती तोक्नेबारेमा सहमत भएको मन्त्री पौडेलले जानकारी दिनुभयो । निर्वाचनको मिती तोक्ने विषयमा ठोकुवा गर्दै उहाँले यसै वर्षा निर्वाचन सफलताका साथ सम्पन्न गर्न आवश्यक सहमती जुर्टाई थप गृहकार्य गरीरहेको बताउनुभयो ।

Sunday, December 9, 2007

माओवादी पनि राजाबादी भएको - मन्त्री पौडेल

शान्ति तथा पूननिर्माण मन्त्री रामचन्द्र पौडेलले माआवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तीमा गम्भिर षडयन्त्रको गन्ध आएको बताउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा पौडेलले माआवादी राजासित मिलेर जान चाहेको बताउदै माआवादी पनि राजाबादी भएको आरोप लगाउनु भयो । चुनावमा हारिएला कि भनेर यो नाटक गरेको पनि उहाँको भनाई थियो

सरकारमा बस्ने अधिकार छैन

रष्ट्रिय जनशक्त्ति पार्टी अध्यक्ष सुर्यबहादुर थापाले सात दलले जनआन्दोलनको भवाना अनुरुप संविधान सभा निर्वाचन गर्न नसकेको अरोप लगाउनु भएको छ । यदी सातदलले जनआन्दोलनको भवाना अनुरुप संविधान सभा निर्वाचन गर्न सक्दैन भने सरकारमा बस्ने उसलाई कुनै अधिकार छैन भन्दै उहाँले तत्काल सरकार छोडन चेतावनी दिनुभयो । पार्टीको केन्द्रिय कार्यसमितीको बैठक पछी शनिवार पत्रकारहरु सँग थापाले भन्नुभयो संविधान सभा निर्वाचनको तत्काल मिती घोषणा नभए जनताले अब अर्को आन्दोलन ल्याउन सक्दछन । माआवादी अध्यक्ष प्रचण्डले दिएको वक्तब्यको प्रश्नमा उहाँले तत्काल कुनै प्रतिकिया दिन चाहनुभएन ।
माओवादी अध्यक्ष प्रचण्डले राजाबादी र सात दल एक भएर राजनीतिक समस्या समाधान गर्नुपर्ने भन्ने धारणाको पार्टी भित्र छलफल नगरी निर्णय गर्न नमिल्ने सञ्चारकर्मीलाई बताउनु भयो । उहाँले राजसंस्थाबारे जनताले नै निर्णर्य गर्न पाउने भन्दै अध्यक्ष थापाले सबै अधिकारवाट खोसिएका राजा राजनीतिमा र्फकन नसक्ने धाराणा बताउनु भयो ।

Saturday, December 8, 2007

सात दल र्सवसत्ताबादी सोच भएको - पशुपति शमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मंसिर भित्र संविधानसभा निर्वाचनको मिती नतोके सरकारको कुनै हालतमा वैधता नहुने बताएका छन । आज पार्टी केन्द्रीय कार्यालय चबाहिलमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले तत्काल निर्वाचनको मिती तोक्न आग्रह गर्नुभयो । सात दल विरुद चर्को रुपमा आक्रोसित हुदै राणाले निर्वाचन लाई ओझेलमा पारेर सात दल एक छत्र शासन गर्न लगेको आरोप लगाउनुभयो ।
तत्काल संविधानसभा निर्वाचन हुनु पर्ने बताउदै उहाँले सात दललाई र्सवशताबादी सोच भएको बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीको २३ मंसिर बाट हुने महाधिवेसनले गणतन्त्रमा जाने नजाने बारे पत्रकारको प्रश्नमा उहाँले पार्टीको धारणा प्रष्ट नआईसकेको बताउनु भयो ।

तर्राईमा बिभिन्न समुहले आन्दोलनको घोषणा

मधेशमा आन्दोलन चर्काउन नेपाल सदभावना पार्टी (महतो पक्ष) र मधेसी जनधिकार फोरम (उपेन्द्र पक्ष) विच कार्यगत एकताको मोर्चा बन्दी भएको छ । आज उनिहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी दुवै पक्षले मोर्चा बन्दको धोषणा गरेका छन ।
पौष १५ वाट आन्दोलन शुरु गर्न लागेको सो आन्दोलनको नाम संयुक्त मधेशी मोर्चा राखेका छन । सदभावनाका असुन्तष्ट पक्षका अध्यक्ष राजेन्द्र महतो र फोरमका अध्यक्ष उपेन्द यादवले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा स्वयक्त मधेस प्रदेश, हिन्दी भाषालाई राष्ट्रभाषा बनाउनुपर्ने लगाएतका माग राखेका छन ।

Friday, December 7, 2007

मनोनित संख्या बढाएर संविधान सभा निर्वाचनमा जाने -प्रम

प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले संविधानमा उल्लेख भएनुसार संविधान सभा निर्वाचनमा मनोनित संख्या बढाएर संविधान सभा निर्वाचनमा जान सकिने नयाँ प्रस्ताव अधि ल्याउन लागेको खुलासा गर्नुभएको छ । काग्रेसका शिर्ष नेताहरु विच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री कोईरालाले सो कुरा बताउनुभएको बालुवाटार स्रोतले जनाएको छ ।
छलफलमा नेताहरुलाई गम्भिर भई राजनितिक संकट समाधान गर्ने तर्फलाग्न प्रधानमन्त्री कोईरालाले निर्देशन दिनुभएको थियो । सहमतीका लागी गणतन्त्र धोषणा र निर्वाचन प्रणालीबारे महत्वपूर्ण निर्णय लिन लागेको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा उपस्थित काग्रेसका शिर्ष नेताका अनुसार प्रधानमन्त्री कोईरालाले समानुपातीकमा नजाने स्पष्ट परिसकेको र सहमती खोज्न अरु उपाय अगाडी सारेको बताउनु भयो ।

अनमिनको समय थप्न माओवादी सहमत

नेपाल स्थित राष्ट्रसंधिय मिसन अनमिनको समय थप्न माओवादी सहमत भएका छन । आज बिहान माओवादी अध्यक्ष प्रचण्ड र अनमिन प्रमुख र इयान मार्टिन विचको भेटमा माओवादीले ६ महिना सम्म अनमिनको समय थप्न सहमती भएको जनाईएको छ । भेटमा रहेका माओवादी नेता मोहन वैध किरणले पत्रकारलाई अनमिनको समय ६ महिना थप्न सरकारले पढाउन लागेको पत्रमा सहमती जनाएको बताउनुभयो ।
उहाका अनुसार जनसेनाको दोस्रो चरणको सेना प्रमाणीकरणका बारेमा पनि छलफल भएको जानकारी दिनुभयो । त्यसैगरी माओवादी अध्यक्ष प्रचण्डले अनमिनले हातहतियार व्यबस्थापनको प्रमाणीकरण प्रति सन्तुष्ट व्यक्त गर्नुभएको नेता वैधले जनाउनु भयो् ।

फ़्रान्सको राजधानी पेरिसमा बम बिस्फोट

डिसेम्बर ६,२००७। केहि समय अगाडि मात्र फ्रान्सको राजधानी पेरिसको मध्य भागमा एक भवन भित्र बम बिस्फोट भएको समाचार छ । बम बिस्फोटनबाट एक जना को ज्यान गएको छ भने अन्य छ जना घाईते भएको बताईएको छ । बम बिस्फोट भएको भवन मा फ्रान्सका रास्ट्रपतीका वकिलको कार्यालय पनि रहेको बताईएको छ । हाल अधिकारिहरुले घटनाको बारेमा अनुसन्धान भईरहेको बताएका छन । घटनाको पुर्ण बिबरण प्राप्त हुन बांकि रहेको छ ।