Monday, October 29, 2007

तिब्बतको विकासको एक रुप

संसारको सबैभन्दा अग्लो ठाउं मध्येको एऊटा तिब्बत स्वायत क्षेत्र, जहा गतसालको जुनबाट चीनको बहुप्रतिक्षित योजना अन्तर्गतको रेलयात्रा शुरु भएको छ । अनैकौ दुर्गम ठाउ हुदै जाने यस रेलयात्रा लगभग ४८ घण्टामा ४०६४ किलोमीटरको यात्रा पुरा गरि बेईज़िगबाट  ल्हासासम्म पुग्दछ । करीब ९०० किलोमीटरको रेललाइन समुन्द्री उचाई भन्दा ४००० मीटरको उचाईमा बनाईएको छ, जहा शून्य भन्दा पनि निकै कम डिग्रीको तापमान रहेको हुन्छ, साथै रेलको ५५० किलोमीटर यस्तो ठाउबाट जाने गर्दछ जहाँ हिउ जमेको हुन्दछ ।
संसारको सबैभन्दा अग्लो ठाउको र लामो सुरंग भएको यस रेल यात्रामा संसारको सबैभन्दा अग्लो उचाईमा रहेको तंगुला रेलवे स्टेशन(५०६८ मीटर) पनि पर्दछ । गत सालबाट शुरु भएको यस रेलयात्रामा तीन क्लासको डिब्बाहरुमा वर्गीकरण गरिएको छ । ४ जना सुत्न मिल्ने आरामदायी यात्राको लागि १६५ डलर, ६ जना सुत्न मिल्नेलाई १०० डलर र त्यो भन्दा पनि कम पैसामा भने साधारण डिब्बा जहा जो सुकै सर्वसाधारणले सस्तो मुल्यमा यात्रा गर्न मिल्ने ब्यवस्था गरिएको छ । यो रेलयात्रा यतिधेरै सस्तो र लोकप्रिय भएको छ कि एक वर्षसम्म बुकिंग पाउन मुश्किल भएको छ साथै यसले तिब्बतलाई अन्य ठुला शहरहरुसंग जोडने कामको साथसाथै तिब्बतको व्यापार गतसाल भन्दा बढी तथा पर्यटक ७०% भन्दा बढी बढेको छ ।
४८ घण्टाको यात्राको दोस्रो दिन रेल अत्यन्त उचाईबाट जाने भएकोले रेलको बाहिर ऑक्सीजनको मात्रा निकै कम हुनेहुदा कुनैपनि स्टेशनमा रेलको ढोका खुल्दैन । तरपनि यस रेलमा अत्याधुनिक रेष्टुरेन्ट ब्यवस्था गरि आवश्यक वस्तुहरु उपलब्ध गराईने गरिएको छ । साथै यात्रीहरुलाई अक्सिजनको कमि नहुनको लागि प्रत्येक डिब्बामा अक्सिजनको पाईप र अक्सिजन नियन्त्रक मेशीन जडान गरीएको छ । यस रेलको विकासले तिब्बतलाई बाकी चीनसग जोडन सफल भएको भएको छ भने यसबाट तिब्बतको ब्यापार मात्रै नभई कला, संस्कृतिको विकास हुन सम्भव भएको छ ।
तिब्बतको यस रेल मार्गलाई नेपालको भु भागसम्म जोडन सकिएको खण्डमा नेपालको विकासले नया आयाम लिन सक्नेछ । (साभार : बीबीसी सेवा)

Sunday, October 28, 2007

साउदी अरेवियाको रियादमा दशैं बिशेष कार्यक्रम सम्पन्न ।

सागर श्रेष्ठ, साउदी अरेविया
अक्टोबर २६, साउदी अरेवियाको राजधानी स्थित नेपाली दुताबासको प्राङ्गाणमा दशैंको अन्तीम दिन कोजाग्रत पुर्णिमाको दिन कन्सुलर तथा का. ब. राजदुत प्रकाश कुमार सुबेदी तथा दुताबासको निमन्त्रणामा दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ । साउदी अरेवियामा कुनै पनि चाड पर्व खुलाम खुल्ला रुपमा मनाउन मनाही छ । बषैं पछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले हर्सोउलासमय वातावरणमा विभिन्न कार्यक्रमहरु गरी दशैं मनाई रहेको अबस्थामा साउदी अरेवियामा दुताबासको प्राङ्गाणमा दशैं मनाउन पाउनु गौरबको कुरा हो ।
बेलुकी ९:३० बजे बाट सञ्चालन भएको कार्यक्रममा कन्सुलर तथा का. ब. राजदुत प्रकाश कुमार सुबेदी तथा दुताबास परिवारको निमन्त्रणामा साउदी अरेवियामा स्थापित गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद साउदी अरेविया बोर्डका सदस्यहरु लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्विजीबी, पत्रकार, समाजसेबी तथा र्सबसाधारणहरुको उलेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कन्सुलर तथा का. ब. राजदुत प्रकाश कुमार सुबेदी ज्यूले दुताबास तथा ब्यक्तिगत रुपमा सम्पुर्ण उपस्थित नेपालीहरु, स्वदेश तथा विदेशमा अबस्थित नेपालीहरुलाई शुभ-कामना दिदै नेपाली परिकारको रात्रिभोजको लागि आग्रह गर्नु भएको थियो ।
रियाद वरपर लगाएत धेरै टाढा टाढाबाट पनि नेपालीहरुको उपस्थितीमा सबै नेपालीहरुले एक अर्कामा दशैंको शुभ-कामना साटासाटको साथै देशमा शान्तिको कामना गरे । कुनै अनौपचारिका कार्यक्रम नभएता पनि दुताबासले उल्लेख्य नेपालीहरुलाई उपस्थित गर्राई शुभ-कामना आदन प्रदान गर्ने वातावरण बनाई दिएकोमा सबैले दुताबासको सकृय पहलको प्रसंशा गरेका थिए । कार्यक्रम रातको करिब १ बजे सम्म चलेको थियो ।

Saturday, October 27, 2007

An NRN from Japan kills wife in Nepal

-Paribartan
As reported in vernacular Kantipur Daily, a non resident Nepali Mr. Ram Sharan Panta has strangulated his wife Ms. Devi Panta. The newspaper reports that Mr. Ram Sharan is having one Japanese lady as a second wife in Japan while running some restaurants in Japan. As per the given report, Mr. Ram Sharan recently returned back to Nepal at the request of his mother. His mother constantly provoked him that his first wife Ms. Devi Panta has been destroying their home. Enraged by mother's complaints against his first wife, Mr. Ram Sharan who is in Nepal with his second wife Tumuko Yamana, started thrashing his wife Ms. Devi Panta very badly.

After severe trashing, he first tried to hospitalize her in Manmohan Memorial Hospital, a hospital named after first elected communist Prime-Minister of Nepal. As her treatment could not be pursued there, he once again took his first wife back to home and this is when he strangulated her to death. The next morning when they again tried to take the dead body to the hospital under the pretext of unconsciousness, the villagers became suspicious and started chasing the cab carrying the dead body. When the villagers saw the dead body in the morgue of Tribhuvan University Teaching Hospital, they immediately started raising slogan again heinous murder of an innocent Nepali woman.

The police has already taken Mr. Ram Sharan Panta under custody and there he has accepted his guilt. For proper investigation, police has taken into custody all the family members as well as a domestic help of Mr. Ram Sharan Panta. Meanwhile, small children of the family are also taken care of by the Nepal police.

Because of extreme cruelty by an NRN husband, who is enjoying his marriage life in Japan with a Japanese lady, local villagers are in a state of shock. They have gheraoed Balaju police station and are now preparing to petition Embassy of Japan in Nepal to cancel the visa of Mr. Ram Sharan Panta. Because of widespread corruption, it is believed that Mr. Ram Sharan would bribe the officials and evade judicial probe. He has also tried to placate family members of the deceased to accept some money and let him come back to Japan. For this reason, his neighours and villagers are now moving to Japanese Embassy to cancel his visa.

It is really a matter of great sadness that Non Resident Nepalis (NRNs) in Japan are witnessing heinous crimes committed by NRNs both in Nepal and Japan. Please follow the link to read the news in vernacular Nepali language. http://www.kantipuronline.com/kolnepalinews.php?&nid=126421श्रीमान्ले घाँटी थिचेर हत्या गरेको पुष्टि

Friday, October 26, 2007

संसारको सबैभन्दा विशाल जहाज एअरबस ए-३२०

संसारको सबैभन्दा विशाल जहाज सिंगापुर एयरलाइंसको एअरबस ए-३२० सिंगापुरबाट ऑस्ट्रेलियाको सिडनीको लागि पहिलो फ्लाईको रुपमा बिहिबार सफल उडान गरेको छ । साढ़े आठ सय यात्रि क्षमता भएको यस भिमकाय जहाजले आफ़्नो पहिलो उड़ानसगै बोइंग ७४७ जहाजको चार दशक पुरानो सबैभन्दा बढी यात्री उडाउने ईतिहास बदल्दै हवाई क्षेत्रमा नया इतिहास बनाउन सफल भएको छ । यस जहाजमा सिट क्षमता ८५० भएपनि हाल एयरलाइंसले केवल ४७१ सिटको मात्रै व्यवस्था गरेको छ ।



Thursday, October 25, 2007

समानुपातिक निर्वाचन प्रणाली र व्यक्तिगत स्वतन्त्रता सम्भव छ ।

महेश्वर श्रेष्ठ
संविधानसभा निर्वाचन अगावै राजतन्त्रको अन्त्य एवं गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा संविधानसभा निर्वाचनका लागि नेकपा माओवादी, नेकपा एकीकृत र सवामो नेपालको संयुक्त समावेदन बमोजिम बोलाइएको अन्तरिम विधायिका संसदको विशेष अधिवेशन दशैं अघि नै कुनै निष्कर्षा पुग्न नसकेको कारण २०६४ कार्तिक १६ गतेसम्मका लागि स्थगित गरिएको छ । यी माग पूरा नभएको कारण दर्शाई असोज १ गते सरकारबाट बाहिरिएको नेकपा माओवादीले मंसीर ६ गते हुने भनिएको संविधानसभा निर्वाचनलाई नौटंकीको संज्ञा दिंदै उक्त निर्वाचन कुनै हालतमा हुन नदिने भने पछि अन्तरिम विधायिका संसदले राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा सम्बन्धी संकल्प प्रस्ताव पारित गरी राख्ने, त्यसलाई संविधानसभाको पहिलो बैठकबाट पारित गर्ने तर मिश्रति निर्वाचन प्रणाली अर्न्तर्गत नै संविधानसभाको निर्वाचन गर्नु पर्ने भन्दै आएको नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा उम्मेदवार हुन पाउनु पर्ने व्यक्तिगत स्वतन्त्रताको विपक्षमा कुनै सम्झौता नगर्ने अडान लिए पछि मुलुकमा फेरि गंभीर राजनीतिक गतिरोध उत्पन्न भएको छ ।

एउटै राजनीतिक विचार भएका व्यक्तिहरु संगठित भएर दलहरु बन्दछन् । तर दलहरु बन्दैमा दलभन्दा बाहिरका व्यक्तिहरुको स्वतन्त्र अस्तित्व समाप्त हुँदैन । त्यसै गरी व्यक्तिगत स्वतन्त्रताको नाममा दलको अस्तित्वलाई अस्वीकार गर्न पनि मिल्दैन । संगठित दल र स्वतन्त्र व्यक्ति बीचको यस्तो अन्तरसम्बन्ध र अन्तरविरोधलाई सहि र सन्तुलित तरिकाले हेर्ने दृष्टिकोणको अभावले नै आजको गतिरोध उत्पन्न भएको हो । पूर्ण समानुपातिक निर्वाचन प्रणालीको नाममा स्वतन्त्र रुपमा निर्वाचनमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनु पर्ने व्यक्तिको नैर्सर्गिक अधिकारलाई निषेध गर्ने र व्यक्तिगत स्वतन्त्रताको नाममा फेरि दल नै हावी हुने दुबै दृष्टिकोण गलत छन् । तर्सथ पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षधर र व्यक्तिगत स्वतन्त्रताका पक्षधरहरुले आआफ्नो दोषयुक्त दृष्टिकोण वा अडानलाई दोषमुक्त र शुद्धिकरण गर्नु पर्दछ, दल र व्यक्ति दुबैले समान रुपले भाग लिन पाउने निर्वाचन प्रणाली अपनाई देशलाई अनिश्चय र अनिर्णयको अवस्गथाबाट मुक्त गर्नु पर्दछ, र सोही निर्वाचन प्रणाली अर्न्तर्गत छिटो भन्दा छिटो संविधानसभाको निर्वाचन सम्पन्न गर्नु पर्दछ ।

दल र व्यक्ति समान रुपले चुनावमा भाग लिन पाउने निर्वाचन प्रणाली भनेको कुनै नौलो र एकदमै भिन्न प्रकारको प्रणाली नभएर वर्तमान अन्तरिम संविधानमा स्वीकार गरिएको मिश्रित निर्वाचन प्रणालीकै परिमार्जित रुप मात्र हो । दलहरुका लागि छुट्याइएको साविक २४० सिटमा दलहरुले जातीय, समुदायगत र लैंगिक समानुपातिक प्रतिनिधित्व तथा उम्मेदवारहरुको बन्द सूचीको आधारमा आफ्नो उम्मेदवारहरु उठाउने छन् । निर्वाचन क्षेत्रगत चुनावका लागि छुट्याइएको अर्को २४० सिटमा स्वतन्त्र व्यक्तिहरुले मात्र भाग लिन पाउने छन्, दलहरुले भाग लिन पाउने छैनन् । यसमा दलमा आवद्ध व्यक्तिहरुले पनि स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिन पाउने छन् तर कुनै पनि व्यक्तिले दोहोरो उम्मेदवारी दिन पाउने छैन अर्थात कुनै प्रत्यासीले दलगत वा स्वतन्त्र मध्ये एउटा मात्र उम्मेदवारी दिन पाउने छ । यी दुबै प्रकारका निर्वाचन प्रयोजनका लागि सिंगो देशलाई एउटै निर्वाचन क्षेत्र मानिने छ । स्वतन्त्र उम्मेदवारहरुको निर्वाचन पनि जातीय, समुदायगत र लैंगिक समानुपातिक प्रतिनिधित्वको आधारमा हुनेछ र पहिलो हुने निर्वाचित हुने प्रणाली अनुसार विजयी घोषित हुने छन् ।

उदाहरणार्थ दलितहरुका लागि २४० को १३% अर्थात ३१.२ सिट छुट्याइएको छ । यसका लागि जति पनि दलितहरु स्वतन्त्र उम्मेदवारको रुपमा उठ्न पाउने छन् र देशभरका दलितहरु मध्ये प्रत्येक मतदाता दलितले उम्मेदवार दलितहरु मध्ये आफूलाई मन परेको कुनै एकजनाको पक्षमा मतदान गर्नेछ । निर्वाचन परिणाम घोषणा गर्दा सबभन्दा बढी मत प्राप्त गर्ने १५.६ जना पुरुष दलित र १५.६ जना महिला दलित उम्मेदवारलाई विजयी घोषित गरिने छ । अर्को उदाहरण-२०५८ सालको जनगणना अनुसार नेवारहरुको जनसंख्या नेपालको कुल जनसंख्याको ५.४८% छ । तर्सथ उनीहरुको भागमा २४० को ५.४८% अर्थात १३.१५२ सिट पर्न आउँछ । यसका लागि जति पनि नेवारहरु स्वतन्त्र उम्मेदवारको रुपमा उठ्न पाउने छन् र देशभरका नेवारहरु मध्ये प्रत्येक नेवार मतदाताले उम्मेदवार नेवारहरुमध्ये आफूलाई मन परेको कुनै एकजनाको पक्षमा मतदान गर्नेछ । निर्वाचन परिणाम घोषणा गर्दा सबभन्दा बढी मत प्राप्त गर्ने ६.५७६ जना पुरुष नेवार र ६.५७६ जना महिला नेवार उम्मेदवारहरुलाई विजयी घोषित गरिने छ ।

यो निर्वाचन प्रणालीमा केहि प्राविधिक समस्या भने पक्कै छ । एउटै जातजाति वा समुदायबाट असिमित संख्यामा उम्मेदवारहरु उठ्न पाउने भएको हुँदा उनीहरुको कुल संख्या हजार भन्दा बढी पनि हुन सक्छ । यसले गर्दा प्रत्येक उम्मेदवारलाई फरक फरक निर्वाचन चिन्ह प्रदान गर्न व्यावहारिक समस्या पर्दछ । यस समस्याको सरल समाधान भनेको अंकलाई नै निर्वाचन चिन्ह मान्नु एक मात्र विकल्प हुन सक्छ । एकजना मतदाताले एकजना मात्र जातीय वा समुदायगत उम्मेदवारको पक्षमा मतदान गर्ने भएको हुँदा निरक्षर मतदाताका लागि आफूलाई मन परेको उम्मेदवारको नम्बर सम्झन र चिन्न खासै समस्या पर्ने छैन । उम्मेदवारहरुले पनि आफ्नो मतदान चिन्ह रुपी अंक बारे प्रचार प्रसार गर्ने नै छन् । त्यसै गरी हजार भन्दा बढी निर्वाचन चिन्ह रुपी अंक भएको मतपत्र पनि विशाल आकारकै होला । तर यसलाई पनि समस्याको रुपमा हेरिनु हुन्न । यूरोपका कतिपय विकसित मुलुकहरुमा पनि विशाल आकारका मतपत्रहरु प्रयोग भइरहेका छन् । यसको एक मात्र विकल्प भनेको विद्युतीय मतदान प्रणाली नै हो । तर त्यो प्रणाली नेपालमा तत्काल प्रयोगमा आउन सक्ने स्थिति छैन ।

प्रस्तावित प्रणाली माथि राजनीतिक वा वैचारिक नभएर जातिगत वा समुदायगत भएको आरोप लाग्न सक्छ । तर दलहरुले उठाएको उम्मेदवार मात्र राजनीतिक र वैचारिक हुने, स्वतन्त्र रुपमा उठेका उम्मेदवार अराजनीतिक र विचारसून्य हुने भन्ने कुरासंग २१शताव्दीका नेपाली जनता सहमत छैनन् । स्वतन्त्र उम्मेदवार पनि कुनै न कुनै राजनीतिक विचार वा आस्थाबाट पेरित भएरै उठेको हुन्छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालमा जातीय, समुदायगत र लैंगिक समानुपातिक निर्वाचन प्रणाली अपनाउनु नेपालको धरातलीय आवश्यकता हो, कुनै साम्प्रदायिक उन्माद होइन । त्यसै गरी यस प्रणालीमा दलहरुको दायरा र भूमिकालाई कम गर्न खोजिएको आरोप लाग्न सक्छ । दलहरुको नामबाट लडिने समानुपातिक निर्वाचनमा स्वतन्त्र व्यक्तिहरुले दखल गर्ने गुञ्जायस छैन । तर यस प्रणाली अन्तरगत दलहरुमा आवद्ध व्यक्तिहरु पनि स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्न पाउने भएको हुँदा दलहरुको भूमिका र दायरा कति पनि कम हुँदैन । स्वतन्त्र व्यक्तिहरु उम्मेदवार बन्न र निर्वाचित हुन पाउनु पर्ने अधिकारबाट बञ्चित नहोऊन् भन्ने मात्र प्रस्तावित प्रणालीको उद्देश्य हो ।

माग माथि माग तेर्स्याएर, माग पूरा नभए यो वा त्यो गर्छु भनी धम्कीको भाषा बोलेर मात्र दलहरुले आफ्नो जिम्मेवारी पूरा गरेको ठान्नु गलत हो । समस्या देखेको दलले समाधान पनि सुझाउन सक्नु पर्छ । अरुको कुरा सुन्नै नचाहनु र मेरो गोरुको बार्‍है टक्का भनी अड्डी लिएर बस्नु पनि जिम्मेवार राजनीतिक दलको परिचय होइन । सबै दलहरुले देश र जनता प्रतिको कर्तव्य सम्झेर समझदारी र सहमतिको बाटोमा आउनै पर्छ । भारतीय प्रधानमन्त्रीका विशेष दूत श्यामशरणको आकस्मिक नेपाल भ्रमण लगत्तै माओवादी नेता सि.पि. गजुरेलले उनको पार्टी नेकपा माओवादीले राजतन्त्रको अन्त्य र गणतन्त्र घोषणा सम्बन्धि संकल्प प्रस्ताव स्वीकार गर्न सक्ने बताइसकेका छन् । परिस्थति आफ्नो अनुकुल नभए पछि सम्झौतामा उत्रनु समाजको प्राकृतिक नियम नै हो । अब हलो पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा आएर अड्केको छ । त्यसको उत्तम समाधानको रुपमा समानुपातिक प्रतिनिधित्व र व्यक्तिगत स्वतन्त्रताको ग्यारेन्टी सहितको प्रस्तावित निर्वाचन प्रणाली दलहरुलाई बडादशैं २०६४ को उपहारको रुपमा पेश गरेको छु । बाँदरको हातमा नरिवल नबनोस् । अस्तु ।
२००७ अक्टोबर २४
२०६४ कार्तिक ०७

Monday, October 22, 2007

Non Resident Nepali and Double Standards

By Paribartan
The election has been avoided and Dr. Mahato is allowed to continue as the chair of the Non Resident Nepali (NRN) movement despite his apparent unwillingness. This clearly indicates that NRN, which boasts of Kul Chandra Gautam and Prof. Surya Subedi as advisors, is no different from a political party where a personality dominates the organization.

With ongoing 3rd Global conference, Non Resident Nepalis have decided to elect Dr. Upendra Mahato once again as president of International Coordination Council of NRN network. Though Dr. Mahato has shown his unwillingness to continue, reportedly there was unanimity in avoiding election and thus a request to Dr. Mahato to continue was made. This clearly indicates that NRN is dominated by personality of Dr. Mahato rather than the agendas that it’s pushing forward. In addition, it clearly shows that without Dr. Mahato, NRN movement can crumble and fetter away. Definitely, this is not a good sign for a fledgling organization which aspires to lay foundation for New Nepal and to cater to the needs of millions of Nepalis abroad. Therefore, it is a need of the hour for everyone to think deeply and work for real institutionalization of NRN movement.
Ever since its inception, NRN has been preoccupied with its expansion and setting up new committees worldwide. Many have aligned with this movement on flimsy grounds. As NRN status would easily bring so called name and fame, many have tried to occupy stage here as they would get a chance to brush their shoulders with Dr. Upendra Mahato. At the same time, there are many business-minded Nepalis who feel that by aligning with NRN network they could enter into some partnerships and business joint ventures. All hopes of these people, therefore, rests on presence of Dr. Mahato and hotshots like him. Bunch of NRNs who have been able to emerge as ad-hoc committee members or 1st committee members in different countries invariably want Dr. Mahato to continue. And to show their good works, these people are traveling helter-skelter to be present with Dr. Mahato in every meet and every convention. Cozying up with Dr. Mahato, a Madhesi, is now a preoccupation with many Pahadi intellectuals and business tycoons. Dr. Mahato and NRN is a prime example of how money can change the attitude of the Pahadias towards a Madheshi.
Because of these boot licking tendencies amongst NRN executives worldwide, Dr. Mahato is under pressure and apparently he is forced to assume the leadership under force of request for continuation. This has posed a grave threat to NRN movement as it would invariably develop personality cult in NRN instead of developing issue based organizational leadership. And this is where the practice of double standard has begun in NRN. NRN going by its motto “By Nepali for Nepali” would have faced no problem in electing any other Tom, Dick and Harry who is a NRN as per the existing NRN act. Any other Nepali, be it Devman Hirachan, or Bhim Udash or Ram Thapa would have definitely worked for betterment of this movement. Many of them have worked for more than one stint and know NRN issues as the back of their palms. Yet the election is avoided and Dr. Mahato is allowed to continue. This clearly indicates that NRN, which boasts of Kul Chandra Gautam and Prof. Surya Subedi as advisers, is no different from a political party where a personality dominates the organization. At least from the experience of the political parties in Nepal, NRNs should have learnt some lessons and not allowed such double standards to hog the lime-light.
Another instance of double standard in NRN can be gauged from their recent rhetoric against NRN Act, which has barred a large pool of intellectuals from acquiring NRN status. There is no need to inform that students who are abroad now are intellectually far better than many of the NRNs who have their origin in some business trades. When NRN Act barred the students from acquiring NRN status, NRN ICC merely issued some criticisms. In view of provisions in NRN for representations from youths and women, there would not have been any problem if they had fixed one representative for Nepalis students abroad. They have not done so as they are a bit wary of students’ unionism in NRN also. This way they seem to have avoided potential trouble makers, but at the same time, they have deprived themselves of intellectually sound Diaspora also.
The most interesting double standard practiced by NRN lies in its rhetoric for voting rights for Nepalis living abroad. Many intellectuals associated with NRN have taken pains to advocate for voting rights for NRNs. And they have churned out long write-ups in Nepalis broadsheets. But, within their own organization, they are depriving many NRNs with voting rights. NRN is going to conduct election in this 3rd Global conference also at least for posts other than ICC president. Though they claim to represent more than a million Nepalis, yet the office bearers of ICC are going to be elected by less than one thousand delegates. People who talk about e-mail voting, ballot voting and proxy voting for Diaspora must have known that they could extend either of these voting practices for other NRNs who are willing to contest and cast their votes in the election of ICC.
In views of these double standards practiced within NRN, there is a little for Nepalis in diaspora, other than businessmen, to gain anything from this movement. Practically, this organization is, after NRN Act, institutionalized for double standards. So, there is no irony if such dual practitioners make a great hue and cry for dual citizenship also. The third stint for Dr. Mahato is, therefore, crucial in that he has choices to make: continue to practice duality and make NRN a fully business men’s organization or make it an efficient organization encompassing everyone.

Friday, October 19, 2007

बेनज़ीर भुट्टोको जुलुसमाथि आत्मघाती हमला

(Photo: BBC.Com)
झण्डै आठ बर्षको स्वनिर्वासन पछि पाकिस्तान फिर्ता भएकी पूर्व प्रधानमंत्री बेनज़ीर भुट्टोको स्वदेशफिर्ता ज़ुलुसमाथि भएको आत्मघाती हमलाको अन्तरराष्ट्रीय स्तर पर कडा आलोचना भएको छ । बिहिबाव राती यो जुलुसमाथि भएको हमलामा मर्नेको सख्या १३० भन्दा बढी भएको छ भने बेनज़ीर भुट्टो बच्न सफल भएकी छिन ।
यस हमलाबारे टिप्पणी गर्दै व्हाइट हाउसले भनेको छ यो हमलाले पाकिस्तानको लोकतंत्रको गतिलाई रोक्न सकिने छैन । साथै अन्य देशहरुबाट पनि यस हमलाको घोर भत्सर्ना गरिएको छ ।
पाकिस्तान फिर्ता भई कराची विमानस्थलमा ओर्लदा बेनजीर भुट्टो भावविह्वल भएकी थिईन भने उनलाई लाखौं समर्थकले स्वागत गरेका थिए । पाकिस्तानमा हुने भनिएको आगामी निर्वाचनमा भुट्टोको पाकिस्तान पीपल्स पार्टीले नेतृत्व गर्ने आशा गरिएको छ।
पाकिस्तानको शक्तिशाली राजनीतिक परिवारको सदस्य तथा उनको बुबा जुल्फीकार अली भुट्टो सन् १९७० दशकमा पाकिस्तानका प्रधानमन्त्री थिए । उनलाई तत्कालिन सैनिक विद्रोहद्वारा सत्ताच्युत गरि मृत्युदण्ड दिइएको थियो भने उनका अन्य दाईहरुको पनि रहस्यमय परिस्थितिमा मृत्यू भएको थियो ।

Thursday, October 18, 2007

एन आर एनको तेस्रो अन्तराष्ट्रिय सम्मेलनले नया घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं, असोज ३०
गैर–आवासीय नेपाली संघ एनआरएनको राजधानीमा जारी तेस्रो अन्तराष्ट्रिय सम्मेलनले नेपालमा दिगो शान्ति र लगानीका लागि उपयुक्त वातावरण बनाउन सार्वजनिक आव्हान गर्दै १५ बुँदे घोषणा जारी गरेर सकिएको छ । सम्मेलनले उपेन्द्र महतोलाई निर्विरोध अध्यक्षतामा चयन गर्दै ५२ सदस्यीय गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद गठन गरेको छ । त्यसमा उपाध्यक्ष देवमान हिराचन रामप्रताप थापा, महासचिव भिम उदास, सचिव सागर नेपाल र कोषाध्यक्षमा प्रीतम श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो भने क्षेत्रीय संयोजक र सहसंयोजकहरुमा ओसेनिया क्षेत्रका लागि इन्द्र वन संयोजक, दीपक कुमार खड्का सहसंयोजक, एसिया प्यासिफिकका लागि गणेशकुमार इजम संयोजक, रुद्रप्रसाद शर्मा सहसंयोजक, मध्यपूर्वका लागि चन्द्रप्रसाद सापकोटा संयोजक, चोलाप्रसाद पाठक सहसंयोजक, यूरोपका लागि चिरञ्जीवी ढकाल संयोजक, जानकी गुरुङ सहसंयोजक र अमेरिकाका लागि नरेश कोइराला संयोजक र राजेन्द्र श्रेष्ठ सहसंयोजक रहनु भएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरुमा क्रमशः चन्द्र योञ्जन अस्ट्रेलिया, सुरेन्द्र महतो बेलारुस, रविन्द्रमान श्रेष्ठ बेल्जियम, पेम्बा लामा क्यानाडा, बुद्धिबहादुर थापा, चीन, हरिहर अर्याल फ्रान्स, निलेन्द्र श्रेष्ठ जर्मनी, कृष्ण प्रसाद पाण्डे हङकङ, सुवास अधिकारी आयरल्याण्ड, जनक बस्नेत इस्ले अफ म्यान, लिला भण्डारी इजरायल, किरण विक्रम थापा जापान, दिपेन्द्र उप्रेती लेवनान, श्रीमति रञ्जना उदास लेसोथो, उदय वाग्ले मकाउ, रामबाबु नेपाल नेदरल्याण्ड, चक्र थापा न्यूजिल्याण्ड, डा. गौरी अधिकारी अमेरिका, डा. सुरज थापा नर्वे, पूर्ण हमाल पोर्चुगल रहनु भएको छ।

साथै अन्य आइसीसी सदस्यहरुमा टेकबहादुर कार्की कतार, जीवा लामिछाने रसिया, उषा भट्ट सिंगापुर, रामबहादुर बेलबासे साउदी अरेविया, गणेशमान ताल्चभदेल स्पेन, तेन्जी शेर्पा दक्षिण कोरिया, रामेश श्रेष्ठ थाइल्याण्ड, हितमान गुरुङ बेलायत, जीवनप्रकाश निरौला यूएई, कृष्ण कायस्थ युक्रेन, अवतार गुरुङ दक्षिण अफ्रीका, रमेश तोयान लक्जम्बर्ग, सागर वन्त युवा प्रतिनिधि, उषा शर्मा महिला प्रतिनिधि रञ्जु थापा सह महिला प्रतिनिधि रहनु भएको छ।त्यसैगरी यसअघि प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनु भएका डा. जुगल भुर्तेललाई यस पटक पनि प्रवक्ताकै जिम्मेवारी दिइएको छ।

बुधबारको निर्वाचन कार्यक्रममा अध्यक्ष महासचिव र केही क्षेत्रीय संयोजकमा निर्विरोध भए पनि उपाध्यक्षका लागि तीन वटा उम्मेदवारी परेको थियो । उम्मेदवारी फिर्ता लिने समयमा डा. श्याम कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएपछि हिराचन र थापा निर्विरोध हुनु भएको हो । सचिव र कोषाध्यक्षका साथै अन्य केही पदमा पनि उम्मेदवारी परे पनि फिर्ता भएकाले निर्वाचन भएन । तर ६० मत रहेको एसिया प्यासिफिक क्षेत्रका सहसंयोजकका लागि भने दक्षिण कोरियाकै केपी सिटौला र रुद्र शर्माबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा सिटौलाले १६ मत प्राप्त गर्नुभएको थियो ।

राजधानीको सोल्टी होटलमा सञ्चालन भएको सम्मेलनले नेपालको विकासमा एनआरएनले खेल्न सक्ने भुमिका र यसका क्षेत्रहरुका बारेमा छलफल पनि गरिएको थियो ।

सम्मेलनमा बिश्वभरका ४० राष्ट्रमा रहेका गैर आवसीय नेपाली र पर्यबेक्षक गरि करिब ६ सय ५० जनाको सहभागिता रहेको थियो । अधिकांश सहभागीहरुले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि माओवादी नेताहरुसम्मले आफुहरुसंग भेटेर अन्तर्क्रिया गर्नुले एनआरएनहरुको मनोबल र आत्मविश्वाश बढाएको बताए।

Wednesday, October 17, 2007

Saturday, October 13, 2007

निकासका लागि नया सहमति खोज्नु पर्छ : साहना प्रधान

अक्टोवर १२- टोक्यो, जापान ।

नेकपा एमालेका तर्फबाट सरकारमा नेतृत्व गरिरहनु भएकि परराष्ट्रमन्त्री साहना प्रधानले मुलुकको वर्तमान संकटको निकासका लागि सात राजनीतिक दल नया“ सहमतिमा पुग्नु पर्ने बताउनु भएको छ । उहाले उक्त कुरा जापान भ्रमणका अवसर पारेर शान्ति तथा लोकतान्त्रिक नेपाली मञ्च जापानले हिजो आयोजना गरेको "नेपालको विकासमा नेपाल-जापान सम्बन्धले पारेको प्रभाव" विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा बताउनु भएको हो । सरकारमा बसेर मुलुकको राजनीतिक अवस्थाको सुक्ष्म अध्ययन गरिरहनु भएकि नेतृ प्रधानले १२ बुदे सहमतिदेखि अहिले सम्मको अवस्था सोचेजस्तो नभएको र देश झनै नाजुक अवस्थामा पुगेको विष्लेषण गर्दै अगाडि भन्नुभयो देशका निम्ति सबैले केही न केही त्याग गर्नु पर्छ । मेरै गोरुको बाह्र टक्का भनेर निकास निस्कदैन । हिजो एमाले पुर्ण समानुपातिक निर्वाचनका पक्षमा उभिए पनि सहमतिका खातिर मिश्रित निर्वाचनमा चित्त बुझाएको थियो । अव अहिले त्यो नै प्रमुख मुद्धाका रुपमा उठेकाले नेपाली कांग्रेसले विचार गर्नु पर्छ । गणतन्त्रका विषयमा त हामी बीच विवाद नभएकाले राजा फाल्ने सहमतिमा जान सकियो भने माओवादीलाई एकतामा ल्याउन सकिन्छ ।श्रीमती प्रधानले अगाडि भन्नुभयो - अहिलेका समस्या भनेको सातदल बीचको अनेकताले सिर्जना भएको हो । आएका समस्या समयमै सुल्झाउने काममा कमी भएको छ । सात दलको बैठक समेत नियमित हुन सकेन । फेरि पनि सात दलको एकता नै अहिलेको आवश्यकता हो । त्यो एकता बैठकमा मात्रै नभएर बाहिर पनि हुनुप्यो । एमालेले हिजो राजाका विषयमा निर्णय गर्न जनमत संग्रहमा जाने कुरा गरेको भए पनि आज प्रतिगामीहरु निकै सल्बलाउन थालेकाले जनमत संग्रहमा जाने कुरा सान्दर्भिक नभएको तर्क उहाको थियो । मञ्चका उपाध्यक्ष डा. राम गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिका रुपमा भ्रमण दलका सदस्य डा. दिनेश भटर्राई, अमृतबहादुर राई, सागर नेपाल, जापानका लागि नेपाली कार्यबाहक राजदुत पारश घिमिरे र मञ्चका सल्लाहकार शालिकराम भण्डारी उपस्थित हुनुहुन्थ्यो । मञ्चका महासचिव विश्वराज कडेलले संचालन गर्नुभएको अन्तरक्रिया कार्यक्रमको शुरुमा सचिव भूपालमान श्रेष्ठले स्वागत र सदस्य र्सयप्रसाद पाठकले मञ्चको गतिविधि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरुले अशोक मेहता प्रकरण, परराष्ट्र नीति तथा राजदुत नियुक्ति, दुतावास र सम्बन्धित मुलुकमा बसोवास गर्ने नेपालीहरुको सम्बन्ध लगायतका विविध विषयमा चासो राखेका थिए ।

अन्तरक्रिया पछि माननीय परराष्ट्र मन्त्री तथा अन्य अतिथिहरुको सम्मानमा रात्रि भोजको पनि आयोजनामा मन्चका उपाध्यक्ष भुषण घिमिरेले दशैको शुभकामना ब्यक्त गरि पार्टीको शुरुवात गर्नुभएको थियो ।

Friday, October 12, 2007

बिजया दशमी २०६४ को शुभकामना तथा बधाई

हिन्दुहरुको महान चाड दशैको पुनित अवसरमा देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना तथा बधाईयस बिजया दशमीले देशमा स्थायी शान्ति तथा सुख ल्याओस भन्ने कामना गर्दछ ।

लोकतन्त्र ब्लग परिवार

Tuesday, October 9, 2007

PDNFJ द्वारा माननीय परराष्ट्रमन्त्रीसंग अन्तरक्रिया कार्यक्रम गर्ने

माननीय परराष्ट्रमन्त्री साहना प्रधानसंग अन्तरक्रिया कार्यक्रम यहि अक्टोबर ११ तारीख (विहिबार) का दिन वेलुकी ६:०० बजे बाट शुरु हुने भएकोले सम्पुर्ण जापानबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागि हार्दीक अनुरोध गरेको छ ।

आयोजक:
शान्ति तथा लोकतान्त्रीक नेपाली मन्च, जापान
मिति : २००७-१०-११ (बिहिबार)
स्थान : शक्ति रेष्ट्रुरेन्ट (सेयु बिल्डिग ५ तल्लामा)
समय : बेलुकी ६ बजे
सम्पर्क ब्यक्तिहरु
डा. राम गिरि ०९०-३८९२-१२२२
भुषण घिमिरे ०८०-३७९१-१६६०
बिश्वराज कंडेल ०९०-६१४९-३५७९
भुपालमान श्रेष्ठ ०८०-३४६५-८०९८
राम गिरि ०८०-३४८९-३७६२

संबिधान सभाको निर्वाचन सार्ने कुरा राजनैतिक पार्टीहरुको जनताप्रतिको गैर ज़िम्मेवारपुर्ण कार्य-PDNFJ

PDNFJ द्वारा हिजो एक वक्तब्य जारी गर्दै नेपाली जनताको ऎतिहासिक जनआन्दोलन २०६२/६३ को प्रमुख माग संबिधान सभाको निर्वाचन र राजतन्त्रको अन्त्य गरी लोकतान्त्रीक गणतन्त्रको स्थापना रहेको थियो । जसका लागि दर्जनौ वीर सपुतहरुले आफ्नोप्राणको आहुति गरे, हजारौ जना अगंभगं भए लाखौ जनताहरु सडकमा ओर्लिए र जुन दवावले निरकुंश राजतन्त्रले जनताको अगाडी घुडा टेक्न बाध्य भयो । तत्कालिन सात दल र माओबादीले शान्तिपूर्ण जनआन्दोलनको भावनालाई आत्मसात गर्दै छिटै संबिधान सभाको निर्वाचन गरी जनतालाई अधिकार सम्पन्न गराउने प्रतिबद्दता गर्दै, ब्रिहत शान्ति सम्झौता, अन्तरीम संबिधान, अन्तरीम संसद यी सबै कुराहरु राम्रो ढंगबाट भैरहेका थिए, जसलाई नेपाली जनताले अनुमोदन गरेका पनि थिए । त्यसैकारणले गर्दा जेष्ठ महिनाको संबिधान सभाको चुनावलाई सार्न निर्णय गर्दै, मंसीर ६ गते सम्पन्न गर्ने सात दलको निर्णयलाई पनि जनताले अनुमोदन गरेकै थिए ।
चुनावको सम्पुर्ण तयारी भएको, राष्ट्रीय तथा अन्तरराष्ट्रीय समुदायहरुको पनि समर्थन रहेको र समग्रमा मुलुक संबिधानसभाको निर्बाचनमा प्रवेश गर्न लागेकै बखत अचानक राजनैतिक पार्टीबाट अनावश्यक शर्तहरु राखि संबिधान सभाको निर्वाचन हुन नदिने कार्य हुनु, ७ राजनैतिक दलका विचमा विवाद देखिनु र अन्त्यमा वहुप्रतिक्षित संबिधान सभाको निर्वाचन स्थगित गर्ने जुन निर्णय भयो । यसले नेपाली जनतालाई मताधिकार बाट बन्चित गरी निरिह तुल्याउने षडयन्त्रको रुपमा बुझेका छौ । साथै नेपाली जनताको आकांक्षालाई कुठाराघात गर्ने काम भएको र नया नेपालको निर्माणको खुडकिलोको रुपमा रहेको संबिधान सभाको निर्वाचन सारी, अनिश्चित गराउने काम भएको छ । उक्त कदमलाई शान्ति तथालोकतान्त्रीक नेपाली मन्च जापान (PDNFJ) निन्दा गर्न चाहन्छ र उक्त निर्वाचन स्थगन गर्ने ७ दलको निर्णयलाई भत्सर्ना गर्न चाहन्छ ।
अन्तमा यसै वक्तब्य मार्फत हामी नेपाली जनता, नागरिक समाज र समाजका सबै पक्षहरुलाई संबिधान सभाको निर्वाचन तुरुन्तगराउन दवाव दिनका लागि हार्दीक आव्हान गर्दछौ । साथै प्रवासमा रहेर पनि नेपाली जनताको आन्दोलनलाई साथ दिदै जाने प्रतिबद्दता पनि ब्यक्त गर्ने भनेको छ ।
तारानाथ निरौला
अध्यक्ष
बिश्वराज कंडेल
महासचिव

Monday, October 8, 2007

माओबादी असफलताको बाटोतिर

नवराज थपलिया, हाल टोकीयो
नेपालको मुल राजनैतिकमा लामो समय देखि आफ़ुलाई सफ़ल तुल्याउन सकेको माओबादी हिजोआजका दिनमा आफ्नै कारणले विस्तारै किनारा लाग्न थालेको आभाष मिल्न थालेको छ । त्यसको प्रमुख कारको रुपमा माओबादीहरुले अंगीकार गरेका नितीहरु भएका छ । जब २०६४ सालमा प्राजातन्त्र आयो नया संबिधान बनि संसदीय र स्थानिय निकायको निर्वाचन सम्पन्न भई प्रजातान्त्रीक संस्थाहरु मजबुद हुदै गईरहेको र देशमा उच्च आर्थिक विकास र विकासको बाटो खोजेको वेलामा त्यसको विपरीत नेकपा (माओबादी) ले हतियारको राजनिति शुरु गर्यो । नेपालको ग्रामीण भागमा राज्यबाट भएको असमानता, त्यतिबेलाको शासकहरु र पार्टीहरुको नेतॄत्वको असक्षमताको फाईदा उठाई ,सोझो ग्रामीण जनता र पार्टीका ईमान्दार कार्यकर्ताहरुको निर्मम हत्या नै आफ़्नो जनयुद्दको सहि बाटो र गणतन्त्रको लक्षमा पुग्न सकिने एकमात्र बाटो हो भन्ने मान्यतालाई अंगिकार गरे । फलस्वरुप सैन्यकरणको पुर्ण हावी, आंतक र आंतकबाट नै द्रुत गतिमा पार्टीको विकास गरेको र जुन सोच अझै पनि पार्टी पंक्तिमा हाबी भई नै रहेको देखिन्छ । तत्कालिन नेताहरुको सत्तालिप्सा र पार्टी पार्टी बिचमा एकाअर्कालाई असफल देखाउने होडले माओबादी नसोचेको संगठन विस्तार र जनयुद्द अगाडी बढाउन सफल भए । जसले गर्दा देशमा कसैले नचाहेको गणतन्त्रको पुर्णरुपमा उत्सर्गतर्फ लगे ।
हिजोका दिनमा माओबादीहरु आफ़्नो रणनैतिक कुशलतामा पनि सफल नै देखिन्थे । चाहे दरवारसंग अघोषित एकता कायम गरेर होस या संसदीय ब्यवस्था र संबैधानिक राजतन्त्रका हिमायतिहरुलाई फुटाएर होस, उनीहरु आफ़्नो राजनैतिक उद्देश्यमा सफल देखिन्थे । त्यसै विच दरवारका षडयन्त्र, दरवार हत्याकाण्ड, ज्ञानेन्द्रको उदय ज़स्ता घटनाक्रमबाट माओबादीले ठुलो फाईदा लिदै अगाडी बढे । ज्ञानेन्द्रको २०५९ आश्विन १८, २०६१ माघ १८ गतेको घोषणा र एकतन्त्रीय शासन चलाउने ढिपीले संसदीय राजनैतिक पार्टीहरु र माओबादी विच एकताको बाटो खुल्यो र विभिन्न चरण पार गर्दै ज्ञानेन्द्रको निरकुंश शासन सहित २४० वर्षे सामन्तबादी राजतन्त्रलाई निर्मुल पार्न माओबादीहरु रणनितीक रुपमा पुर्ण सफल भएको मान्न सकिन्छ ।
जब देशमा गणतन्त्रको नारा लाग्न थाल्यो, देश गणतन्त्रको दिशामा अगाडी बढन थाल्यो तब माओबादी आफुले प्रमुख लक्ष्य वनाएर हिडेको र १३ हजार नेपाली जनताले रगत वगाएको गणतन्त्रको मुद्दालाई चटक्कै छोडेर अन्तरिम संविधान मार्फत राजतन्त्र स्वीकार गर्दै संबिधानसभा तर्फ़ लागे । साथै यहापनि जब संसदबाट राजाको अधिकार कटौती गर्यो तब मात्र संसदमा माओबादीको प्रवेश भएको देखिन्छ । यसमा पनि माओबादीहरु संसदबादी पार्टीको रुपमा आफुलाई उभ्याउन असफ़ल भए ।
फेरी संविधान सभाको पहिलो बैठकबाट राजा फाल्न सहमत भई समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई छाडि, माओवादी जेठबाट मंसिरमा चुनाव सार्न पनि सहमत भए । घटनाक्रमसगै परिस्थितिले माओबादीलाई बिकाशतिर होइन बिनाशतिर धकेल्न थाल्यो । त्यसका प्रमुख कारणहरु वाइसिएल को उद्दण्ड गतिबिधि, पार्टीमा सैन्यसोचको हावी, राजनैतिक अडानको अभावका कारणबाट उनीहरु आम जनताबाट टाढिदै गए । सत्तामा गएर पनि उनिहरुले खास प्रभाव देखाउन सकेनन । राज्यले बेपत्ता बनाएको भनिएको आफ़्नो कार्यकर्ताहरुको अवस्था सार्वजनिक गराउन पनि सकेन भने अर्कातर्फ उनिहरु सुबिधा भोगि बन्दै गए । प्रचण्ड कहिले काठमाण्डौका महंगा होटलहरुमा बस्ने अनि अन्य नेताहरुले अबैध रुपमा भित्र्याईएका गाडि चडेर हिड्न थाले र पछिल्लो अबधिमा आएर प्रचण्ड मासिक ४५ हज़ार घरभाडा तिरेर बस्न थाले । नेताहरु दैनिक बिलासितापुर्ण जीवन निर्वाह गर्न सुरु गर्दै थिएभने अर्कोतर्फ़ उनिहरुको जनयुद्दमा मारिने परिवारको स्थिति दयनिय थियो ज़सको बिरोध आम कार्यकर्ता पक्तिबाट हुन शुरु पनि भयो ।
यहि सेरोफेरोमा माओवादीको बालाजु औधोगिक क्षेत्र काठमाण्डौमा विशाल बैठक बस्यो ज़समा संबिधान सभामा जम्माजम्मी १९ सिट जित्ने निष्कर्ष निकाल्यौ । त्यसपछि माओबादी संबिधान सभाको चुनावबाट भाग्ने बाटोको खोजी गर्दै विभिन्न वहाना झिक्न थाले । जतिबेला देशले विनाश होईन विकास र आर्थिक उन्नति खोजेको थियो त्यतिबेला माओबादीहरुले हतियार बोकी गणतन्त्रको मुद्दा लिएर शशस्त्र युद्व शुरु गरे । अनि जतिबेला देश गणतन्त्रमा प्रवेश गर्दै थियो, माओबादी त्यो छोडेर संबिधान सभा तर्फ़ लागे । राजा राख्दै सरकारमा सामेल भएर सत्ता राजनितिमा प्रवेश गरे । जव नेपाली काग्रेसले समेत आफ्नो महासमितिबाट गणतन्त्र पास गरेर संबिधान सभा मार्फत राजा फाल्ने तर्फ़ लाग्दै थियो, ठिक त्यतिबेला माओबादी सरकार छोडी संबिधान सभाको निर्वाचन भाडने योजनामा लाग्दै छ । यहापनि सबैभन्दा बढी गणतन्त्र र राजाबादीहरुको मुद्दा वोकेर शशस्त्र युद्व शुरु गरेका माओबादीहरुले खासै फाईदा लिन सकेनन ।
सम्पुर्ण देश नै गणतन्त्रमय भई संबिधान सभामा गणतन्त्रबादीहरुको विजय सुनिश्चित जस्तो देखिएको बेलामा चुनावलाई भाडेर माओबादीहरुले पुर्णरुपमा राजालाई जीवनदान दिने कार्य गरेका छन जसले माओबादी पार्टीलाई कहिल्यै नमेटिने कंलक लगाएको नै छ । साथै उनीहरुले नेपालमा अझै पनि बन्दुकबाट सत्ता कब्जा गरि अर्को नया क्रुर सैनिक शासन ल्याउन प्रयत्नरत नै देखिन्छन । यसले गर्दा पनि माओबादीहरु जनताबाट टाढीएका त छन नै हालको माओबादी नेताहरुमा पार्टीलाई "सेफ ल्याण्डीग" गर्न सक्ने क्षमता नरहेको र उनीहरु असफ़ल सिद्द भएको पुष्टी पनि भएको छ ।
अझै पनि समय गैसकेको छैन, प्रचण्डले पार्टीमा भएको सैन्य हावीलाई कमज़ोर पार्नै पर्दछ, संबिधान सभाबाट देशलाई निकास दिनको लागि माओबादी पार्टीले एउटा ज़िम्मेवार पार्टीको भुमिका खेल्नै पर्दछ । होईन भने प्रचण्ड पार्टी र देश दुबै ध्वस्त पारेको आरोपबाट मुक्त पनि हुन सक्नेछैनन र पार्टी "सेफ ल्याण्डीग" भएको मान्न पनि सकिने छैन ।

Sunday, October 7, 2007

बहुप्रतिक्षित संबिधान सभाको निर्वाचन स्थगन ऎतिहासिक भुल एमाले जापान प्रवासको ठहर

नेपाली जनताको भाग्यको फैसला गर्ने, नया नेपालको निर्माण गर्ने , राजतन्त्रको समुलत अन्त्य गरी लोकतान्त्रीक गणतन्त्रको स्थापना गर्ने महान उद्देश्यका साथ मंसीर ६ गते हुन गैरहेको संबिधान सभाको निर्वाचन समयमा नगरिनु राजनैतिक दलहरुको ऎतिहासीक भुल भएको कुरा नेकपा एमाले जापान प्रवास कमिटी ठहर गर्दछ । ऎतिहासिक जन आन्दोलन २०६२ र ६३ को भावना र संबिधान सभाको निर्वाचन छिटो गरी स्थायी शान्ति र लोकतान्त्रीक गणतन्त्र नेपालको निर्माण गर्ने नेपाली जनताको चाहना माथि खेलवाड गर्ने काम भएको छ ।
कमिटिका कार्यवाहक सचिब सुर्यप्रसाद पाठकद्वारा जारी वक्तब्यमा विशेष गरी नेपाली काग्रेसको यथास्थितिबादी चिन्तन र माओबादीको क्रान्तिको नाममा प्रतिक्रान्तिको सेवा गर्ने प्रव्रत्ति नै संबिधान सभाको निर्वाचन हुन नदिनेमा ज़िम्मेवार हुन । मृत्यु शैयामा छटपटयाईरहेको राजतन्त्रलाई नेपाली काग्रेस र माओबादीले संज़िवनी बुटी हाली वचाउने काम गरेर नेपाली जनताको चाहनामाथि गम्भ्रीर कुठाराघात यी दुई पार्टीले गरेको ठहर नेकपा एमाले जापान प्रवास कमिटी गर्दछ । संविधान सभाको विरोधीहरुलाई पहिचान गरी तिनका विरुद्द वैचारीक सघर्ष गर्दै त्यस्ता शक्तिहरुलाई परास्त गरी नया नेपालको निर्माणमा को लागी यथाशिघ्र संबिधान सभाको निर्वाचन गराउका लागी दवाब दिन आवश्यक पर्यो भने अर्को एतिहासीक शान्तिपुर्ण जनाअन्दोलन गरी राजतन्त्रका सम्पुर्ण पक्षधरहरु र बाहिरबहिर राजतन्त्रको बिरोध गर्ने भित्र भित्र, राजतन्त्र लाई संज़िवनी बुटी हाली वचाउने उग्रवामपन्थी सोचको भण्डाफोर गर्न पनि हामी सम्पुर्ण नेपाली जनताहरू, नागरिक समाज, पत्रकार, मजुदुर सबै समुदायमा हार्दिक आव्हान गरेको छ ।

Thursday, October 4, 2007

म्यानमारको लोकतान्त्रीक आन्दोलनको समर्थन र ऎक्यबद्दता


म्यानमारको लोकतान्त्रीक आन्दोलनमा निर्दोष नागरिक माथि भएको दमन प्रति यस लोकतान्त्रीक ब्लग पनि ऎक्यबद्दता जनाउदै, म्यानमारमा यथाशिघ्र सैनिक शासनको अन्त्य र पुर्ण लोकतन्त्रको स्थापना साथै मानवाधिकारको रक्षाको लागि अन्तरराष्ट्रीय समुदायमा अपिल गर्दछ ।

लोकतन्त्र ब्लग

Wednesday, October 3, 2007

नागोयामा १०औ नेसाज दिवस कार्यक्रम भब्यताकासाथ सम्पन्न


नेपाली बिद्यार्थी समाज जापान(नेसाज) को स्थापनाको १० बर्ष पूरा भएको उपलक्षमा गत सेप्तेम्बर २३ तारिख आइतबारका दिन नागोयाको नकागावाकुमा अवस्थित स्योगाई गाकुस्यु सेन्टरमा क्युस्यु देखि तोहोकु सम्मबाट आएका बिद्यार्थीहरु बीच १०औ नेसाज दिबस भब्यताकासाथ सम्पन्न भयो । कार्यक्रमको सभापतित्व नेसाजका अध्यक्ष ऋषब पौडेलले गर्नुभएको थियो भने कार्यक्रम नेसाजको कार्यकारी समितिका सहसचिब लुशुन चालिशेले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल तोखाई बुन्खा कोरयूखाईका सभापति कातो माशामि हुनुहुन्थ्यो भने अन्य बिशेष अथितिहरुमा चुबु बिश्वबिद्यालयका प्रोफेसर हारादा, आईसी नागोया जापानी भाषा स्कुलका प्रिंसिपल मारुयामा सिगेकी हुनुहुन्थ्यो। संयोजक दिलीप चन्द्र घिमिरेको स्वागत मन्तब्य गर्नुभएको थियो ।
नेसाज कार्यकारी समितिका सचिव उज्ज्वल न्यौपानेले बर्तमान कार्यसमितिले गेरका कामहरुको बारेमा जानकारी दिनु भएको थियो भने कार्यकारी समितिका सदस्य आश्विनभक्त खरेलले नेसाजको बारेमा बोल्नु भएको थियो
कार्यक्रममा नेपाल ईन्जिनियर्स एसोसिएसन-जापान च्याप्टरका उपाध्यक्ष वसन्त कुमार गौतम, शान्ति तथा लोकतान्त्रिक नेपाली मञ्च जापानका किशोर चन्द्र खनाल लगायत बिभिन्न संघसस्थाका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
औपचारिक कार्यक्रम पछि साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। पारसमणि पोखरेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा लालीगुराश समूहका मन बहादुर थापाले बाजाएको सारङ्गि र बासुरीको धुन, लुशुन चालिशेको गितारको धुनमा सन्दिप ढुङ्गानाले गाएको गीतले सबैलाइ मंत्रमुग्ध बनाई नचाउन सफ़ल भएको थियो। कार्यक्रमको अन्तमा उपस्थित सबै महिलाहरु तिजको गीतमा नाचेका थिए।

Tuesday, October 2, 2007

दरवारलाई प्रधानमन्त्रीको कडा निर्देशन

शान्ति तथा पुननिमार्णणमन्त्री रामचन्द्र पौडेलले १४ असोजमा रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै राजाले कुमारीबाट टीका ग्रहण गर्न वसन्तपुर गएको प्रसंग उल्लेख गर्दै, प्रधानमन्त्रीले दरबारका मुख्यसचिव पशुपतिभक्त महर्जनलाई टेकिफोन गरी स्पष्टिकरण माग्नुभएको छ ।
प्रधानमन्त्रीले निकै रिसाउदै "राजालाई इन्द्रजात्रामा पठाएर द्वन्द्व चाहेको हो ?" भनी महर्जनलाई हप्काउनु भएको कुरा मन्त्री पौडेलले व्यक्त गर्नुभयो । साथै प्रधानमन्त्रीले रुक्माङ्गत कटवाललाई नारायणहिटी दरबारको सुरक्षाका लागि खटाइएका मध्ये आधा सेनालाई तुरन्त घटाउन पनि निर्देशन दिनुभएको खुलासा गर्नुभएको छ । राजा वसन्तपुरमा कुमारीको टिका ग्रहण गर्न गएको विषयलाई सबै पार्टीले विरोध गर्दै आएका छन ।