Thursday, December 6, 2007

अमेरीकामा बंदुकधारीद्वारा नौ जनाको हत्या

डिसेम्बर ६, २००७ । अमेरीकाको नेब्रास्कामा एक १९ बर्षिय बंधुकधारीले शपिंग सेन्टरमा अंधधुंध गोलि चलाई आठ जनाको ज्यान लिएका छन भने आफ़ु स्वयंले पनि आत्महत्या गरेका छन । फ़ायरिंगबाट घाईते भएका अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ती मध्य दुईको अवस्था गम्भिर रहेको बताईएको छ । समाचारस्रोतका अनुसार १९ वर्षीय बंदूकधारी रोबर्ट हॉकिन्स स्थानीय बासिन्दा भएको बताईएको छ । राष्ट्रपति जर्ज बुशले घटना प्रति दु:ख ब्यक्त गर्दै शोक शन्तब्ध परिवार प्रति संबेदना ब्यक्त गरेका छन ।
प्रहरीका अनुसार रोबर्टको आमाले रोबर्टले लेखेको एक चिट्ठी फेला पारेकी छिन जसलाई आत्महत्या पुर्बको चिट्ठीको रुपमा लिइएको छ । एक प्रत्यक्षदर्शी का अनुसार घटनाको समयमा ३५ देखि ४० राउण्ड को हाराहारिमा गोलिको आवाज सुनिएको थियो । अमेरिकामा यस्ता घटनाहरु घटीरहने गरेका छन । यस भन्दा पहिले पनि भर्जिनिया टेक यूनीवर्सिटीमा भएको यस्तै घटनामा ३२ ब्यक्तिको ज्यान गएको थियो ।

निर्वाचनमा जान अब गोलमेच सम्मेलन - माओवादी

माओवादीले निर्वाचनमा जान अब गोलमेच सम्मेलनबाट जाने प्रस्ताव अघि सारेको छ । आज राजनितिक सहमति जुटाउन सिहंदरबारमा बसेको काग्रेस माओवादी बिचको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव पेश गर्नु भएको थियो । उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई भने पुन दोहोर्याउनु भएको छ । यदि निर्वाचन पूर्ण समानुपातिक भएन भने सबै जनजाति, गरिब, समुदायका जनता सहभागी हुन नस्कने बताउनु भयो ।
तर काग्रेस यसमा सहमति हुन नसकेको अध्यक्ष प्रचण्डले जानकारी दिनु भयो । काग्रेसले सविधान सभा पछि लागु हुने गरी गणतन्त्र घोषणा गर्न तयार देखिएता पनि निर्वाचन प्रणालीमा विगतको सहमति अनुरुपनै हुनु पर्नेमा जोड दिएको थियो । काग्रेसका कार्यवाहक सभापति शुशिल कोइरालाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान नसकिने बताउनु भयो । आफुहरु गणतन्त्र स्थापनामा प्रतिबद्य भएको बताउदै कोइरालाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा काग्रेस जान नसक्ने बताउनु भयो । तिन घन्टा लामो छलफलमा सेना समायोजन्, सिविर व्यवस्थापन, बेपत्ता नागरिकको अवस्था र्सार्वजनिक लगायतका बिषयमा छलफल भएको थियो ।

परिक्षा हुने नहुने विद्यार्थी निर्णायक

परिक्षा हुने नहुने विद्यार्थी निर्णायक स्नातकोत्तर तह दोस्रो बर्षो अग्रेजी अर्न्तगतको आन्तरीक परिक्षा विद्यार्थीको नालायिकपन र त्रिभुवन विश्वविद्यालय प्रसासनको लापरवाहीले १९ गते हुने Intellectual History को परिक्षा स्थगित भएको छ ।
परिक्षामा सामेल भएका एक परिक्षार्थीले दिएको जानकारी अनुसार परिक्षार्थीलाई सम्बन्धीत प्रश्नको बारेमा परिक्षा लेख्न नआएकोले सम्पूर्ण विद्यार्थीले परिक्षा बहिस्कार गरेका थिए । उहाँका अनुसार परिक्षार्थीले परिक्षानै नदिई त्रिभुवन विश्व विद्यालयले अकं दिनु पर्ने माग राखेका छन् । त्रिभुवन विश्व विद्यालय प्रसासनसगँ यस विषयमा सर्म्पर्क गर्न खोज्दा सर्म्पर्क बाहिर भए ।

आज संसद बैठक

संसदको नियमित हिउदे बैठक आज सिंहदरवार स्थित संसद भवनमा बस्यो । आज बसेको बैठकमा बिशेष समय लिदै नेपाली काग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो भनाईले सात राजनैतिक दलबिच अन्योलको स्थिति आएको बताउनु भयो । माओवादी गणतन्त्रको कुरा गर्दै राजाबादीसगँ मिलिरहेको आरोप उहाँले लगाउनु भयो ।
एमालेका सांसद प्रदिप ज्ञवालिले माओवादी जनसेनाको शिविरको अवस्था बिग्रिएकोमा सबै सांसदहरुको ध्यान केन्द्रित गर्दै जाडो याममा जन सेनाको राम्रो व्यवस्था हुनु पर्ने बताउनु भयो । त्यसैगरी नेपाल एकिकृतका सांसद नवराज सुवेदीले नेपालको सिमावर्ती क्षेत्रमा भारतीय पक्षबाट दश गज क्षेत्र मिचेको भन्दै ततकाल त्यसलाई बन्द गर्न नेपाल सरकारले उचित कदम चाल्नु पर्ने बताउनु भयो ।

युरोपेली युनियनको टोका मिसन नेपालमा

नेपाल भ्रमणमा रहेको युरोपेली युनियनको टोक मिसनले आज प्रधामन्त्री गिरिजा प्रसाद कोईरालासँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संविधान सभा निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने मिसनका प्रतिनिधिले प्रधानमन्त्री कोईरालासँग राखेका थिए । संविधन सभा निर्वाचन नहुदा शान्ति प्रक्रियामा अवरोध आउने निर्ष्कश निकाल्दै मिसनले सात दल एक भएर निर्वाचनको मिति तत्काल धोषणा गर्न सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ ।
युरोपेली युनियनका विशेष प्रतिनिधि मेट्रो मोइटिनही डि आल्माको नेतृत्वमा आएको सात सदस्यीय मिसनले निर्वाचन पछी नै सबै राजनैतिक सहमती हुनेमा पनि जोड दिएको छ । संविधन सभा निर्वाचनमा आवश्यक सहयोग गर्न पनि युरोपेली युनियन तयार रहेको जानकारी मिसनले प्रधानमन्त्री कोईरालालाई दिएको थियो । गणतन्त्रको सवालमा मिसनले नेपाली जनतालाई सबै कुराको निर्णय गर्नदिनुपर्दछ भन्दै गणतन्त्रको पक्षमा पनि जनतको मतबाट निर्णय गर्न प्रधानमन्त्री कोईरालालाई सुझाब दिएको थियो । प्रधानमन्त्री कोईरालाले नेपालको शान्ति प्रकिया पछिल्लो राजनितिक धटनाक्रम लगायतका विषयमा मिसनलाई जानकारी दिनुभएको बालुवाटार स्रोतले जनाएको छ ।
नेपालको पछिल्लो राजनितिक घटनाक्रमका बारेमा जानकारी लिन १८ गते मिसन नेपाल आएको थियो । मिसनले आजै एमाले महासचिव माधव कुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड सभमुख सुवास चन्द्र नेङवाङ, प्रमुख निर्वाचन आयुक्त सँग भेटधाट गरिसकेको छ ।

Wednesday, December 5, 2007

बेलाको बोली - ज्ञानेन्द्र शाहको खोपी डायरी

खगेन्द्र संग्रौला
मलाई यो जिन्दगीले
कहा पुर्‍यायो
कहिले हसायो, कहिले रुवायो
कहिले लोभ्यायो, कहिले सुतायो
मलाई यो जिन्दगीले....
अचेल म खिन्न मुडमा इतिहासको यात्राका आफ्नै पदचिह्नहरू हर्दै यसरी गुनगुनाउछु । सम्झन्छु, एकताक मैले पनि जी शाहको भेषमा गीत लेखेको थिए । मेरा केही भक्तहरूले भाका हालेर ती गाएका थिए । अनि मेरा केही चम्चाहरूले मेरो अनुपम प्रतिभाको मुक्तकण्ठले तारिफ गरेका थिए । अहिले सिंहासन ढलपल भएर मन रित्तो हुदा मलाई गीत लेखु- लेखु लाग्छ । तर मनको लय नराम्ररी भङ्ग भएको छ । लेख्न खोज्दा गीतको लय नै मिल्दैन । निधार मुजा पार्दै घोत्लिन्छु, म के थिए, म के भए,के गरुला भन्ने थियो, साला नियतिले के गरायो ।
प्रातःस्मरणीय कवि राजा महेन्द्रले लेखिबक्स्याथ्यो( नसिव सबको एक कहा हुन्छ र, हुदैन । पूज्य पिताले त्यो मेरै दुःखद भविष्यको पर्वानुमान गरी लेखिबक्स्या रहेछ क्यार । अहो, पिताश्रीको काव्य-दृष्टि कति दूरदर्शी )
शेक्सपियरले हो कि कसले लेखेको हो अहिले बिर्से विपत्तिहरू एक्लै आउदैनन् । आउदा ती घोडा चढेर आउछन् र जादा पैदल जान्छन् । नभन्दै मलाई त्यस्तै आपत् आइलाग्या छ । शासनको वागडोर मलाई कति साह्रो मनपरेको थियो, हुलहुज्जत गरेर बडो निर्मम तरिकाले त्यो खोसियो । त्यसमा स्वाद थियो,त्यसमा शान थियो, त्यसमा गौरव थियो, त्यसमा दौलत थियो । साला, त्यो सब हरण गरियो
लौ, पुत्र र पत्नीमोहतर्फमेरो मन खिचियो । मेरा पुत्र पारस नराम्रा मान्छे होइनन्, तर बबुरालाई कुलतले नाश गर्‍यो । धर्मपत्नी कोमल कताकता आफैमा हराएजस्ती भा'छिन् । एकातिर शासनको वागडोर हरिनु, अर्कातिर पुत्रको त्यो गति हुनु, अझ अर्कातिर म पतिदेवको अनुहारमा अहोरात्र औसीको रङ पोतिनु यी सब दुःखहरू एकछत्र आघात यी सोझी महिलाको हृदयमा परेको छ । उसै त अन्तरमुखी र अल्पभाषी, अहिले क्षितिजतिर हेरेर टोलाउनुबाहेक न यिनका ओठमा हसीखुसी छ, नत यिनको गलोबाट बोली नै फुट्छ । कहिलेकाही त सत्ता र दौलतका लागि हत्ते हालेर आफ्नी एकनिष्ट धर्मपत्नीलाई यो दयनीय दशाको भुमरीमा पारेकोमा मलाई पछुतो लागेर आउछ ।
जे होस्, जुनसुकै बादलमा पनि चादीको घेरा हुन्छ । अहिले मेरो शासनको वागडोरमाथि लागेको कालो बादलमा पनि म त्यो घेरा प्रत्यक्ष देखिरहेको छु । मेरो आसा राख्ने ठाउ त्यही चादीको घेरा हो । मेरालागि त्यो सान्त्वनाको शीतल छहारी हो । वागडोर जसले खोसे, आखिर तिनको पनि त चाल उति निको छैन । दलभित्रै कलह छ । दलहरूबीच कलह छ । दलहरू र देश-दुनिया बीच कलह छ । कुर्सीका लागि कलह । सत्तामा बर्चस्वका लागि कलह । कलह दिनानुदिन बढ्दो छ । कलहको यो शृङखला मेरालागि शुभसङ्केत हो । वर्गबन्धु बालकृष्ण समको कथनलाई सम्झेर म धर्यधारण गरिरहेको छु बेला वसन्तको र पर्ख जिन्दगीको हठी बनी । सहु, सहु, सहु बाबु सहनै नसके पनि ।
मेरा आफ्ना मानिसहरू वाइसीएलको डरले दुलामा पसे त के भो, मेरालागि बोल्ने मेरा प्यारा सेवकहरू दलहरूभित्रै छन् । मेरो सहारा दलहरूभित्रै छ । मेरो भविष्य दलहरूभित्रै छ । दलहरूभित्र असल मानिसहरूको बढ्दो लस्कर देख्दा अहिले मलाई झयाट्ट केपी शर्मा ओलीको याद आयो । रायमाझी आयोगको प्रतिवेदन अध्ययन गरी दोषीलाई सजायको सिफारिस गर्ने जिम्मा यिनका काधमा परेको थियो । जातले यी कम्युनिस्ट हुन् भन्थे । अहो ! यिनले बिताउने पो हुन् कि भनेर मेरो निद हराम भयो । यिनले लोते रायमाझी आयोगको अमर्त प्रतिवेदन बदर गरी दह्रो आयोग गठन गर्ने कुरा पो उठाउलान् कि - म साह्रै चिन्तित भए । तर यिनले, यी असल ओलीले,प्रतिवेदनअनुसार राजामाथि कारबाही गर्नु नपर्ने ठहर गरे । त्यो सुन्दा मलाई यिनलाई डाकेर नमस्कार गर्न मनलागेको थियो । राजनेता हुनु त यस्ता पो कति गहिरो मानवीय करुणा कति पवित्र स्वामीभक्ति कति अटल साहस कति अथक चेष्टा ।
म काङ्ग्रेसभित्रका आफन्तहरूलाई सम्झन्छु । उता काङ्ग्रेसका दुइ टुक्रा एक हुने चर्चा बढेर गयो, यता म झस्के । एक भएर यिनले एकमुखले गणतन्त्रको हल्ला गर्ने त होइनन् - मनमा आशङ्का र त्रासको भुमरी उठ्यो । तर दुइ काङ्ग्रेसको एकीकरणमा मेरा छरिएका सपनाहरूकै एकीकरण भयो । सुजाता, गोविन्द, खुम, विनय, केबी आदि-इत्यादि गरी काङ्ग्रेसभित्र असल मानिस त कति हो कति रहेछन् ती मेरा मानिस हुन् म भन्दिन । तिनलाई अप्ठ्यारो पर्छ । तथापि म भन्छु र भनिरहन्छु( ती असल मानिस हुन् । मेरो लच्किएको र हल्लिएको सिंहासनलाई ठाडो र स्थिर बनाइदिने उत्तम दर्जाका प्रजाहरू यिनै हुन् । यी छन् र न मेरो भविष्य छ । दुःखमा मेरा अच्छा साथीहरू ।
झरेको पातझै बतासमा उडिरहेको मेरो भ्रमित चित्तमा अहिले एकाएक चिन्तनको तरङ्ग पैदा भयो । 'पथ' बारेको चिन्तन । पहिले पथहरू भौतिक भूगोलमा बनाइन्थे । त्रिभुवन राजपथ, महेन्द्र राजपथ आदि । तर प्रचण्ड टाइपका प्रजाहरू मानसिक भूगोलमा पथ बनाउन थाले । प्रचण्डपथ यो देख्दा मलाई पनि आफ्नो ओजस्वी नामका पछिल्तिर पथ जोडेर अमर कीर्तिमान कायम राख्न रहर लागेर आयो । अनि नया पथमा के हुनुपर्ने रहेछ भनेर मैले प्रचण्डपथ पढिहेरे । तर तातोभुत्लो केही बुझे पो संश्लेषण र विश्लेषण, क्रमभङ्ग र छलाङ, महाविपत्ति र कुन्नि केजाति जस्ता बुझिनसक्नु कुराको जञ्जाल छ । मैले बुझे, नाथे पथ बनाउन केही गाह्रो रहेनछ । मलाई असल प्राज्ञ वासुदेव त्रिपाठीलाई केही यस्तै गाठा परेका शब्दहरूको माला उनेर ज्ञानेन्द्रपथ बनाउन अह्राउ कि भनी जङ चलेको छ । नाथे प्रजाले पथ बनाइसक्यो, म राजा भने नाङ्गै छु । मैले कसरी सहनु यो
खुसीको खबर, अचेल म निकै नै पढन्ते भएको छु । अरू काम छैन, अखबार खुब पढ्छु । जे पढ्यो, मैमाथि फत्तुर थोपरिएका देख्छु । मैले यस्तो गडबडी मच्चाए रे, मैले उस्तो षडयन्त्र गरे रे । तर यो सत्य होइन । प्रजाहरू असन्तुष्ट छन् । त्यो मेरो कारणले होइन, दलहरूको कारणले हो । अमनचैनको स्थिति चौपट छ । त्यो पनि मेरो कारणले होइन, दलहरूकै कारणले हो । परिस्थितिमा तिनले भ्वाङ पारेपछि भ्वाङमा घोचो घुसारेर कसैले उधिन्यो होला । त्यसमा मेरो के दोष - दलहरू आफै मेरो मर्जी अनुसारको स्थिति बनाइदिनमा मग्न छन् भने मैले यसो र उसोको लेठो गरिरहनु नै किन पर्‍यो - तैपनि मैमाथि फत्तुर - आफू नाच्न जान्दैन, म मौन आगनलाई दोष ।
अ, अखबारमा कू-का कुरा म खुब पढ्छु । कुरा गर्ने खास गरेर माओवादीहरू हुन् । पढ्छु र म त्यसै-त्यसै दङ्ग पर्छु मेरो नूर गिरेको शिर ठाडो हुन्छ । मेरा फुस्रा ओठमा मुस्कान नाच्न थाल्छ । बाहिर जतिसुकै फुर्ती गरे पनि भित्र मसग यिनलाई कत्रो डर मलाई थाहा छ, दलहरूको डरमा राजाको शक्ति हुन्छ । प्रजाहरूको गरिबीमा राजाको वैभव हुन्छ । दुनियाका आसुमा राजाको हासो हुन्छ । अनि दलहरूको आपसी टोकाटोक र ठोकाठोक, तीप्रति प्रजाहरूको असन्तोष र विरोध, जातीय किचलो र काटमार, सामाजिक बेथिति र कोलाहल आदिको गर्भमा राजाको भाग्य लुकिबसेको हुन्छ । चारैतिर हेर्छु मखलेल मुद्रामा विचार गर्छु मेरो भविष्य उतिविधि बेठीक छैन क्यार ।
धत्तेरिका, मलाई घरि-घरि पर्भेज मुर्सरफको सम्झनाले किन यसरी गाजिरहन्छ - ती मेरा देवदूत सरहका प्रेरक थिए । तिनका पदचिह्न पछ्याउनु मेरो उत्कट इच्छा थियो । तर तिनले रुदै आफ्नै हातले आफ्ना कुममाथिका जङ्गी फुलीहरू फुकालेर फाले । यसरी मेरा ती नाथले मलाई अनाथ बनाए । यसो गम्छु, कतै तिनको पलायन मेरालागि अनिष्टको सूचक त होइन - कतै मैले पनि आफ्नो प्राणप्रिय सिंहासनबाट त्यसैगरी पलायन गर्नुपर्ने त होइन ।
आ...बेकारको मनचिन्ते ताना । मुर्सरफ दादा बर्दीमा नभएर के भो - मेरा जोशी, ओली, खड्का, चन्द, कोइरालाहरू छदैछन् । दलभित्र मेरो पक्षमा ती आन्दोलनरत छन् । मैले केही गर्नु पर्दैन । भनु भने मैले वरको सिन्को पर नसारे पनि हुन्छ । गर्नुपर्ने जे-जे हो, त्यो तिनैले गर्छन् । प्रचण्डपथमा पढेको सम्झन्छु, के जाति यो वर्गको कुरा हो रे । उस्तै-उस्ता सगै बाचौ, सगै मरौ,छदाखादाको बर्दी फुकालेर मुर्सरफ स्याल भए । तर म बाघ हु, प्रयोगवादी बाघ ।
म अन्तिम प्रयोगको व्यग्र प्रतीक्षामा छु । प्रयोग गर्छु बाघे झम्टाद्वारा शासनको वागडोर ग्रहण गर्ने यत्न गर्छु मेरो प्रयोगमा केही त्रुटि होला त के भो - त्रुटि सच्याइदिने मेरा अनुचरहरू दलहरूभित्र जति पनि छदैछन् ।
मेरा दुःखी आसेपासेहरू मलाई घेरेर घरि-घरि सोध्छन्,सरकार! अब के हुन्छ - विगतका मेरा धेरै अनुमानहरू सही जचेनन् । त्यसकारण ठ्याक्कै यही हुन्छ भन्न म हिचकिचाउछु । तर लाग्छ, जे हुन्छ, ठीकै हुन्छ । श्री पशुपतिनाथले मेरो सिंहासन, म र मेरा जोदाहा ताबेदारहरूको कल्याण गरुन् । (source: Kantipur)

Tuesday, December 4, 2007

मुलुक गणतन्त्रमा गईसकेको छ - नेताहरु

एमालेका महासचिव माधब कुमार नेपालले गोरु ब्याउनु र माओबादी पार्टी संविधान सभा निर्वाचनमा भाग लिन्छु भन्ने तर्क एक भएको जानकारी दिनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले माओबादीले संविधान सभा निर्वाचनको नाममा विभिन्न बाधा उत्पन्न गरिरहेको बताउदै माओबादीले निर्वाचनमा हारीएलाकी भनेर यसो गरिरहेको बताउनु भयो ।
प्रजातन्त्रवादी पार्टीको रुपमा स्थापित पार्टीले प्रजातन्त्रको मुल्य र मान्यताहरु ब्यबहारमा उर्तान सक्नु पर्नेमा जोड दिदै महासचिव नेपालले हत्या हिंसा चारी डकैती छोडी जनआन्दोलनको मुल मर्ममा सबै पार्टीलाई आउन आग्रह गर्नुभयो ।
नेपाली काग्रेस र माओवादी पार्टीले आ आफ्नो हट छाडी संविधान सभा निर्वाचनको मिती तोक्न आग्रह गर्नुभयो । माओवादी पार्टी प्रति लक्षित गर्दै उहाँले जनतामाझ जान डराउने पार्टीले संविधान सभा निर्वाचन विथोलिरहेको बताउनु भयो । नेकपा माओवादीका पोलिटव्यूरो सदस्य सि.पी गजुरेलले संविधान सभा निर्वाचनको मिती निर्धारण नर्गनुमा नेपाली काग्रेस प्रमुख वाधक रहेको बताउनुभयो ।
नेपाली काग्रेस अझैपनि राजाको पक्षमा रहेको वताउदै नेता गजुरेलले यथास्थितिवादी चिन्तनले काग्रेस पुर्णरुपमा जकडीएको कारण राजालाई उसले हटाउन सकेको छैन भन्नुभयो । आज सम्पुर्ण जनताको माग गणतन्त्र र पुर्णरुपमा समानुपातिक निर्वाचन प्रणाली भएकाले माओवादीले यी मुद्दा अधिसारेको उहाँले बताउनुभयो ।
उहाँले अहिले मूलुक पुर्णरुपमा विदेशी हस्तक्षेपमा चलेको आरोप लगाउदै गणतन्त्र कहाँ र कसरी ल्याउने भन्ने अधिकार नेपाली जनताको हातमा छ कुनै विदेशी शक्तिले भनेर हुदैन भन्नुभयो ।
देशको राजनिती अहिले Climax मा पुगिसकेको बताउँदै नेता गजुरेलले सात पार्टीको एकता टुटनु नहुनेमा जोड दिनुभयो ।
नेतृत्व परिवर्तन बारेमा पत्रकारको प्रश्नमा उहाँले जनआन्दोलनको लक्ष्य अनुरुप सरकार चलाउने भए ठिकै छ नत्र सोच्न बाध्य हुनेछै भन्नुभयो । नेपाली काग्रेसका केन्दि्य सदस्य होमनाथ दाहालले सबै जनता राजतन्त्रको अन्त्य र गणतन्त्रको पक्षमा रहेको भन्दै काग्रेस पनि महासमितीको बैठकबाट गणतन्त्रमा गईसकेको बताउनुभयो । नेपाली काग्रेस गणतन्त्रको पक्षमा गईसकेको छ यस लाई कसरी लागू गर्नेमात्र बाकी रहेको उहाँले बताउनुभयो ।

रूसको निर्वाचनमा राष्ट्रपति पुतिनको दल बिजयी, निर्वाचन निष्पक्ष नभएको आरोप

रूसमा आईतबार भएको निर्वाचनमा राष्ट्रपति पुतिन को यूनाइटेड रशिया पार्टी ६४.१ % मत प्राप्त गरि बिजयी भएको छ । बिभिन्न पक्षहरुले निर्वाचन निष्पक्ष नभएको बताएका छन । अर्गनाइज़ेशन फ़र सेक्युरिटी एण्ड कोओपरेशन इन यूरोप (ओएससीई) र काउन्सिल अफ़ युरोपले चुनाव पर्यवेक्षकको एउटा साझा टीम रूस पठाएको थियो जसले रुसको निर्वाचन निष्पक्ष नभएको टिप्पणी गरेको छ भने रूसका विपक्षी दलले निर्वाचनमा धांधली भएको बताएका छन । यद्दपी रूसी निर्वाचन आयोगले त्यसलाई इन्कार गरेको छ ।
विदेशी पर्यवेक्षकका अनुसार चुनाव त्यस्तो माहोलमा गराईयो जहां राजनीतिक प्रतिस्पर्धाको कमी र सबै राजनैतिक दललाई बराबर अबसर पनि दिइएन । पर्यवेक्षकले आफ़्नो रिपोर्टमा जनाए अनुसार सत्ताको दुरुपयोग गरिएको, संचार-माध्यममा सत्ताधारी को समर्थनमा प्रचार गरिएको र निर्वाचन आचार संहिता अन्य राजनैतिक पार्टिलाई मुश्किल हुने गरि बनाईएको जनाएको छ । ओएससीईले निर्वाचन हुनुभन्दा अगावै एउटा ठुलो पर्यवेक्षक टोली पठाउन लागेको थियो तर रुसले भिसा जारी गर्न ढिलाई गरेको र अनेक अड्को थापेको अरोप लगाएको छ । यद्दपी रुसले भने यो आरोपको खण्डन गरेको छ ।
विपक्षी कम्युनिस्ट पार्टीले यो निर्वाचन परिणामको बिरुद्दमा कानुनि चुनौति दिने बताएको छ । पार्टीले आगामी संसदको बहिष्कार गर्ने बताएको छ । कम्युनिस्ट पार्टीका नेता गेनाडी जुगानोव ले आफ़ु र आफ़्नो पार्टीले यस परिणामको विश्वास नगर्ने बताएका छन । एक स्वतन्त्र रूसी संगठन गोलोज़ ले पनि निर्वाचनमा धांधली भएको बताएको छ । तर रूसी निर्वाचन आयोगका अध्यक्ष व्लादीमिर चुरोव ले सरकारी टेलिभिजन मार्फत निर्वाचनमा कुनै गडबडि नभएको र संविधानको नियम अनुसार पुतिन ले आफ़्नो दोस्रा कार्यकाल पूरा भएपछि राष्ट्रपति पद छाड्न पर्ने बताएका छन । उनले पुतिनले प्रधानमंत्री पदको शपथ लिन सक्ने संकेत दिएका छन ।

श्रीलंकामा भीषण भिडन्त

श्रीलंकामा सरकारी सेना र तमिल टाईगर (एलटीटीई) बिच भिषण संघर्ष जारी रहेको समाचार प्राप्त भएको छ । देशको उत्तरी जाफ़ना प्रायद्वीपमा भएको ताजा भिडन्तमा ३५ बिद्रोही र ६ सैनिक जवानको ज्यान गएको छ । हालका दिनमा उत्तरी जाफ़ना प्रायद्वीपमा निकै नै हिंसा बढ्दै गईरहेको छ । श्रीलंकाली सेनाका प्रवक्ता ब्रिगेडियर उदय नानायकरा का अनुसार सेनाले शनिवार जुन ईलाका कब्जा गरेका थियो त्यहीं नै एलटीटीई ले हमला गर्यो जसलाई सेनाले बिफल बनाईदिएको थियो । संघर्ष चलीरहे पनि हाल उक्त इलाकालाई सेनाले आफ़्नो नियन्त्रणमा लिएको छ ।
श्रीलंकाको उत्तर-पूर्वी इलाकामा स्वायत्तताको माग गरिरहेका तमिल विद्रोहि र श्रीलंकाली सेना बीच सन् १९८३ देखि चलेको लडाईं हालसम्म पनि चलिरहेको र यसबाट ७० हजार मानिसले ज्यान गुमाईसकेका छन । सन् २००२ मा नर्वे को मध्यस्थतामा दुबै पक्ष बीच युद्धविराम भएको थियो तर पछि फेरि युद्धविराम भंग भएपछिको सेना र एलटीटीई बीचको संघर्षमा पांच हजार भन्दा बढिको ज्यान गईसकेको छ ।

Sunday, December 2, 2007

आज खुलामञ्चमा बृहत महिला भेला

नेकपा एमालेका महासचिव माधव कुमार नेपालले नेपाली समाजमा अझै सामन्तीवादी कु-संस्कार हावी रहेको कारण नेपाली जनताले चाहे जस्तो प्रगती हासिल गर्न नसकेको बताउनु भएको छ । सामन्तवादी कु-संस्कार नेपाली जनता तथा राजनितीक पार्टी पनि हावी रहेकोले नेपाली जनताले सामन्त कु-संस्कार विरुद्द लाग्न आम जनतालाई आहृवान पनि गर्नु भएको थियो । यस्तो कुसंस्कार सोच अब नेपालमा गणतन्त्र भएमात्र हटने पनि उहाँको तर्क थियो ।
राजधानीमा आयोजित बृहत महिला भेलालाई सम्बोधन गर्दौ महासचिव नेपालले सामन्तीवादी चिन्तनले नै अहिले महिला , आदिबादी, जनजाती शोषित हुनुपरेको जानकारी दिनुभयो । जनआन्दोलनको सफलता हासिल गर्न महिलाले खेलेको भूमिकाको सरहाना गर्दै महासचिव नेपालले महिला आरक्षण ३३% बाट बर्ढाई ५०% सम्म पर्याउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । मधेशी नेता एंव नवजनजाती मोर्चाका केन्द्रिय अध्यक्ष रामराजा प्रसाद सिहं नेपालको सत्ता सञ्चालन अब राष्ट्रपतीय प्रणालीबाट हुनु पर्नेमा जोड दिनु भयो । नेपाललाई तुरुन्त गणतन्त्र घोषणा गरी सामन्तवाद कुसंस्कारको अन्त्य गर्नपर्ने उहाँको धारणा थियो । संसदबाट पारित प्रस्ताव तुरुन्त कार्यान्वयन नगरे मुलुकले अर्को दुर्घटना भोग्नु पर्ने नेता सिहले चेतावनी दिनुभयो ।
राष्ट्रपतिय प्रणालीमा जादाँ अब महिलाको प्रतिनिधित्व बढी हुनु पर्ने उहाँको तर्क थियो । भेलामा उपस्थित अन्य महिला अधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले महिला अधिकारलाई मानवअधिकारको अन्तराष्ट्रिय प्रतिबद्यता अनुरुप व्यवहारमा उर्तान जोड दिएका थिए ।

'स्टील किंग' सबैभन्दा धनी भारतीय

प्रतिष्ठित आर्थिक पत्रिका फोर्ब्स को ताजा अंकमा संसारभरमा रहेका चालीस सबभन्दा धनी भारतीयहरुको सुचीमा 'स्टील किंग' पनि भनेर चिनिने लक्ष्मी मित्तल सबैभन्दा माथि रहेको जनाइएको छ । प्रस्तुत अंकमा जनाईए अनुसार सबभन्दा बढी धनी चार धनाढ्य भारतीयहरुको कुल सम्पती १८० अरब डलर रहेको छ भने लण्डनमा बसोबास गरिरहेका लक्ष्मी मित्तल को कुल सम्पत्ती ५१ अरब डलर रहेको छ । मित्तल आर्सेलर-मित्तल कम्पनीका मालिक हुन जुन संसारकै सबभन्दा ठुलो स्टील उत्पादक कम्पनी हो ।

दलहरु चुनावबाट भाग्न खोजेको - नेपाल

शिक्षा तथा खेलकुद मन्त्रि प्रदिप नेपालले दलहरु सविधान सभा निर्वाचनको सामना गर्न डराएको कारण संविधान सभाको चुनाव अनिश्चित बन्दै गएको बताउनु भएको छ । उहाँले माओवादी लगायतका दलहरु चुनावमा हारिन्छ भन्ने निश्चित भएपछि भाग्न खोजेको बताउनु भयो ।
नेपालगन्जमा आयोजित एक कार्यक्रममा उहाँले विभिन्न वखडा सृजना गरी माओवादी र काग्रेस नै सविधानसभा निर्वाचन पर सारिरहेका छन् यसले चुनाव अनिश्चित बन्दै गइरहेको छ उहाँले सन्चारकर्मीलाई बताउनु भयो । सत्ताको नेतृत्व परिवर्तन तत्काल नहुने पनि उहाँले जनकारी दिनु भयो ।

गणतन्त्र घोषणा गरेपनि जनताले अनुमोदन गरेपछि लागु गर्नु पर्ने - डा महत

नेपाली काग्रेसका केन्द्रिय सदस्य डा प्रकासशरण महतले आफुहरु संसदबाट गणतन्त्र घोषणा गर्न तयार रहेको जानकारी गराउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदबाट गणतन्त्र घोषणा भएपनि जनताले अनुमोदन गरेपछि लागु गर्नु पर्ने जोडदिनु पर्ने बताउनु भयो । काग्रेस संविधान सभा पछि लागु हुने गरी गणतन्त्र घोषणा गर्न तयार रहेको बताउदै डा महतले निर्वाचन प्रणाली अर्न्तगत प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत र बाकी आन्तरिक रुपमा समानुपातिक बनाउने प्रतिबद्यता काग्रेसको धारणा रहेको जानकारी दिनु भयो । बिना अनुमोदन अन्तरीम म्यान्डेट बोकेको संसदबाट सबैकुरा लागु गर्न नसकिने उहाँको धारणा थियो । गणतन्त्रलाई संविधान सभा अघिनै र्कायान्वयन गर्न आवश्यक नभएको बताउदै उहाँले कागजको खोस्टोमा लेखेर मात्र हैन व्यवहारमा उतारेर गणतन्त्रलाई सुरक्षित र संस्थागत गर्नु पर्नेमा उहाँको जोड थियो ।
नेकपा एमाले स्थाई समिति सदस्य भरतमोहन अधिकारीले माओवादी पार्टी संविधान सभा निर्वाचन प्रतिको प्रतिबद्दतामा शंका व्यक्त गर्नुभयो । सविधानसभा चाहेको हो भने के गर्दा निर्वाचनमा सहभागी हुनुहुन्छ भन्ने पत्रकारको एक जिज्ञासामा नेता अधिकारीले सरकारको पूर्नगठन, संसदबाट गणतन्त्रको घोषणा र र्पूण समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयन हुनु पर्ने बताउनु भयो ।
नेकपा माओवादीका केन्द्रिय सदस्य देव गुरुङ्ले प्रधानमन्त्रिको विकल्पका बारेमा आफ्नो पार्टी कुनै छलफल नभएको बताउदै गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हाम्रो प्राथमिकता हो नेतृत्वमा को बस्ने को नबस्ने हाम्रो प्रथमिकताको विषय होइन भन्नुभयो ।

Saturday, December 1, 2007

मिश्र विश्वयुद्धमा हराएको सैनिकको ब्याग फेला


दोस्रोविश्व युद्धको बेलामा एक बिर्टिस सैनिकको हराएको बाकस साठी बर्ष भन्दा बढी समय पछि मिश्रको मरुभुमिमा फेला परेको छ । रॉस बिर्टिस सेनाका संदेशवाहकको रुपमा मिश्रमा कार्यरत थिए । बिर्टिसको लंकाशायर निवासी एलेक्स रॉस ब्रिटेनको 'आठौ सेना रेजिमेंट' का सैनिक थिए र त्यस बक्समा चिठी र तस्वीरहरु थिए

जापानका राजकुमार नारूहितो, पत्नी र छोरी